Friday, June 16, 2006

 

विश्व-धर्मको राजमार्ग

विश्व-धर्मको राजमार्ग

आयोदधौम्य

विश्वमा धर्मको नाममा जति हिंसा भएको छ, त्यति अरु कुनै बहानामा भएको छैन भनिन्छ । वास्तवमा धर्म-तत्वले मनुष्यलाई सम्पूर्ण जीवन र जगत्को ज्ञान गर्राई मोक्ष प्रदान गर्दछ । तथापि, विडम्बनानै मान्नुपर्छकि त्यही धर्म-तत्वलाई राम्ररी नबुझेको हुनाले वा गलत किसिमले बुझिदिँदा मानव समाज उल्टै युद्ध, हिंस्रकता, त्रासदीको चपेटामा फस्न पुगेको छ । कमी धर्म-तत्वमा रहेको छैन, बरु मानव धारणामा रहेको छ समस्याको मूल जरो । धर्मको नाममा मच्चिएको रडाको देखेर अधार्मिक नास्तिक वा धर्म-निरपेक्ष बन्नु समस्याको समाधान पटक्कै होइन । 'कण्टकेनैव कण्टकम्' भनेझैं समस्या समाधान गर्ने साधनपनि धर्म मात्र हुनसक्छ ।

यसकालागि र्सवप्रथम त विश्व-धर्मको धारणा प्राथमिक आवश्यकता हुनेछ । विश्व-धर्मको धारणामा सनातन वैदिक धर्मले गर्न सक्ने योगदान अद्वितीय एवं अनुपम छ । विश्व-धर्मको मजबुत जग सनातन वैदिक धर्म परम्परालेनै सुनिश्चित गर्न सक्छ भन्ठान्नुको समुचित कारणहरू छन् ।

बौर्द्धधर्म र जैनधर्म दुवैको आधार प्राचीन वैदिक हिन्दू-दर्शन 'सांख्य' हो भन्ने विचार केही अध्येताहरूको रहेको छ । जसरी बौद्धजन बुद्ध -जागृत) का अनुयायी हुन्, उसरीनै जैन मतावलम्बीहरू 'जिन' -विजेता) का अनुयायी कहिन्छन् । त्यसो त 'बुद्ध'हरू धेरै छन् तापनि सामान्यतया यस उपाधिले हामी सिर्द्धार्थ गौतमलाई बुझदछौं । महावीर वर्धमानलाई 'जिन' उपाधिले हामी चिन्दछौं र उहाँ जैनहरूका अन्तिम तीथङ्कर हुनुहुन्छ । अचेल 'हिन्दू' विशेषणले बढी चिनिने 'वैदिक संस्कृति'का अनेक धाराहरूका झैंनै बौद्धमत र जैनमतका पनि आ-आफ्नै विशेषता रहेका छन् ।

र्सवपल्ली राधाकृष्णन्ले उल्लेख गर्नुभएको छ - बर्नूफको विचारमा बौर्द्धधर्मले केबल सांख्यको सिद्धान्तलाईनै क्रियात्मक रूप प्रदान गरेको हो; र बेबरका अनुसार त सांख्यदर्शनका ग्रन्थकार कपिलमुनि र गौतमबुद्ध एउटै व्यक्ति रहेको हुनुपनि सम्भव छ । प्रकृतिको नित्यत्वसँग सम्बन्ध राख्ने केही विषय, द्रव्यहरूको तत्व एवम् अवसान आदि सांख्य र बौद्ध दर्शनमा समान रहेको विल्सनको मान्यता छ । यसैगरी, जैकोबी र गार्बका अनुसार, सांख्यको द्वैत एवम् तत्वहरूको गणनासम्बन्धी स्थापना बौर्द्धधर्मको तुलनामा धेरै प्राचीन हो । राधाकृष्णन्का अनुसार, सृष्टिरचना सम्बन्धी सांख्यको कल्पना र बौर्द्धधर्मको सोही सम्बन्धी कल्पनामा समानताहरू छन् । सांख्यदर्शनका प्रणेता मानिएका ऋषिवर कपिलमुनि गौतमबुद्धभन्दा अनेक पिढी अघि जन्मनुभएको तथा बुद्धकालीन समयमा सांख्यको विचार प्रचलनमा रहेको सर्न्दर्भ यहाँनेर उल्लेख्य छ ।

कोलब्रुकले आफ्नो अध्ययनमा पाएकि जैनमत र सांख्यदर्शनका धेरै अंग एक-आपसमा मिल्दाजुल्दा रहेछन् । यी दुबै दर्शन प्रकृतिलाई अनादि एवम् अनन्त मान्दछन् र संसारको निरन्तरतामा विश्वास गर्दछन् । एकको द्वैतवाद अर्कोको द्वैतवादसँग भिन्न नभएको राधाकृष्णन्को मतपनि यहाँनेर उल्लेख्य छ ।

