Tuesday, June 13, 2006
किन 'लाइट अफ् एसिया' मात्रै -
किन 'लाइट अफ् एसिया' मात्रै -
निर्मलमणि अधिकारी
"द लाइट अफ् वर्ल्ड भन्नाले जिसस क्राइस्टलाई बुझिन्छभने लाइट अफ् एसिया भन्नाले कस्लाई बुझिन्छ -" विद्यालयस्तरमा पढ्दा हाजिरी-जवाफ प्रतियोगितामा पटक्-पटक् सोधिने यो प्रश्नको जवाफमा "भगवान् बुद्ध" भनेर 'ठिक' --) उत्तर दिई कतिपल्ट पुरस्कार जितियो! अहिलेपनि थुप्रैले उसरीनै जवाफ दिइरहेकै छन्। जस्तो पढाएको छ उस्तो ! यसरी सामान्य तबरले हेर्दा कुरो स्पष्ट नै छकि 'लाइट अफ् वर्ल्ड'- जिसस क्राइस्ट र 'लाइट अफ् एसिया'- भगवान् बुद्ध । तर पख्नोस्; कुरो यति सामान्यमात्रै छैन । यी दुई व्यक्तित्वलाई चिनाउन प्रयोग गरिएका दुईओटा उस्तै-उस्तै खालका उपमाहरू बीचमा रहेको भिन्नताले ठूलो अर्थ बोक्छ । सोझो हेराइमा सामान्यजस्तो लाग्ने; तर यस्सो विचार गर्नासाथ मेसो पाइहालिने भिन्नताको पेटबोली वा आशय हेर्दाखेरीमा के देखिन्छभने येशू ख्रिस्ट (जिसस क्राइस्ट) चाहिँ 'संसार'कै ज्योति हुन् र बुद्धचाहिँ 'एसिया' कामात्र ज्योति ! क्या कमाल !!
यहाँ नबुझिएको कुरोचाहिँ के होभने कुन त्यस्तो कारण छकि जुन कसीमा जाँच्दा जिसस क्राइस्ट 'संसारका ज्योति' ठहरिने; तर भगवान् बुद्ध एसियास्तरकामात्र ज्योति ठहरिने ! कुन तराजु हो त्यो जोखेर ठ्याक्क पत्ता लगाउने ! दुई पृथक् कालखण्डका महान् विचारकहरूलाई यसरी दाँजेर धुर्ततापूर्वक 'ठूलो' र 'सानो' बनाउने कार्य प्रच्छन्न तवरले यहाँ भएको छ । कुनै एउटा पश्चिमा लेखकले बुद्धको जीवनी लेख्ने क्रममा किताबको शीर्षक राख्यो- "बुद्ध ः द लाइट अफ् एसिया" र हामीचाहिँ त्यसैलाई आधार मानेर त्यो उपमा र्सलक्कै स्वीकार गर्ने ! उसले किताब लेख्दाखेरीमा जानी-बुझी धुर्ततापूर्वकनै त्यसो गरेकोपनि हुनसक्छ र अन्जानैमा भावुकतावश त्यस्तो भएको हुनपनि सम्भव छ । तर, एकातिर एउटा धर्मको प्रवर्तकलाई ठूलो आकारको विश्वव्यापी स्तरको 'ज्योति' भनेर अर्को एउटा धर्मको प्रवर्तकलाईचाहिँ अल्लि साँघुर्याएर एसियाली स्तरकोमात्र 'ज्योति' भन्नु सरासर धुर्तता हो; र त्यस उपमालाई लाटोबुङ्गोझैं सहजै स्वीकार गर्नेहरू- महामूर्ख !
