Friday, March 31, 2006

 

मीमांसा-दर्शन निर्देशन

Memamsa-Darshan Nirdeshan

मीमांसा-दर्शन पनि सनातन धर्मको प्रमुख धरोहर हो । सांख्य, योग, न्याय, वैशेषिक तथा वेदान्त दर्शनका तुलनामा मीमांसा-दर्शन विस्तृत छ, यसको सूत्रसंख्या २६४४ छ (जुनकि अरु पाँचै दर्शनहरूका सूत्रहरू सम्मिलित गर्दा हुनआउने संख्या जति छ । मीमांसा-दर्शनलाई अरु दर्शनभन्दा फरक यस कारणले मानिएको छ कि यसमा कर्मकाण्डलाई धर्मको मूल साधन बताइएको छ । जैमिनीको स्पष्ट मत छ कि धर्मको जुन व्याख्या वेदमा गरिएको छ त्यसलाई स्वीकार गर्नु र तदनुसार आचरण गर्नु मनुष्यको कर्तव्य हो ।
मीमांसा-दर्शनको चर्चा गर्दा श्रद्धेय आचार्य कुमारिल भट्टको नाम उल्लेख गर्नैपर्छ । किनकि, वर्तमान समयमा मीमांसा-दर्शनको जुन रूप प्राप्त छ त्यो आचार्य कुमारिलद्वारानै पुनःस्थापित भएको हो ।

मीमांसा-दर्शनको उद्देश्य यस्ता धार्मिक विषयहरू तथा समस्याहरूबारेमा विचार गर्नु हो जसका बारेमा लोकमा विभिन्न प्रकारका मतभेद तथा भ्रम फैलेका थिए । 'मीमांसा' शब्दको अर्थ नै 'विचार गर्नु' हो । विद्वानहरू भन्दछन् कि मीमांसा-दर्शनको ज्ञान प्राप्त नगरी वैदिक वाक्यहरूको वास्तविक अर्थ जानिँदैन । अहिले वेदका शब्दहरूका अर्थ नजान्नाले समाजमा समेत अनर्थ भएको छ । धर्मको वास्तविकतामा मान्छेहरू पुग्न नसक्नाले अनर्थ भइरहेको छ । यदि मीमांसा-दर्शनको अध्ययन हुने हो भने यस दर्शनले हामीलाई वास्तविकता बोध गराउनेछ, यथार्थ ज्ञान दिनेछ । अहिलेको समयमा यस दर्शनको महत्व तथा आवश्यकता झन् बढेको छ ।

म यशस्वी एवं प्रातःस्मरणीय आचार्य कुमारिल भट्टप्रति श्रद्धानत हुँदै मीमांसा-दर्शनको चर्चालाई अगाडी बढाउँछु । परम्आदरणीय पण्डित रुद्रमणि उपाध्याय अधिकारीको पुत्र एवम् शिष्य निर्मलमणि उपाध्याय अधिकारी 'आयोदधौम्य'कृत पुस्तक मीमांसा-दर्शन निर्देशन प्रकाशन भइसकेको छ ।

Thursday, March 02, 2006

 

निर्मलमणि अधिकारी शोधपत्रको सारांश तथा निष्कर्ष

निर्मलमणि अधिकारीद्वारा पूर्वाञ्चल विश्वविद्यालय अर्न्तर्गत आमसञ्चार र पत्रकारिता विषयको स्नातकोत्तर तह, दोस्रो वर्ष (चौथो सेमेस्टर) को शैक्षणिक प्रयोजनका लागि "हिन्दू अवधारणामा सञ्चार प्रक्रिया" शिर्षकमा शोधपत्र तयार पारिएको थियो । त्यसपछि समाजशास्त्रीय जर्नलमा समेत प्रकाशन भइसकेको उक्त शोधपत्रले नेपालका साथै भारत र अमेरिकामा पनि चर्चा पाइसकेको छ । साधारणीकरण ढाँचा भनेर सञ्चारको पृथक् ढाँचा -कम्युनिकेसन मोडल) समेत प्रस्तुत गर्न सफल भएकाले उक्त शोधलाई अन्तर्राष्ट्रिय ख्यात्रि्राप्त सञ्चारविद्हरूले महत्वपूर्ण मानेका हुन् ।(क) सारांश -प्रस्तुत शोधपत्रको पहिलो प्रकरण परिचयात्मक प्रकृतिको रहेको छ । यस प्रकरणका पाँच खण्डहरू रहेका छन्, जसमध्ये पहिलो खण्डमा केही पृष्ठभूमिगत चर्चाका साथै समस्या कथन प्रस्तुत गरिएको छ । नेपाली संस्कृतिको मूलआधार हिन्दूधर्म भएकाले सञ्चार प्रक्रियालाई नेपाली सन्दर्भमा बुझ्नकालागि पनि यस सम्बन्धी हिन्दू अवधारणा अध्ययन हुनु जरुरी छ । 'पश्चिमा संस्कृति' र 'हिन्दू संस्कृति' पृथक् पृथक् सांस्कृतिक-व्यक्तित्व भएकाले जीवन र जगत्का बारेमा हिन्दू अवधारणा र पश्चिमा अवधारणामा आधारभूत अन्तर छ । के त्यस्तो पृथक्ताको असर सञ्चार प्रक्रियाको सन्दर्भमा पनि परेको छ - के सञ्चार प्रक्रियाका दुई अवयवका रूपमा रहेका शाब्दिक सञ्चार र गैर-शाब्दिक सञ्चारलाई हिन्दू अवधारणाको छुट्टै स्वरूपमा अध्ययन गर्न सकिन्छ - ती कुन मानकमा पश्चिमा अवधारणा भन्दा पृथक् होलान् - के हिन्दू संस्कृतिको मुख्य विशेषताका रूपमा मानिने आध्यात्मिकतासँग सञ्चार प्रक्रियाको हिन्दू अवधारणा निरपेक्ष रहन सक्ला - के कुनै हिन्दू-सञ्चार-सिद्धान्तको निरूपण गर्न सकिन्छ - पश्चिमा विद्वानहरूका विभिन्न सिद्धान्तसँगै विभिन्न प्रकारका सञ्चार-ढाँचाहरू प्रस्तुत भएजस्तै हिन्दू-सञ्चार-सिद्धान्तलाई कुनै ढाँचामा प्रस्तुत गर्न सकिएला - पश्चिमा अवधारणासँग तुलना गर्दा हिन्दू अवधारणाका मौलिक विशेषता के हुन् त - यस्ता आधारभूत अवधारणात्मक सवालहरू नै यस शोधकार्यका प्रस्थान बिन्दु रहेका छन् ।पहिलो प्रकरणको दोस्रो खण्डमा यस शोधको औचित्य, आवश्यकता तथा महत्व बारेमा स्पष्ट पार्ने प्रयास गरिएको छ । सञ्चार प्रक्रियालाई राम्ररी बुझ्न यसलाई र्सार्वजनीन स्तरमा मात्र होइन कि अन्तरसांस्कृतिक स्तरमा पनि हेर्नैपर्ने मान्यता स्थापित भइसकेको सन्दर्भमा हिन्दूसंस्कृति विश्वका अन्य संस्कृतिहरूको माझमा पृथक् पहिचान भएको संस्कृतिविशेष भएकाले सञ्चार प्रक्रियाको विशेष 'हिन्दू अवधारणा' खोज्नु औचित्यपूर्ण छ । सञ्चारको पश्चिमा अवधारणा भारतवर्षा जस्ताको तस्तै स्वीकार गर्न मिल्दैन । नेपाल लगायतका भारतवर्षीय मुलुकको सञ्चार परम्परालाई हिन्दुत्वको छत्रछायाँमा नै भेट्न सकिन्छ । आज संसारमा सञ्चारलाई आफ्ना-आफ्ना सन्दर्भमा व्याख्या, पुनर्व्याख्या वा परिभाषित गर्ने कार्य व्यापक रूपमा चलिसकेको परिवेशमा नेपालजस्तो सभ्यता र संस्कृतिमा सम्पन्न मुलुकमा यस खालका शोध नगरिनु बुद्धिमानी होइन । त्यसैले सञ्चारको हिन्दू अवधारणात्मक अध्ययन औचित्यपूर्ण साथै आवश्यक पनि छ । यसबाट हिन्दू-इतिहासको व्यापक कालखण्डलाई बुझ्ने दिशामा उल्लेख्य प्राप्ति हुने, सञ्चार सिद्धान्त साथै परम्परागत मिडियालाई समष्टिमा जान्न र सदुपयोग गर्न मद्दत मिल्ने, नयाँ पुस्ताका हिन्दूलाई हिन्दू-समाजमा सामाजिकीकरण गर्न प्रभावकारी उपायको अवलम्बनमा पनि यसबाट मद्दत पुग्ने जस्ता कारण दिँदै यसको महत्व दर्शाइएको छ । शोधपत्रको मूल विषय-वस्तुको औचित्य, आवश्यकता र महत्व बारेमा चर्चा गरेपछि यस विषयमा नेपालभित्रबाट यो नै पहिलो शोधपत्र भएको उल्लेख समेत यस खण्डमा गरिएको छ ।पहिलो प्रकरणको तेस्रो खण्डमा यस शोधकार्यका साधारण र विशिष्ट उद्देश्य उल्लेख गरिएको छ । साधारण उद्देश्य गैर-शाब्दिक सञ्चार तथा शाब्दिक सञ्चारको हिन्दू अवधारणात्मक अध्ययन गर्ने, हिन्दू-सञ्चार-सिद्धान्त निरूपण गर्ने र सञ्चार प्रक्रियाको हिन्दू अवधारणालाई पश्चिमा अवधारणासँग सामान्य तुलनात्मक अध्ययन गर्ने रहेका छन् । विशिष्ट उद्देश्य दार्शनिक आधारका रूपमा 'मीमांसादर्शन' लिई भरतमुनिकृत 'नाट्यशास्त्र'लाई आधार मानी गैर-शाब्दिक सञ्चारको तथा भर्तृहरिकृत 'वाक्यपदीय'लाई आधार मानी शाब्दिक सञ्चारको हिन्दू अवधारणात्मक अध्ययन गर्ने र हिन्दू-सञ्चार-सिद्धान्तको रूपमा 'साधारणीकरण'को अध्ययन गरी हिन्दू अवधारणालाई पश्चिमा अवधारणासँग सामान्य तुलना गर्ने रहेका छन् ।पहिलो प्रकरणको चौथो खण्डमा शोधकार्यका प्रमेय र सीमाङ्कन उल्लेख गरिएका छन् । प्रमेय अर्न्तर्गत 'सञ्चारको पश्चिमा अवधारणा' भन्नाले सुप्रसिद्ध ग्रीसेली दार्शनिक अरस्तुको वाक्कला -रेटोरिक) सम्बन्धी अवधारणाको परम्परामा रही बनेका सम्पूर्ण सञ्चार-ढाँचा एवं सञ्चार-सिद्धान्तलाई जनाइएको उल्लेख गर्दै हाल मूलधारमा रहेको पश्चिमा-सञ्चार-अवधारणा मूलतः अरस्तेली अवधारणाकै निरन्तरता हो भन्ने पनि मानिएको छ । हिन्दूत्वलाई धर्म, अर्थ, काम, मोक्ष सबै पुरूषार्थलाई समुचित महत्व दिने एवं आधिभौतिक, आधिदैविक, आध्यात्मिक तीनै तहको सुसंयोजन भएको मान्दै आध्यात्मिकता हिन्दू समाजको मूल-प्रवृत्ति र भौतिकता पश्चिमा समाजको मूल-प्रवृत्ति रहेको भन्ने प्रमेयलाई प्रस्तुत शोधपत्रले आधार मानेको छ । सीमाङ्कनमा समयगत, अध्ययनक्षेत्रगत तथा साधन-स्रोतजन्य सीमितताका चर्चा गरिनुका साथै उपयुक्त पुस्तकालय तथा यथेष्ट पूर्व-कार्यको अनुपलब्धताको गुनासो पनि पोखिएको छ ।पहिलो प्रकरणको पाँचौं खण्डमा महत्वपूर्ण शब्दावलीका अर्थ तथा परिभाषा दिइएको छ । जसअर्न्तर्गत पहिले 'हिन्दू अवधारणा' र पछि 'सञ्चार प्रक्रिया' बारेमा चर्चा गरिएको छ । हिन्दू शब्द र यससँग सम्बद्ध विविध शब्दावलीका अनेक पक्षहरूको चर्चा गरिसकेपछि यस शोध प्रयोजनको निमित्त निम्नानुसारका तत्वहरूलाई हिन्दूत्वको आधार मानिएको छ-
- मूलमन्त्र ॐ
- वेद वा/तथा वैदिक परम्पराका मत वा शास्त्रमा आस्था
- निराकार वा/तथा साकार परम्सत्तामा अखण्ड विश्वास
- मूर्त वा अमूर्तको पूजा वा ध्यान
- कर्म अनुसारको फल मिल्दछ भन्नेमा विश्वास
- 'आत्मा' तथा 'पुनर्जन्म'मा विश्वास
- मानवजीवनको परम्लक्ष्यका रूपमा 'मोक्ष'

