Thursday, June 08, 2006

 

जोसमनी सन्तहरूबारे एक चर्चा

वैदिक सनातन धर्म एक निरन्तर प्रवाहमान गतिशील धारा हो । यसको परम्परामा अनेक इश्वरीय विभूति, सन्त, महात्मा, ज्ञानी, गुरुहरूको योगदान रहिआएको छ । समयसापेक्ष परिवर्तनसँगै त्यसअनुरुप सामयिक लोकोपकारी सन्देश दिन समय-समयमा महान् व्यक्तित्वहरू अवतरित हुनुभएको छ । त्यस्ता महात्माहरूलाई हाम्रो समाजमा ठूलो आदरपूर्वक स्मरण गरिन्छपनि । यद्यपि, मुखले आदर गरेतापनि, व्यवहारमा उहाँहरूको सन्देशबाट हामीले कति सिक्न सकेका छौं भन्ने सवाल आफ्नो ठाउँमा छँदैछ । बहुधा मान्छे के गर्दछभने महात्माहरूको पूजा त गर्छ, परन्तु उनको अर्ती-उपदेशलाईचाहिं वास्तापास्ता नगरिरहेको हुन्छ । पुस्तकलाई पूजाचाहिं गर्ने, तर पुस्तकबाट ज्ञान हासिल नगर्ने विडम्बनापूर्ण प्रवृत्ति जस्तै ! यो भयो प्रसङ्गवश आएको कुरो- नत्र यस लेखको विषयवस्तु त्यस विडम्बनाको चर्चा गर्नु होइन । यहाँ हामी जोसमनी सन्तहरूबारेमा संक्षिप्त चर्चा गर्न लागिरहेका छौं । जनकलाल शर्माद्वारा लिखित "जोसमनी सन्त परम्परा र साहित्य" शीर्षक पुस्तकनै यसको मूल श्रोत हो ।
वैदिक सनातन धर्मका अनेक धाराहरूमध्ये जोसमनी मतपनि एक हो । जोसमनी सम्प्रदायको विशेषता केभने यो नेपालकै धरतीमा उब्जेर विकसित भएको हो । जोसमनी नामका सन्त यस मतका आद्रिर््रवर्तक भएकाले उनैको नामबाट यसलाई चिनिएको हो भनिन्छ । अरु धेरै सम्प्रदायहरू प्रायः बाह्य मुलुकबाट नेपाल भित्रिएका देखिन्छभने जोसमनी लगायतका केही सम्प्रदायचाहिं नेपालको समाज व्यवस्थाको आवश्यकता अनुरुप यहीँ प्रादर्ूभाव भएको देखिन्छ । त्यसैले जनकलाल शर्माको भनाइ छ( "नेपालको आफ्नो कुरा जोसमनी सन्त-परम्परा हो ।" अनि उहाँ लेख्नुहुन्छ( "तर खेदको कुरा यही छ( जुन सम्प्रदाय नेपालको हो, जुन सम्प्रदायमा कैयौं प्रसिद्ध सन्तहरू भए, त्यस सम्प्रदायको नामको अर्थ अनुमानित छ । संभवतः यसका आद्रिर््रवर्त्तकको नाम 'जोसमनी' थियो । यस सम्प्रदायका कैयौं सन्तहरूका रचनामा 'जोसमनी' शब्दको उल्लेख आउँछ, तर कहींबाट यसको अर्थ खुल्दैन । यस सम्प्रदायमा आजसम्म परम्परागत संस्मरणमा रहेका प्रथम सन्त हरिश्चन्द्र -प्रथम), अनि क्रमशः हरिभक्त -प्रथम) र हरिश्चन्द्र -द्वितीय) हुन् । यिनीहरूको विषयमा बताउने रचना वा यिनको आफ्नो रचना केही नभएकोले केहीपनि यिनीहरूको विषयमा बताउन सकिन्न । प्राप्त क्रममा चौथा सन्त धिर्जे दिलदास हुन् ।" सन्त धिर्जे दिलदास पृथ्वीनारायण शाहभन्दा पर्ूवकालीन रहेका र यिनका शिष्य हरिभक्त -द्वितीय) चाहिं पृथ्वीनारायणका समकालीन बताइएको छ । यिनकापनि शिष्य सन्त शशिधर -जसको पृथ्वीनारायण शाहसित भएको भेट ऐतिहासिक तथ्यका रुपमा प्रमाणित भइसकेको छ) को जन्म वि.सं. १८०४ तिर भएको उल्लेख छ । साथै, नेपालका श्री ५ महाराजाधिराज रणबहादुर शाहसमेत यिनीनबाट दीक्षित भएर स्वामी निर्वाणानन्द बनेकोबाट यिनको प्रभावबारेमा अनुमान गर्न सकिन्छ ।
