Monday, November 03, 2008
वैदिक राजनीतिका आधार
स्पेसटाइम दैनिक, वर्ष २ अंक १५३, २०५८ चैत २४ गते शनिवार, पेज नं. ४ मा प्रकाशित
वैदिक कालीन राजनीति बारेमा अध्ययन अनुसन्धानको क्रम चलिरहेको छ । संसारकै सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदको समयमा राजनीतिक प्रणाली कस्तो थियो भन्ने सन्दर्भमा हाम्रो सामुन्ने सत्ययुगको कुरा आउँछ । सत्ययुगमा मानवसमाजले समस्त अभावहरुमाथि विजय प्राप्त गरेको हुन्छ र समाज भोक रोग शोक रहित हुन्छ । त्यस युगमा राजनीतिक सीमारेखाहरुको अर्थ हुँदैन; संप्रदाय पन्थ मजहबहरुको घेराबन्दीले पनि अर्थ राख्दैन; जाति र भाषाका भेदले पनि अर्थ राख्दैन । त्यहाँ कोही मालिक र कोही दास हुँदैन कोही धनी र कोही गरिब हुँदैन कसैले कसैलाई हैकम चलाउने हुँदैन । सत्ययुगमा प्रहरी र सेनाको आवश्यकता रहँदैन; मानवसमाज स्वतः नैतिक नियममा गतिशील रहने हुन्छ । यहाँसम्मकि तालाचाबीको कुनै उपयोगिता रहँदैन; कोही चोर नै रहने छैन त किन चाहियो तालाचाबी कुनै शस्त्रास्त्रको उपयोगिता नरहने हुन्छ किनकि िहंस्रक मनोवृत्तिबाट मानवले आफूलाई मुक्त पारिसकेको स्थिति हुन्छ । सर्वत्र सुख शान्ति आनन्द । तर अथर्ववेदको समयमा परिस्थिति धेरै फरक भइसकेको देखिन्छ । यस बेलासम्म राष्ट्रको अवधारणा विकसित भइसकेको देखिन्छ र अथर्ववेदमा अनेक राजनीतिक सिद्धान्तहरुलाई स्थान दिइएको देखिन्छ । यहाँ वर्णित राज्य तथा राष्ट्र उच्च आदर्श स्तरमा रहेका छन् । वास्तवमा मानव इतिहासमा मातृभूमिको अवधारणा प्रथम पटक अथर्ववेदमै पाइन्छ । प्रसिद्ध भूमि-सूक्तले नै राष्ट्रियताको अवधारणा विकसित गराएको हो । भूमिसूक्त- १२।१ मा ऋषि पृथ्वीलाई माता र आफू स्वयंलाईचाहिँ उनको पुत्र घोषित गर्दछन्- माता भूमिः पुत्रो अहम् पृथिव्याः । राष्ट्रको अवधारणा साथसाथै राष्ट्रलाई कसरी सुदृढ बनाउने भन्ने बारेमा पनि अथर्ववेदमा बताइएको छ ।
वेद सनातन हिन्दू धर्मावलम्बीहरुको धर्मग्रन्थका रुपमा सर्वमान्य एवं विख्यात छतापनि यसको असली स्वरुपलाई स्वयं हिन्दूहरुलेनै बुझ्न नसकेको विडम्बनापूर्ण स्थिति छ । ज्ञान विज्ञान अध्यात्म धर्म संस्कृति सबैको मूल वेद हुनुले यसको महत्व स्वतः स्पष्ट छ । सामाजिक राजनीतिक एवं सांस्कृतिक दृष्टिले उपयोगी विभिन्न संस्थाहरुको मूल पनि वेदमा पाउन सकिन्छ । राष्ट्र राष्ट्ररक्षाको विविध उपाय विभिन्न शासन प्रणाली संस्था तथा सिद्धान्तहरुको उल्लेख वेदमा छ । प्रजातान्त्रिक पद्धति अनुरुप वैदिक वाङ्मयमा सभा एवं समिति जस्ता संस्थाहरुको व्यवस्था छ । आर्थिक नीतिसिद्धान्तका बारेमा पनि वेदले मार्ग निर्देशन गरेको छ । जीवनलाई राष्ट्रको सम्पत्ति सम्झेर कार्य गर्न वेदमा प्रेरणा दिइएको छ । भनिएको छकि एक राष्ट्रका रुपमा पृथ्वी अनेक जाति अनेक भाषा-भाषी तथा विभिन्न समुदायसम्प्रदायका व्यक्तिहरुलाई एकै घरको समान भरण पोषण गर्दछिन् । अथर्ववेदकालीन राज्यमा पाँच प्रकारका प्रजा रहेको बुझिन्छ - ब्राह्मण क्षत्रिय वैश्य शुद्र र निषाद । यी सबै पृथ्वीकै सन्तान भएकाले सबैलाई समान अधिकार प्राप्त हुने कुरा अथर्ववेदमा बताइएको छ । अथर्व। १२।१।१५ राष्ट्रमा उँच-नीचको भेद नभएर मित्रता र एकताको भाव होस् । अथर्व। १२।१।२ पारस्परिक फूट कहिल्यै नहोस् । अथर्व। ३।८।१ संगठन सौमनस्यको विस्तार होस्; मिलिजुलि विचार विनिमय होस्; परस्पर सम्पर्क बढाऔं र सबको मन समान होस् । अथर्व। ६।६४।१ सभा कर्म र चित्त सब समान होस्; सब एकताबद्ध भएर कार्य गरौं । सभा समिति सेना र कोशलाई उन्नत बनाउनु प्रजाको कर्तव्य हो किनकि यी राष्ट्रको उन्नतिका साधन हुन् । अथर्व। १५।९।१-२
