Saturday, May 09, 2009

 

अवैज्ञानिकता अस्वीकार्य

सवाल कुन चािहं रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म, सत्य रोज्ने कि असत्य, उज्यालो रोज्ने कि अँध्यारो, जीवन रोज्ने कि मृत्यु, क्षणिक सुख रोज्ने कि अक्षय सुख, योगवाद रोज्ने कि भोगवाद, पूर्व रोज्ने कि पश्चिम ?
हाम्रो रोजाइ असत्य होइन, सत्य हो; अँध्यारो होइन, उज्यालो हो; मृत्यु होइन, जीवन हो; भोगवाद होइन, योगवाद हो; क्षणिक सुख होइन, अक्षय सुख हो र पश्चिम होइन पूर्व हो । अवैज्ञानिकता हामीलाई अस्वीकार्य छ ।
हाम्रो सर्वाभ्युदयको उपाय के हुन सक्छ ? यस्तो प्रश्न मानवले उहिल्यैदेखि गर्दैआएको छ । आफ्नो उन्नति प्रगति अभ्युदयकालागि प्रयत्नशील रहनु चेतनशील मानवको स्वाभाविक प्रवृत्ति हो । आधुनिक युगमापनि सो प्रश्नको सान्दर्भिकता उत्तिकै छ । हरेक युगको मान्छेलाई आफ्नो जिन्दगीको सार्थकताको सवालले झक्झक्याइरहेको हुन्छ र हुनुपनि पर्छ । उत्तर चािहं व्यक्तिपिच्छे फरक फरक आउन सक्ने सम्भावना हुन्छ । यस स्तम्भकारले देखेको बाटो त उही हो- वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतायुक्त विज्ञान --- धर्म र विज्ञानको समन्वय को बाटो । उही हामीले पहिल्यैदेखि भन्दैआएको ।
खासगरी हाम्रो हित हिन्दूदर्शनको पुनरुज्जीवनमा निहीत छ यानेकि सांस्कृतिक पुनर्जागरण । धर्मको नाममा व्यापार गर्ने तथा धर्मको नाममा नेतागिरीको व्यवसाय चलाउनेहरुले हिन्दू शब्दलाई तानातान पारेर जनमानसमा यसको अर्थ नै क्षतविक्षत तुल्याएका छन् । अर्थको अनर्थ गरेपछि त ताल बिगि्रहाल्छ नि ! ठीक ठाउँमा ठीक पुर्जा फिट गरे पो इन्जिन चल्छ । जता जता मन लाग्छ त्यता त्यता जे जे मन लाग्छ त्यै त्यै फिट गरेर इन्जिन चलाए पछि दूर्घटना हुँदैन त भइहाल्छ नि । त्यस्तै हो समाज पनि । समाजका हरेक पक्ष खल्बल्याए पछि परिणाम पनि खल्बलिन्छ । विष रोपेको ठाउँमा अमृत फल्दैन । सत् बाट मात्र सत्् जन्मन्छ । जब त्यो सत्लाई बेवास्ता गरेर असत्लाई सत्को जामा पहिराइन्छ अनि गडबड हुन्छ । त्यो गडबडी हामी यत्रतत्र देख्न सक्छौं । हिन्दू शब्दलाई लगेर जोडिदिएका छन् एउटा टे्रडमार्कमा । ठिक छ यदि ट्रेडमार्कहरु बिचबाटै छान्नुपर्ने हो भने राम्रै ट्रेडमार्क छानौं न यो मेरो आग्रह । त्यो राम्रँे ट्रेडमार्क भनेको कुन त मेरो जवाफ प्रष्ट छ - महान वैदिक सभ्यताको उत्तराधिकार जुन ट्रेडमार्कमा छ त्यही । अँध्यारोबाट उज्यालोतिर असत्बाट सत् तिर मृत्युबाट अमृततिर जाने बाटो देखाएको छ जुन दर्शनले त्यही हो मेरो रोजाइ ।
धर्म वा दर्शन जस्ता भावहरुलाई भौतिक जगत्मा हाम्रा भौतिक कि्रयाकलापहरुले प्रदर्शित गरिरहेका हुन्छन् । यहाँ दोहोरो सम्बन्ध छ । दार्शनिक रुपमा हामी उच्चस्तरको हुँदा हाम्रो भौतिक स्तर पनि उच्चतातर्फ हुन्छ भन्ो भौतिक रुपमा हामी उच्चस्तरमा हुँदा हाम्रो दर्शन पनि उच्चता तर्फ लागिरहेको हुन्छ । जस्तो कि पश्चिममा जुन मात्रामा भौतिक विकास बढ्दो छ उति नै हिन्दू दर्शन प्रति आकर्षण बढ्दो छ । हामीचािहं यसै महान् दर्शनका उत्तराधिकारी भएर पनि भौतिक रुपमा किन पिछडियौं त ? प्रश्न गहन छ ।
भयो के भने नाम मात्रै हिन्दू रह्यो र हिन्दू दर्शनको साक्षात्कार गर्दै नगरी केवल पाखण्ड ढोँग आडम्बरमा अल्झियौ । लेबल एउटा सामान अर्कै -अनि कसरी सही परिणाम आओस् । अब आवश्यकता के हो भने आन्तरीक तथा बाह्य दुवै तवरबाट हिन्दू दर्शन सँग हाम्रो साक्षात्कार होस् ।
