Thursday, November 06, 2008

 

अँध्यारो होइन उज्यालोतिर

स्पेसटाइम दैनिक, वर्ष १ अंक २६९, २०५८ साउन १३ शनिवार, पेज नं. ६ मा प्रकाशित
पूर्व ः सूर्योदय उज्यालोको प्राप्ति ।
पश्चिम ः सूर्यास्त अन्धकारमा पतन ।
पूर्व हुनु र पश्चिम हुनु बीचको भेद नै यस्तो छ कि प्रत्येक चेतनशील व्यक्ति पूर्वतिर अभिमुख हुन उत्पे्रित भइहाल्छ । जीवनलाई जगतका असल पक्षहरुले सुवासित पार्दै विशिष्ट आयाम तर्फ लम्कनुमा जीवनको सार्थकता छैन भनेर कसैले भन्छ भने ऊप्रति टीठ मान्न मात्र सकिन्छ ।
अहिले आधुनिकताको परिभाषा गर्ने ठेक्का लिएकाहरुमध्ये कतिपयले भन्नेगरेको आधुनिकतासँग ठाडो विमति छ मेरो । एउटा बेतुक पाखण्डी र धेरैहदसम्म घृणायोग्य समाज विकसित गर्न चाहन्छन् तिनीहरु ।तब म कसरी सहमत हुन सक्छु स्वतन्त्रताको नाममा बेलगाम स्वच्छन्दता स्थापित नैतिक मूल्यमान्यता व्यर्थ भ्रष्टीकरण पुरानो पुस्ताको अपमान परम्पराको बिना कुनै उचित कारण उल्लंघन आधुनिकताको जामा पहिरेर अगाडी आएका यस्ता उद्दण्डतालाई म ठाडै अस्वीकार गर्छु । त्यस्ता कुराको विरोध गर्दा पुरातनपन्थी भइन्छभने प्रतिगामी भनिइन्छभने पनि मलाई केही भन्नु छैन । मेरो बाटो त स्पष्ट छ ः सत्य को प्राप्तिका निम्ति अगाडी बढ्न तयार भएझैं यदि त्यो सत्य प्राप्त गर्न पछाडी फर्कनु पर्ने भएमापनि म हिच्किचाउनेवाला छैन किनकि अगाडी वा पछाडीको विवाद मेरो निम्ति उतिसाह्रो महत्वपूर्ण होइन र सत्यप्राप्ति नै मूल कुरा हो । पश्चिम होइन पूर्वतिर भनिरहँदा म पूर्वनिश्चित सरलरेखामा जकडिएको छैन । हरेक उपयुक्त विकल्पका निमित्त ढोका खुला राखिएको छ ।
अहिले हिन्दूका रुपमा बढी विख्यात हामीहरुका पूर्वज महान् वैदिक ऋषि महर्षिहरुले हजारौं हजारौं वर्ष अघि भनिछाडेका छन् कि कलियुगमा लडाइँ हावा विचार तरंग मार्फत् हुनेछ । रेडियो टी। भी। टेलीफोन इन्टरनेट जस्ता माध्यमहरुले विचार तरंगको प्रवाहलाई जति सजिलो बनाउँदै छन् उति मानव समाजमा लडाइँका नयाँ नयाँ निहुँहरु उब्जँदै छन् । नेपाल भारत चीन श्रीलंकामध्यपूर्व होस् या युरोप अमेरिका जहाँ हेरेपनि यदि युद्ध भएको छ त हरेक युद्धका पछाडी कुनै न कुनै खाले विचारले निर्देशित गरेको छ । शस्त्रास्त्र आज दोश्रो तहको कुरा भएको छ र अतिवादी विचार पहिलो तहको । विचारहरु नमिल्दा तिन्को प्रकटीकरण शस्त्रास्त्रका माध्यमले भइरहेका छन् र यदि मानव समाजलाई युद्धको विभिषिका त्रासदीबाट मुक्त पार्ने हो भने यसको उपचार विचारको सूक्ष्मतहमा मानसिक गहिराइमा पुगेर गरिनु आवश्यक छ । र यस्तो उपचार गर्ने सामथ्र्य पूर्व सँग छ । शान्ति मैत्री करुणा र प्रेमका विचारतरंगको दिग्विजयले नै मानव अन्तरमनमा निहित िहंस्रकतालाई समूल नष्ट गर्न सक्छ । त्यसो गर्नका निमित्त वेदका संवदध्वं संगच्छद्ध्वं……… आज झन् आवश्यक छन् । सर्वे भवन्तु सुखिनः अझ गुिाजनु जरुरी छ । त्यो बाटो जुन वेद उपनिषद् गीताआदि द्वारा दिग्दर्शित छ त्यो बाटो जुन बाटो िहंड्नुमा नै मानवनीवनको सार्थकता छ ।
