Wednesday, May 31, 2006

 

महाभारत- कुरुयुद्ध कि विश्वयुद्ध

'महाभारत' नामले प्रख्यात रहेको महायुद्धमा पाण्डवपक्षबाट सात अक्षौहिणी र कौरवपक्षबाट एघार अक्षौहिणी गरी जम्मा अठार अक्षौहिणी सेनाले प्रत्यक्ष युद्धमा भाग लिएको उल्लेखित छ । महषिर् व्यासको महाकाव्य महाभारतको आदिपर्व २।२३-२६मा बताइएअनुसार एक अक्षौहिणी सैन्यबलमा २१८७० -एक्काइसहजार आठसय सत्तरी) ओटा रथ, उत्तिनै संख्यामा हात्ति, ६५६१० -पैंसठ्ठीहजार छसय दस) ओटा घोडा र १०९३५० -एकलाख नौहजार तीनसय पचास) जना पैदल सैनिक हुन्छन् । यही“नेर ध्यान पुर्याउनुपर्ने कुरा केछभने एउटा हात्तिमा एकजना माहुते र एकजना योद्धा गरी कम्तीमा दुईजना सवार हुन्छन्, त्यसरीनै एउटा रथमापनि एकजना सारथी र एकजना योद्धा समेत कम्तीमापनि दुईजना सवार हुन्छन् । कहिलेकाहि“ हात्ती तथा रथमा सवार हुनेहरूको संख्या दुईजनाभन्दा बढी हुनपनि सक्छ । यस हिसाबबाट एक अक्षौहिणी सैन्यबलमा रथमा बसेका कम्तीमापनि त्रिचालिसहजार सातसय चालिस व्यक्तिहरू, हात्तीमा सवार रहेका कम्तीमापनि त्रिचालिस हजार सातसय चालिस व्यक्तिहरू, घोडचढी सेना पैंसठ्ठीहजार छसय दस व्यक्तिहरू र पैदलयोद्धा एकलाख नौहजार तीनसय पचास व्यक्तिहरू समेत जम्माजम्मी २६२४४० (दुईलाख बैसठ्ठीहजार चारसय चालीस) जना मानिसहरू संलग्न हुने देखिन्छ ।
महाभारतमा उल्लेखित भएअनुसार कौरवपक्षमा एघार अक्षौहिणी सैन्यबल रहेको मान्दाखेरीमा उनीहरूका पक्षबाट लड्ने योद्धाहरूको कूल संख्या २८८६८४० (अठ्ठाइसलाख छयासीहजार आठसय चालीस) रहेको देखिन्छ । यसरीनै पाण्डवपक्षबाट युद्धमा सामेल सात अक्षौहिणी सैन्यबलमा योद्धाहरूको कूल संख्या १८३७०८० (अठारलाख सैंतिसहजार असी) रहेको देखिन्छ । तर्सथ, उक्त महायुद्धमा दुबैपक्षबाट गरी ४७२३९२० (सत्चालिसलाख तेइसहजार नौसय बीस) जना योद्धाहरू सामेल रहेको आ“कडा आउ“छ । तर यो न्यूनतम आ“कडा हो । अनि यो संख्या प्रत्यक्ष्ँतः युद्ध मैदानमानै उत्रने व्यक्तिहरूको हो ।
मान्छेका साथसाथै त्यस महायुद्धमा ठूलो संख्यामा हात्ती तथा घोडाको प्रयोग भएको थियो । त्यसको न्यूनतम आ“कडामात्रै निकाल्ने होभनेपनि अठार अक्षौहिणी सैन्यबलकालागि ३९३६६० (तीनलाख त्रियानब्बेहजार छसय साठी) ओटा हात्तीहरू चाहिने हुन्छ । उता, घोडाको संख्याचाहि“ योभन्दा कताहोकता बढी हुनआउ“छ । एक त, घोडचढी सेनाकालागि मात्रैपनि अठार अक्षौहिणी सैन्यबलमा ११८०९८० (एघारलाख असीहजार नौसय असी) ओटा घोडाहरू रहेका हुन्छन् । त्यो संख्यामा अब रथ तान्ने घोडाहरूको संख्या जोड्न बा“की छ । जस्तोकि हामीलाई