Saturday, January 10, 2009
बोक्सीको बात
स्पेसटाइम दैनिक, वर्ष २ अंक २२३, वि.सं. २०५९ असार १ शनिवार, पेज नं. ६ मा प्रकाशित
कहिले मरनीदेवी, कहिले सुदामादेवी वा अन्य केही नामका देवीहरुलाई बोक्सीको बात लगाएर गरिएका अत्याचारहरु साचार-माध्यममा आइरहेका छन् । उता ठाउँ-ठाउँमा आमा दिदी बहिनीहरु प्रताडित भइरहँदा बोक्सीका नाममा नारी-अस्मिताको हुर्मत लिने यस्ता लज्जास्पद कार्यको विरुद्धमा ओठे प्रतिकि्रया बाहेक ठोस कार्य हुन नसकिरहेको स्थिति छ । न राज्यपक्षले पीडकहरुलाई दण्ड दिन सकेको छ; न त भविष्यमा अरुले यस्तो प्रताडना बेहोर्न नपरोस् भन्ने प्रतिरोधात्मक उपाय गर्ने छेकछन्द नै देखिन्छ ।
बोक्सी भएको आरोपकासाथ जब कोही अकल्पनीय यातनाको शिकार हुन्छिन् तबमात्र बल्ल वक्तब्यको लहर चल्ने वा पीडितलाई साचार माध्यम मेडियाको अगाडी उभ्याएर घाउ कोतर्ने; अनि एकादुई गोष्ठीमा बुद्धि-विलास गर्ने प्रवृत्तिमात्र यहाँ देखिएको छ । तर एउटी चेलीको घाउमा खाटा बस्दा-नबस्दै अर्की चेलीको हुर्मत लिएको खबर आइरहेको हुन्छ । यो ुबोक्सीको बातु नेपाली समाजको निधारमा लज्जास्पद धब्बाका रुपमा रहेको छ । जब बोक्सीको आरोपमा कोही व्यक्तिमाथि आक्रमण भइरहेको हुन्छ; तब प्रत्येक आक्रमणपिच्छे मानवता लज्जित भइरहेको हुन्छ । बोक्सीका नाममा अनाहकमा कसैमाथि जाइलाग्नु पूर्णतया पागलपन सिबाय केही होइन । अझ यस्तो कुकृत्यकोसाथमा धर्म संस्कृति परम्पराको दुहाइ दिनु त झनै गलत हो । हाम्रो सनातन हिन्दू धर्म संस्कृति परम्परा 'बोक्सी'को परम्परा होइन; यो त 'देवी'को परम्परा पो त !
यथार्थ जतिसुकै तीतो भएतापनि यथार्थता नै हो । शक्तिको पूजा अर्चना गर्ने हाम्रो संस्कार हाम्रो संस्कृतिमा जतिसुकै भरिभराउ रहेको भएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइन । वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति हाम्रैमा छ; घरेलु िहंसाबाट पिडित हुनु परिरहेछ यहाँका नारीहरुले; अनि आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् । एकातिर यस्तो भइरहेको छभने अर्कातिर शताब्दीयौं देखिनै महिलालाई देवी मानेर पूज्ने संस्कार हामीसँग छँदैछ । अचम्म लाग्छकि कसरी हामी उही नारीलाई देवी मानेर पूज्दा-पूज्दै फेरि बोक्सीको रुपमा पनि ठानिरहेका हौंला !
वास्तवमा नेपाली संस्कृति तथा यसको आमा-संस्कृतिको रुपमा रहेको वैदिक हिन्दू संस्कृतिमा नारीहरुको स्थान गरिमामय थियो । कालान्तरमा त्यो वैदिक परम्परा व्यवहारमा कायम राख्न सकेन यो समाजले; र धर्म संस्कृति तथा परम्पराले नारीहरुलाई महिमामण्डित गरेको भएतापनि सामन्ती राज्यसत्ताका क्रममा त्यो खण्डित हुनगयो । शासकहरु स्वयम् नै स्वेच्छाचारी-भोगी-विलासी बनेको बेलादेखि क्रमशः जनस्तरसम्म नै त्यो विकृति बढ्दै गयो र अल्लिपछि आफ्नो अनैतिक कार्यलाई धार्मिकताको जामा पहिर् याउँदै जाने प्रचलन बढ्यो । अनि त एउटै पुरुषले दुई-तीनवटादेखि लिएर जतिसक्यो धेरैवटी स्वास्नी भित्र्याउन थाले र मर्दका दशवटी भन्नेजस्ता उखान पनि चले । सामाजिकरुपमा महिलाहरुलाई संकुचित घेराबन्दीमा रहनुपर्ने भयो भने आर्थिक पराधिनता पनि चर्कोसँग बढ्यो । आफ्नै सन्तान मध्येमापनि छोरालाई काखा र छोरीलाई पाखा गर्ने अन्यायी एवम् अमानवीय कुसंस्कार हाम्रो समाज वैदिक परम्पराबाट पतन भएपछिको विकृति हो । यसको चरम विकृत स्वरुप मौलाउँदै जाँदा नारीको पवित्र जन्मलाई समेत धिक्कार्ने र ूछोरीको जन्म हारेको कर्मू भन्नेजस्ता उखानहरु जन्मे । तर यी विकृतिहरु हुन् र यस्ता विकृति त्याग्न कत्ति पनि हिच्किचाउनु हुँदैन ।
