Wednesday, March 10, 2010

 

उपचार

संसारमा समय-समयमा हुने युद्ध, िहंसाको दुस्चक्र, नरहत्याको विभत्स त्रासदी बारेमा विचार गरौं त ! एकातिर मान्छे दार्शनिक बनेर सारा जगत्को कल्याण एवं शान्तिको वकालत गर्छ भने अर्कातिर युद्धमा खरबौं रुपैयाँ खरबौं डलर खर्चिन्छ र आफ्नै बन्धुको हत्या गरेर विजयको अभिमानमा अट्टाहास गर्न समेत भ्याउँछ । चाहे त्यो युद्ध जेसुकै नाममा लडिएको होस् वा जहाँसुकै गरिएको होस् र जुनसुकै कालखण्डमा मच्चाइएको होस् -त्यसबाट मानवता आहत भएकै छ । युद्धबाट पीडित अनाथ विधवा तथा शरणार्थीहरुको चित्कारमा मानवताको छटपटाहट नै त प्रतिबिम्बित भएको हो नि ! युद्धलाई समाप्त नपारुाजेल यस्ता त्रासदीहरुबाट मानव समाज भविष्यमा पनि बारम्बार घाइते भइरहने निश्चित छ । िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नु अघि त्यसको जरो चिन्नु जरुरी छ । जरो नचिन्ने होभने फगत् 'शान्ति', 'शान्ति'को फलाकोलेमात्र केही हुनेवाला छैन ।
वास्तवमा लडाइ वा युद्ध सर्वप्रथम मान्छेको मनमा/मष्तिस्कमा पैदा हुन्छ । तसर्थ िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नु छभने सर्वप्रथम उपचार मान्छेको मनमा/मष्तिस्कमा गर्नुपर्छ । प्रत्येक मानवको मानसिक सन्तुलन एवम् भावात्मक शान्ति कायम रहने होभने युद्ध गर्ने परिस्थिति नै रहने छैन । यदि मानव समाजमा पारस्परिक व्यवहार प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणयुक्त हुने होभने अधिकांश समस्याहरु स्वतः निर्मूल हुने स्पष्टै छ । तर यी कुराहरु भन्न जति सजिलो छ; व्यवहारमा कार्यान्वयन गर्न त्यति सजिलो छैन । तर व्यवहारमा कार्यान्वयन गर्न पटक्कै नसकिने पनि त होइन ।

This page is powered by Blogger. Isn't yours?