थाहा छ, एक अक्षौहिणी सेनामा एक्काइसहजार आठसय सत्तरी ओटा रथहरू हुनेहुँदा यस हिसाबले अठार अक्षौहिणी सैन्यबलमा तीनलाख त्रियानब्बेहजार छसय साठी ओटा रथहरू हुनुपर्दछ । एउटा रथमा चारओटा घोडाहरू जोतिनेहु“दा सबै रथ तान्नकालागि प्रयोग गरिने घोडाहरूको संख्या १५७४६४० (पन्ध्रलाख चौहत्तरहजार छसय चालीस) ओटा रहेको देखिन्छ । यसरी उक्त महायुद्धमा कम्तीमापनि २७५५६२० (सत्ताइसलाख पचपन्नहजार छसय बीस) ओटा घोडाहरू सामेल गराइएका हुनुपर्दछ ।
अब हामी विचार गरौं, तीनलाख त्रियानब्बेहजार छसय साठी ओटा हात्तीहरू र सत्ताइसलाख पचपन्नहजार छसय बीस ओटा घोडाहरूको हेरचाह गर्न कति मान्छेहरू खटिनु परेको हुँदोहो - उता सत्चालीसलाख तेइसहजार नौसय बीस जना योद्धाहरूलाई आवश्यक पर्ने रसद-पानी देखिलिएर युद्ध-सामग्री सम्मको व्यवस्था मिलाउन कति संख्यामा परिचारक व्यक्तिहरू चाहिए होलान् - यसरी विचार गरिहेर्दा युद्ध-मैदानमानै सक्रिय व्यक्तिहरूको संख्यालेनै करोडको आ“कडा नाघ्दछ ।
महाभारतकालीन समाजमा नारी-योद्धाहरू नरहेका होइनन् तापनि त्यही महायुद्धमाचाहि“ नारी-योद्धाहरूले भाग लिएको देखिदैन । बरु, उपलब्ध तथ्यअनुसार उक्त युद्धमा युद्धरत सबै व्यक्तिहरू पुरुष नै रहेको देखिन्छ । एक पुरुषले एकभन्दा बढी संख्यामा विवाह गर्ने समेत प्रचलन रहेको कुरालाई ध्यानमा राख्दा र तिन्का बालबच्चाको संख्यातर्फनि ध्यान पुर्याउ“दा यदि युद्ध तथा त्यसस“ग सम्बन्धित कार्यमा जम्मा एककरोड पुरुषहरूमात्र सक्रिय रहेको मान्ने होभनेपनि युद्धका कारण प्रभावित जनसंख्याको आ“कडा धेरै करोड पुग्ने स्पष्टै छ ।
महाभारत युद्ध कुन ठाउ“मा भएको थियो भन्नेबारेमा व्यासजीको महाकाव्यमा त्यो युद्ध कुरुक्षेत्र नामक भू-भागमा लडिएको बताइएको छ । कुरुक्षेत्र नामको जुन भू-भाग अहिले अस्तित्वमा रहेको छ (त्यसलाई हेर्दा त्यत्तिका सैनिक र तिन्कासाथै हात्ती, घोडा, रथहरू यति सीमित भू-भागमा अटाउने देखिदैन । अटाएर दोहोरो लडाइ“ गर्न जति जमिन चाहिन्छ त्यसको हिसाबबाट अहिले कुरुक्षेत्र भनिइने जमिन निक्कैनै कम देखिन्छ । यही कुराको आधारमा कसै-कसैले "लौ ...... महाभारत युद्ध भएकै थिएन, त्यो त एउटा मिथक् मात्र हो ...." आदि-इत्यादि भन्नपनि बेर नलगाएको समेत देखिएको छ । तर 'महाभारत' नामाकरण गरिएको उक्त महायुद्ध भएकै थियो भन्ने तथ्यलाई प्रमाणित गर्ने धेरैवटा प्रमाणहरू पत्ता लागिसकेकाहु“दा अब आएर सो युद्ध भएको थियो वा थिएन भनेर माथापच्ची गरिरहनु त र्व्यर्थको बुद्धि(विलास हो । हो, कुरुक्षेत्रबारेको कुरालाईचाहि“ विज्ञान-सम्मत दृष्टिले विवेचना गरी सत्य तथ्य प्रष्ट पार्नैपर्दछ ।