तपाईंलाई रातो रंग मन पर्ला उहाँलाई नीलो रंग मन पर्ला र अझ अर्को व्यक्तिलाई पहेँलो रंग मन पर्ला । ठीक छ आफूले मन पराएको चीज राम्रो भन्न पाउनु हुन्छ । तर तपाईंलाई अर्काको अनादर गर्ने हक छ भन्ने म ठान्दिनँ । के देखियो भने अल्लाहका नाममा मन्दिरहरु ध्वस्त पारिए र मूर्तिहरु अनि येशूख्रीष्ट जीसस क्राइस्ट का नाम लिएर अरु धर्मउपर दुर्भावना फैलाउँदै र गलत हतकण्डा अपनाई धर्मान्तरण गराइएको पनि देखिए । यस्ता तरिकाहरुलाई कदापि ठीक मान्न सकिदैन । यस मामिलामा अपवादलाई छाडेर हिन्दूहरु धेरै सहिष्णु उदार भएको देखिन्छ । सनातनधर्ममा निहीत सहिष्णुता उदारता तथा व्यापक ग्रहणक्षमता नै मानव समाजलाई धर्म पन्थ तथा मजहबका नाममा हुने गरेका त्रासदीहरुबाट मुक्ति दिलाउने आधार हुनसक्छ । मलाई थाहा छ मेरो छवि सनातनधर्म हिन्दूधर्म को प्रबल पक्षधरका रुपमा प्रचारित गरिएको छ तर मेरो विचारको उच्चतर स्वरुपलाई तोडमोड गर्ने गरिएको छ कि धर्मका रुपमा इसाई इस्लाम शिख जैन बौद्ध बोन शिन्तो वा अरुहरु कुनैप्रतिपनि मेरो पूर्वाग्रह छैन र प्रत्येक धर्मलाई म आदर गर्छु । आफ्ना पूर्ववर्ती महान् आर्य ऋषिमहर्षि सन्त महात्मा योगी ईश्वरीय अवतार आदिप्रति गौरव गर्ने म पैगम्बर मोहम्मद येशूखि्रष्ट जरथुस्त्र कन्फ्युशियस आदिप्रति पनि पूर्वाग्रहबाट मुक्त छु । सत्यपथ का सामान्य भन्दा सामान्य र महान् भन्दा महान् व्यक्तित्वप्रति मेरो अपनत्व आदरभाव तथा प्रेमभाव छ । हाम्रो महान् संस्कृतिले मलाई हरेक धर्मको मूल लक्ष्य मानवकल्याण हो भन्ने उदार व्यापक विश्वदृष्टि प्रदान गरेको छ । तर कसैले हाम्रो संस्कृति परम्परा स्थापित मूल्य मान्यता माथि चोट पुर्याउँछ भने प्रहार गर्छ भने त्यसको सशक्त प्रतिवाद तथा प्रतिकार हुनुपर्छ त्यो मैले गर्ने गरेको छु । मैले सत्य को पक्ष लिइरहँदा यसबाट तसर्िएकाहरु मेरो विरोध गर्छन् त यसमा के नौलो कुरा छ र मैले बत्ती बाल्न खोज्दा अँध्यारोका पक्षधरहरु यसलाई निभाउन प्रयत्न गर्छन् भने यो त उनीहरुको चरित्र अनुरुपकै कार्य हो । हो तिनीहरुसँग मैले हार्नुचाहिँ हुँदैन ।