अन्त्यमा 'हिन्दूअवधारणा' को परिभाषा पनि यसै खण्डमा दिइएको छ ।त्यसपछि सञ्चार बारेमा चर्चा गर्दै यस शोधप्रयोजनकालागि सञ्चार प्रक्रियाको औपचारिक परिभाषा निम्नानुसार दिइएको छ- "सञ्चार प्रक्रिया भन्नाले मानवका ती सबै वैयक्तिक वा सामाजिक-सांस्कृतिक क्रियाकलापलाई सम्झनु पर्दछ, जसमा कुनै सन्देश वा अर्थपूर्ण संकेतको सम्प्रेषणबाट प्रक्रियामा संलग्न सदस्यबीच साझेदारी वा समझदारीको सामान्य सम्बन्ध कायम हुन जान्छ ।"
साथै सञ्चार प्रक्रियाका दुई अवयवका रूपमा शाब्दिक सञ्चार र गैर-शाब्दिक सञ्चारको उल्लेख पनि भएको छ । आधुनिक सञ्चार प्रक्रियाको ढाँचा पनि यसै खण्डमा प्रस्तुत गरिएको छ ।

प्रस्तुत शोधपत्रको दोस्रो प्रकरणमा पूर्व-कार्यहरूको सामान्य समीक्षा गर्ने क्रममा पहिले नेपालबाहिरबाट प्रकाशित सामग्रीको र त्यसपछि नेपालबाट प्रकाशित सामग्रीको चर्चा गरिएको छ । यस शोधकर्ताको अध्ययनबाट देखिएअनुसार सञ्चारको हिन्दू अवधारणा खोज्ने पहल सन् १९७१ मा सम्भवतः पहिलोपल्ट गरिएको उल्लेख गर्दै सन् १९८० यस क्रममा कोसेढुङ्गा मानिएको छ । हिन्दू-सञ्चार-सिद्धान्त विभिन्न लेख तथा कार्यपत्रको विषयवस्तु बनेको देखिएतापनि यस विषयमा शोधकार्य भएको भने नपाइएको र यस सन्दर्भमा लेखिएको सिङ्गो पुस्तक एउटै पनि नभेटिएको चर्चा पनि यस प्रकरणमा गरिएको छ । तत्पश्चात् सञ्चार प्रक्रियाको हिन्दू अवधारणात्मक अध्ययनमा पूर्ववर्ती अध्ययनहरूको तुलनामा प्रस्तुत शोधपत्रको थप योगदान बारेमा प्रष्ट्याउने प्रयास गरिएको छ ।यस शोधकार्यको शोध-ढाँचाका बारेमा तेस्रो प्रकरणमा चर्चा गरिएको छ । सञ्चार शोध अर्न्तर्गत यो सन्देशअभिमुख शोध भएको चर्चा गर्दै सन्देशअभिमुख शोध अर्न्तर्गतपनि प्रलेखात्मक शोध र प्रलेखात्मक पक्षमा पनि यो शोधकार्य मूलतः पुस्तकालयीय/प्रलेखात्मक शोध भएको बताइएको छ । यस शोधकार्यमा 'जनसंख्या'का रूपमा सम्पूर्ण हिन्दूशास्त्रहरूलाई मान्दै तिनीहरूमध्येबाट प्रयोजनपरक नमूना छनोटमा नाट्यशास्त्र, वाक्यपदीय र मीमांसार्-दर्शनलाई चयन गरिएको छ । तथ्य-सङ्कलनको निमित्त यसमा द्वितियक स्रोतहरूको प्रयोग गरिएको चर्चा गर्दै पूर्व-प्रकाशित एवं पुस्तकालयमा उपलब्ध प्रलेख नै तथ्यका स्रोतका रूपमा रहेका पनि बताइएको छ । स्रोत-ग्रन्थको अध्ययन गरी तिनमा रहेका सम्बद्ध अंशहरूको टिपोट नै यस शोधकार्यको मुख्य तथ्य-सङ्कलन विधि रहेको छ भने तथ्यहरूको व्याख्यात्मक तथा तुलनात्मक चर्चाबाट तर्कसम्मत आधार स्थापना गर्नु नै यस शोधकार्यको विश्लेषण विधि रहेको छ । अन्त्यमा तथ्यहरूको विश्लेषणअनुरूप आगमनात्मक निष्कर्षा पुग्ने विधिलाई यस शोधपत्रले अंगीकार गरेको छ ।चौथो प्रकरण प्रस्तुत शोधपत्रको मुख्य भागका रूपमा रहेको छ, जहाँ तथ्यहरूको प्रस्तुतिकरण र विश्लेषण गरिएको छ । यस प्रकरणको पहिलो खण्डमा सर्वप्रथम नमूना छनोटमा परेका शास्त्र -नाट्यशास्त्र, वाक्यपदीय र मीमांसार्-दर्शन) को सामान्य परिचयका साथमा तिनीहरूलाई छनोट गरिनुको कारण बारेमा चर्चा, दोस्रो खण्डमा गैर-शाब्दिक सञ्चारको तथा तेस्रो खण्डमा शाब्दिक सञ्चारको हिन्दू अवधारणात्मक अध्ययन गरिएको छ । हिन्दू-सञ्चार-सिद्धान्तको रूपमा 'साधारणीकरण'को निरूपण यसै प्रकरणको चौथो खण्डमा गरी त्यसको ढाँचा -साधारणीकरण ढाँचा) समेत दिइएको छ । अन्त्यमा चौथो प्रकरणकै पाँचौं खण्डमा सञ्चार प्रक्रियाको हिन्दू सिद्धान्तलाई पश्चिमा सिद्धान्तसँग तुलनात्मक अध्ययन गरिएको छ ।(ख) निष्कर्ष -गैर-शाब्दिक सञ्चारः(क) शाब्दिक र गैर-शाब्दिक दुवै क्रियाहरूमा सूचना निहित रहेको हुन्छ भन्ने तथ्यमा प्राचीन कालदेखि नै हिन्दूहरू विज्ञ रहेको देखिन्छ ।(ख) नाट्यशास्त्रमा अङ्गोपाङ्गका कर्महरू बारेमा गरिएको वर्ण्र्ााहिन्दू समाजमा लौकिक व्यवहारमा प्रयुक्त 'नन्र्-भर्बल कम्युनिकेसन' अर्थात् 'गैर-शाब्दिक सञ्चार'को शास्त्रीयरूप हो । नाट्यशास्त्रमा वणिर्त 'आङ्गकि' तथा 'आहार्य' अभिनयहरूले गैरशाब्दिक सञ्चारको स्वरूप प्रस्तुत गर्दछन् । शारीर चेष्टा, मुहारभाव तथा शरीर स्वयम्मा सञ्चारको माध्यम, यिनको एकदमै स्पष्टतः र विषद् वर्णन नाट्यशास्त्रमा पाइन्छ । कुनैपनि मानवका हरेक क्रियाहरू सञ्चारको व्यापक परिधि भित्र समेटिएका हुन्छन् र केही कुरा पनि सञ्चारविहीन हुँदैन भन्ने तथ्य हिन्दूहरूलाई प्राचीन कालदेखि नै ज्ञात रहेको देखिन्छ ।(ग) हिन्दू अवधारणा अनुसार चक्षु, रसना, घ्राण, र्स्पर्शन -त्वक्), श्रोत्र -कर्ण्र्ाायी पाँचका अतिरिक्त मन समेत छओटा इन्द्रिय छन् ।चक्षुलाई तैजसरूप मानिएको छभने यसले चाक्षुष -भिजुअल) सन्देश ग्रहण गर्दछ । रसनालाई जलीयरूप मानिएको छभने यसले रसात्मक -टेस्ट्) सन्देश ग्रहण गर्दछ । घ्राणलाई पार्थिवरूप मानिएको छभने यसले नस्य -ओल्फ्याक्टोरी) सन्देश ग्रहण गर्दछ । त्वक्लाई वायवीयरूप मानिएको छ भने यसले स्पृश्य -ट्याक्टाइल) सन्देश ग्रहण गर्दछ । कर्ण्र्ााई आकाशरूप मानिएको छभने यसले श्रव्य -अडिटरी) सन्देश ग्रहण गर्दछ । इन्द्रियहरूको कार्यमा मनलाई कार्य वहन गर्ने 'विभु'को रूपमा मानिएको छ । इन्द्रियहरूको साथमा बाह्य सर्म्पर्क गर्नमा मन माध्यमको रूपमा रहेको हुन्छ र त्यही माध्यम प्रयोग गरी आत्माले बाह्य जगत्को ज्ञान प्राप्त गर्दछ । आत्मा अनुभवकर्ता अथवा फलोपभोक्ता हो; शरीर अनुभवको स्थान हो; र इन्द्रियहरूचाहिं अनुभवका साधन हुन् ।(घ) शारिरीक हावभाव जस्तो चेतन मनको नियन्त्रणभन्दा परै समेत घटित हुनसक्ने क्रियाकलापलाई पनि स्वेच्छाले सञ्चालन गरी अपेक्षित सन्देश दिन सकिने हिन्दू अवधारणा रहेको देखिन्छ । यो कुरा अचेतन वा अर्धचेतन मनद्वारा निर्देशित क्रियाकलापमाथि समेत नियन्त्रण गर्न सक्षम 'आत्मा'को शासनमा इन्द्रियलाई राख्नुपर्ने हिन्दू मत अनुकुल रहेको छ ।(घ) हिन्दू संस्कृतिमा रहेको आध्यात्मिक चेतनाको प्रभाव गैर-शाब्दिक सञ्चारको हिन्दू अवधारणामा पनि परेको छ । तर यो भौतिक जगत्बाट निरपेक्ष भने रहेको छैन । वास्तवमा भौतिक एवम् आध्यात्मिक दुवै सत्यको सुसंयोजन गर्ने हिन्दूत्वको विशेषताको प्रत्यक्ष प्रभाव गैर-शाब्दिक हिन्दू-सञ्चार-अवधारणाका सन्दर्भमा पनि परेको छ ।शाब्दिक सञ्चारः(क) हिन्दूसंस्कृतिमा शब्दको महिमा खुब गाइएको छ । प्राचीन हिन्दूहरू शब्दको दुवै स्वरूप -लेखात्मक र भाषात्मक) बारेमा विज्ञ थिए । भाषिक प्रतीक आफ्नो मूल प्रकृतिमा ध्वनिपरक हुन्छ भन्ने आधुनिक भाषाविज्ञानको मान्यता अनुकूल प्राचीन कालदेखिनै हिन्दू अवधारणामा शब्दलाई 'श्रोत्रेन्द्रियग्राह्य' मानिएको पाइन्छ ।(ख) विभिन्न साक्ष्यहरूबाट 'वैदिक' कालमा लेखन-कलाको प्रशस्त प्रचार रहेको देखिन्छ ।(ग) हिन्दू परम्परामा भाषाका चार रूप मानिएका छन्( परा, पश्यन्ती, मध्यमा र वैखरी । पहिलेका तीन अवस्थाका शब्द गुप्त अव्यक्त छन्, चौथो अवस्थाको व्यक्तशब्दलाई नै मनुष्यहरूको बोलीले प्रकाश गर्दछ भनी वेदवाक्यले निरूपण गरेको छ । वाक्यपदीयमा त्यही वैदिक मत प्रतिबिम्बित भएको छ । वैखरी शब्दको बाह्य र खुट्ट्याउन सकिने रूप अवस्था हो, जहाँ वाक्लाई वक्ताले उच्चारण गर्दछ र श्रोताले श्रवण गर्दछ । प्राण अथवा श्वासले वागेन्द्रिय तथा श्रवणेन्द्रियलाई ध्वनिको क्रमबद्ध उत्पादन तथा ग्रहण गर्न सक्षम तुल्याउँछ । प्राण अथवा श्वास नै वैखरी वाक्को कारण हो । यसभन्दा आन्तरिक तहमा जाँदा मध्यमा वाक् चाहिं मुख्यतया बुद्धिसँग सम्बद्ध छ । कुनै कुरा बोलिनुअघि वक्ताले दिमागमा सोचेको कुरा वा कुनै कुरा सुनिसकेपछि श्रोताले आफ्नो मनमा मनन गरेको कुरालाई मध्यमा वाक्को उदाहरणका रूपमा लिन सकिन्छ । यस अवस्थामा शब्द र अर्थको सम्बन्ध व्यक्तिलाई ज्ञात भइसकेको हुन्छ तापनि तिनको पृथक् पृथक् अस्तित्व पनि रहेकै हुन्छ । अझ आभ्यन्तरिक तहको पश्यन्ती अवस्थामा चाहिं शब्द र अर्थको पृथक् पृथक् अस्तित्व हुँदैन; यी दुई एकाकार भइसकेका हुन्छन् । यो तह अन्तर्ज्ञर्ााो हो र यहाँ अनुभूतिले नै ज्ञान हुन्छ । योभन्दा परको 'परा' अवस्थामा नपुगी 'शब्दब्रह्म' साक्षात्कार हुँदैन भन्ने वैदिक मत रहेको छ ।