अध्ययनबाट के देखिन्छभने, महाभारतयुद्ध-पुर्वको विश्वसमुदाय दुई धुरीमा बा“डिई दुईओटा अन्तर्राष्ट्रिय सैन्यगुट बनेका थिए । कतिपय राज्यहरू गुट-निरपेक्ष पनि रहेका थिए (उदाहरणार्थ महाभारतको लडाइ“ मच्चिँदा बलराम र उनका सेनाहरू तटस्थ बसेका थिए । आपसी शत्रुता भएका पाण्डव-कौरवको अग्रसरतामा ती सैन्यगुटहरू बनेकाहु“दा जसै कौरव(पाण्डवबीचमा तनाव बढ्थ्यो तब ती दुई गुटका सहभागी राज्यहरूबीचमापनि स्वाभाविक रुपले तनाव बढ्थ्यो । पाण्डवपक्ष संलग्न रहेको अन्तर-राज्यीय सैन्यगुटको सैन्यबलमा जम्मा सात अक्षौहिणी सैन्यशक्ति रहेको र कौरवपक्ष संलग्न रहेको अन्तर-राज्यीय सैन्यगुटको सैन्यबलमा जम्मा एघार अक्षौहिणी सैन्यशक्ति रहेको त स्पष्टै छ । युद्ध शुरु हु“दा त्यसको निहु“ कौरव(पाण्डवबीचको दुस्मनी रहेतापनि शनैःशनैः अरु राज्यहरूपनि युद्धमा तानिए । गत शताब्दीमा भएका दुई विश्वयुद्ध शुरु हु“दाखेरीमापनि एक्कैचोटी विश्वव्यापी स्तरको नरहेको, तर पछिचाहि“ विभिन्न राज्यहरू युद्धमा तानि“दै गएर युद्धले विश्वयुद्धको रुप लिएको उदाहरणतर्फध्यान दिने होभने कुरा अझ राम्ररी र्छलङ्ग हुनआउ“छ । अ“ त, माथि भनिएझैंनै युद्ध शुरु हु“दा त्यसको निहु“ कौरव(पाण्डवबीचको दुस्मनी रहेतापनि शनैःशनैः अरु राज्यहरूपनि युद्धमा तानिए । यसरी युद्ध कौरव(पाण्डवकोमात्र नरही दुई अन्तर्राष्ट्रिय सैन्यगुटहरूको महायुद्ध बन्न पुग्यो । त्यसोहु“दा युद्ध कुरुक्षेत्र वा कुनै स्थानविशेषमा मात्र सीमित नरहेर धेरै विस्तारित भू-भागमा लडिएको थियो । परन्तु, मूल झगडिया पाण्डव-कौरवको आमुन्ने-सामुन्ने लडाइ“ कुरुक्षेत्रमा भएको र युद्धको जीत-हारको फैसलापनि त्यही“ भएकोहु“दा व्यासले काव्यिक-प्रस्तुतिकरणमा युद्ध कुरुक्षेत्रमा भएको उल्लेखित गर्नु स्वाभाविक हो । विज्ञानसम्मत कुरा यही देखिन्छकि महाभारतको युद्ध विश्वव्यापी स्तरमा अनेकौं भू-भागमा लडिएको थियो, परन्तु त्यस महायुद्धको मूलथलो कुरुक्षेत्र भएकाले त्यसलाई 'कुरुक्षेत्रको युद्ध' पनि भनिएको हो । अस्तु ।

 

भारतवर्षमा लेखनकलाको प्राचीनता

"भारतवर्षमा आस्तिक र नास्तिक दुवै सम्प्रदायमा जुन परम्पराहरू उपलब्ध छन् तिनीहरूमा लेखनकला -कम्तीमापनि मुख्य लिपि) को आविष्कारको श्रेय ब्रह्मालाई छ । ब्रह्माबाट लिपिको आविष्कारको कुरा 'मनुसंहिता' को नूतन संस्करण, 'नारदस्मृति' -सन् ६२० मा 'बाण' ले यसको उल्लेख गरेका छन्), मनुमाथि गरिएको बृहस्पतिको 'वार्तिक', ह्वेन साङ् -युवाङ् च्वाङ् समेत भनिइने प्रसिद्ध चिनियाँ यात्री) तथा जैनग्रन्थ 'समवायांग सूत्र' -परम्पराबाट प्राप्त तिथि इसापूर्व ३००) मा पाइन्छ । 