Friday, March 31, 2006
मीमांसा-दर्शन निर्देशन
Memamsa-Darshan Nirdeshan
मीमांसा-दर्शन पनि सनातन धर्मको प्रमुख धरोहर हो । सांख्य, योग, न्याय, वैशेषिक तथा वेदान्त दर्शनका तुलनामा मीमांसा-दर्शन विस्तृत छ, यसको सूत्रसंख्या २६४४ छ (जुनकि अरु पाँचै दर्शनहरूका सूत्रहरू सम्मिलित गर्दा हुनआउने संख्या जति छ । मीमांसा-दर्शनलाई अरु दर्शनभन्दा फरक यस कारणले मानिएको छ कि यसमा कर्मकाण्डलाई धर्मको मूल साधन बताइएको छ । जैमिनीको स्पष्ट मत छ कि धर्मको जुन व्याख्या वेदमा गरिएको छ त्यसलाई स्वीकार गर्नु र तदनुसार आचरण गर्नु मनुष्यको कर्तव्य हो ।
मीमांसा-दर्शनको चर्चा गर्दा श्रद्धेय आचार्य कुमारिल भट्टको नाम उल्लेख गर्नैपर्छ । किनकि, वर्तमान समयमा मीमांसा-दर्शनको जुन रूप प्राप्त छ त्यो आचार्य कुमारिलद्वारानै पुनःस्थापित भएको हो ।
मीमांसा-दर्शनको उद्देश्य यस्ता धार्मिक विषयहरू तथा समस्याहरूबारेमा विचार गर्नु हो जसका बारेमा लोकमा विभिन्न प्रकारका मतभेद तथा भ्रम फैलेका थिए । 'मीमांसा' शब्दको अर्थ नै 'विचार गर्नु' हो । विद्वानहरू भन्दछन् कि मीमांसा-दर्शनको ज्ञान प्राप्त नगरी वैदिक वाक्यहरूको वास्तविक अर्थ जानिँदैन । अहिले वेदका शब्दहरूका अर्थ नजान्नाले समाजमा समेत अनर्थ भएको छ । धर्मको वास्तविकतामा मान्छेहरू पुग्न नसक्नाले अनर्थ भइरहेको छ । यदि मीमांसा-दर्शनको अध्ययन हुने हो भने यस दर्शनले हामीलाई वास्तविकता बोध गराउनेछ, यथार्थ ज्ञान दिनेछ । अहिलेको समयमा यस दर्शनको महत्व तथा आवश्यकता झन् बढेको छ ।
म यशस्वी एवं प्रातःस्मरणीय आचार्य कुमारिल भट्टप्रति श्रद्धानत हुँदै मीमांसा-दर्शनको चर्चालाई अगाडी बढाउँछु । परम्आदरणीय पण्डित रुद्रमणि उपाध्याय अधिकारीको पुत्र एवम् शिष्य निर्मलमणि उपाध्याय अधिकारी 'आयोदधौम्य'कृत पुस्तक मीमांसा-दर्शन निर्देशन प्रकाशन भइसकेको छ ।