बौद्ध तथा जैन दर्शनहरूलाई 'अवैदिक' भन्ने प्रचलन छ । यस शब्दको आधार लिएर कतिपय उपबुज्रुकहरूले बौद्ध, जैन र वैदिक दर्शनहरू एक-अर्काका विरोधी नै हुन् कि भन्ने भ्रम फैलाएका पनि छन् । तर, यथार्थता के हो भने यिनीहरूबीचमा भएको भेद 'विरोध' होइन; बरु जीवन र जगत्लाई व्याख्या गर्ने निजात्मक विशिष्टतामात्र हुन् । यदि जैन तथा बौद्धमतहरूका आध्यात्मिक तहको विश्लेषण गर्ने हो भने तिनमा वैदिक यथार्थता नै प्रतिबिम्बित भएको पाइन्छ । यता, शिख धर्मको सर्न्दर्भमा चर्चा गर्नुपर्दा यसको सनातन वैदिक धर्मसँगको नाता बारेमा सबै तथ्यहरू र्छलङ्गै छन् । पूज्य गुरुदेवहरू तेगबहादुर तथा गोविन्दसिंहले हिन्दूत्वको निमित्त गर्नुभएका योगदानहरू इतिहासमा सुनौला अक्षरले अंकित भइसकेका छन् ।

विविधताको दृष्टिले विचार गर्दा प्राचीन आर्य वैदिक हिन्दू-संस्कृति कालान्तरमा हजार भन्दा बढी सम्प्रदाय, शाखा-प्रशाखाहरू एवम् मत-मतान्तरहरूमा विस्तारित भएको छ । समयक्रममा शैव, वैष्णव, बौद्ध, जैन आदिजस्ता हिजो एउटै सम्प्रदाय मानिनेहरूमा पनि अनेकौं प्रशाखाहरू विस्तारित भएका देखिएकै छ । तर आधारभूत रूपमा तिनका बीचमा साम्यता पाउन नसकिने होइन । मुख्य कुरो त मिलनविन्दुको आधार खोज्ने सदाशय हुनु जरुरी छ । -यस सम्बन्धी थप चर्चा र स्पष्टताकोनिम्ति नेपाली भाषा-संस्कृति परिषद्द्वारा वि.सं. २०५७ मा प्रकाशित गरिएको आयोदधौम्य निर्मलद्वारा लिखित पुस्तक "आस्थाको शान्ति-युद्ध" उपयोगी हुनेछ । अझ, पछिल्ला दिनहरूमा त संसारका प्रायः सबै धार्मिक सम्प्रदायमा प्रचलित -वा मान्यताप्राप्त) राम्रा-राम्रा पक्षहरू छानेर आफूले पृथक् विचारधारा विकसित गर्ने प्रयासहरूपनि हुन थालेका छन् । 'धर्मतत्व'लाई धारण गर्ने प्रयासका क्रममा यस्ता अनेक सम्प्रदायहरू भविष्यमा पनि आउने नै छन् । यसलाई स्वाभाविक तबरले लिनुपर्ने हुन्छ ।

वैदिक धर्म एवम् दर्शनको विस्तृति भारतवर्षम्ममात्रै होइनकि विश्वका अरु समृद्ध संस्कृति सभ्यतापनि यसबाट लाभान्वित भएका छन् । प्रसिद्ध इस्लामी विद्वान हजरत साज रहमानी जस्ता व्यक्तित्वहरू त के भन्दछन् भने इस्लामको आधारपनि हिन्दूधर्म नै हो; तर इस्लाममा घुसेका हिंस्रक, युद्धपिपासु एवम् खुनी प्रकृतिका लडाकूहरूका कारणलेमात्र दुइ धर्मबीचमा भेद तथा द्वेष हुन आएको हो । स्वयम् येशू ख्रिस्ट (जीसस क्राइस्ट)ले काश्मीरमा आई पढी-गुनी ज्ञान हासिल गरेर इजरायल फर्केपछि 'नयाँ करार'को जग हालेको तथ्यपनि पत्तो पाइसकिएको सर्न्दर्भमा इर्साईहरूले सनातन वैदिक धर्मको नेतृत्व अस्वीकार गर्नु पर्ने कुनै कारण छैन ।