अथर्ववेद कालमा शासनका विविध प्रणालीहरु प्रचलित रहेका थिए । सम्राट-पद्धति अनुसार सम्राटको आज्ञानै सर्वमान्य हुन्छ । राजा वा सम्राटका लागिपनि नैतिक नियमहरु हुन्छन् र उसले त्यही आधारमा शासन गर्दछ । राजाले प्रजाको रक्षा गर्नु राष्ट्रको उन्नति प्रगति गराउनु र दुष्टहरुलाई दण्ड दिनु पर्दछ । भनिएको छकि आफ्नो दण्ड विधानले नै राजा प्रतापी हुन्छ । अथर्व। ४।८।१ राज्य-शासनकालागि राजा नै सर्वशक्तिमान हुने यो पद्धतिका अलावा अन्य पद्धतिहरु पनि रहेको देखिन्छ । जस्तोकि विराट पद्धतिमा राजा हुँदैनन् र जनता सर्वसम्मति या बहुमतका आधारमा आफ्नो फैसला गर्दछन् । यस पद्धतिमा जो सामुहिक निर्णय हुन्छ त्यहीनै मान्य हुन्छ । स्वराट् पद्धतिमा केन्द्रीय शासन हुन्थ्यो । अथर्ववेदमा स्वतन्त्र राजाकोलागि स्वराट् शब्द प्रयोग गरिएको छ जो आफ्नो तेजस्विताका कारण निर्वाचित हुन्छ । अथर्व। २०।११३।२ जनता यस्तो व्यक्तिलाई चयन गर्दछन् जो इंद्र अर्थात् ऐश्वर्ययुक्त होस् । वृत्र अर्थात् पापी÷अज्ञानी व्यक्तिलाई राजा बनाउने उनीहरुको चाहना हुँदैन । अथर्व। १२।१।३७ प्रजापालक राजानै इष्ट हुन्छ । अथर्व। ४।२२।२३ यस प्रणालीमा जनताका प्रतिनिधि सभा र समितिमा जान्छन् र केन्द्रीय सभा तथा समितिमा उनीहरु राज्य सम्बन्धी नियमहरु बनाउँछन् । यसमा जनताका प्रतिनिधिले राष्ट्रमा शासन गर्ने हुनाले यसलाई जनतंत्र राज्य पनि भनिन्छ ।
राज्यको आयको साधनका सम्बन्धमा पनि अथर्ववेदमा चर्चा गरिएको छ । आयको सोह्र भागको एक भाग करको रुपमा लिइन्थ्यो । कर कति लिने भन्ने कुराको निर्धारण प्रजा तथा प्रजाका प्रतिनिधिहरुले गर्दथे । जनताले राज्यलाई दिनुपर्ने कर छल्ने अहिलेको जस्तो विकृति त्यतिखेर थिएन किनकि कर दिनु पुण्यदायक कार्य मानिन्थ्यो । यसको संकेत अथर्ववेद ३।२९।३ मा पाइन्छ । करबाट प्राप्त धनको उपयोग जनताको पालनकालागि आक्रमणकारीहरुबाट रक्षाकालागि तथा राज्यको संचालनकालागि गरिन्थ्यो । अथर्व। ३।२९।१ राष्ट्रको रक्षाकालागि सेनाको आवश्यकता हुने भएकाले सेनाको व्यवस्था गरिएको र सेनाका २१ प्रकार बताइएको छ । त्यतिबेला सेनामा पुरुषका साथसाथै महिला पनि रहने गरेको बुझिन्छ । अथर्ववेद २।३।१ मा इन्द्रलाई र १।२७।४ मा इन्द्राणीलाई सेनापतिका रुपमा उल्लेख गरिएको छ । सामान्यतया युद्धलाई ठीक मानिएको छैन तर कसैले आक्रमण गरेमा प्रत्याक्रमण गर्न भनिएको छ । जीवनलाई राष्ट्रको सम्पत्ति सम्झेर कार्य गर्न वेदमा प्रेरणा दिइएको र राष्ट्र-रक्षाकालागि राजा र प्रजा समानरुपेण उत्तरदायी भएको देखिन्छ । सबैको कल्याण गर्ने भावना सत्यको आत्मसातता पदार्थहरुको यथार्थ ज्ञान प्राप्त गरी प्राकृतिक नियमहरुको ठीक-ठीक पालना आस्तिकता धर्ममय आचार-व्यवहार वैदिक राजनीतिका आधारका रुपमा स्पष्टसँग देख्न सकिन्छ । अस्तु ।