'समवायांग सूत्र' को कथा 'पण्णावणा सूत्र' -परम्पराबाट प्राप्त तिथि इसापूर्व १६८) मा पनि दोहोर्याइएको छ । बादामी -एक स्थान विशेष) मा ब्रह्माको एक मूर्ति प्राप्त भएको छ जसको समय लगभग सन् ५८० मानिन्छ । सो मूर्तिमा ब्रह्माको एक हातमा ताडपत्र छ । पछिका मूर्तिहरूमा ताडपत्रको स्थानमा कागज पाइन्छ, जसमा लेखावट पनि देखाइएको छ । यी मूर्तिहरूमा पनि सोही कथातर्फसंकेत छ । ब्रह्माबाट उत्पत्तिको यो कथा विशेष गरी ती भारतवर्षीय लिपिहरूका सम्बन्धमा हो, जो बायाँबाट दायाँतर्फलेखिन्छ । चीनको बौद्धग्रन्थ 'फवाङशुलिन' मा यो सारा कथा पाइन्छ । त्यहाँ ब्रह्मालाई 'फाङ' भनिएको छ । माथि उल्लेखित दुइटै जैनग्रन्थ तथा 'ललितविस्तर' मा सबभन्दा महत्वपूर्ण लिपिलाई 'बंभी' या 'ब्राह्मी' भनिएको छ । यसबाट पनि सो कथा (ब्रह्माबाट लिपिको आविष्कार भएको) को प्रचलनको संकेत हुन्छ । यी यावत् साक्ष्यहरूको आधारमा त्यो लिपिलाई 'ब्राह्मी' भन्नु नै उपयुक्त देखिन्छ, जुन लिपिमा अशोकका अधिकांश आदेश-लेख लेखिएको छ या जो त्यसैका अघिल्ला विकसित रूप हुन् ।
बेरुनी -एक लेखक) ले अर्कै कथा बताएका छन् । बेरुनीका अनुसार हिन्दूहरूले लेख्न भुलिसकेका थिए र दैवी प्रेरणाबाट पराशर-पुत्र व्यासले पुनः यसको खोज गरेका हुन् । यस प्रकार भारतवर्षीय लिपिको इतिहास कलियुगदेखि अर्थात् इ.पू. ३१०१ देखि शुरु हुन्छ । यी पुराण-कथाहरूबाट यस्तो प्रतीत हुन्छकि हिन्दूजनले अत्यन्त प्राचीनकालमा नै (निश्चयनै इस्वी सन्को प्रारम्भ हुनुअगावै र सम्भवतः ३०० इ.पू. भन्दापनि अगावै( आफ्नोमा लिपिको उत्पत्ति कहिले (कुन मितिमा) भएको थियो भन्ने कुरा भुलिसकेका थिए । किन्तु उनीहरूको परम्परामा केही अंश यस्ता बचेका छन्, जो यस सम्बन्धमा धेरै महत्वपूर्ण छन् । माथि जुन दुई जैनग्रन्थको चर्चा गरियो, तिनमा १८ लिपिहरूको उल्लेख छ । 'ललितविस्तर' (बौद्धग्रन्थ) बाट थाहा हुन आउँछकि बुद्धको समयमा ६४ लिपिहरू प्रचलित थिए । दुवै सूचीमा कतिपय नामहरू समान छन् । तीमध्ये चार लिपि त निश्चयनै ऐतिहासिक छन् । वर्तमान भारतवर्षीय लिपिहरूकी जननी 'ब्राह्मी' वा 'बंभी' का अतिरिक्त दुई अन्य लिपिहरूको पनि पहिचान ज्ञात लिपिहरूबाट गर्न सकिन्छ । दायाँबाट बायाँतिर लेखिने 'खरोष्ठी' या 'खरोट्ठी' को आविष्कार 'फवाङशुलिन' (चीनियाँग्रन्थ) को अनुसार 'खरोष्ठ' (गधाको जस्तो ओठ भएका) ले गरेका थिए । -द्रष्टव्य : यहाँ भगवान् विष्णुको हैहय अवतारलाई संकेत गर्न खोजिएको पो हो कि ।) यो त्यही लिपि हो जसलाई विद्वानहरूले पहिले ब्याक्टिरियन, इण्डो-ब्याक्टिरियन, ब्याक्ट्रो-पालि, एरियानो-पालि आदि-आदि नामहरूले जनाएका थिए । 