(घ) जीवन र जगत्को अन्तिम लक्ष्य ब्रह्म नै हो भन्ने सिद्धान्तको प्रतिपादन वैयाकरणको दृष्टिबाट वाक्यपदीयमा भएको छ र यो आस्तिक हिन्दू दर्शनहरूसँग मतैक्यता राख्ने दृष्टिकोण हो ।(ङ) आधुनिक विद्वान भाषाको दुई रूप लांग र परोल अर्थात् मध्यमा र वैखरीमै रोकिए, भारतवषर्ीय मनीषी दुई तह अझ अघि बढेका छन्, परा र पश्यन्तीसम्म । पश्चिमा दर्शन मूलतः भौतिकवादी भएकाले बढी भन्दा बढी यसमा मानसिक तह (अर्धचेतन तथा अवचेतन मन) सम्ममात्र यसको दृष्टि पुगेको छ । हिन्दू धारणामा भौतिक स्वरूपलाईमात्र सम्पूर्णा नमानी त्यसभित्रको परमतत्वलाई पनि चिन्ने प्रयास गरिने प्रवृत्ति अनुरूप भौतिक र मानसिक तहलाई समेट्दै अझ उच्चतम् तह अर्थात् आध्यात्मिकतासम्म पुगेको देखिन्छ । हिन्दू संस्कृतिमा रहेको आध्यात्मिक चेतनाको प्रभाव शाब्दिक सञ्चारको हिन्दू अवधारणामा प्रत्यक्षतः एवम् निर्ण्ाायक तवरले परेको छ । तर यो भौतिक जगत्बाट निरपेक्ष भने रहेको छैन । जहाँ पश्चिमा अवधारणा भौतिक सत्यप्रतिको अत्यधिक आग्रहले एकाङ्गी बनेको छ; शाब्दिक हिन्दू-सञ्चार-अवधारणाको निर्माण भौतिक एवम् आध्यात्मिक दुवै सत्यको सुसंयोजन भएर नै भएको छ ।हिन्दू-सञ्चार-सिद्धान्तः(क) भारतवर्षीय- वा हिन्दू-सञ्चार-सिद्धान्तको विकास प्राचीनकालमा कहिले भयो भन्ने तथ्य अस्पष्ट छ । हिन्दू-सञ्चार-सिद्धान्तका रूपमा निरूपित 'साधारणीकरण'को निमित्त दशौं शताब्दीका काव्याशास्त्राचार्य भट्टनायकलाई जस दिने मूल प्रवृत्तिका साथै सिद्धान्तलाई वैदिककालसम्म नै तन्काउने प्रयत्न पनि भएका छन् ।(ख) भट्टनायकले मानव-मानव बीचमा सन्देशको आदान-प्रदानको मुख्य उद्देश्य आपसमा भावको साझेदारी वा साझा अनुभूति नै हो भन्ने मानेर त्यस प्रक्रियालाई 'साधारणीकरण'को रूपमा व्याख्या गरेका हुन् । पश्चिमा सन्दर्भमा 'कम्युनिकेसन' शब्दको व्युत्पत्ति हर्ेदा कम्युनिकेसन -सञ्चार) भनेको कुनै कुराको साझेदारी गर्ने प्रक्रिया हो भन्ने बुझिन्छ । तर्सथ पश्चिममा कम्युनिकेसन भनेर र पूर्वमा साधारणीकरण भनेर एकै प्रक्रियालाई बुझाउन खोजिएको देखिन्छ ।(ग) साधारणीकरणका निम्नानुसारका तत्वहरू रहेका छन्- सहृदय (प्रेषक र प्रापक), भाव, अभिव्यञ्जन, सन्देश, सरणि, रसास्वादन, सम्भाव्य दोष, सन्दर्भ, प्रतिक्रिया ।(घ) भारतवर्षीय काव्यशास्त्रको आधारमा निरूपित सिद्धान्त पनि हिन्दू अवधारणाका आधारभूत विशेषताबाट निरपेक्ष छैन । जसरी हिन्दूत्वले आधिभौतिक, आधिदैविक एवं आध्यात्मिक सबै तहलाई समेट्दछ, उसरी नै साधारणीकरणको क्षेत्र पनि विस्तृत रहेको छ ।(ङ) जटिल प्रक्रियाको सरल परिणति हुनु नै साधारणीकरणको विशेषता हो ।तुलनात्मक अध्ययनः(क) इश्वरलाई अतिशय प्रेम गर्ने हुनाले एक आदर्श हिन्दू सारा जगत्लाईर् इश्वरकै अभिव्यक्तिको रूपमा प्रेम गर्दछ । तर्सथ हिन्दू जीवनपद्धतिमा मानवका अलावा मानवेतर सम्पूर्णा प्रकृतिप्रति समेत प्रेमपूर्ण दृष्टिकोण छ र त्यसको प्रभाव सञ्चार व्यवहारमा समेत परेको छ ।(ख) हिन्दू अवधारणात्मक सञ्चार प्रक्रिया चक्रवत् रहेको छ, जहाँ पश्चिमा अवधारणामा त्यसलाई रेखीय मानिएको छ ।(ग) अरस्तेली ढाँचामा सञ्चार प्रक्रियाको उद्देश्य नै प्रापकलाई प्रेषकले अभ्रि्रेरित गर्नु रहेकाले पश्चिमा अवधारणामा प्रेषकलाई महत्व दिइएको स्वतः स्पष्ट छ । यता हिन्दू पर्रि्रेक्षमा प्रेषक-प्राधान्यता वा प्रापक-केन्द्रियता परिस्थितिजन्य अवस्थामात्र हुन् । यस्तो पृष्ठभूमिमा एउटालाई मात्र प्रमुखता दिनु वस्तुनिष्ठ हुनेछैन । तर्सथ लौकिक वा भौतिक जगत्को सन्दर्भमा भन्ने हो भने पूर्वमा सम्बद्धता र अन्तरनिर्भरतालाई महत्व दिइन्छ भने साधारणीकरणलाई आध्यात्मिक सन्दर्भमा समेत हर्ेदा ब्रह्म र जीवात्माबीचको साधारणीकरणलाई 'अन्तरनिर्भर' भन्नु उपयुक्त हुनेछैन । लौकिक वा भौतिकदेखि आध्यात्मिकसम्म सबै सन्दर्भलाई प्रतिनिधित्व गर्ने गरी भन्ने हो भने सहभागीहरूको आपसी सम्बन्धलाई बुझाउने प्राविधिक संज्ञा 'सहृदय' नै भन्नुपर्ने हुन्छ ।हिन्दू अवधारणात्मक सञ्चारमा सम्बन्ध स्वयम्लाई महत्व दिने वा सम्बन्धको हेतुलाई ख्याल राख्ने भन्ने कुरा परिस्थिति-सापेक्ष हुनजान्छ । हिन्दूहरूले आवश्यकता अनुरूप सम्बन्ध वा सम्बन्धको हेतुमध्ये कुनै एक वा दुवैको सुसंयोजनलाई महत्व दिने गर्दछन् । तर्सथ हिन्दू अवधारणा पूर्णाङ्गी छभने उता पश्चिमा अवधारणामा चाहिं सम्बन्धको हेतुलाई मात्र ख्याल राखिने भएकाले त्यो एकाङ्गी छ ।(घ) लौकिक वा भौतिक सन्दर्भमा हिन्दू अवधारणात्मक सञ्चार प्रक्रियाको उद्देश्य यसको आदर्शस्थितिमा भावहरूको साझेदारी, पारस्परिक समझदारी, सहमति एवं सामुहिक क्रियान्विति हो । साधारणीकरणको आदर्श उद्देश्य सहृदयहरूबीचमा साझेदारी, समभाव वा ऐक्यता हासिल गर्नु हो । उच्चतर रूपमा यसको उद्देश्य आत्मज्ञान पाई मोक्षको परम लक्ष्य हासिल गर्नु नै हो । उता पश्चिमा अवधारणामा सञ्चारको उद्देश्य उद्देश्य अभ्रि्रेरणा वा प्रापकलाई प्रेषकले अभ्रि्रेरित गर्नु रहेको छ ।पश्चिमा संस्कृतिमा झैं इहलौकिक प्राप्तिमा मात्र कुनैपनि आदर्श हिन्दूले सन्तोष मान्दैन; तर हिन्दू दर्शनलाई भौतिक वा लौकिक जीवनप्रति अनिच्छुक र पारलौकिक वा आध्यात्मिक जीवनप्रति मात्र आकषिर्त रहेको ठान्नु चाहिं अर्को अपाङ्ग सोच हो । धर्म, अर्थ र कामलाई सदुपयोग गरी मोक्षसम्म पुग्नु हिन्दूत्वको अभीष्ट हो । यो कुरा अवश्यै होकि यदि अर्थ र काम धर्म-प्रतिकूल भएमा त्यसलाई त्याग्न तत्पर रहनुपर्दछ । संक्षेपमा भन्नुपर्दा धर्म, अर्थ, काम, मोक्ष अर्थात् पुरुषार्थ-चतुष्टयको प्राप्ति नै एक आदर्श हिन्दूको जीवन-उद्देश्य हो । त्यसैले सञ्चार क्रियाकलापलाई यी सबै सन्दर्भमा नहेरी हिन्दू अवधारणाको पूर्ण स्वरूप प्राप्त हुँदैन ।(ङ) हिन्दू अवधारणात्मक सञ्चारलाई 'सन्दर्भ-सापेक्ष' मान्नुपर्ने हुन्छ, जबकि अरस्तेली सञ्चार-अवधारणामा 'सन्दर्भ-निरपेक्ष' रहेको छ ।(च) सामाजिक व्यवहारमा हिन्दू संस्कृति समष्टि-प्रधान रहेको छभने आध्यात्मिक प्रयोजनमा यो सदैव व्यष्टि-केन्द्रित रहेर चिन्तन गर्दछ । यसरी वैयक्तिकता र सामुहिकताको समन्वित रूप नै हिन्दूत्वमा रहेको हुन्छ । तर्सथ व्यष्टि र समष्टि दुवैको सुसंयोजन हिन्दू अवधारणाको विशेषता हो । उता पश्चिमा सिद्धान्त व्यष्टि-प्रधान वा व्यक्तिवादी रहेको छ ।(छ) हिन्दू अवधारणामा सञ्चारको आभ्यन्तरिक पक्ष -अन्तर्ज्ञान लाई जोड दिइएको छ भने पश्चिमा अवधारणामा बाह्य पक्ष -इन्द्रियजन्य ज्ञान) लाई जोड दिइएको छ । जसको फलस्वरूप भारतवर्षा अन्तरनिहित वा आन्तरिक सञ्चार तथा पश्चिममा आमसञ्चारलाई जोड दिइएको पाइन्छ । प्रायः सबै आमसञ्चारका प्रविधि पश्चिममै आविष्कार गरिनु र अर्कोतर्फअन्तर्ज्ञनको साधन अर्थात् 'योग'को विकास चाहिं भारतवर्षा जति भयो, त्यो तहसम्म पश्चिम कहिल्यै नपुग्नुको कारण पनि यही हो ।