व्यक्ति वा समूह विशेषको तात्कालिक व्यवहारलाई हेरेर वा धर्मका नाममा हुनथालेका अचेलका तुच्छ स्तरका जालीझेली राजनीतिक बबण्डरमा चक्करिएर होइनकि दार्शनिक एवम् सैद्धान्तिक अवधारणागत तहसम्मनै पुगी तथ्यहरूको समुचित विश्लेषण गरिनुपर्छ । यदि विश्व-मानवसमुदायको कुनै साझा धर्म-चेतना हुनसक्छ भने (हुन्छ र हुनुपर्छ भन्छु म) -त्यो आधार वैदिक सनातन धर्मले प्रदान गर्न सक्दछ । सनातन वैदिक आर्य संस्कृतिको आधारभूत प्रस्थापनासम्म नपुगी विश्व-धर्मको आत्मसातता सम्भव कसरी होला र ! अस्तु ।

Tuesday, June 13, 2006

 

किन 'लाइट अफ् एसिया' मात्रै -

किन 'लाइट अफ् एसिया' मात्रै -
निर्मलमणि अधिकारी
"द लाइट अफ् वर्ल्ड भन्नाले जिसस क्राइस्टलाई बुझिन्छभने लाइट अफ् एसिया भन्नाले कस्लाई बुझिन्छ -" विद्यालयस्तरमा पढ्दा हाजिरी-जवाफ प्रतियोगितामा पटक्-पटक् सोधिने यो प्रश्नको जवाफमा "भगवान् बुद्ध" भनेर 'ठिक' --) उत्तर दिई कतिपल्ट पुरस्कार जितियो! अहिलेपनि थुप्रैले उसरीनै जवाफ दिइरहेकै छन्। जस्तो पढाएको छ उस्तो ! यसरी सामान्य तबरले हेर्दा कुरो स्पष्ट नै छकि 'लाइट अफ् वर्ल्ड'- जिसस क्राइस्ट र 'लाइट अफ् एसिया'- भगवान् बुद्ध । तर पख्नोस्; कुरो यति सामान्यमात्रै छैन । यी दुई व्यक्तित्वलाई चिनाउन प्रयोग गरिएका दुईओटा उस्तै-उस्तै खालका उपमाहरू बीचमा रहेको भिन्नताले ठूलो अर्थ बोक्छ । सोझो हेराइमा सामान्यजस्तो लाग्ने; तर यस्सो विचार गर्नासाथ मेसो पाइहालिने भिन्नताको पेटबोली वा आशय हेर्दाखेरीमा के देखिन्छभने येशू ख्रिस्ट (जिसस क्राइस्ट) चाहिँ 'संसार'कै ज्योति हुन् र बुद्धचाहिँ 'एसिया' कामात्र ज्योति ! क्या कमाल !!
यहाँ नबुझिएको कुरोचाहिँ के होभने कुन त्यस्तो कारण छकि जुन कसीमा जाँच्दा जिसस क्राइस्ट 'संसारका ज्योति' ठहरिने; तर भगवान् बुद्ध एसियास्तरकामात्र ज्योति ठहरिने ! कुन तराजु हो त्यो जोखेर ठ्याक्क पत्ता लगाउने ! दुई पृथक् कालखण्डका महान् विचारकहरूलाई यसरी दाँजेर धुर्ततापूर्वक 'ठूलो' र 'सानो' बनाउने कार्य प्रच्छन्न तवरले यहाँ भएको छ । कुनै एउटा पश्चिमा लेखकले बुद्धको जीवनी लेख्ने क्रममा किताबको शीर्षक राख्यो- "बुद्ध ः द लाइट अफ् एसिया" र हामीचाहिँ त्यसैलाई आधार मानेर त्यो उपमा र्सलक्कै स्वीकार गर्ने ! उसले किताब लेख्दाखेरीमा जानी-बुझी धुर्ततापूर्वकनै त्यसो गरेकोपनि हुनसक्छ र अन्जानैमा भावुकतावश त्यस्तो भएको हुनपनि सम्भव छ । तर, एकातिर एउटा धर्मको प्रवर्तकलाई ठूलो आकारको विश्वव्यापी स्तरको 'ज्योति' भनेर अर्को एउटा धर्मको प्रवर्तकलाईचाहिँ अल्लि साँघुर्याएर एसियाली स्तरकोमात्र 'ज्योति' भन्नु सरासर धुर्तता हो; र त्यस उपमालाई लाटोबुङ्गोझैं सहजै स्वीकार गर्नेहरू- महामूर्ख !
जसरी महाभारतकाल भन्दापनि अगाडीदेखिनै संसारको सर्वोच्च शिखरको रूपमा मान्यता प्राप्त भई 'नौबन्धन' भनिइने र पछि 'व्योमकूट' भनिइने गरेको 'सगरमाथा'लाई साम्राज्यवादीहरूले 'माउन्ट एभरेस्ट' नाम अनाधिकार थोपरिदिए -उसरीनै भगवान् बुद्धलाईपनि जिसस क्राइस्टको तुलनामा अल्लि सानो स्तरको 'ज्योति'मै सीमित राख्न खोजे त के आर्श्चर्य ! दोष उनीहरूको जति छ त्योभन्दा बढी हाम्रो छकि हामी यस्ता बाङ्गा-टिङ्गा काइते कुराहरूलाई पटक्कै नबुझेर सोझो पाराले जेपनि स्वीकार गरिरहेका छौं । -इस्लामी हतियारधारीहरू त झन् हतियारकै बलमा हामीलाई सिध्याउन चाहनेहरू हुन् भन्ने पनि भुल्नु हुँदैन ।)