मैले बारम्बार भन्दै आएको छु कि धर्मको अर्थ कुनै ट्रेडमार्कमा गर्नखोज्दा धर्म टे्रडमार्कमा राम्ररी अर्थँदैन । आज हामी धर्म भन्नासाथ हिन्दू हो कि कि्रश्चियन हो कि इस्लाम हो कि शिख हो कि जैन हो कि बौद्ध हो कि भन्नेतिर जान्छौं । मानव इतिहासमा यी ट्रेडमार्क ९तचबमझबचप० मात्रै हुन् र असली धर्मतत्व लाई यसको जरुरत पर्दैन असली धर्मतत्व मूलतः एउटै हो । परन्तु असली धर्मतत्व मूलतः एउटै भएको जान्दाजान्दैपनि वेद उपनिषद् गीता आदिको उत्तराधिकार बोकेको सनातनधर्म हिन्दूधर्म प्रति मेरो विशेष अनुराग छ । यसको उपयुक्त कारण छ । अर्थात् हिन्दुत्वप्रतिको मेरो अनुराग पूर्णतया औचित्ययुक्त छ । मैले पश्चिम होइन पूर्वतिर भन्दाखेरि त्यो अनुराग झल्कन्छ भने त्यसमा मलाई खुशी लाग्नेछ ।
एउटा घटना यस्तो सुनिएको थियो कि एकजना फुटबल खेलाडीले खेलको क्रममा आफैले हानेको फुटबल फर्केर आई छातीमा लागेर मुर्छा परेकाले उपचारार्थ अस्पताल लाँदा बाटैमा मृत्यु भयो । यो घटना मलाई एकदम सन्देशमूलक लाग्यो आफैले हानेको बल फर्केर आई आफ्नै छातिमा लागेर खुत्रुक्कै मर्नु हो यस्तै भइरहेको छ अहिले । मान्छेले जतिजति विकसित भएँ आधुनिक बनें प्रगति गरें भन्दैछ उतिउति त्यै तथाकथित विकास आधुनिकता प्रगति चाहिँ फरक्क फर्केर मानवसभ्यताको छातिमै ठोकिएर खुत्रुक्कै पार्दैछ ।
जस्तो कि हिन्दूहरुका स्थापित नैतिकमूल्यमान्यता अनुसार परस्त्रीसँग यौनसंबन्ध राख्नु त के कुरा वासनात्मक भावना राख्नु समेत निषेध छ जुन नियम पालना गर्दा मानवसमाजका लागि एड्स जस्तो रोग कुनै समस्या होइन । यो त्रासदीपूर्ण समस्या त तथाकथित आधुनिक सभ्यताले फैलाएको हो र फैलाइरहेको छ । अथवा आज संसारभरिनै वृद्धवृद्धाहरु उपेक्षा निरादर तिरस्कारपूर्ण जीवन बिताइ रहेकाछन् । किन त यसमा पनि उस्तै कारण छ । हाम्रो परम्परा पुण्डरिक श्रवणकुमार आदि जस्ता मातृपितृभक्तहरुको परम्परा हो । श्रवणकुमारको कथा सुन्नु भएकै होला कि उनले आफ्ना अन्धा मातापिताको कस्तो सेवा गरे । पुण्डरिकको कथा पनि सुन्नुभएकै होला जसले मातृपितृ सेवाका निम्ति भगवान् विष्णुलाईसमेत पर्खन भने र आखिर स्वयम् भगवान् नै उनको कुटीमा जानुभयो । यी कथाहरुमात्रै होइनन् यिनमा हाम्रा संस्कार सभ्यता संस्कृति दर्शिएका छन् । यो परम्परामा वृद्धाश्रमको जरुरत पर्ला त निश्चितरुपमा पर्दैन । अहिले पश्चिमा देशहरुमा जस्तै पूर्वमा पनि विवाह गर्नासाथ मातापितालाई त्याग्ने गलत संस्कार देखिन थालेको छ । जसले बुढेसकालमा उनीहरुलाई अलपत्र पारेर आफूचाहिँ ऐशआराममा रमाउँछ र स्वार्थका लागि गधालाई बा र बालाई गधा भन्न सक्छ त्यो चाहिँ आधुनिक अरे सभ्य अरे । अरुपनि उदाहरण छन् जहाँ पश्चिमा भौतिकवाद उन्मुख सभ्यताले गर्दा मानव समाज गलत बाटोमा दौडिरहेको छ । त्यो बाटो मानव विनाशको बाटो हो ।