 

वैज्ञानिकतायुक्त धर्म धार्मिकतायुक्त विज्ञान

स्पेसटाइम दैनिक, वर्ष १ अंक २८३, २०५८ साउन २७ शनिवार, पेज नं. ६ मा प्रकाशित
'धर्म' र 'विज्ञान'बीचको अन्तरसम्बन्ध कस्तो हुन्छ वा हुनु पर्ने हो भन्ने बारेमा धेरै चिन्तन-मनन भइसकेको छ । यो यस्तो विषय हो, जसबारेमा आउँदा दिनहरूमा अझै बढी चर्चा-परिचर्चा हुनेछ । यदि नहुने छाँटकाँट देखिएमा समाजका विद्वत्जनले यस सम्बन्धमा हल्लाखल्ला मच्चाइहाल्नु पर्दछ । कुनै युगमा पनि मानवलाई 'धर्म' र 'विज्ञान'को आलोकबाट पर रहन दिनु हुँदैन । यिनका स्वरूप तथा यी दुईबीचको अन्तरसम्बन्ध सर्वसाधारण जनसमुदायलाई बोध भई मानिसले वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतायुक्त विज्ञान अवलम्बन गरेको दिनमा हाम्रो संसारका सबै समस्याहरू समाधान हुनेछन् भन्नेमा म विश्वस्त छु । मानिसले पल-पल वास्ता गर्नु पर्ने, तर त्यतिधेरै चासो दिन नसकेका विषय-वस्तु हुन् 'धर्म' र 'विज्ञान' ।
म कुनै नौलो कुरा गरिरहेको छैनँ र म भन्दा अघिका पनि प्रायः विद्वानहरूले यी दुईको संयोजनका लागि जोड दिँदै आएका छन्; तथापि नदीका दुई किनारा कदापि नभेटिएजस्तै धर्म र विज्ञानको पनि मिलन-विन्दु हुनै सक्दैन भन्ने सोच्नेहरू यत्र-तत्र पाइन्छन् । आध्यात्मिकता र वैज्ञानिकता एकदमै विपरित ध्रुवमा छन् भन्छन् कतिपय मानिसहरू । सा“च्चै अधिकाधिक मानिसहरू धर्म र विज्ञान एक-आपसमा विकर्षित हुने विषय-वस्तु ठान्छन् । यस्तो परिवेशमा हामीमध्ये पनि धेरैलाई उही भ्रमले गाँज्नु आर्श्चर्यको कुरो होइन । तर यस्तो भ्रमलाई निवारण गर्नु आवश्यक छ । कम्तीमा पनि मान्छेहरूलाई झक्झक्याइ रहनु जरुरी छ कि 'धर्म' र 'विज्ञान'लाई परस्पर विरोधी भन्ठान्ने तिम्रो सोच गलत छ ।
धार्मिकता र वैज्ञानिकता, दुबैको लक्ष्य सत्य उद्घाटन गर्नु नै हो । 'धर्म' र 'विज्ञान' प्रक्रियागत रूपमा कसरी फरक छन् भने विज्ञान भौतिक जगत्को जगमा स्थित जिज्ञासाको घरमा बसेर सत्यको अन्वेषण गर्दछ भने धर्म आन्तरिक रूपमा आत्मामा प्रतिष्ठित भएर सत्यको साक्षात्कार गर्दछ । अर्को तरिकाले भन्नु पर्दा, धर्म प्रायः शाश्वत सत्य को उद्घाटनप्रति बढी झुकाउ राख्दछ भने विज्ञानलाई पहिले सापेक्ष सत्य जान्ने चासो पर्दछ । विज्ञानको पनि संतृप्त अवस्थामा पुग्नु पर्ने ठाउँ त्यहीँ हो, जहाँ धर्मले लैजान्छ ।
यहाँनेर ज्ञातव्य कुरा के छभने दार्शनिकहरू विविध प्रकारका छन् ः कोही शाश्वत सत्य को उद्घोष गर्नेहरू; अनि कोही सापेक्ष सत्य को उद्घोषण गर्नेहरू । शाश्वत सत्य उद्घोषण हो धर्मको क्षेत्र; यता सापेक्ष सत्य उद्घोषण विज्ञानको क्षेत्र हो । शाश्वत सत्य लाई समयको प्रवाहले कुनै फरक पार्दैन; त्यसैले अनेक युगमा जति ऋषि, सन्त, महात्मा, ज्ञानी, गुरु, आचार्य, योगी अवतरित भए पनि तिनीहरूले बारम्बार उही कुरा दोहोर्‍याउने गरेका हुन् । वेदपश्चात् आएका उपनिषद्कालीन ऋषि देखि लिएर तिनका उत्तरवर्ती बुद्ध, तीर्थङ्कर, गुरु, सबैले उनै कुरा बताइरहेका छन्; यद्यपि शैली फरक छ, भाषा फरक छ, हावभाव फरक छ । तर गुदी कुरो उही हो । कन्फ्युसियस, लाओत्जू, जरथ्रुस्त, जीसस क्राइस्ट, पैगम्बर मुहम्मद, ओशो, कृष्णमूर्ति, साईबाबा, ब्रह्माकुमारी जो कसैले पनि भनेको गुदी कुरो त उही हो; परन्तु भन्नेका शैली र ग्रहण गर्नेका ल्याकतले पो फरक पारेको छ । यता भौतिक विज्ञानका महारथीहरूका प्राप्तिका सार पनि ती भन्दा फरक छैनन् ।
सापेक्षसत्य का अनुयायीहरू युगानुसार प्रासंगिक वा अप्रासंगिक ठहरिने हुन्छन् । हिजोका वैज्ञानिकका सिद्धान्त र सूत्रहरू आज मिल्दैनन् र आजका सिद्धान्त र सूत्रलाई भोलीका वैज्ञानिकले अझ विकास गर्नेछन् । धर्मकै नाममा आएका भए तापनि असत्य कुराहरू समयक्रममा त्यागिँदै छन् । तिनमा रहेका शाश्वत सत्य मात्र सदैव स्वीकार्य रहने हुन् । वास्तवमा सापेक्ष सत्य र शाश्वत सत्य बीचमा तालमेल मिलाउन कठिन छ । तर नमिलाई सुखै छैन । युगका अगुवाहरूले 'शाश्वतसत्य' र 'सापेक्षसत्य' दुबैको गतिसँग आफ्नो हिंडाइलाई तालमेल मिलाउनु पर्दछ । हाम्रो युगलाई पनि त्यसकिसिमको तालमेलको आवश्यकता छ ।
धर्म र विज्ञान यी दुबैको लक्ष्य उन्नति, प्रगति, विकास र सुख नै हो; अनि मानव कल्याण र शान्ति नै हो । सफलता-असफलता तथा सदुपयोग-दुरूपयोग चाहि“ पछिल्ला कुरा हुन् । उदाहरण खोज्न थाल्ने हो भने धर्मको पनि सदुपयोग र दुरूपयोग दुवै थोक गरेको पाइन्छ भने विज्ञानको पनि सदुपयोग र दुरूपयोग दुवै थोक गरेको पाइन्छ । कुनै उदाहरण विशेषलाई औंल्याएर छारो उडाइरहनु र त्यसैलाई र्सार्वजनीन ठान्नु मूर्खता हो । यो त पात्रता अनुसार फरक पर्ने कुरा हो । वास्तविकतामा धर्म र विज्ञानबीचमा कुनै मौलिक विरोध छैन ।
विज्ञानको प्राथमिकता बाह्य स्वरूपलाई छ भने धर्म आत्मिक चैतन्यको पक्ष लिन्छ । उही रुखका हाँगाबिँगाहरू जतासुकै फर्कून् न, जरा त एउटै हो । स्वाभाविक विविधतालाई देखेर एकत्व नदेख्नु कहाँसम्मको मूढता !
मानवलाई धर्म र विज्ञान दुबैले अरु सबै जीवभन्दा उच्चतहमा राखेका छन् । यो मानव शब्द बनेको छ तीन अक्षर मिलेर । मा - अज्ञान, अविद्या । न - बिना । व - वर्तन - कार्य ) । अर्थात्, अज्ञान-अविद्या त्यागेर कार्य गर्नेलाई मानव भनिएको छ । अज्ञान त्याग्नु भनेको ज्ञान प्राप्तितर्फलाग्नु हो, ज्ञान प्राप्त गर्नु ज्ञानी बन्नु हो, ज्ञानी बन्नु भनेको आफू र आफ्नो जगत् तथा त्यसको कारण जान्नु हो । यसरी आत्मज्ञानको स्थितिमा पुगेपछि आत्मज्ञान नै परमात्मा- ज्ञान (इश्वरप्राप्ति) को सोपान हो, इश्वर वा ब्रह्मतत्व साक्षात्कार गर्नु नै परमसत्य हो । मानवको परमलक्ष्य 'मोक्ष' हो ।
