Friday, February 10, 2006
कसरी हुन्छ मुक्ति
स्पेसटाइम दैनिक, वर्ष २ अंक १११, वि.सं. २०५८ फागुन ११ शनिवार, पेज नं. ४ मा प्रकाशित
विश्वका अन्य धर्म-दर्शन र वैदिक सनातन हिन्दू धर्म-दर्शन बीचको तात्विक अन्तर केहोभने हिन्दू धर्म-दर्शन मानवको मोक्ष अर्थात् मुक्तिकोलागि हो र अरुलेचाहिँ केवल उद्धारको कुरामात्र गर्दछन् । कहाँ मुक्ति कहाँ उद्धार ! तसर्थ मानव-मुक्तिको निमित्त हामी मानवले अवलम्बन गर्नुपर्ने बाटो वैदिक-दर्शनले दिग्दर्शित गरेको बाटो हो । वेद-उपनिषद्हरुले भनेझैंनै विभिन्न ईश्वरीय अवतार सन्त महात्मा एवं ऋषि-मुनिहरुलेपनि मानव-मुक्तिका निम्ति प्रयास गर्नु भएको पाइन्छ । यो संसार-चक्रको दुःखबाट मानव समाजलाई छुटकारा दिलाउन नै भगवान् श्रीकृष्णअवतरित हुनुभएको हो; त्यही परम्परा अघि बढाउँदै मनुष्यहरुलाई दुःखमय समाजबाट उतार्न भगवान् बुद्धले आफ्नो ज्ञान प्रचार गर्नुभएको हो; भगवान् महावीर जैनको ध्येय पनि उही थियो र भगवान् शङ्कराचार्य जगद्गुरुको लक्ष्यपनि मनुष्यलाई मोक्ष दिलाउनु नै थियो; अनि गुरुदेव नानकको उद्देश्य पनि उही हो । विभिन्न हिन्दू-दर्शन एउटै परब्रह्मसँग तद्रूप गराई मोक्ष दिलाउने विविध साधनहरु हुन् । साध्य उही हो तर साधनमात्रै फरक हो ।
धार्मिक तथा दार्शनिक विषय-वस्तुहरुका सन्दर्भमा कुरा गर्दा यी सबै एउटै साध्यलाई प्राप्त गराउने साधनहरु भएतापनि कुरो बुझ्नमा यदि थोरैमात्रपनि तलबितल पर् योभने वा नासमझी भयोभने अर्थको अनर्थ हुनपुग्दछ । यसलाई उदाहरणबाट हेरौं । जहाँ वेदान्त-दर्शनले कर्मलाई बन्धनकारक मानेर कर्म-त्यागको सम्मति दिएको छ गीतालेचाहिँ अनासक्त भएर कर्म गर्ने कर्मयोग विधान बताएको छ र मीमांसा-दर्शनलेचाहिँ कर्मकाण्डद्वारानै मोक्ष प्राप्त गर्ने तरिका बताएको छ । सामान्य बुद्धिले हेर्दा तीनओटाले तीनथरी कुरा भनिरहेजस्तो लाग्नसक्छ; तर जसले यिनीहरुकोबीचमा एक-आपसमा विरोध रहेछ भन्ने बुझ्दछ त्यो गलत बुझाइ हो । वेदान्तको कर्मत्याग गीताको कर्मयोग र मीमांसाको कर्मकाण्ड -यी तीनथरी बीचमा कुनै विरोधाभाष छैन । वास्तवमा तिनैओटा अवधारणा सही छन् । कसरीभने जो व्यक्ति ज्ञानको उच्चतम तहमा पुगिसकेका छन् तिन्कानिम्ति यस सांसारिकताको कुनै हेतु हुँदैन तसर्थ तिन्कानिम्ति वेदान्तले कर्म-त्यागको सम्मति दिएको हो । सांसारिक कर्तव्य-अकर्तव्यसँग सम्बन्धित रहिरहेका तर ज्ञानको हिसाबले उच्चतम तहमा पुगेकाहरुकोलाग अनासक्त भएर कर्म गर्ने कर्मयोग विधान गीतामा बनाइएको हो । अनि आफ्नो सांसारिक कर्तव्य पालनमा दत्तचित्त असल व्यक्तिहरुका निमित्तचाहिँ कार्यरत रहेरै मोक्ष प्राप्त गर्ने तरिका कर्मकाण्डमूलक धर्म मीमांसाकारद्वारा बताइएको छ । वास्तवमा अत्यन्त वैज्ञानिक किसिमबाट प्रत्येक परिस्थितिकालागि भनेर वैदिक संस्कृतिमा नियमहरु बनिएका छन् । आजका हिन्दूहरुका महान् पुर्खाहरुमा यानेकि महान् ऋषिमुनिहरुमा कोहीपनि मनुष्य कस्तै परिस्थितिमापनि मोक्ष पाउने अधिकारबाट नछुटून् भन्ने सर्वहितकारी भावनाले परिपूर्ण विश्व-दृष्टिकोण रहेको देखिन्छ । मोक्ष अर्थात् मुक्ति नै मानवजुनिको परम् लक्ष्य भएकोहुँदा हरेक मनुष्यलाई जसरी सम्भव हुन्छ त्यसरीनै र जस्तो उपायले सम्भव हुन्छ त्यही उपायले मोक्षप्राप्तिको बाटो देखाउन ऋषि-महर्षि सन्त महात्मा एवं ईश्वरीय अवतारले उपदेश दिनुभएको छ । यति व्यापक विश्व-दृष्टिकोण अरुमा कहाँ पाउनु !