हिन्दू हुन कुनै जाति विशेषमा जन्मनुले गर्दा निषेध छैन । जन्मँदा तपाईं मुसलमान वा कि्रश्चियन हुनुहुन्छ त के भो तपाईं हिन्दू हुन सक्नुहुन्छ । तपाईं जुनसुकै जात-जाति-समुदायको भए पनि हिन्दू हुन सक्नुहुन्छ । चीनिया होस् वा मंगोल होस् वा निग्रो हिन्दू हुने अधिकार सबैलाई छ । यस्तो हो सूर्यमाथि कुन चाहिँ मान्छेको बढि अधिकार छ त्यसको प्रकाश एवम् उर्जामाथि कसको बढी अधिकार छ सबैको । हो त्यसलाई उपभोग गर्न सक्नु-नसक्नु आफुमा भर पर्छ । सूर्य उदायो भने क भन्ने व्यक्तिका लागी उदाउने र ख भन्ने व्यक्तिका लागि नउदाउने हुन्छ ? हुँदैन्ा । त्यही सनातन सूर्य जस्तै हो सनातन धर्म दर्शन । कृण्वन्तु विश्वमार्यम् भन्छ हाम्रो वेद । सारा विश्वलाई आर्य बनाऊ । आर्यत्व भनेको के त ? अमृतस्य पुत्राः भनेको छ नि, उस्तै हो । ॐ असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय । यही बाटो हो आर्यत्व । आर्य हुनु मानवताको सर्वाेत्तम पद हो ।
धर्मको अन्तदृ्रष्टि सहित विज्ञानलाई हामीले जीवनप्रकि्रयामा आत्मसात् नगरी सुखै छैन । धर्म मान्दै नमान्ने जमात आफ्नो ठाउँमा छँदैछ । धर्म मान्दैछौं भन्ठान्नेहरुमध्ये पनि अधिकांश धार्मिक सम्प्रदायगत ट्रेडमार्कमा रल्लिइरहेका छन् । अनि एउटा सम्प्रदाय विशेषको कुरा गर्दा पनि आ-आफ्नै तालका रितिमा अल्मलिएका देखिन्छ । अब त्यसरी नरल्लिऔं र सही बाटोमा लागौं भन्ने हाम्रो आह्वान हो । सन्दर्भलाई केन्द्रिकृत गर्दाखेरीमा सवाल कुन चािहं रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म, सत्य रोज्ने कि असत्य, उज्यालो रोज्ने कि अँध्यारो, जीवन रोज्ने कि मृत्यु, क्षणिक सुख रोज्ने कि अक्षय सुख, योगवाद रोज्ने कि भोगवाद, पूर्व रोज्ने कि पश्चिम ?
निश्चित रुपमा हामी धर्मका पक्षधर हौं । हाम्रो रोजाइ असत्य होइन, सत्य हो; अँध्यारो होइन, उज्यालो हो; मृत्यु होइन, जीवन हो; भोगवाद होइन, योगवाद हो; क्षणिक सुख होइन, अक्षय सुख हो र पश्चिम होइन पूर्व हो । अवैज्ञानिकता हामीलाई अस्वीकार्य छ । हाम्रालागि धर्म भनेको जीवनपद्धति हो -यस्तो जीवनपद्धति जस्लाई वैज्ञानिकताबाट पृथक् राख्न हुंदैन । अस्तु ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Comments:
सनातन धर्मबाट 'हिन्दू धर्म' हुँदैं हाम्रो स्थिति झन झन संकिर्ण अबस्थामा पुग्न लागेको अबस्थामा तपाईको यो आलेख पढ्न पाउँदा खुशी लाग्यो ।

धर्म र दर्शनमा राम्रो जानकारी त छैन, तर पनि धर्मको विस्तारक्रम र फैलावटललाई नै रोक्ने गरी हिन्दू हुन हिन्दु कै सन्तान हुनुपर्छ भन्ने गलत व्याख्यालाई परास्त गर्नुपर्छ भन्ने मलाई पनि लाग्छ ।

पात्रता र यो धर्मको मूल्य-मान्यतामा समर्पण र उत्सर्ग भएकालाई यसको अनुशरण गर्न जाती, रंग र सामाजिक भेद पक्कै हुनुहुन्न ।

हाम्रालागि धर्म भनेको जीवनपद्धति हो -यस्तो जीवनपद्धति जस्लाई वैज्ञानिकताबाट पृथक् राख्न हुंदैन ।

एकदमै चित्त बुझ्यो ।
आईन्सटाइनले पनि कतै भनेका छन:
"Science without religion is lame, religion without science is blind"
 
Post a Comment

Links to this post:

Create a Link



<< Home

This page is powered by Blogger. Isn't yours?