हाम्रा धर्मशास्त्रहरूले बारम्बार हामीलाई बताइरहेका छन् - धर्म नै सत्य हो । धर्मबिना मानव व्यर्थ छ । अनि त्यो वैज्ञानिक, जसको लक्ष्य नै जीवन र जगत्को सत्य अन्वेषण गर्नु हो, कसरी परमसत्य ब्रह्मतत्वबाट पर रहन सुहाउँछ - उसको खोज नै सत्यतर्फपरिलक्षित हुनेहुँदा ध्रुवसत्य एवं परमसत्य परब्रह्मलाई वैज्ञानिकले नकार्न मिल्दैन । धर्मको शुद्ध स्वरूप र विज्ञानको पनि शुद्ध स्वरूप र्छलङ्ग हुँदा धर्म र विज्ञानको एकत्व सहजै दृष्टिगोचर भइहाल्छ ।
विज्ञान र धर्मलाई भिन्न देख्नु दृष्टि-दुर्बलता हो । तथ्य कुरा के हो भने, धर्म र विज्ञान एउटै सिक्काका दुई पाटा हुन्, एक-अर्काका परिपूरक । यहा“नेर आधुनिक विज्ञान जगत्का महान् व्यक्तित्व आइन्सटाइनलाई उद्धृत गर्नु उपयुक्त हुनेछ।आइन्सटाइनको भनाइ छ- धर्मबिनाको विज्ञान लङ्गडो र विज्ञानबिनाको धर्म अन्धो हुन्छ । यदि अपूर्णताबाट पूर्णतातिर जाने हो भने धर्म र विज्ञान समानरूपेण अपनाइनु पर्छ । भनिएकै छ कि ज्ञान (धर्म) र विज्ञानको हात कर्ममा जोड्नु पर्दछ ।
आज तथाकथित आधुनिकताको मदले चूर भएकाहरूमध्ये धेरैको प्रवृत्ति देखिएको छ कि विज्ञानको नाम लिँदै धर्मको विरोधमा बकबकाउँदै हिंड्छन् । शिक्षाको नाममा स्थापित मूल्य-मान्यता विरोधी कुराहरू प्रचारित गर्ने फेशन चलेको छ। तर, जुन शिक्षाले सद्वृत्ति जागृत गराउँदै हृदयमा प्रविष्ट भएर मानवलाई एक श्रेष्ठ-जीवन-स्वप्नले भर्दैन, त्यो शिक्षा होइन साक्षरता मात्रै हो । अहिले शिक्षाको नाममा फगत् साक्षरता मौलाएको छ, यद्यपि कागजी प्रमाणपत्रहरू दिएर-लिएर बकाइदा विद्वत्ताको बिगुल फुकिरहेको स्थिति छ । देखिएकै छ कि परम्परा तथा स्थापित मूल्य-मान्यता बारेमा अनर्गल बकबास गर्ने लफङ्गाहरूलाई क्रान्तिकारी ठान्दिने गरेको । आफ्नै घरमा आगो झोस्ने, अनि टुप्पातिर बसी फेद काट्ने कार्य पनि क्रान्ति - हास्यास्पद । परम्परा, संस्कार, संस्कृतिका असल पक्ष पनि देख्न नसक्ने अन्धाहरू तथा विज्ञानको गलत व्याख्या गर्दै शास्त्र, इश्वर, धर्मको उपहास गर्न समेत अघि र्सर्ने उद्दण्डहरू यत्रतत्र छ्यास्छ्यास्ति भेट्न पाइन्छ । हामी यस्तो निर्रथक क्रान्ति अस्वीकार गर्दछौं । वास्तवमा क्रान्ति सकारात्मक हुनुपर्छ र निर्माण औचित्ययुक्त । हामी नकारात्मकताले भरपूर ध्वंशका पक्षधर होइनौं, हामी त सकारात्मक क्रान्तिका पक्षधर हौं ।
अर्कातिर 'धर्म' भन्ठानेर अन्धविश्वास, फाहोरमैला, विकृतिलाई पनि अँगालेर बस्न चाहने कूपमण्डूकहरू पनि नभएका होइनन् हाम्रो समाजमा । धार्मिक तथा परम्परावादी हुनुको अर्थ यो होइनकि हिजो जे गरिन्थ्यो आज पनि हुबहु उही गरियोस् । थुप्रै कुराहरू देश, काल, परिस्थिति अनुरूप परिवर्तन, परिमार्जन हुन्छन् /हुनुपर्दछ । आजभन्दा पचास वर्षअघि बागमती नदीमा नुहाएमा पुण्य मिल्छ भनेर प्रतिदिन स्नान गरेको परम्परालाई कायम राख्न आज फोहोरले डुङ्डुङ्ती गनाएको बागमतीमा नुहाउनु त भएन नि !
अनि बागमती फोहोर भयो भनेर छिःछिः दुर्दुर् मात्र गर्ने र त्यतातिर पाइलै नहाल्ने जस्तो 'सुघ्घरीपना' पनि के काम - वैज्ञानिकतायुक्त धर्म र धार्मिकतायुक्त विज्ञान सम्मत कुरा त यो हुन्छकि बागमती नदीको हिजोकै गौरव कायम राख्न यसलाई शुद्धिकरण गरियोस् ।
यस कुरालाई अर्को एउटा उदाहरणबाट हेरौं । सुनलाई बहुमूल्य सम्पत्तिको रूपमा लिने प्रचलन हाम्रो समाजमा छ । यो धातुमा के त्यस्तो जादू छ कुन्नि ! जे होस्, सुनको गहना धेरै समयसम्म लगाउँदा त्यसमा कस (मयल) लाग्छ र त्यति राम्रो गहना मयलका कारण फोहोर र घिनलाग्दो पनि देखिन्छ । अब कस नै कसले छोपिएको सुनको त्यो गहनालाई के गर्ने - यस सन्दर्भमा विभिन्न किसिमका प्रवृत्ति र व्यवहार हामी देख्दछौं । यीमध्ये तीनथरी प्रमुख छन् । एकथरी हुन्छन् जो आफ्नो गहनामा मयल परोस् वा जेसुकै होस्, त्यसलाई जस्ताको तस्तै स्वीकार गर्दछन् । गहनामा जमेको फोहोरलाई पनि गहनाकै अभिन्न अंग ठान्ने उनीहरू कसैले कस सफा गर्ने प्रयास गरेमा त्यसलाई सहँदैनन् । अनि अर्काथरीचाहिँ गहनामा लागेको फोहोरलाई मात्र देख्छन् र त्यो गहनालाई नै फाल्ने कुरा गर्दछन् । यी दुई अतिवादीहरूका बीचमा नीर-क्षीर विवेकी व्यक्तिहरू पनि हुन्छन्, जो गहनामा जमेको फोहोरलाई शुद्धिकरण गर्दै शुद्ध स्वरूपमा गहनालाई उजिल्याउन प्रयास गर्दछन् । सुनको शाश्वततालाई चिन्दछ र्'धर्म'ले र त्यसमा लागेको फाहोरलाई फाल्दछ 'विज्ञान'ले ।
अहिले मान्छेहरू धर्मको अनौठा-अनौठा परिभाषा गर्छन् । हिन्दू धर्म, बौद्ध धर्म, जैन धर्म, सिख धर्म, बोन धर्म, शिन्तो धर्म, क्रिश्चियन धर्म, इस्लाम धर्म, यहुदी धर्म, आदि-इत्यादि । यी त सम्प्रदाय हुन्, मजहब हुन्, रेलिजन हुन् । असली धर्मतत्वलाई यस्ता 'ट्रेडमार्क'ले छोपेका छन् । 'धर्म' भन्ने जुन शब्द छ, यसको समानार्थकमा 'रेलिजन' तथा 'मजहब'लाई बुझ्नु गलत छ । धर्म त व्यापक छ र रेलिजन-मजहब-सम्प्रदायले धर्मको पूरा अर्थ हुँदैन ।
यसबारेमा म थप चर्चा गर्न चाहूँला । 'धर्म'लाई अंग्रेजी शब्द रेलिजन को समानार्थक मानेर अनुवाद गर्ने गरिएतापनि वास्तवमा यो सही अनुवाद होइन । धर्म शब्दको खास अर्थ र रेलिजन शब्दको अर्थमा ठूलो भिन्नता छ । 'रेलिजन'ले एउटा सम्प्रदाय वा 'मजहब' मात्र जनाउँछ; यता 'धर्म'चाहिँ व्यापक अर्थ भएको शब्द हो । आरम्भमा धर्म-तत्व एउटै थियो तापनि कालान्तरमा मान्छेले धर्मका नाममा अनेक कर्महरू अपनाउँदै गयो; अनेक रीतिरीवाज, विधि-विधान, चाल-चलन, प्रथाहरू प्रचलित हुँदैगए; अनि धर्मलाई तिनै भौतिक क्रियाकलापका आधारमा छुट्ट्याउने/ खुट्ट्याउने गर्न थाले । देश, काल, परिस्थितिमा अनेकता हुँदा कर्म, रीतिरीवाज, विधि-विधान, चाल-चलन, प्रथा आदि जस्ता भौतिक क्रियाकलापमा पनि अनेकता आउन थाल्नु स्वाभाविकै भयो । तर, जब मान्छेले वास्तविक धर्म-तत्वलाई बिर्सेपछि विकसित गरिएका भौतिक क्रियाकलापलाई नै धर्म ठान्न थाल्यो तबदेखिनै मतभेद पनि प्रकट भयो । धर्मको वास्तविक तत्वलाई भन्दापनि यिनै कुराहरूलाई महत्व दिने प्रवृत्तिले धर्मका नाममा संर्घष सुरु गरायो । संसारमा धर्मका नाममा पटक-पटक हिंसा भड्केको छ; धर्मको निहुँमा मानव-रक्तको खोलो धेरैपल्ट बगेको छ । 'धर्म' सम्प्रदायगत ट्रेडमार्कले छोपिएर मान्छे धर्मको भ्रममा अन्तर-कुन्तरमै जकडियो । अहिले त धर्म भन्नासाथ "कुनचाहिँ धर्म -", अनि मेरो धर्म र तेरो धर्म भनेर आपसी लडाइँ, मारकाट गर्ने बहाना बनाएका छन् धर्मलाई ।