यस्तो अन्य सर्न्दर्भमा पनि भइरहेकै हो । कुनै अर्धज्ञानीले कतै लेखिदियो- चाणक्य पूर्वका 'मेकियाबेली' हुन् भनेर । अनि गोरो छालाले भनेको कुरो तिन्का बौद्धिक दासहरूले कसरी अस्वीकार गर्न सक्थे र ! झन् चर्का स्वरमा भट्ट्याउन थाले- हो, हो, चाणक्य पूर्वका 'मेकियाबेली' नै हुन् । सत्यानाश !! कहाँका महान् आचार्य चाणक्य; अनि कहाँको षडयन्त्रकारी राजनीतिज्ञ मेकियाबेली ! चाणक्यलाई मेकियाबेलीसँग तुलना गर्नु उनीप्रतिको अपमान त हो नै; साथसाथै पटमुर्ख्याइँ पनि हो । भारतवर्षो विशाल भू-भागमा यवनहरूको साम्राज्य स्थापित भएको र बाँकी भू-भागमा पनि अनेकौं सस्याना राजा-रजौटाहरूको आपसी संघर्षले अशान्तिको साम्राज्य फैलिएको त्यस अवस्थामा भारतवर्षलाई विदेशी दासताबाट मुक्त गर्राई विशाल साम्राज्यका रूपमा संगठित गर्ने र शान्ति बहाल गर्ने ती महान् गुरुको स्थान भारतवर्षको इतिहासमा अद्वितीय रहेको छ । शास्त्रशक्ति र शस्त्रशक्ति दुबैको जति राम्रो संयोजन चाणक्यले गरेका छन्, त्यस्तो उदाहरण अन्यत्र सायदै पाइएला । वास्तवमै 'युग-नायक' हुन् आचार्य चाणक्य । उता मेकियाबेली महोदयकोचाहिँ कुरै अर्कै छ । यी दुईको तुलना पटक्कै नसुहाउने कुरो हो । आचार्य चाणक्यलाई मेकियाबेलीसँग तुलना गर्न तुरुन्त छोड्नै पर्छ ।
हामी उस्तै-उस्तै पाराको गल्ती गर्र्छौं जब नेपाल राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहदेवको जीवनी पढाउँदा हाम्रा विद्यार्थीहरूलाई "पृथ्वीनारायण शाहलाई नेपालका बिस्मार्क भनिन्छ" भनेर घोकाइरहेका हुन्छौं । जर्मनी बिस्मार्कको उनको देशमा ठूलै होला योगदान। तर पृथ्वीनारायणलाई 'नेपालका बिस्मार्क' भनिरहँदा हाम्रा राष्ट्रनिर्माताको गौरवमा वृद्धि भएको छ भन्ने म कत्तिपनि ठान्दिनँ; बरु यसबाट "बुझदो न सुझदो टुँडिखेलमा कुद्दो" उखानले दर्शाएजस्तो हास्यास्पद स्थिति पो दर्शिएको छ त ! जसरी उखानमा बताइए अनुसार "अकबरी सुनलाई कसी लगाइरहनु पर्दैन", उसरीनै हाम्रा महान् आचार्य चाणक्य, भगवान् बुद्ध एवम् राष्ट्रनिर्माता पृथ्वीनारायण आदिलाई परचक्री उपमा कत्तिपनि जरुरत छैन ।
"हाम्रो मुलुक नेपाल कहिल्यै पराधीन भएन; हामी सधैं स्वतन्त्र रहृयौं" भनेर नाक फुलाउने गर्र्छौं हामी । छिमेकी मुलुक भारतले पनि साम्राज्यवादीका पन्जाबाट मुक्ति पाएको भइसक्यो थुप्रै समय । तर, यस भारतवर्षभू-भागमा बस्नेहरूले हेक्का नपुर्याइरहेका थुप्रै साम्राज्यवादी अवशेषहरूले अझैपनि दाह्रा-नङ्ग्रा गाडिरहेकै छन् । साँचो कुरा हो- मानसिक दासता झन् खतरनाक हुन्छ । सगरमाथालाई 'माउन्ट एभरेस्ट' नै भनिइन दिइरहनु; बुद्धलाई 'लाइट अफ् एसिया'मै खुम्च्याइरहन राजी हुनु; चाणक्यलाई मेकियाबेलीसँग र पृथ्वीनारायणलाई बिस्मार्कसँग अर्थ न बर्थ सित जोडिरहनुले गर्ने संकेत विडम्बनापूर्ण नै त छ । होइनभने, अब कस्सिएर सवाल ठोक्ने बेला आइसकेको छ- हाम्रा बुद्ध किन 'लाइट अफ् एसिया'मात्रै - अस्तु ।