मैले पश्चिम भनिरहँदा यसमा पूँजीवाद पनि आरोपित छ । पूँजीवादले मानव समाजको समष्टिमा हित गर्न सक्दैन र सकिरहेको छैन भन्ने मेरो मत छ । त्यसोहुँदा पूँजीवादको पतन अवश्यम्भावी छ । तर यसको अर्थ कम्युनिष्ट समेतका माक्स्रपन्थीहरुले भनेझैं पूँजीवाद नष्ट भएर समाजवाद नौलोजनवाद साम्यवाद आउनेछ भन्नेमा पनि मेरो रत्तिभर विश्वास छैन । मानव समाजको निमित्त सर्वोत्तम व्यवस्था रामराज्य एवं सत्ययुग नै हो । तसर्थ म रामराज्य एवं सत्ययुगको पक्षधर हूँ । पूँजीवाद कम्युनिज्म समाजवाद सामन्तवाद आदिइत्यादि प्रति मेरो अनिच्छाभाव जगजाहेर छ । मेरो लागि जसरी पूँजीवाद पश्चिम हो उसरी नै कम्युनिज्म पनि पश्चिम नै हो । हरेक राम्रा कुरा पूर्व हुन् मेरालागि । अनि मेरो बाटो ः पश्चिम होइन पूर्वतिर । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने अर्थराजनैतिक कोणबाट भन्नुपर्दा पश्चिम होइन पूर्वतिर भनिरहँदा मैले पूँजीवाद र कम्युनिज्म दुबैमा निहीत केहीकेही राम्राचाहिँ तत्वहरुलाई स्वीकार पनि गरेको छु । मानव समाजमा यसअघि अस्तित्वमा आएका हरेक प्रणालीका हरेक दर्शनका सकारात्मक पक्षको स्वीकार र नकारात्मक पक्षको अस्वीकार बाट हाम्रो पथ सुदृढतापूर्वक निर्माण भएको छ । यसो भनिरहँदा यस पथलाई कतिपयले सारसंग्रहवादी वा खिचडी भन्ने मुर्खता पनि गर्न सक्छन् त्यस्तो बेतुके भनाइको खण्डन गरिरहनु जरुरी छैन । मैले माथिनै भनिसकेको छु कि म माथि आरोप लगाइँदा मेरो आलोचना उपेक्षा अनादर तिरस्कारले म विचलित हुन्नँ । हो आफ्ना कमी कमजोरी दूर गर्न म जागरुक छु र हुन चाहन्छु । शत्रुतारहित स्वस्थ स्वच्छ रचनात्मक तथा प्रेमपूर्ण समालोचना म सदा स्वीकार गर्दछु ।
राजनीतिक नेतृत्वको कुरा गर्दा म भारतवर्षका महान् राजनीतिज्ञ चाणक्यलाई सम्झिरहेछु । एकपल्ट केही व्यक्ति उनलाई भेट्न गएछन् । उनी केही काममा व्यस्त थिए । पाहुनाहरु आएको देखेपछि चाणक्यले तिनीहरुको स्वागत गरे अनि बलिरहेको बत्ती निभाएर अर्को बत्ती बाले र पाहुनाहरुसँग भलाकुसारी गर्न थाले । आगन्तुकहरुलाई बडो आश्चर्य लाग्यो कि किन यसो गरे । एउटालाई त साह्रै सकसक लागेकाले सोधिहालेछ । चाणक्यको जवाफ यस्तो थियो भनिन्छ ः अघिसम्म म सरकारी काम गर्दैथिएँ त्यसैले राज्यको खर्चबाट तेल हालिएको बत्ती बालेको । अहिले तपाईंहरुसँग व्यक्तिगत भलाकुसारी हुँदैछ त्यसैले व्यक्तिगत खर्चबाट तेल हालिएको बत्ती बालेको ।