यदि मानव समाजले असली धर्म-तत्व आत्मसात् गर्ने होभने धर्मका नाममा हुने गरेका सारा द्वन्द्वको औचित्य नै रहने छैन । प्रारम्भमा धर्म-तत्व एउटै थियो; तब अहिले किन हुन सक्दैन - अवश्य हुनसक्छ । यसका निमित्त वैज्ञानिक विश्व-दृष्टिकोण आवश्यक छ । धर्मको मीमांसा विज्ञानको कसीमा गर्ने हो भने दूधको दूध पानीको पानी नछुट्टिने कुरै छैन ।
विश्वको सर्वप्राचीन धर्मग्रन्थ 'वेद' भएकाले यसमा वणिर्त धर्म-तत्वलाई मानव समाजको 'आदिधर्म' मान्नुपर्ने हुन्छ । हुन पनि वेदमा कहिएको धर्म सम्प्रदायगत 'ट्रेडमार्क' भन्दा अलग्गै र सारा मानव-समाजकालागि समानरूपेण लागू हुनसक्ने छ । यहाँनेर मलाई मेरा परमपूज्य पिताजीको उपदेश स्मरण हुन्छ( "वेद विश्वको विधान हो भन्नुमा अत्युक्ति हुनेछैन । 'वेद'को अर्थ हो ज्ञान । ज्ञान भनेको जान्नु हो । जान्नका निमित्त सिक्नु पर्दछ । सिक्नुलाई शिक्षा भनिन्छ । शिक्षा प्राप्त गरिसकेका व्यक्तिहरू शिक्षित कहलाउँछन् र वास्तवमा उनीहरू शिष्ट बन्दछन् । यही शिष्ट शब्दमा आचार समेत जोडिएपछि बन्छ- शिष्टाचार । आचार शब्द आङ्ग उपसर्ग पूर्वक चर धातुबाट बनेको र आङ्गपूर्वक चर धातुको गर्नु अर्थ भएको हुनाले आचारको अर्थ हो- गरिने कुरा । शिष्टहरूले गरिने कुरा शिष्टाचार र गर्न नहुने कुरा अनाचार भन्ने हाम्रो परम्परा छ ।
यो कुरा यसरी गर्नु भनेर सूत्र (छोटकरी) रूपमा सिकाउने र त्यसको विपरीत व्यवहार नगर्नलाई व्यवस्था गर्ने लिखत वा ग्रन्थलाई विधान भन्ने चलन छ । एकै वाक्यमा बताउनुपर्दाखेरिमा, वेद विश्वको विधान हो किनकि यसले शिष्टाचारको ज्ञान दिन्छ र मानव समाजलाई अनाचारबाट जोगाउँछ ।
वेदमा दुई किसिमको शिक्षा पाइन्छ । एक, व्यावहारिक र अर्को, पारमार्थिक । व्यावहारिक शिक्षा सूत्र रूपमा पाइन्छ र पारमार्थिक शिक्षा विस्तृत रूपमा । यसको रहस्य केभने व्यावहारिक वस्तुहरू बदलिइ रहन्छन् । बदलिइ रहने वस्तुको विशेष बयान गर्नु र्व्यर्थ कुरा हुन्छ । पारमार्थिक वस्तु बदलिँदैनन्; ती सधैं एकनाश रहन्छन् । परमार्थ -सत्य-वस्तु) को पत्ता लगाउने हुनाले यिनलाई पारमार्थिक भनिएको हो र यस सम्बन्धी शिक्षालाई पारमार्थिक शिक्षा भनिन्छ । पारमार्थिक शिक्षाको अर्को नाम हो अध्यात्मज्ञान ।"
वेद-निर्देशित धर्म-तत्वलाई अवलम्बन गर्नासाथ धर्मका नाममा सृजित सारा समस्याहरू समाधान हुन सक्दछन् । धर्म यस्तो तत्व हो जसका कारणले मनुष्य पशु बन्नबाट जोगिएको छ । अर्थात्, धर्मनै यस्तो चीज हो जसका कारण मान्छे अरु भन्दा पृथक् रहेको छ । धर्म अवलम्बन गर्दैन भने मान्छेले श्रेष्ठताको दाबी गर्न मिल्दैन । धर्मले मान्छेको आध्यात्मिक, आधिदैविक, आधिभौतिक अभ्युदय गराउँछ ।
'रेलिजन'को /'मजहब'को चक्करमा नपर्ने होभने; तिन्लाईनै धर्म ठानेर भ्रममा नपर्ने होभने र्व्यर्थ हुनेछन् 'जेहाद' र 'क्रुसेड'हरू । धर्म लडाइँ गर्ने चीज होइन; यो त पवित्र जीवन-पद्धति हो । धर्म शब्द 'धृ' धातु (धारणा गर्नु)बाट निष्पन्न भएको हो । यसबाट देखिन्छकि धर्मको अर्थ धारणा हो जसले हामीलाई जीवनकोलागि धारणाहरू प्रदान गर्दछ । ती धारणाहरूको फलस्वरूप मान्छेको जीवन पतनबाट बच्दछ । धर्मले हामीलाई नराम्रा काम-कुराबाट बच्ने ज्ञान दिन्छ । धर्मले मानवलाई राम्रा नियम, राम्रा गुण, असल विचार र दृष्टिकोण अपनाउन भन्छ; अनि नराम्रो काम गर्नबाट रोक्छ । धर्मज्ञानको धेरै भाग नैतिक-चारित्रिक शिक्षायुक्त छ । संसारमा जतिपनि धर्म छन्, तिन्को एउटा मुख्य उद्देश्य मानवको चरित्रको उत्थान हो । जस्तोकि ऋग्वेदमा जीवनका शाश्वत मूल्यहरूको स्थापना एवं अवलम्बन गर्न धर्मले प्रेरणा दिन्छ । अनि, मनुस्मृतिमा धर्मको लक्षण बताइएको छकि धैर्य, क्षमा, दम ('विषय-वासना' हटाउनु), अस्तेय, शौच, इंद्रियनिग्रह, धी (बुद्धि), विद्या, सत्य र अक्रोध यी धर्मका दश लक्षण हुन् । यसमा कुनै सम्प्रदायवालाले आपत्ति जनाउनु पर्ने वा अस्वीकार गर्नुपर्ने के छ र ! महर्षि कणाद जब भनिरहेका हुन्छन्कि जसबाट अभ्युदय, उन्नति या कल्याण हुन्छ तथा "मुक्ति' प्राप्ति हुन्छ त्यही धर्म हो (यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्मः) -तब कहाँनेर छ विवाद/ अस्वीकार गर्नुपर्ने ठाउँ -
ऋग्वेदमा भनिएको छकि एक्लै खानेवाला पापी हो र बाँडेर खानेवाला पुण्यभागी हुन्छ, धर्म पाउँछ । यस्तो मानवतावादी धारणालाई कुनै सम्प्रदायको भनेर कसैले आलोचना गर्न सक्छ - वास्तवमा समस्त विश्वको साझा विश्वर्-धर्म बन्न वेदद्वारा निर्देशित गरिए अनुरूपको 'धर्म'मात्र सक्षम छ । यदि विभिन्न सम्प्रदायगत 'ट्रेडमार्क'हरूमध्येबाट रोज्नु परेमाचाहिँ जसले वेदको उत्तराधिकार बोकेको छ त्यहीतर्फहामी र्फकनु पर्ने हुन्छ ।
