Monday, November 17, 2008
निराकार/साकार
स्पेसटाइम दैनिक, वर्ष २ अङ्क ९०, २०५८ माघ २० शनिवार, पेज नं. ४मा प्रकाशित
परमात्मा निराकार होकि साकार ? वेद उपनिषद् देखिलिएर गीतासम्म सनातन हिन्दू धर्मशास्त्रहरुमा परमात्मा परमेश्वरलाई कहिँ निराकार भनिएको छ त कहिँ साकार भनिएको पाइन्छ । अझ कतिपय ग्रन्थमा त के देखिन्छभने एउटै ग्रन्थमा उनै परब्रह्मलाई साकार र निराकार दुबैथोक विशेषण लगाइएको छ । शास्त्रमा मात्र कहाँ हो र त्यसका साथसाथै व्यावहारिक जीवनमा पनि दुबैखाले मान्यता प्रचलित भइरहेको देखिन्छ । एकातिर ईश्वरको साकार स्वरुप मानेर मूर्ति पूजा गर्ने हिन्दूपनि छन्भने अर्कातिर निराकार स्वरुप मानेर मूर्ति-पूजालाई नमान्ने हिन्दूपनि नभएका होइनन् । तपाईं वैदिक सनातन धर्म पूर्णतः विज्ञानसम्मत छ भनेर बारम्बार भन्ने गर्नुहुन्छ यस्तो परस्पर विरोधाभाषी कुरा गर्ने धर्म कसरी विज्ञानसम्मत हुनसक्छ एउटै चीज निराकार हुने अनि साकार पनि हुने यो कसरी सम्भव हुनसक्छ ू यस्ता सवालले धेरैका मन र मथिङ्गल रन्थन्याइरहेका हुन्छन् । हो साँच्चैनै सनातन हिन्दू धर्मशास्त्रहरुमा परमात्मा परमेश्वरलाई कहिँ निराकार भनिएको छ त कहिँ साकार भनिएको पाइन्छ । एउटै ग्रन्थमा एकै तत्व परब्रह्मलाई निराकारपनि अनि साकारपनि भनिएको छ । जस्तोकि श्रीमद्भगवद् गीतामा उनै परब्रह्मलाई साकार र निराकार दुबैथोक विशेषण लगाइएको छ सगुण र निर्गुण दुइटै मानिएको छ । निराकार र साकार तथा निर्गुण र सगुण पृथक् पृथक् अवधारणा त पक्कै हुन् तर यत्तिकै आधारमा साकार-निराकार वा सगुण-निर्गुण बीचमा विरोधाभाष छ भन्ठान्नुचाहिँ अज्ञानता नै हो । अवैज्ञानिकताको कारणले नै यस्ता गलत धारणा विकसित हुनेहुन् । जबकि सनातन वैदिक धर्मशास्त्रचाहिँ वैज्ञानिक आधारमा विकसित भएकाहुँदा यिनको यथार्थ तत्व ज्ञान गर्नकालागि वैज्ञानिक दृष्टिकोणको आवश्यकता पर्दछ । यस कुरालाई हामी उदाहरणद्वारानै हेरौं त्यसपछि धेरै हदसम्म स्पष्ट हुन सकिनेछ ।
उदाहरणका रुपमा सर्वप्रथम अग्निलाई लिऊँ । एउटा सलाईको काँटीमा अग्नि हुन्छ तर त्यो अग्नि जतिखेरपनि देखिने वा अनुभूत हुने त हुँदैन । त्यो अग्नि सलाईको काँटीमा सदा विद्यमान रहेतापनि त्यतिबेलामात्र दृष्टिगोचर हुन्छ जब त्यो काँटी जलाइन्छ र प्रज्वलित हुन्छ । अप्रज्वलित अवस्थामा अग्नि नभएको होइनकि त्यो निराकार रुपमा थियो -अनि प्रज्वलित अवस्थामाचाहिँ साकार रुपमा हुन्छ । अब उदाहरणका रुपमा पानीलाई लिऊँ । पानी ज्द्दइको एउटा अणु पानीको निराकार स्वरुप होभने बरफ जल आदिचाहिँ त्यसका साकार