जसरी महाभारतकाल भन्दापनि अगाडीदेखिनै संसारको सर्वोच्च शिखरको रूपमा मान्यता प्राप्त भई 'नौबन्धन' भनिइने र पछि 'व्योमकूट' भनिइने गरेको 'सगरमाथा'लाई साम्राज्यवादीहरूले 'माउन्ट एभरेस्ट' नाम अनाधिकार थोपरिदिए -उसरीनै भगवान् बुद्धलाईपनि जिसस क्राइस्टको तुलनामा अल्लि सानो स्तरको 'ज्योति'मै सीमित राख्न खोजे त के आर्श्चर्य ! दोष उनीहरूको जति छ त्योभन्दा बढी हाम्रो छकि हामी यस्ता बाङ्गा-टिङ्गा काइते कुराहरूलाई पटक्कै नबुझेर सोझो पाराले जेपनि स्वीकार गरिरहेका छौं । -इस्लामी हतियारधारीहरू त झन् हतियारकै बलमा हामीलाई सिध्याउन चाहनेहरू हुन् भन्ने पनि भुल्नु हुँदैन ।)
यस्तो अन्य सर्न्दर्भमा पनि भइरहेकै हो । कुनै अर्धज्ञानीले कतै लेखिदियो- चाणक्य पूर्वका 'मेकियाबेली' हुन् भनेर । अनि गोरो छालाले भनेको कुरो तिन्का बौद्धिक दासहरूले कसरी अस्वीकार गर्न सक्थे र ! झन् चर्का स्वरमा भट्ट्याउन थाले- हो, हो, चाणक्य पूर्वका 'मेकियाबेली' नै हुन् । सत्यानाश !! कहाँका महान् आचार्य चाणक्य; अनि कहाँको षडयन्त्रकारी राजनीतिज्ञ मेकियाबेली ! चाणक्यलाई मेकियाबेलीसँग तुलना गर्नु उनीप्रतिको अपमान त हो नै; साथसाथै पटमुर्ख्याइँ पनि हो । भारतवर्षो विशाल भू-भागमा यवनहरूको साम्राज्य स्थापित भएको र बाँकी भू-भागमा पनि अनेकौं सस्याना राजा-रजौटाहरूको आपसी संघर्षले अशान्तिको साम्राज्य फैलिएको त्यस अवस्थामा भारतवर्षलाई विदेशी दासताबाट मुक्त गर्राई विशाल साम्राज्यका रूपमा संगठित गर्ने र शान्ति बहाल गर्ने ती महान् गुरुको स्थान भारतवर्षको इतिहासमा अद्वितीय रहेको छ । शास्त्रशक्ति र शस्त्रशक्ति दुबैको जति राम्रो संयोजन चाणक्यले गरेका छन्, त्यस्तो उदाहरण अन्यत्र सायदै पाइएला । वास्तवमै 'युग-नायक' हुन् आचार्य चाणक्य । उता मेकियाबेली महोदयकोचाहिँ कुरै अर्कै छ । यी दुईको तुलना पटक्कै नसुहाउने कुरो हो । आचार्य चाणक्यलाई मेकियाबेलीसँग तुलना गर्न तुरुन्त छोड्नै पर्छ ।
हामी उस्तै-उस्तै पाराको गल्ती गर्र्छौं जब नेपाल राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहदेवको जीवनी पढाउँदा हाम्रा विद्यार्थीहरूलाई "पृथ्वीनारायण शाहलाई नेपालका बिस्मार्क भनिन्छ" भनेर घोकाइरहेका हुन्छौं । जर्मनी बिस्मार्कको उनको देशमा ठूलै होला योगदान। तर पृथ्वीनारायणलाई 'नेपालका बिस्मार्क' भनिरहँदा हाम्रा राष्ट्रनिर्माताको गौरवमा वृद्धि भएको छ भन्ने म कत्तिपनि ठान्दिनँ; बरु यसबाट "बुझदो न सुझदो टुँडिखेलमा कुद्दो" उखानले दर्शाएजस्तो हास्यास्पद स्थिति पो दर्शिएको छ त ! जसरी उखानमा बताइए अनुसार "अकबरी सुनलाई कसी लगाइरहनु पर्दैन", उसरीनै हाम्रा महान् आचार्य चाणक्य, भगवान् बुद्ध एवम् राष्ट्रनिर्माता पृथ्वीनारायण आदिलाई परचक्री उपमा कत्तिपनि जरुरत छैन ।
"हाम्रो मुलुक नेपाल कहिल्यै पराधीन भएन; हामी सधैं स्वतन्त्र रहृयौं" भनेर नाक फुलाउने गर्र्छौं हामी । छिमेकी मुलुक भारतले पनि साम्राज्यवादीका पन्जाबाट मुक्ति पाएको भइसक्यो थुप्रै समय । तर, यस भारतवर्षभू-भागमा बस्नेहरूले हेक्का नपुर्याइरहेका थुप्रै साम्राज्यवादी अवशेषहरूले अझैपनि दाह्रा-नङ्ग्रा गाडिरहेकै छन् । साँचो कुरा हो- मानसिक दासता झन् खतरनाक हुन्छ । सगरमाथालाई 'माउन्ट एभरेस्ट' नै भनिइन दिइरहनु; बुद्धलाई 'लाइट अफ् एसिया'मै खुम्च्याइरहन राजी हुनु; चाणक्यलाई मेकियाबेलीसँग र पृथ्वीनारायणलाई बिस्मार्कसँग अर्थ न बर्थ सित जोडिरहनुले गर्ने संकेत विडम्बनापूर्ण नै त छ । होइनभने, अब कस्सिएर सवाल ठोक्ने बेला आइसकेको छ- हाम्रा बुद्ध किन 'लाइट अफ् एसिया'मात्रै - अस्तु ।

Comments:
<< Home
ho ma pani yo kura ma achamma pare k ko aadharma buddhalai light of Asia ma simit garayako yo kura lai aba sansar samu uthauna par6 ra Buddha lai Father of the World bhane sambodhan garinu par6.
Post a Comment
<< Home