Thursday, June 08, 2006

 

जोसमनी सन्तहरूबारे एक चर्चा

वैदिक सनातन धर्म एक निरन्तर प्रवाहमान गतिशील धारा हो । यसको परम्परामा अनेक इश्वरीय विभूति, सन्त, महात्मा, ज्ञानी, गुरुहरूको योगदान रहिआएको छ । समयसापेक्ष परिवर्तनसँगै त्यसअनुरुप सामयिक लोकोपकारी सन्देश दिन समय-समयमा महान् व्यक्तित्वहरू अवतरित हुनुभएको छ । त्यस्ता महात्माहरूलाई हाम्रो समाजमा ठूलो आदरपूर्वक स्मरण गरिन्छपनि । यद्यपि, मुखले आदर गरेतापनि, व्यवहारमा उहाँहरूको सन्देशबाट हामीले कति सिक्न सकेका छौं भन्ने सवाल आफ्नो ठाउँमा छँदैछ । बहुधा मान्छे के गर्दछभने महात्माहरूको पूजा त गर्छ, परन्तु उनको अर्ती-उपदेशलाईचाहिं वास्तापास्ता नगरिरहेको हुन्छ । पुस्तकलाई पूजाचाहिं गर्ने, तर पुस्तकबाट ज्ञान हासिल नगर्ने विडम्बनापूर्ण प्रवृत्ति जस्तै ! यो भयो प्रसङ्गवश आएको कुरो- नत्र यस लेखको विषयवस्तु त्यस विडम्बनाको चर्चा गर्नु होइन । यहाँ हामी जोसमनी सन्तहरूबारेमा संक्षिप्त चर्चा गर्न लागिरहेका छौं । जनकलाल शर्माद्वारा लिखित "जोसमनी सन्त परम्परा र साहित्य" शीर्षक पुस्तकनै यसको मूल श्रोत हो ।
वैदिक सनातन धर्मका अनेक धाराहरूमध्ये जोसमनी मतपनि एक हो । जोसमनी सम्प्रदायको विशेषता केभने यो नेपालकै धरतीमा उब्जेर विकसित भएको हो । जोसमनी नामका सन्त यस मतका आद्रिर््रवर्तक भएकाले उनैको नामबाट यसलाई चिनिएको हो भनिन्छ । अरु धेरै सम्प्रदायहरू प्रायः बाह्य मुलुकबाट नेपाल भित्रिएका देखिन्छभने जोसमनी लगायतका केही सम्प्रदायचाहिं नेपालको समाज व्यवस्थाको आवश्यकता अनुरुप यहीँ प्रादर्ूभाव भएको देखिन्छ । त्यसैले जनकलाल शर्माको भनाइ छ( "नेपालको आफ्नो कुरा जोसमनी सन्त-परम्परा हो ।" अनि उहाँ लेख्नुहुन्छ( "तर खेदको कुरा यही छ( जुन सम्प्रदाय नेपालको हो, जुन सम्प्रदायमा कैयौं प्रसिद्ध सन्तहरू भए, त्यस सम्प्रदायको नामको अर्थ अनुमानित छ । संभवतः यसका आद्रिर््रवर्त्तकको नाम 'जोसमनी' थियो । यस सम्प्रदायका कैयौं सन्तहरूका रचनामा 'जोसमनी' शब्दको उल्लेख आउँछ, तर कहींबाट यसको अर्थ खुल्दैन । यस सम्प्रदायमा आजसम्म परम्परागत संस्मरणमा रहेका प्रथम सन्त हरिश्चन्द्र -प्रथम), अनि क्रमशः हरिभक्त -प्रथम) र हरिश्चन्द्र -द्वितीय) हुन् । यिनीहरूको विषयमा बताउने रचना वा यिनको आफ्नो रचना केही नभएकोले केहीपनि यिनीहरूको विषयमा बताउन सकिन्न । प्राप्त क्रममा चौथा सन्त धिर्जे दिलदास हुन् ।" सन्त धिर्जे दिलदास पृथ्वीनारायण शाहभन्दा पर्ूवकालीन रहेका र यिनका शिष्य हरिभक्त -द्वितीय) चाहिं पृथ्वीनारायणका समकालीन बताइएको छ । यिनकापनि शिष्य सन्त शशिधर -जसको पृथ्वीनारायण शाहसित भएको भेट ऐतिहासिक तथ्यका रुपमा प्रमाणित भइसकेको छ) को जन्म वि.सं. १८०४ तिर भएको उल्लेख छ । साथै, नेपालका श्री ५ महाराजाधिराज रणबहादुर शाहसमेत यिनीनबाट दीक्षित भएर स्वामी निर्वाणानन्द बनेकोबाट यिनको प्रभावबारेमा अनुमान गर्न सकिन्छ ।