यी हुन् पूर्वीय संस्कार सभ्यता संस्कृति अनुकुलका राजनीतिक नेता । हाम्रो नेपालमा सम्पूर्ण जनताले खाना खाएपछिमात्रै आफूले पनि खाना खाने र एकजना प्रजा पनि भोको नरहोस् भनी हरक्षण चिन्तनशील रहने राजा महीन्द्र मल्ल को कीर्ति प्रसिद्ध छँदैछ । पृथु र जनक जस्ता राजाको प्रजावत्सलता पनि उत्तम उदाहरणीय छ । यद्यपि बेन र कंस जस्ता प्रजापीडक अत्याचारी शासक पनि यहाँ थिए । जन्मका हिसाबले जहाँकहिँका भएतापनि चाणक्य महीन्द्र मल्ल पृथु जनकहरु पूर्वपट्टि पर्छन् भने बेन कंस तथा रोम शहर जलिरहँदा पनि खुशी भएर बाँसुरी बजाइरहने राजा नीरोहरुचाहिँ पश्चिमपट्टि पर्छन् । अनि हामी पश्चिम होइन पूर्वतिर भन्दैछौंभने कस्तो राजनीतिक नेतृत्व हामी चाहन्छौं भन्ने कुरा प्रष्ट छ । मैले माथि रामराज्य भन्दाखेरिमा प्रणाली र नेतृत्व दुबैमा सही छनोट को ख्याल राखेको छु ।
प्रणाली र नेतृत्व एकअर्काका परिपूरक हुन् । एउटा गलत हुनासाथ अर्कोको परिणाम पनि हितकारी हुनसक्दैन । तसर्थ हामीले प्रणाली र नेतृत्व दुबैको सही छनोटमा जोड दिएर पश्चिम होइन पूर्वतिर भनेका हौं ।
अझैसम्मपनि लोककल्याणकारी राज्यको सर्वाधिक आदर्शमय स्वरुप रामराज्य नै हो । भगवान् श्रीरामले शासकका रुपमा प्रयुक्त गर्नुभएको शासनशैली तथा राज्यव्यवस्था वास्तवमै पुनःपुनः अनुकरणीय छ ।
भगवान् श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको तथा रामराज्यलाई सर्वोत्कृष्ट प्रणाली मानिएको कारणलाई हामीले ठीक तवरले बुझ्नु जरुरी छ । यदि तपाईं यस्तो सोच्नुहुन्छकि रामले रावणमाथि विजय हासिल गरेको तथा अनेकौं राक्षसहरु संहार गरेको हुनाले उहाँ सुपूजित हुनुभएको हो तब तपाईं गल्तीमा हुनुहुन्छ । त्यसो होइन । मार्नु काट्नु सुयशको कार्य होइन । नरसंहार क्षमतालाई मात्रै विशिष्टता वा महानताको कारण भन्ठान्नु अन्यायपूर्ण हो । हामीलाई थाहा छ रावणबध पश्चात् भगवान् श्रीरामले कहिल्यै शस्त्रास्त्र उठाउनु भएन । रावणबध तथा त्यसअघिका िहंसा अनिवार्यताका स्तरका थिए । श्रीराम शासनारुढ भएपछि संसारभरि शान्ति सुव्यवस्था कायम भयो । शोक सन्ताप मेटिएर सबैजना सुखी भए । सुख अर्थात् रोग भोक शोक भय आदिबाट मुक्ति । उहाँको राज्यमा कोही दरिद्र थिएन सबकासब समृद्ध । सबै गुणवान् शिक्षित । कसैको कसैप्रति द्रोह वैरभाव थिएन रामराज्यमा । कोही धनी र कोहीचाहिँ गरिब हुने अन्यायपूर्ण वितरणप्रणाली नै थिएन त केको विषमता मजदुर पनि थिए किसान पनि थिए तर कामका दृष्टिकोणबाटमात्र । प्रत्येक मजदुर किसान त्यतिनै धनी थियो जतिकि महाराजाधिराज श्रीरामचन्द्र ।
मार्कसका अनुयायीहरुको साम्यवाद -कम्युनिज्म फगत् कल्पनामात्रै हो यस्तो लक्ष्य हो जो यसअघि हासिल भएको छैन र भविष्य पनि सुनिश्चित छैन । अर्कातिर आफूलाई प्रजातान्त्रिकसमाजवादी बताउनेहरुको स्थिति त झन् हास्यास्पद भइसकेको छ । प्रजातान्त्रिकसमाजवाद भनेतापनि व्यवहारमाचाहिँ पूँजीवादकै पिट्ठु भएको देखिन्छ । तर रामराज्य त वास्तविकता हो । वास्तविकसाम्यवाद हो रामराज्य।