स्वरुप हुन् । स्वयम् पृथ्वीको कुरा गर्ने होभने स्थूल रुपमा यो साकार हो तर परमाणु-परमाणुमा विभक्त स्थितिमा विचार गर्दा यो निराकार नै हुन्छ । यसबाट स्पष्ट हुन्छकि प्रत्येक तत्वका दुई पृथक् पृथक् स्वरुप हुँदारहेछन् -एउटा निराकार र अर्कोचाहिँ साकार यद्यपि ती दुई हुँदाहुँदैपनि कुनै विरोधाभाष छैन । अग्निको निराकार स्वरुपले साकार स्वरुपलाई कुनै बाधा पुर् याएको छैन र साकार स्वरुपले निराकार स्वरुपमाथि कुनै बाधा पुर् याएको छैन । ती दुबै सह-अस्तित्वमान ९कषषगतिबलभयगकथि भहष्कतष्लन० छन् । जब सारा भौतिक जगत् एक्कैपल्टमा दुई पृथक् स्वरुप सँगसँगै लिएर अस्तित्वमान रहन सक्छभने वैदिक सनातन हिन्दू धर्मशास्त्रले परब्रह्म परमात्मालाई साकार र निराकार दुबैचीज हुन् भन्दाखेरीमा कहाँनेर छ अवैज्ञानिकता बरु यदि परमात्मा परमेश्वरलाई साकार वा निराकार मध्येमा कुनै एउटामात्र भनेर ठोकुवा गरेको भए पो विज्ञान-असम्मत हुनपुग्थ्यो । उनलाई साकार-निराकार एवम् सगुण-निर्गुण दुबै भनिँदा विज्ञानको नियमको पालना भएको देखिन्छ ।
निश्चयनै वेद उपनिषद् गीता आदि धर्मग्रन्थहरु विज्ञानसम्मत छन् वैज्ञानिकताले परिपूर्ण छन् । तर अर्को तथ्य पनि ध्यान दिनुपर्ने छकि विभिन्न कारणहरुले गर्दा यिनका विज्ञानसम्मत अर्थ ओझेलमा परेका छन् । जस्तोकि भारतवर्षमा पटक-पटक विदेशी/विधर्मीका आक्रमण तथा शासनका कारण यसको श्रुति-स्मृति परम्परालाई यदाकदा नकारात्मक असर पनि परेको थियो । हामीलाई थाहा छ कि हाम्रा धर्मशास्त्रहरुलाई श्रुति, स्मृति भनिन्छ । यसो किन भनेको त जो श्रवण परंपराबाट चल्दैआयो त्यो श्रुति हो । जो स्मरणका आधारमा निरन्तरता पाउनेवाला हो त्योचाहिँ स्मृति हो । यी शब्दहरुले वैदिक शिक्षाप्रणालीबारेमा राम्ररी बताउँछन् । प्राचीन शिक्षापद्धतिमा ज्ञानको पुस्तादरपुस्ता हस्तान्तरण गर्दा कुनै लिखित दस्तावेजको जरुरत पर्दैनथ्यो किनकि गुरु शास्त्रको प्रकाण्ड ज्ञाता हुन्थ्यो र उसलाई शास्त्र कण्ठस्थ हुन्थ्यो । गुरुले चेलालाई प्रदान गरेको शिक्षा चेलाले उत्तिकै प्रामाणिकतवरमा कण्ठस्थ पारेको हुन्थ्यो र अर्को पुस्तामा हस्तान्तरण गथ्र्यो । यसरी श्रवण तथा स्मरणको परंपराबाट शास्त्रहरु पुस्तौं पुस्तासम्म निर्बाधरुपमा जान्थे । समयक्रममा त्यो महान् गुरुकुलीय शिक्षापद्धति क्षीण हुँदैगयो । यसरी क्षीण हुने क्रममा शनैः शनैः शास्त्रका स्वरुपमा पनि विकृति आउने संभावना रह्यो । खासगरी भारतवर्षमा बाहिरबाट बारम्बार आक्रमण भइरहने भएकाले समाजको अमनचैन खल्बलिइरहने स्थिति थियो । युद्धका कारण गुरुकुलको