धर्मशास्त्रमा नारीलाई देवी भन्ने तर व्यवहारमाचाहिँ कसैलाई बोक्सी बनाएर हुर्मत लिने तथा कोठीहरुमा वर्षेनी हजारौं चेलीहरु बेचिने; "यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता" भन्ने तर व्यवहारमाचाहिँ नारीको भागमा अपमान र तिरस्कार पर्ने; "न गृहंगृहमित्याहुगृ्रहिणी गृह मुच्यते" अर्थात् घर त्यसै घर हुँदैन जहाँ गृहिणी रहन्छिन् त्यही घर भनिन्छ भन्ने तर व्यवहारमाचाहिँ उनै नारीलाई जतिबेला सनक चले पनि लोग्नेले घरबाट बिनाकुनै कसूर पनि घरबाट गलहत्याउने ! यी सबै देखिएका-जानिएका-भोगिएका यथार्थहरु हुन् । यो वैदिक संस्कृति एवम् परम्परा अनुरुपको व्यवहार पटक्कै होइन । यो त वैदिक हिन्दू धर्म संस्कृति परम्परा पालन नभएको अवस्थाको पतन हो ।
हाम्रो धर्म संस्कृति त त्यो हो जहाँ मान्यता छ कि "… यत्रैतास्तुं न पूज्यन्ते सर्वास्तत्राफलाः कि्रया" अर्थात्- जहाँ नारीहरु पुजिँदैनन् तिन्को अनादर हुन्छ त्यहाँ समस्त कि्रयाहरु व्यर्थ हुन्छन् ; जहाँ यस्तो विश्वास हुन्छ कि छोरी जन्मनु देवी जन्मनु हो; र जहाँ चेलीले आफ्नो जन्मलाई धिक्कार्नु पर्दैन । आमा दिदी-बहिनी बुहारी पत्नी देउरानी-जेठानी सासू नन्द-आमाजू फूपु भाउजु आदि कसैले पनि नारीको जन्मलाई हारेको कर्म ठान्नु नपरोस् । अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ अस्मिता उँचो हुन्छ । यदि हाम्रो समाजमा नारी र पुरुषको हक-अधिकार समान पार्ने उस्तै गरिमापूर्ण स्थान बनाउने हो भने त्यसका निमित्त सही उपाय भनेको हाम्रो धर्म-संस्कृति-परम्परा अनुरुपको विधान नै हो । ऋषिमुनिहरुले यति राम्ररी विधान गरेर गएका छन् कि त्यो पालना गर्नासाथ महिलामाथि हुने गरेका भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदिको गुाजायस नै रहँदैन ।
अर्थात् सनातन धर्म-संस्कृति-परम्पराको शुद्ध/ अविकृत स्वरुपको आत्मसातता स्वतः नारीहरुको सम्मानपूर्ण स्थितिको सुनिश्चितता ग्यारेण्टी हो । तर घोर विडम्बना ! देवीहरुलाई बोक्सीका बात लगाउने अधम्हरुले आफ्नो कुकृत्यलाई धर्म संस्कृति परम्पराको आडमा जायज ठहर् याउने दुस्प्रयास गरिरहेका छन्- कसैले धूर्ततावश र कसैले अज्ञानतावश । तर यथार्थता के होभने हाम्रो धर्म देवीलाई कदापि बोक्सी ठान्दैन । यतिबेला धर्मसम्बन्धी कार्यकालागि खोलिएका संस्था तथा धर्मका व्याख्याताहरुले स्पष्ट पार्नु पर्दछकि देवीलाई बोक्सीको बात लगाउनु पाप हो; यो पूर्णतया धर्म-विरुद्ध कार्य हो । अस्तु ।

Comments:
<< Home
ओहो मित्र, कुरो त ब्लग त बडो गतिलो खोल्नुभएछ । अब जिन्दगीभर ब्लगमात्रै बनाएर दालभात चैं कैले कमाउने नि । ल यसो यतातिर अलिकति ध्यान दिनुपर्यो । अईले अलिकती परिश्रम गरेर जिन्दगीभर मालपानी खाँदै बस्नपाए अरु के खोज्नु ।।। यो साईटमा सित्तैमा ज्वाईन गरेर मलाई धन्यावादको पत्र चाँडै लेख्नु ल । बाटो देखाउने मेरो काम, हिँड्ने नहिड्ने तपाईँको काम ।। पैला यसमा रजिस्टर गर्नुपर्छ http://www.tripleclicks.com/yes कुपन नं. 10761796 चित्त नबुझे दुईचार लात ईमेलबाटै हाने हुन्छ । (सुको पैसा लाग्दैन ल, नडराए हुन्छ ।)
Post a Comment
<< Home