जोसमनी मतको साहित्यपनि विस्तृत छ । नेपाली साहित्यमा जोसमनी सन्तहरूले पुर्याएको योगदान विशिष्ट छ । सन्त ज्ञान दिलदास लगायतका अनेक सन्तहरूको साहित्यिक सिर्जना जति संकलित भएको छ, त्यसलाई अध्ययन गर्दा यसको समृद्धि ज्ञात हुन्छ । वास्तवमा जोसमनी सम्प्रदायका प्रमुख सन्तहरू सबै नै प्रतिभाशाली भएको देखिन्छ । तिनमापनि सन्त ज्ञान दिलदास अद्भूत नै देखिन्छन् । वि.सं. १८७८ तिर जन्मिएका अध्ययनशील, मननशील र तीक्ष्ण बुद्धि भएका यिनी सन्त श्याम दिलदाससँग दीक्षित भई जोसमनी मतमा प्रवेश गरेका थिए । ज्ञान दिलदासको विशेषता केमा देखिन्छभने अरु जोमसनीसन्तले जस्तै कार्यहरू गर्नुका अलावा उनले दार्जिलिङमा रहँदा त्यहाँका इर्साई पादरी रेभरेण्ड ए. र्टनबुललाई शास्त्रार्थमा पराजित गरेका थिए । सारा विश्वलाई आफ्नो प्रभावमा पार्दै अघि बढिरहेको ब्रिटिश साम्राज्य र त्यसको आडमा भारतवर्षा बढ्दो क्रममा रहेको इर्साई -क्रिश्चियन) धर्मका मुख्य पादरीसँग शास्त्रार्थ गरी पराजित गर्न सक्षम भएबाट सन्त ज्ञान दिलदासको ज्ञानभण्डार, तर्कशक्ति एवं प्रत्युत्पन्नमतिको उच्चता र्छलङ्ग हुन्छ ।
शास्त्रार्थ गर्नुअघि शर्त के रहेको थियोभने जसले हार्दछ उसको धर्मग्रन्थ पोलिनेछ । इर्साईहरूले रत्तिभर कल्पना गरेका थिएनन्कि पहाडको कुनाबाट आएको ज्ञान दिलदास भन्ने साधुले र्टनबुलजस्ता शहरी क्षेत्रमा विद्वानका रुपमा धाक-रवाफ भएका व्यक्तिलाई वादविवादमा हराउला भनेर ! शास्त्रार्थकालागि स्थान र समयमा दुबै पक्ष जम्मा भए । एकातिर सन्त ज्ञान दिलदास र उनका अनुयायी, अनि अर्कापट्टी पादरी र्टनबुल र उनका सहयोगी बसी शास्त्रार्थ चल्दै गयो । सात दिनसम्म वादविवाद चलेपछि अन्ततोगत्वा ज्ञान दिलदास विजयी भएको ठहर्यो र हार्ने पक्षको धर्मशास्त्र 'बाइबल' पोलियो । "जोमनी सन्त परम्परा र साहित्य" पुस्तकमा लेखिएअनुसार, सन्त ज्ञान दिलदासले शास्त्रार्थमा इर्साईहरूलाई हर्राई बाइबल पोलिएको घटनाले गर्दा त्यहाँको वातावरणमा निकै प्रभाव पर्यो । यस घटनाले इर्साई धर्मावलम्बीहरूका मनमा चोट लाग्नु स्वाभाविकै कुरा हो । तर रेभरेण्ड ए. र्टनबुलले ज्ञानदिलप्रति प्रतिशोध वा द्वेषको भावना लिएनन् । उनी स्वयं विद्वान भएको हुँदा विद्वानको कदर गर्न जान्दथे । उनले ज्ञानदिललाई त्यहाँ कुटी बनाएर बस्न अंग्रेजी प्रशासकलाई अनुरोध गरेर साढेचार एकड भूमि विर्ताको रुपमा रंगबुल भन्ने ठाउँमा दिलाए र ज्ञानदिल त्यहीं कुटी बनाएर आफ्नो काम निर्विघ्नतापर्ूवक गर्न थाले ।
जोसमनी सम्प्रदायको दार्शनिक आधार साथै व्यावहारिक पक्ष पनि बलियो रहेको देखिन्छ । नेपालको ठूलो भू-भागमा यसको प्रभाव फैलिएको पनि हो । नेपालका राजा देखिलिएर रङ्कसम्मलाई आकषिर्त गर्न सफल यो सम्प्रदाय नेपाली लोकजीवनसँग टपक्क मिलेर बसेको थियो भन्ने स्पष्ट देखिन्छ । परलोक सुधार्नेमात्र होइनकि इहलोक सुधार्ने -अर्थात्, समाजसुधार) कार्यमा समेत जोसमनी मतले विशेष योगदान पुर्याएको थियो । यसको सुदर्ीघ परम्परा अनेक आयामहरूबाट परिपुष्ट छ । तर पछिल्ला दिनहरूमा यस सम्प्रदायकोबारेमा हामी नेपालीहरूलाई जति थाहा हुनुपर्ने हो, त्यति नभइरहेको देखिन्छ । जोसमनी मतको निरन्तरता हाम्रालागि धार्मिक साथसाथै सांस्कृतिक हिसाबलेपनि अत्यन्त आवश्यक छ । अस्तु ।