व्यवस्थापन ठीक नहुने र त्यसक्रममा शास्त्रको पठनपाठन चल्न नसक्ने हुँदैजाँदा शास्त्रनै विलुप्त हुने खतरा महशुश गरिएपछिचाहिँ शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता बोध भयो । विद्वानहरुले देखेकि नयाँपुस्तामा स्मरणशक्ति ह्रासोन्मुख छ । यसकारणपनि शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता झन् महशुश गरिएको थियोहोला । जे होस् तब लिखित स्वरुपमा आए हाम्रा धर्मशास्त्रहरु । श्रुति स्मृतिको परम्पराबाट लेखन परम्परासम्म आइपुग्दा बीचमा अनेक आरोह-अवरोह झेल्नु परेको छ तिन्ले । पाण्डुलिपि लेखकका आग्रह-पूर्वाग्रहवश अथवा बुझ्नेहरुका आआफ्नै शैलीले एउटै शास्त्रकापनि विविध टीका तथा भाष्य प्रचलनमा आए र आउँदैछन् । यस्तो परिप्रेक्ष्यमा हाम्रा धर्मशास्त्रहरुकोबारेमा निर्णय गर्नु कठिन कार्य हो । तर यो पूर्णतया असंभवचाहिँ छैन । शास्त्रको अपव्याख्या गर्दिनेहरुका कारण आइलागेको समस्या आफ्नो ठाउँमा छँदैछ । त्यसको दुस्प्रभावका कारण कतिपय शास्त्रीय पक्षहरु अझैसम्मपनि हाम्रालागि क्लिस्ट वा अस्पष्ट भएका छन् । अब ती अपव्याख्या तथा अस्पष्टतालाई हटाएर सही व्याख्या तथा स्पष्टता ल्याउनु कम गाह्रो कार्य होइन । संस्कार र ईश्वर-प्रदत्त प्रज्ञा दुबै भएकालेमात्र त्यस्तो गर्न सक्दछन् ।
संक्षेपमा भन्नुपर्दाखेरीमा शास्त्रीय दर्शनलाई वैज्ञानिक चेतयुक्त आध्यात्मिक दृष्टिले परख गर्ने होभनेमात्र धर्मग्रन्थका सही कुरा मथेर निकाल्न सकिन्छ र त्यस्तो चीज निश्चितरुपेण विज्ञानसम्मत नै हुन्छ । आधुनिक विज्ञानसँग तुलना गर्ने होभने वेद उपनिषद् आदि हाम्रा धर्मशास्त्रहरु झन् सुदृढ बन्ने निश्चित छ किनकि यिनीहरु पूर्णतया वैज्ञानिकतायुक्त छन् । जस्तोकि परमात्मालाई साकार-निराकार दुबै मान्ने कुरा साधारण दृष्टिमा विरोधाभाषयुक्त होकिझैं लागेतापनि विज्ञानका कसीमा सही कुरा हो रहेछ भन्ने तथ्य माथि हामीले चर्चा गरिसकेका छौं । वास्तवमा सगुण/निर्गुण, साकार/निराकारको भेद त उपासनाको दृष्टिलेमात्रै हो । खासमा यी दुबै किसिमका उपासनामा उपास्यतत्व उही हो । उपासना साधकको रुची विश्वास र योग्यता अनुसार हुने कुरा हो । अतः साधकहरुमा भिन्न-भिन्न किसिमका रुची विश्वास र योग्यता हुनेहुँदा उपासना पद्धति पनि पृथक् पृथक् हुनु स्वाभाविकै हो । परन्तु सम्पूर्ण साधनहरुबाट अन्तमा एकै साध्य अर्थात् परब्रह्म-तत्व प्राप्त हुने हो । समष्टिमा परमात्मा साकार-निराकार सगुण-निर्गुण सबैथोक हुनुहुन्छ । अस्तु ।

स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित