Thursday, January 01, 2009
िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादको उपचार
स्पेसटाइम दैनिक, वर्ष २ अंक १८८, वि.सं. २०५९ बैशाख २८, शनिवार, पेज नं. ६ मा प्रकाशित
संसारमा समय-समयमा हुने युद्ध, िहंसाको दुस्चक्र, नरहत्याको विभत्स त्रासदी बारेमा विचार गरौं त ! एकातिर मान्छे दार्शनिक बनेर सारा जगत्को कल्याण एवं शान्तिको वकालत गर्छ भने अर्कातिर युद्धमा खरबौं रुपैयाँ खरबौं डलर खर्चिन्छ र आफ्नै बन्धुको हत्या गरेर विजयको अभिमानमा अट्टाहास गर्न समेत भ्याउँछ । चाहे त्यो युद्ध जेसुकै नाममा लडिएको होस् वा जहाँसुकै गरिएको होस् र जुनसुकै कालखण्डमा मच्चाइएको होस् -त्यसबाट मानवता आहत भएकै छ । युद्धबाट पीडित अनाथ विधवा तथा शरणार्थीहरुको चित्कारमा मानवताको छटपटाहट नै त प्रतिबिम्बित भएको हो नि ! युद्धलाई समाप्त नपारुाजेल यस्ता त्रासदीहरुबाट मानव समाज भविष्यमा पनि बारम्बार घाइते भइरहने निश्चित छ । िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नु अघि त्यसको जरो चिन्नु जरुरी छ । जरो नचिन्ने होभने फगत् 'शान्ति', 'शान्ति'को फलाकोलेमात्र केही हुनेवाला छैन ।
वास्तवमा लडाइ वा युद्ध सर्वप्रथम मान्छेको मनमा/मष्तिस्कमा पैदा हुन्छ । तसर्थ िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नु छभने सर्वप्रथम उपचार मान्छेको मनमा/मष्तिस्कमा गर्नुपर्छ । प्रत्येक मानवको मानसिक सन्तुलन एवम् भावात्मक शान्ति कायम रहने होभने युद्ध गर्ने परिस्थिति नै रहने छैन । यदि मानव समाजमा पारस्परिक व्यवहार प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणयुक्त हुने होभने अधिकांश समस्याहरु स्वतः निर्मूल हुने स्पष्टै छ । तर यी कुराहरु भन्न जति सजिलो छ; व्यवहारमा कार्यान्वयन गर्न त्यति सजिलो छैन । तर व्यवहारमा कार्यान्वयन गर्न पटक्कै नसकिने पनि त होइन । यदि हामीले चाहेमा पारस्परिक व्यवहारलाई प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणयुक्त बनाउन सक्छौं । यसका निमित्त हामीले रोज्नुपर्ने बाटो भोगवादको होइन; योगवादको बाटो हो हामीले रोज्नुपर्ने त ।
योगको अर्थ हो- जोड्नु अथवा मिलन । आध्यात्मिक तवरले भन्नुपर्दा योगको अर्थ हो- आत्मालाई परमात्मासँग मिलन गराउनु । यसमा चित्तको वृत्ति-निरोध पनि एक जरुरी अंग हुँदै हो । आत्मबोध भएको मान्छेले सारा जगत्लाई परमात्म-स्वरुप अनुभूत गर्ने हुनाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ । अर्को प्राणीलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै-झगडा र मारकाट हुँदैन िहंसा हुँदैन । परोपकार योगीको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ ऊ । योगवाद त मानवताको उच्चतम स्वरुप हो । तसर्थ त्यहाँ प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणको नै उपस्थिति हुन्छ ।
योगवादी मनुष्य कसरी सुख-शान्तिको वाहक हुन्छ भन्ने सम्बन्धमा एकजना विद्वानको भनाइ यहाँ स्मरणीय छ । जसअनुसार योगवादी मनुष्यमा चार किसिमका गुणहरु हुन्छन्- गुणदर्शन धैर्य मैत्रीभाव र सन्तोष । पद्मपुराणमा भनिएको छ- हे मनुष्य हो तिमीहरु धर्मको सार सुन र सुनेर धारण गरकि जो हामी आफ्नालागि चाहँदैनौं त्यो अरुप्रति पनि नगर्नू (संस्कृत भाषामा- श्रूयतां धर्मसर्वस्वं श्रुत्वा चैवावधार्यतम् । आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् ॥) यस श्लोकको भावना अनुरुपको व्यवहार सबै मनुष्यबाट गरिने होभने विश्वमा कहिँपनि लडाईं झगडा युद्ध आदि हुनेनै थिएन । तर अर्काबाट आफूलाईचाहिँ सुख मिलोस् भन्ठान्ने मान्छे बारम्बार अरुलाई दुःख-कष्ट दिइरहन्छ र युद्ध मानव समुदायकालागि त्याज्य छ भन्ने जान्दाजान्दै पनि बारम्बार युद्ध छेडिरहने प्रवृत्ति छ मान्छेमा । विश्वशान्ति चाहने होभने जो हामी आफ्नालागि चाहँदैनौं त्यो अरुप्रति पनि नगर्नु एकदमै उपयुक्त कदम हो । योगवादी मान्छेलेमात्रै यस्तो व्यवहार गर्न सक्छ । अधिकांशतः मानिसहरु आफ्नो विवेकको अनादर गर्दछन् । कुनै चीज गलत हो भन्ने जान्दाजान्दैपनि त्यसलाई त्याग्न नसक्नु विवेकको अनादर हो । जब विवेकको अनादर हुन्छ तब बुद्धिले गलत बाटो पक्डन्छ; अनि मान्छे भोगवादको खाडलमा खँगारिन्छ र यसको परिणाममा मान्छे युद्ध िहंसा द्वेषले विषाक्त हुनपुग्छ । अनि जब मानव बुद्धिले सही बाटो पक्डन्छ तबचाहिँ त्यसले योगवादी बनाउँछ मान्छेलाई र यसले परम् आनन्द शान्ति एवं सुख प्रदान गर्दछ ।
भोगवाद भन्दा योगवाद श्रेष्ठ हो भन्ने जान्दाजान्दैपनि खासगरी मानव समाजको अहिलेको प्रवृत्ति देख्दाखेरीमा त मानव जीवनको लक्ष्य भौतिकजगत्भित्रै रग्मगिने बढी सम्भावना स्पष्ट छ । तर मानव जीवनको लक्ष्य यत्तिकैमा सीमित रहनु सुहाउँदो लाग्दैन । आहार निद्रा भय र मैथुन -यी कुराहरु मनुष्य र पशुहरुमा समान छन् । मनुष्यमा विशेषता यो छकि उसमा ज्ञान अर्थात् विवेक पनि छ । ज्ञानहीन मनुष्य पशु समान नै मानिएको छ । मनुष्यलाई ज्ञान प्राप्त भएकाले उसको जीवन-दर्शन पनि अरु प्राणीका तुलनामा पृथक् किसिमको छ । मनुष्यको कर्तव्य एवं दायित्व पनि अरु प्राणीकोभन्दा विशेष छ । त्यो कर्तव्य एवं दायित्वलाई आत्मसात् गर्नैपर्छ । हुन त मानव मन प्रायः सांसारिकतामा रमाउने र भौतिकजगत्भित्रै सम्पूर्णता खोज्ने प्रवृत्तिले आक्रान्त रहेको छ । अधिकांश मान्छे आफ्नो मनका दास हुने हुन्छन् । अनि यो मनका बारेमा त माथिपनि चर्चा गरिएकै छकि वास्तवमा लडाइ वा युद्ध सर्वप्रथम मान्छेको मनमा/मष्तिस्कमा पैदा हुन्छ । यद्यपि हामीले चाहेमा मनलाई आफ्नो नियन्त्रणमा राख्न सक्दछौं । यसका अनेक विधि छन् । मानव मनलाई बुद्धिलाई सही मार्ग-निर्देशन गर्नकालागि उपायहरु छन् ।
िहंस्रक मनोवृत्ति एवं युद्धोन्माद जस्ता समस्या आन्तरिक प्रकृतिका समस्या हुन्; मानसिक एवं भावात्मक तहबाट उब्जने समस्या हुन् यी । तसर्थ यिनको उपचार पनि त्यही तहबाटै आरम्भ गर्नुपर्छ । यसकालागि आध्यात्मिक /धार्मिक तहमा नपुगी हुँदैन । भोगवादलाई त्यागेर योगवाद अवलम्बन गरेरमात्र िहंस्रक मनोवृत्ति एवं युद्धोन्माद जस्ता समस्याहरुबाट पार पाउन सकिन्छ । भोगवादको विरोध गर्नुको अर्थ भौतिक पदार्थको भोग नै त्याग्ने वा त्यसबाट भाग्ने भनेको होइन नि ! जबसम्म शरीरमा आत्मा छ तबसम्म शरीरकालागि गास वास कपास त चाहिन्छ नै । हो आफूलाई यी भौतिक पदार्थहरुको दास बनाउनु पक्कै हुँदैन र मनलाई निर्मल निर्विकार बनाउने र प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणयुक्त हुनेतर्फ प्रवृत्त हुनैपर्छ । तबमात्र युद्धोन्मादको रामवाण उपचार हुन सम्भव छ । अस्तु ।

Comments:
Links to this post:
<< Home
संसारमा समय-समयमा हुने युद्ध, िहंसाको दुस्चक्र, नरहत्याको विभत्स त्रासदी बारेमा विचार गरौं त !
Dear Nirmal Baaje, Why r u only worried about नरहत्याको विभत्स त्रासदी only? When will PONGA PUNDITS will start honoring NARI also. Dunt u think NARIs were also killed in the Yuddhas. NARIs are targted in all sorts of violence much more than NARAs. GIVE honor to NARIs in practice as well.
Post a Comment