धर्म अवलम्बन गर्नुको मतलब धर्मका नाममा मारकाट मच्चाउनु वा द्वेष फैलाउनु भनेको पटक्कै होइन । धर्मका नाममा लडाइँ, मारकाट, हिंसा, शस्त्रास्त्रको उपयोग आदि-इत्यादि त राजनीति हो, अर्थनीति हो; धर्मनीति होइन । कहिलेकाहिँ तीपनि आवश्यक पर्लान्; तर तिन्लाईनै धर्म मान्नु गलत हो । धर्मयुक्त जीवनमा तीबाट प्रायः पर रहनु पर्दछ । कर्म, रीतिरीवाज, विधि-विधान, चाल-चलन, प्रथा आदि जस्ता भौतिक क्रियाकलापमा अनेकता भएकै निहुँमा शस्त्रास्त्रको बलमा अरुलाई आफ्नो मतमा तान्न 'जेहाद' र 'क्रुसेड' गर्नु धर्म होइन । एउटा धार्मिक व्यक्तिले अर्को व्यक्तिलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन, द्वेष हुँदैन, क्रोध हुँदैन, झै-झगडा र मारकाट हुँदैन, हिंसा हुँदैन । परोपकार उसको जीवनको स्वाभाविक कर्म हुन्छ । 'सर्वे भवन्तु सुखिनः'को भावनाले भरिपूर्ण हुन्छ धार्मिक व्यक्ति । धर्म मानवताको उच्चतम स्वरूप भएकाले 'वसुधैव कुटुम्बकम्'लाई स्वतः आत्मसात् गरेको हुन्छ /हुनुपर्छ । तब, कुटुम्ब-कुटुम्ब बीचमा पनि केको युद्ध -
यता विज्ञान पनि त बन्धुहत्या गर्न जन्माइएको होइन । तर विज्ञानको विकासलाई विनाशको अट्टाहासमा परिणत गर्नेहरू पनि छन् । सारा संसार युद्धको विभिषिकाले त्रस्त भएर त्राही त्राही गरिरहँदा विज्ञानको घोडा चढेर हिंस्रक मनोवृत्तिका मान्छेहरू बन्धुहत्यामा जुटेका छैनन् र ! तर मूल स्वरूपमा हिंस्रक, विनाशक होइन विज्ञान । ऊ पनि धर्म जस्तै कल्याणकारी हो ।
धर्मको अर्को समानार्थक शब्दावली शायद सत्यम् शिवम् सुन्दरम् मात्रै हुनसक्ला । यस्तो धर्म कसरी विज्ञान-असम्मत हुन सक्छ -
त्यसो त मान्छेहरूमा धर्म र विज्ञान एक-अर्काका शत्रु भएको भ्रम पर्नुको कारण छ । विगतमा चर्चले कैयौं वैज्ञानिकहरूलाई प्रताडित गरेको, कतिपयलाई जिउँदै जलाएको, यस्तो यस्तो घृणित कार्य गरेको थियो । बाइबलको, इर्साई धर्मको खोल ओडेर पोप-पादरीहरूले विज्ञानको दमन गर्ने दुस्प्रयास धेरैपल्ट गरे । अचेलपनि इस्लामको नाममा फतवा जारी गरिएका हामी सुन्छौं । यी पनि कुरानको, इस्लाम धर्मको खोल ओडेर विज्ञानलाई सिध्याउन चाहन्छन् । जस-जसलाई सत्यसँग द्वेष छ, तिनीहरू विज्ञानसँग डराउँछन् । दुर्भाग्यको कुरा हो कि विज्ञानसँग डराउने यस्ता मर्ूखहरूले धर्मको आड लिने चलाखी देखाउने गरेका छन् ।
धर्मको प्रतिकूल कुराहरूलाई समेत धर्म नै ठान्दिने-मान्दिने गलत कार्य भएको छ । मार्क्सले धर्मको विरोध गरेको पनि चर्च, पोप, पादरी, मुल्ला, मौलवी, मठाधिशहरूको व्यवहार देखेर नै हो । यदि मार्क्सलाई कोही सुयोग्य गुरुसँग वेद, उपनिषद्, गीता आदि पढ्ने सौभाग्य मिलेको भए उनी स्वयम्ले आफ्नो कम्युनिष्ट मेनिफेस्टो बाकसमा थन्क्याइदिने थिए । उनलाई त्यो सौभाग्य मिल्न सकेन र एउटा व्यक्तिको अभाग्यले डोर्‍याएर साराका सारा कम्युनिष्टहरू धर्मको नामस“ग नै उतर्सिने विडम्बनापूर्ण स्थिति रह्यो । उनका उत्तराधिकारीका रूपमा आएका एंगेल्स, लेनिन, स्टालिन, माओ आदिको समस्या पनि उही हो । तपाईंलाई थाहै छ कि स्वयम् स्वामी विवेकानन्द समेत सुयोग्य गुरु रामकृष्ण परमहंस स“ग भेट नहुँदासम्म उग्र नास्तिक हुनुहुन्थ्यो । तर सुयोग्य गुरु प्राप्त गर्ने उहाँको सौभाग्य थियो । त्यस्तै सौभाग्य नपाएकाहरू मात्रै नास्तिकताको अँध्यारोमा जकडिन्छन् ।
यहा“ धर्मको स्वरूप नबुझेरै धर्मको नाम पारेर द्वन्द गरिएको देखिन्छ । धर्मको नाममा ठूल्ठूला नरसंहारकाण्ड पनि मच्चाए । अर्काको प्राणहत्या गरेर, अरुलाई मारेर धर्म हुने भए को पापी हुँदो हो - पण्डावादले र सामन्तीहरूको मनलाग्दी र आफूअनुकूल व्याख्या तथा स्वेच्छाचारिताले वास्तविक धर्मतत्व पछाडी धकेलियो । हुँदाहुँदा धर्म र विज्ञानलाई त विपरित ध्रुवमा राख्न थालियो । मान्छेको धर्मको नाममा साँघुरिएर सम्प्रदाय, मजहब, रेलिजनको घेरामा जकडिए । धर्मको विरोध गर्नेहरूको स्थिति त झन् विडम्बनापूर्ण भयो - उनीहरू झन् निम्नस्तरको सम्प्रदायका उपासक पो हुनपुगे । उदाहरण दिन सकिन्छ - कम्युनिष्टहरू धर्मको उग्र विरोध गरिरह“दा आफूहरू मार्क्स, लेनिन, माओका तस्वीर पूजा गर्छन् र तिनीहरूको अन्ध र्समर्थनको तरिका संकीर्ण सम्प्रदाय वा मजहबको जस्तै छ । यद्यपि उनीहरू विज्ञानको धेरै दुहाइ दिन्छन् । कम्युनिष्ट-इतरका नास्तिकहरू, जस्तै ः पूँजीवादी, पनि उही ड्याङ्का हुन् । हामीले बुझ्नैपर्ने कुरा छ कि रेलिजन-मजहब-सम्प्रदायरु विज्ञानबिनाका पनि हुनसक्लान्, तर धर्म कदापि विज्ञानबिनाको हुँदैन । धर्मको जग विज्ञान हो, धर्म विज्ञान-प्रतिपादित छ । आधुनिक विज्ञान अझ पूर्णतातिर लागेपछि हामी यही निष्कर्षा पुग्नेछौं कि धर्म र विज्ञान एक-अर्काका विरोधी होइनन् । शुद्ध रूपमा रहन दिइएको 'धर्म'को र पूर्णतामा पुगेको 'विज्ञान'को क्षेत्र एउटै हो । एउटा चरमोत्कर्षा पुगेपछि विज्ञान धर्मसमक्ष नतमस्तक हुन्छ र सही स्वरूपमा धर्मले विज्ञानलाई ममतापूर्वक अङ्गीकार गर्दछ ।
एक्लो धर्मको अनुशरण गर्छु भन्दाखेरी मान्छे अन्ध-संकीर्णतावादमा जकडियो, अनि एक्लो विज्ञानको अनुशरणले चाहिँ मान्छेलाई उग्र-भौतिकतावादको भासमा पतन गराउने स्पष्टै छ । धर्म र विज्ञानको समन्वय नै ठीक कुरा हो र यही अत्युत्तम हुनेछ । धर्म र विज्ञानको एकत्वमा मानव समाजको हित निहित छ । अबका दिनमा धर्मको पक्ष वजनदार हुनुको कारण के पनि हो भने मानव समुदायलाई उसको उज्ज्वल भविष्यका निमित्त धर्म-तत्वको आवश्यकता झन् बढेको छ । मलाई के लाग्छ भने मानव जति बढी मात्रामा शक्तिसम्पन्न हुन्छ उति नै बढी मात्रामा उसलाई धर्म-तत्व आवश्यक हुन्छ । धर्म र विज्ञानको समन्वय अबका दिनहरूमा झन् झन् अत्यावश्यक देखिएको छ ।
सबभन्दा महत्वपूर्ण सवाल के हुनसक्छ भने धर्मले मानव समुदायलाई भविष्यमा कस्तो योगदान पुर्याउला - त्यही योगदानमा नै यसको महत्व पनि प्रष्टिएला । मैले बारम्बार भनेको छु कि धर्म भन्दाखेरीमा धर्मको नाममा पलाप्पिएका आडम्बर, ढोँग, पाखण्ड, रुढीवादिता तथा लौकिक व्यवहार आदिलाई मात्रै ठान्नु हुँदैन र असली धर्म-तत्व बुझ्नु पर्दछ । त्यस्तो असली धर्म-तत्वसँग विज्ञानको कुनै वैरभाव हुँदैन । अनि त धर्म र विज्ञानकाबीचमा सामञ्जस्यताले मानव जातिमा प्रकाशमय प्रभाव पार्नेछ ।