रामराज्यको अझ उच्चतर विकास हो ः हिन्दूधर्मशास्त्रहरुमा उल्लेखित सत्ययुग । यस युगमा मानवसमाजले समस्त अभावहरुमाथि विजय प्राप्त गरेको हुन्छ र समाज भोक रोग शोक रहित हुन्छ । सत्ययुग मा राजनीतिक सीमारेखाहरुको अर्थ हुनेछैन संप्रदाय पन्थ मजहबहरुको घेराबन्दीले पनि अर्थ राख्नेछैन जाति र भाषाका भेदले पनि अर्थ राख्दैन । त्यहाँ कोही मालिक र कोही दास हुँदैन कोही धनी र कोही गरिब हुँदैन कसैले कसैलाई हैकम चलाउने हुँदैन । सत्ययुगमा प्रहरी र सेनाको आवश्यकता रहँदैन मानवसमाज स्वतः नैतिक नियममा गतिशील रहनेछ । यहाँसम्मकि तालाचाबीको कुनै उपयोगिता रहँदैन कोही चोर नै रहने छैन त किन चाहियो तालाचाबी कुनै शस्त्रास्त्रको उपयोगिता नरहने हुन्छ किनकि िहंस्रक मनोवृत्तिबाट मानवले आफूलाई मुक्त पारिसकेको स्थिति हुन्छ । सर्वत्र सुख शान्ति आनन्द । मैले पश्चिम होइन पूर्वतिर भनेर लोककल्याणकारी राज्यव्यवस्था देखि रामराज्य र सारमा सत्ययुग सम्मको यात्रालाई दिग्दर्शित चाहेको छु । पूर्वतिर भन्दा सत्ययुगतिर भन्ने बुझ्नुभयोभने मलाई धेरैहदसम्म बुझ्नुभएको छ ।
धर्मका नाममा मानवसमाजलाई शोषण गर्ने लुट मच्चाउने र अनाचार अत्याचारलाई पर्दा हाल्नेगरिएको देखिएकै कुरा हो । कतै पण्डाहरुको बिगबिगी कतै पोपपादरीहरुको अनाचार त कतै मुल्लामौलवीको अत्याचार । चाहे जुनसुकै धर्मका नाममा अघि सारिएका होऊन् गलत कुराहरुको उन्मूलन हुनैपर्छ । ढ्याउअ डकारेर भूँडीपल्टाउने मठाधिश शरियतको आडका मान्छे चुस्ने मौलवी ब्वाँसोलेझैं खेलाई खेलाई शिकार गर्ने पादरी यी सबैलाई घृणा गर्नु र बच्नु पर्छ । तर यस्ता विकृतपक्ष मात्रै चर्चा गरेर धर्मतत्व विरुद्धमा लाग्नु चाहिँ मानवसमाजको दूर्भाग्य हुनेछ । कसैले धर्मको दुरुपयोग गर्यो भन्दैमा धर्म भनेकै खराब भन्नेजस्तो निष्कर्षमा पुग्नु झन् खराब हो । सुनका गहनामा कस मयल लागेपनि सुन आफैमा सुन नै हुन्छ । हो यसमा लागेको कसचाहिँ फाल्नैपर्छ । त्यस्तै धर्मसँगको मानवसमाजको संबन्ध नकार्नु हुँदैन । हामीले त धर्मतत्व आत्मसात् गर्ने दिशातर्फ आफूलाई अग्रसर गराउनुपर्छ भन्ने मेरो दृढ मत छ ।