Friday, June 02, 2006

 

हेलो सर, हिप हिप हुर्रे

हेलो सर, हिप हिप हुर्रे
निर्मलमणि अधिकारी
विजयोत्सवमा वा उत्साह वर्धनको निमित्त चिच्याउने, कराउने वा अनेक किसिमका नारा लगाउने चलन उहिलेपनि थियो र अहिलेपनि छ । अचेल संसारमा यसरी प्रचलित नाराहरूमध्येमा शायद सबैभन्दा प्रचलित नारा "हिप हिप हुर्रेनै हो । यसको मूल संस्कृत भाषा एवम् आर्य हिन्दू सभ्यता रहेको तथ्यतर्फअनुसन्धाता विद्वानहरूको दृष्टि पुगेको छ । भनिन्छकि उहिल्यै रंगभूमिमा खेलकुद आदि प्रतियोगित हुँदा होस्, वा रणभूमिमा लडाइँ चल्दा होस्, उत्साहपूर्वक "शिव शिव हरे" को घोष गरिन्थ्यो । यही "शिव शिव हरे" भाषा तथा संस्कृतिको भेदमा कालान्तरमा "हिप हिप हुर्रेमा परिणत भएको हो । जसरी संस्कृतको 'सप्ताह' फारसी भाषामा पुग्दा 'हप्ताह' (वा 'हप्ता') बन्न पुग्यो त्यसरीनै "शिव शिव हरे" लाई "हिप हिप हुर्रेभन्नु कुनै अनौठो भएन ।
आधुनिक विश्व मानव समुदायको निमित्त आर्य वैदिक संस्कृति एवम् संस्कृत भाषाको योगदान के-कस्तो छ भन्नेबारेमा अध्ययन गर्न लागिपरेका विद्वानहरूले पत्ता लगाएका तथ्यहरू रोचक त छन् नै, साथै अद्भूत पनि छन् । ती सबैको चर्चा एकै लेखमा गरेर के साध्य ! तिब्बत, चीन, थाइल्याण्ड, जापान देखिलिएर कम्बोडिया, लाओस, मलेशिया, इण्डोनेशिया, फिलिपिन्स सम्मका इतिहास, सभ्यता एवं संस्कृतिमा आर्य वैदिक संस्कृति एवम् संस्कृत भाषाको योगदान पुगेको छ । अनि, अस्ट्रेलिया, स्पेन, ग्वाटेमाला, पेरु, अमेरिका, ब्रिटेन, जर्मनीसम्म जहाँ-कहिँपनि प्राचीन आर्य वैदिक संस्कृतिको भग्नावशेष भेटिने तथ्यपनि छँदैछ । इरान, इराक, सउदी अरब, इजिप्ट, इथियोपियादेखि लिएर ग्रीस, रुस, साइप्रस, इटाली, त्रिनिडाड-टोबेगो, मरिशश, फिजी, अजरबैजान, बाल्टिकक्षेत्र आदि-इत्यादि जुन-कुनै भूभागपनि आर्य वैदिक संस्कृतिको परिधिबाट बाहिर छैनन् । यो एक आर्य ब्राह्मणको आत्मरति मात्र ठान्ने मूर्खता कसैले नगरुन् । समयक्रममा यी सब प्रमाणित हुँदै जानेनै छन् भन्नेमा हामी विश्वस्त छौं । जेहोस्, यहाँचाहिँ हामी तीमध्येका केही तथ्यहरूका सर्न्दर्भमा मात्र भएपनि चर्चा गरिएको हो ।
एक भाषाको शब्द अर्को भाषामा पुग्दा कसरी पुग्ने हो त्यसको केही टुंगो हुँदैन । कतिपय अवस्थामा त कालान्तरमा मूल-शब्दसँग नयाँ शब्दको नाता खुट्ट्याउन समेत गाह्रो पर्ने भइदिन्छ । तर भाषाशास्त्री एवं नृशास्त्रीहरूको तीक्ष्ण दृष्टिले धेरै कुरा पत्ता लगाइछाडेको पनि छ । रमाइलो लाग्छ थाहा पाउँदा (हिजो आज देखभेटमा वा दूरभाष (फोन) मा बोल्दा सर्वप्रथम बोलिने शब्द 'हेलो' संस्कृत मूलको पो रहेछ । विद्वानहरूले यसको पुष्टिकालागि विभिन्न उदाहरणहरू दिएका छन् । जस्तै, अभिज्ञान शाकुन्तल नाटकबाटै लिऊँ एउटा उदाहरण । दुष्यन्तले शकुन्तलालाई बोलाउँदा भनेको पाइन्छ -'हला शकुन्तले !' तथा विदूषकलाई बोलाउँछन् -'हल विदूषक !' त्यही प्राचीन अभिवादननै आजको विश्वव्यापी अभिवादन 'हेलो' बन्न पुगेको हो भन्ने विद्वानहरूको मान्यता रहेको छ ।