यहाँनेर एकजना विद्वानलाई उद्धृत गर्नु सान्दर्भिक होला, जसको भनाइ छ ः- मलाई कस्तो लाग्छ भने त्यस्तो प्राणीका निमित्त धर्म जीवनको आवश्यकता नै हुन्छ जो चेतनासम्पन्न छ र त्यसैको परिणाम स्वरूप शक्तिसम्पन्न पनि छ, अनि जो त्यसै कारणले गर्दा छनोट गर्नैपर्ने अपरिहार्य दायित्व पनि बहन गर्न पुग्छ । मानिसको शक्ति जति ठूलो हुन्छ त्यति नै ठूलो मात्रामा उसलाई धर्म आवश्यक हुन्छ । यदि विज्ञानको प्रयोग धर्मद्वारा प्रेरित र निर्देशित भएन भने विज्ञान लोभ लालचाका लग्गूपनका निमित्त प्रयोग हुनेछ र विज्ञानले लोभलालचालाई प्रभावकारी रूपमा त्यति सेवा पुर्याउनेछ जसको फलस्वरूप विज्ञान विनाशकारी हुन पुग्नेछ । त्यस्तै अर्का एकजना विद्वान भन्छन् ः- आध्यात्मिकता र भौतिकताका सम्बन्ध बारेमा जुन धारणा लोकप्रचलित भइरहेको पाइन्छ त्यसमा अब मौलिक परिवर्तन ल्याउनु आवश्यक छ । आध्यात्मिक कल्याणको स्तरलाई उचाल्नु नै हाम्रो पहिलो चासो हुनुपर्छ र भौतिक कल्याणका स्तरको उन्नयनलाई दोस्रो प्राथमिकता दिइनुपर्छ । अर्कोशब्दमा भन्नुपर्दा समाजको सांस्कृतिक, धार्मिक, शैक्षिक विद्वत्तात्मक तथा कला कार्यक्रम, पूर्ण रोजगारी तथा लोक-कल्याणका अन्य भौतिक पक्षलाई अवश्यै उच्चस्तरको आध्यात्मिक समाजको निर्माणका प्रयोजनका निमित्त विकसित गरिनुपर्दछ ।
कठोपनिषद्, द्वितीय अध्याय, तृतीय वल्ली, श्लोक ७/८ मा भनिएको छ ः
इन्द्रियेभ्यः परं मनो मनसः सत्त्वमुत्तमम् ।
सत्त्वादधि महानात्मा महतो˜व्यक्त मुत्तमम् ।।
अव्यक्तात्तु परः पुरूषो व्यापको˜लिङ्ग एव च ।
यं ज्ञात्वा मुच्यते जन्तुरमृतत्वं च गच्छति ।।
अर्थात् इन्द्रिय भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि उत्तम छ, बुद्धि भन्दा त्यसको स्वामी जीवात्मा उच्च छ र जीवात्मा भन्दा अव्यक्त शक्ति (प्रकृति अथवा माया) उत्तम छ । परन्तु अव्यक्त भन्दा पनि परमात्मा श्रेष्ठ छन्, जो निराकार रूपले र्सवत्र व्याप्त छन् । यही ब्रह्मतत्वको ज्ञान भएर नै जीवात्मा मुक्त हुन्छ र अमृतस्वरूप ब्रह्ममा प्राप्त हुन्छ ।
शरीर अनित्य छ । जुन वस्तुको जन्म हुन्छ, त्यसको मृत्यु पनि हुने निश्चित भएकाले शरीर विनाशी छ । यस्तो आदि र अन्त्य भएको शरीर परम् सत्य हुन सक्दैन । इन्द्रियहरू पनि नाशवान् हुन् । वस्तुतः शरीर आत्माको साधन मात्र हो । आत्मा नित्य र अविनाशी छ । यो न कहिल्यै जन्मिन्छ, न त कहिल्यै मर्छ, यो त अजन्मा, अविनाशी, प्राचीन र सनातन हो । हामी जो मृत्यु भएको भन्दछौं, त्यो त मानिसले पुराना फाटेका लुगाहरू त्यागेर नयाँ लुगा लगाएझैं वा र्सपले काँचुली फेरेझैं आत्माले आफ्नो वासस्थान फेरेको हो । जबसम्म विषय-वासनाबाट मन विरत हुँदैन, तबसम्म यस्तो प्रक्रिया चलिरहन्छ (जसलाई पुनर्जन्म भनिन्छ । तर आत्मज्ञान प्राप्त भइसकेपछि पुनः जन्मने कुनै प्रयोजन नै बाँकी नरहने हुनाले पुनर्जन्म हुँदैन । मानिसको जन्म ठूलो पुण्यले मात्र मिल्ने हुनाले यसलाई मोक्ष पाउनको लागि सदुपयोग गर्नैपर्दछ ।
भौतिक सुखलाई हामी निषेध गर्दैनौं, प्रत्युत महत्वपूर्ण ठान्दछौं । हिन्दू जीवनमा मोक्षप्रतिको अत्यधिक आग्रहको अर्थ भौतिक जगत्प्रतिको निरपेक्षता होइन । इन्द्रियजन्य मोह वा भ्रमप्रति अनिच्छा भएतापनि मानव चेतनाप्रति वैदिक मतमा अगाध श्रद्धा रहेको छ । मानव शरीरलाई मूलतः पापमय मान्ने पाश्चात्य अवधारणा रहेको छ । हिन्दू अवधारणामा पञ्चतत्वबाट बनेको शरीर त मोक्षको साधन हो; जुन साधन त्यति महान् लक्ष्यकालागि सहायक बन्नेवाला छ, त्यस्लाई पापमय कसरी मान्न सकिन्छ र ! क्षणभंगुर भएतापनि यसले मोक्षको प्राप्तिमा पुर्‍याएको सहयोगप्रति कृतज्ञता भाव रहेकै हुन्छ एक आदर्श हिन्दूमा । त्यसैले त मोक्षको प्राप्तिनेरै पुगिसक्दा पनि भर्तृहरि भन्छन् - "हे माता पृथ्वी, पिता वायु, मित्र अग्नि, सुबन्धु जल, भ्राता आकाश ! तिमीहरूलाई मेरो यो अन्तिमपल्ट हात जोडी नमस्कार छ, तिमीहरू सबैको साथबाट उत्पन्न पुण्यका आधिक्यले स्फुरित भएको निर्मल ज्ञानले मोहको सारा महिमालाई पार गरी म परब्रह्ममा लीन भइरहेको छु ।"
यस्तो कृतज्ञता भाव रहन्छ हिन्दू जीवन पद्धतिमा । पुरुषार्थ-चतुष्टयका रूपमा मोक्ष चरम् प्राप्ति अवश्यै हो; मानव जीवन पाएर पनि मोक्ष नपाउनेले महानतम् अवसर गुमाएको ठानिन्छ; किन्तु त्यस शृंखलामा अर्थ, काम र धर्म पनि छन् भन्ने हामीले भुल्नु हुँदैन । अर्थ र काम भौतिक उन्नतिको कसीका रूपमा रहेका छन् भने धर्म भौतिक र आध्यात्मिक उन्नतिको सेतुका रूपमा रहेको छ । अवश्य नै धर्मले परलोक सुधार्छ; तर धर्मको ध्येय त्यतिमात्रै चाहिँ हुँदैहोइन । 'इहलोक' पनि यसले सुधार्नु पर्दछ र सुधार्दछ पनि । यदि यसले 'इहलोक' सुधार्न नसक्ने हो भने यसको उपादेयता नै प्रश्नको घेरामा पर्दछ । वास्तवमा धर्म र विज्ञानको समन्वय नभई पुरुषार्थ चतुष्टयको पर्ूण्ा-प्राप्ति हुँदैन । वैदिक परम्पराका दर्शन-शास्त्रको विशेषता छकि यी मनुष्यका आधिभौतिक, आधिदैविक, आध्यात्मिक सबै तहलाई सम्बोधित गर्दछन् ।
अर्थात्, वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतायुक्त विज्ञान । धर्म र विज्ञानको सहकार्य, सह-अस्तित्व एवं सामञ्जस्यताको कुरा गर्दा म कुनै नयाँ र असम्भव कुरा गरिरहेको छैन । धर्म र विज्ञानको ऐक्यता, सहकार्य, सह-अस्तित्व, सामञ्जस्यताले मानव समुदायको हित हुने कुरामा विश्वस्त हुन सकिन्छ । आजको पुस्ताको हरेक व्यक्तिले यसैको निमित्त प्रयत्न गर्नु उसको 'युगधर्म' हो । अस्तु ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

This page is powered by Blogger. Isn't yours?