म वैज्ञानिकताले परिपूर्ण धार्मिकताको पक्षपाती हूँ । धर्म र विज्ञान एउटा बिन्दुमा मिल्नुपर्छ मिल्छन् । धर्मको शुद्ध स्वरुप र विज्ञानको पनि शुद्ध स्वरुप छर्लंग हुँदा यी दुईको एकत्व सहजै दृष्टिगोचर हुन्छ । एक्लो धर्मको अनुशरण गर्छु भन्दा मान्छे मजहब संप्रदाय पन्थ रेलिजनमा जकडियो र एक्लो विज्ञानको अनुशरणले चाहिँ अन्धभौतिकतावादको भासमा खस्यो । धर्म र विज्ञान मध्ये एउटा मात्र स्वीकार्ने अतिवाद मानवसमाजका निम्ति अहितकारी छ । धर्म र विज्ञानको एकत्वमा मानवसमाजको हित निहित छ । धर्मको पक्ष वजनदार कारणमा प्रमुख कारण के पनि हो भने मानवसमुदायलाई उसको उज्ज्वल भविष्यका निम्ति धर्म तत्वको आवश्यकता झन् बढेको छ । मलाई के लाग्छ भने मानवले जति बढी विज्ञानको विकास गर्नेछ र जति बढी मात्रामा शक्तिसंपन्न हुन्छ त्यतिनै बढी मात्रामा उसलाई धर्मतत्व आवश्यक हुन्छ । विज्ञान र धर्मका बीच सामाजस्यताले सम्पूर्ण मानवसमाजमा प्रकाशमय प्रभाव पार्नेछ । तसर्थ मैले पश्चिम होइन पूर्वतिर भन्दाखेरि विज्ञान र धर्मबीचको एकतालाई विशेष जोड दिएको छु । अर्थात् धार्मिकता युक्त विज्ञान र वैज्ञानिकतायुक्त धर्मको सुनिश्चितता छ यसमा ।
म यहाँ कुनै नयाँ कुरा गरिरहेको छैनँ र केही विशिष्ट मौलिकता हुँदाहुँदै पनि मेरा सिद्धान्त पूर्णतया नयाँ आविष्कार होइनन् । म संसारलाई कुनै नयाँ कुरा भनिरहेको छैन र कुनै नयाँबाटो देखाइरहेको छैन किनकि सत्य त अनादिकाल देखि छँदैछ र अनन्तकाल सम्म रहनेछ । म त्यही सत्यपथ को यात्री हूँ । हो यो सत्यपथमा िहंड्ने अधिकार प्रत्येक प्राणीलाई छ । यदि कोही भ्रमित भएर पथभ्रान्त बनेकोछभने उसलाई सत्यपथतर्फ आह्वान गर्नु मेरो र मेरा साथीहरुको कर्तव्य हो । म त्यो कर्तव्यपालन गर्न चाहिरहेको छु ।
कसैले मलाई चुनौती दिनसक्छकि तपाईंले भनेको बाटो नै सत्यपथ हो भन्ने के ग्यारेण्टी छ यसमा कुनै अनौठो कुरा छैन । यो प्रश्न भगवान् बुद्धलाई पनि तेस्र्याइएको थियो । यही प्रश्न जीससक्राइष्टलाई पनि तेस्र्याइएको थियो । यस्तै प्रश्न पैगम्बरमोहम्मदलाई पनि तेस्र्याइएको थियो । भगवान् श्रीकृष्ण पनि प्रश्न गरिनबाट बाँकी राखिनुभएन । संसारमा मानवसमाजमा प्रत्येक महान् व्यक्तित्वहरु प्रश्नको घेरो नतोडी आएका छैनन् । जगद्गुरु शंकराचार्य पनि यसको अपवाद रहनुभएन । सुकरात प्लेटो अरस्तु जरथुस्त्र कन्फ्युशियश देखि कबीर मीरा महावीर नानक अनि ओशोरजनिश सम्म कोप्रति लक्षित भएनन् प्रश्नहरु यद्यपि म आफ्नो कुनै विशिष्टताको दाबी गरिरहेकोछैन भनेर मैले भनिसकेको छु । म मेरो विश्वासमा उत्तिकै दृढतापूर्वक कायम छु कि मेरो प्रज्ञादृष्टिले जुन बाटो ठम्याएकोछ त्यो मानव समाजका निम्ति सही र सर्वोत्तम बाटो हो ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Comments: Post a Comment

Links to this post:

Create a Link



<< Home

This page is powered by Blogger. Isn't yours?