मान्छेलाई उसको देश काल परिस्थिति जस्ता कुराहरुले अनेक प्रभाव पारेका हुन्छन् । एकठाउँमा एकखाले परिस्थितिमा रहेको मान्छेलाई जे कुरा ठीक हुन्छ अर्कोठाउँमा अर्कैखाले परिस्थितिमा रहेको मान्छेलाई त्यो कुरा ठीक नहुन पनि बेर लाग्दैन । हिमालको जाडोमा बख्खु लगाउनु पर्दछभने तराईको गर्मीमा सुती कपडा उपयुक्त हुन्छ । यो उदाहरणलेनै प्रमाणित हुन्छकि मान्छेले मोक्ष प्राप्त गर्ने उपाय पनि मान्छेपिच्छे फरक पर्न सक्दछ । बस् गाँठी कुरो यहाँ छ । मोक्ष पाउनकानिम्ति योगीको मार्ग जुन हो सर्वसाधारण गृहस्थकोलागि त्यो मार्ग अनुपयुक्त साबित हुनसक्छ र कुनै अर्को मार्ग उपयुक्त हुनसक्छ । जहाँ जे उपयुक्त हुन्छ त्यही साधन अवलम्बन गर्नुनै वैज्ञानिकता हो ।
संसारका अधिकांश मान्छेकालागि मीमांसा-दर्शनको मार्ग उपयुक्त हुनेकुरा स्पष्ट छ किनकि यसले संसार र मानव जीवनको वास्तविकता स्वीकार गर्दछ र यस जगत्लाई सर्वथा सत्य एवं यथार्थ मानेर यसमा कर्मरत रहँदै मुक्ति पाउने अर्थात् परब्रह्म-तत्वसँग तद्रूप हुने उपाय बताउँछ । हो सांसारिक कर्म गर्दा वेदमा भनिएका यज्ञीय कर्महरु गर्नैपर्ने कुरामाचाहिँ मीमांसाकारले विशेष जोड दिएका छन् । वास्तवमा मीमांसा-दर्शन सर्वसाधारण गृहस्थलाई मोक्षको बाटो देखाउने दर्शनशास्त्र हो । सजिलो भाषामा भन्दाखेरीमा सांसारिक कर्म गर्दै आत्मज्ञान पाउने र मोक्षवान् हुने उपाय यसले बताएको छ । धर्मप्राप्ति निमित्त जुन शम दम तितिक्षा ब्रह्मचर्य आदि गुणहरुको आवश्यकता पर्ने बताइएको छ यसमा मीमांसाको पनि सहमति छ । यस सम्बन्धमा यो दर्शन वेदान्त-सिद्धान्तसँग सहमत छ र आचार्य कुमारिल स्वयंले यस कुरालाई स्वीकार गर्नुभएको छ । उहाँले आफ्नो ग्रन्थ ुमान मेयोदयुमा लेख्नुभयो- कुर्वाण स्यात्ममीमांसा वेदान्तोक्तेन वत्र्मना । मुक्ति सम्पद्यते सद्यो नित्यानन्द प्रकाशिनी ॥ अर्थात् वेदान्तद्वारा प्रदर्शित मार्गबाट आत्माको मीमांसा गर्नुपर्दछ । वेदान्तमा आत्म-साधनको जुन तीन उपायहरु श्रवण मनन र निदिध्यासनको वर्णन गरिएको छ तिनको अवलम्बन गर्नुपर्दछ । यसै उपायले नित्य-आनन्द प्रदायक मुक्ति प्राप्त गर्न सकिन्छ । यसबाटपनि स्पष्ट हुनआउँछकि भक्तियोग वेदान्तको कर्मत्याग गीताको कर्मयोग र मीमांसाको कर्मकाण्ड तथा अन्य दर्शनहरुबीचमा कुनै विरोधाभाष छैन र यी एउटै साध्य प्राप्त गर्ने विविध साधन हुन् । यीमध्ये कुनैपनि साधनको अवलम्बनबाट मोक्ष वा मुक्ति पाउन सकिन्छ । अस्तु ।