'श्री' शब्द वैदिक कालदेखिनै प्रसिद्ध एवम् लोकप्रिय रहिआएको छ । शिष्टाचारपूर्वक कुनैपनि व्यक्तिका नामको अघिल्तिर 'श्री' राख्नु हाम्रो सभ्यता हो । यो शब्द पवित्रता एवम् श्रेष्ठताको द्योतक भएको हामीलाई थाहा छ । यही 'श्री' शब्दबाट अंग्रेजी भाषाको 'सर' जन्मेको हो भन्ने निष्कर्षा विभिन्न विद्वान भाषाशास्त्रीहरू पुगेका छन् । अंग्रेज परम्परामा सर शब्दको अर्थ हाम्रो 'श्री'को अर्थसँग मिल्दो भएकोपनि यहीँनेर स्मरणीय छ । संस्कृतको 'श्री' अंग्रेजीको 'सर' शब्दको मूल हुनुले गर्ने संकेतहरू महत्वपूर्वक छन् भन्ने कतिपय विद्वानहरूको मत रहेको छ । त्यसो त, संस्कृत शब्द 'मातर' (आमा) र अंग्रेजी शब्द 'मदर', 'पितर' (बाबु) र 'फादर', 'भ्रातर' (दाजु/भाइ) र 'ब्रदर' आदिजस्ता सयौं वा हजारौं उदाहरणहरू उल्लेख गर्न सकिन्छ ।
अरु त अरु, अरब देशहरूमा प्रचलित मुद्रा 'दीनार'को सम्बन्ध प्राचीन मिथिलासँग जोड्नेहरू समेत छन् । अध्यात्म रामायण, बालकाण्डको छैटौं सर्गबाट उद्धृत श्लोक (दीनाराणां कोटिशन्त रथानामयुन्त तथा ।। अश्वानां नियुतं प्रादाद्गजानां षट्शतं तथा ।। पत्तीनां लक्षमेकं तु दासीनां त्रिशतं ददौ ।।) को आधारमा दाबी गरिएको छकि मिथिलानरेश जनकको मुद्राको नाम 'दीनार' रहेको थियो । यस्ता दाबीलाई सहजै नकार्नु हुँदैन, -कम्तीमा पनि यसखालका दाबीलाई अप्रमाणित भन्ने कुनै अर्को बलियो आधार नभइन्जेलसम्म त नकार्न मिल्दैन ।
पन्ध्रौं शताब्दीमा अमेरिका पुग्दा कोलम्बस भारतनै पुगेको भ्रममा पर्नुको पछाडी के कारणहरू थिए होलान् - के त्यो उसको अज्ञानता मात्र हुँदो हो त - होइन, बरु तत्कालीन अमेरिकाली सभ्यताको भारतीय सभ्यतासँगको समरुपताले कोलम्बस र साथीहरूलाई झुक्याएको हुनसक्छ । अमेरिकी महाद्वीपमा हजारौं वर्षघि विकसित मय, इन्का, अजटेक सभ्यताहरू भारतवर्षीय सभ्यताकै अंग-उपांग थिएकि भन्नेतर्फपो यसले इंगित गर्छ । विस्तृत अनुसन्धान, उत्खनन्, अन्वेषण नगरी केही ठोकुवा गरिहाल्नु बुद्धिमानी निश्चयनै हुनेछैन । त्यहाँको मय सभ्यताको रामायण तथा महाभारत जस्ता ग्रन्थमा वणिर्त 'मय' नामका मायावी एवम् पौरखी पात्रसँग केही सम्बन्ध छकि भनेर अनुसन्धान गरिहेर्नु बुद्धिमानी हुनेछ । अस्तु ।

This page is powered by Blogger. Isn't yours?