जोसमनी मतको साहित्यपनि विस्तृत छ । नेपाली साहित्यमा जोसमनी सन्तहरूले पुर्याएको योगदान विशिष्ट छ । सन्त ज्ञान दिलदास लगायतका अनेक सन्तहरूको साहित्यिक सिर्जना जति संकलित भएको छ, त्यसलाई अध्ययन गर्दा यसको समृद्धि ज्ञात हुन्छ । वास्तवमा जोसमनी सम्प्रदायका प्रमुख सन्तहरू सबै नै प्रतिभाशाली भएको देखिन्छ । तिनमापनि सन्त ज्ञान दिलदास अद्भूत नै देखिन्छन् । वि.सं. १८७८ तिर जन्मिएका अध्ययनशील, मननशील र तीक्ष्ण बुद्धि भएका यिनी सन्त श्याम दिलदाससँग दीक्षित भई जोसमनी मतमा प्रवेश गरेका थिए । ज्ञान दिलदासको विशेषता केमा देखिन्छभने अरु जोमसनीसन्तले जस्तै कार्यहरू गर्नुका अलावा उनले दार्जिलिङमा रहँदा त्यहाँका इर्साई पादरी रेभरेण्ड ए. र्टनबुललाई शास्त्रार्थमा पराजित गरेका थिए । सारा विश्वलाई आफ्नो प्रभावमा पार्दै अघि बढिरहेको ब्रिटिश साम्राज्य र त्यसको आडमा भारतवर्षा बढ्दो क्रममा रहेको इर्साई -क्रिश्चियन) धर्मका मुख्य पादरीसँग शास्त्रार्थ गरी पराजित गर्न सक्षम भएबाट सन्त ज्ञान दिलदासको ज्ञानभण्डार, तर्कशक्ति एवं प्रत्युत्पन्नमतिको उच्चता र्छलङ्ग हुन्छ ।
शास्त्रार्थ गर्नुअघि शर्त के रहेको थियोभने जसले हार्दछ उसको धर्मग्रन्थ पोलिनेछ । इर्साईहरूले रत्तिभर कल्पना गरेका थिएनन्कि पहाडको कुनाबाट आएको ज्ञान दिलदास भन्ने साधुले र्टनबुलजस्ता शहरी क्षेत्रमा विद्वानका रुपमा धाक-रवाफ भएका व्यक्तिलाई वादविवादमा हराउला भनेर ! शास्त्रार्थकालागि स्थान र समयमा दुबै पक्ष जम्मा भए । एकातिर सन्त ज्ञान दिलदास र उनका अनुयायी, अनि अर्कापट्टी पादरी र्टनबुल र उनका सहयोगी बसी शास्त्रार्थ चल्दै गयो । सात दिनसम्म वादविवाद चलेपछि अन्ततोगत्वा ज्ञान दिलदास विजयी भएको ठहर्यो र हार्ने पक्षको धर्मशास्त्र 'बाइबल' पोलियो । "जोमनी सन्त परम्परा र साहित्य" पुस्तकमा लेखिएअनुसार, सन्त ज्ञान दिलदासले शास्त्रार्थमा इर्साईहरूलाई हर्राई बाइबल पोलिएको घटनाले गर्दा त्यहाँको वातावरणमा निकै प्रभाव पर्यो । यस घटनाले इर्साई धर्मावलम्बीहरूका मनमा चोट लाग्नु स्वाभाविकै कुरा हो । तर रेभरेण्ड ए. र्टनबुलले ज्ञानदिलप्रति प्रतिशोध वा द्वेषको भावना लिएनन् । उनी स्वयं विद्वान भएको हुँदा विद्वानको कदर गर्न जान्दथे । उनले ज्ञानदिललाई त्यहाँ कुटी बनाएर बस्न अंग्रेजी प्रशासकलाई अनुरोध गरेर साढेचार एकड भूमि विर्ताको रुपमा रंगबुल भन्ने ठाउँमा दिलाए र ज्ञानदिल त्यहीं कुटी बनाएर आफ्नो काम निर्विघ्नतापर्ूवक गर्न थाले ।
जोसमनी सम्प्रदायको दार्शनिक आधार साथै व्यावहारिक पक्ष पनि बलियो रहेको देखिन्छ । नेपालको ठूलो भू-भागमा यसको प्रभाव फैलिएको पनि हो । नेपालका राजा देखिलिएर रङ्कसम्मलाई आकषिर्त गर्न सफल यो सम्प्रदाय नेपाली लोकजीवनसँग टपक्क मिलेर बसेको थियो भन्ने स्पष्ट देखिन्छ । परलोक सुधार्नेमात्र होइनकि इहलोक सुधार्ने -अर्थात्, समाजसुधार) कार्यमा समेत जोसमनी मतले विशेष योगदान पुर्याएको थियो । यसको सुदर्ीघ परम्परा अनेक आयामहरूबाट परिपुष्ट छ । तर पछिल्ला दिनहरूमा यस सम्प्रदायकोबारेमा हामी नेपालीहरूलाई जति थाहा हुनुपर्ने हो, त्यति नभइरहेको देखिन्छ । जोसमनी मतको निरन्तरता हाम्रालागि धार्मिक साथसाथै सांस्कृतिक हिसाबलेपनि अत्यन्त आवश्यक छ । अस्तु ।

Comments:
aayantai ramro lagyo aafnu blog marphat hamilai aadyan garne aabsar dinubhayeko ma nirmal mani adhikari sir lai dhanyabad dina chahanchhu ra bastabmai maile pani na suneko bisaye ma lekh tayar gari padhne aabshar dinu bhayeko ma......
 
Guru Namaskar, Is there any book in pdf version of Josmani community? What were the philosophical backgrounds, concept about society and knowledge described in Josmani Dharma?

 
Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?