'द्राविडी' या 'डामिली' शायद ब्राह्मीकै अंशतः स्वतन्त्र भेद हो । हालैमा कृष्णा जिल्लाको भट्टप्रिोलुको स्तूपबाट प्राप्त धातुपात्रहरूबाट यसको पत्तो लागेको छ । यिनको अलावा, 'पुष्करसारी' या 'पुक्खरसारिया' नामपनि ऐतिहासिक हो । यसको सम्बन्ध 'पुष्करसादि' या 'पौष्करसादि' -उत्तरी बौद्ध-परम्पराको 'पुष्करसारि') नामसँग छ । पाणिनी, आपस्तम्ब धर्मसूत्र र अन्य ग्रन्थमा यस नामका एक या अनेक धर्मशास्त्रीहरू र
वैयाकरणहरू उल्लेखित छन् । असम्भव छैनकि 'पुष्करसद' वंशको कुनै व्यक्तिले कुनै नयाँ लिपिको आविष्कार गरेको होस् या कुनै प्रचलित लिपिकै संस्कार गरेर त्यसलाई नयाँ रूप दिएको होस् । .... .... यस कुराको पर्याप्त सम्भावना छकि इ.पू. ३०० मा भारतवर्षा अनेक लिपिहरू ज्ञात या प्रचलित थिए । ...."
माथि गरिएको चर्चा यस स्तम्भकारले अनुवाद गरी यहाँ प्रस्तुत गरेको हो । प्रसिद्ध जर्मन भारतविद् जर्ग ब्यूलरद्वारा लेखिएको र सन् १८९६ मा प्रकाशित ग्रन्थको मंगलनाथ सिंहद्वारा हिन्दीमा अनुवाद गरी सन् १९६६ मा प्रकाशित पुस्तकबाट नेपाली भाषामा अनुवाद गरिएको हो । लेखनको प्रयोग सम्बन्धमा साहित्यिक प्रमाणका बारेमा चर्चा गर्दै थप भनिएको छ ः "वाशिष्ठ धर्मसूत्र एक वैदिक गन्थ हो । कुमारिल -लगभग ७५० इस्वीसन्का प्रसिद्ध महान् दार्शनिक) को मतानुसार आफ्नो मूल रूपमा सो ग्रन्थ एक ऋग्वैदिक सम्प्रदायको अंग थियो । यसको रचना 'मनुसंहिता' भन्दा पहिले र 'मानवर्-धर्मसूत्र' भन्दा पछि भएको मानिन्छ । 'मनुसंहिता' सँग सबै परिचित छन्, तर 'मानवर्-धर्मसूत्र' अब लुप्त भइसकेको छ । 'वाशिष्ठ धर्मसूत्र' मा यो कुराको स्पष्ट प्रमाण छकि 'वैदिक' कालमा लेखन-कलाको पर्याप्त प्रचार थियो । वशिष्ठ दस्तावेज -लिखित) लाई कानूनी प्रमाण मान्छन् । यसमा पहिलो सूत्र कुनै प्राचीन ग्रन्थ या परम्परा-प्राप्त कृतिको उद्धरण छ ।" जर्मन विद्वान ब्यूलर 'वेदाङ्ग' हरूमध्येमा पाणिनीको व्याकरणको पनि गणना हुने तथ्य उल्लेख गर्दै त्यसमा 'लिपिकर' या 'लिबिकर' का समस्त पदहरूको उल्लेख भएको बताउँछन् । ब्यूलरको मतमा यसको अर्थ 'लेखक' हो । उनी महाकाव्यहरू -रामायण र महाभारत) मा भएका लेखनसम्बन्धी उल्लेखलाई निक्कै प्राचीन भएको मान्नुपर्ने पनि बताउँछन् । भारतवर्षा लेखनकला प्राचीनकालदेखिनै व्यवहारमा थियो भन्ने कुरा निर्विवाद छ, तर समयको निर्धारणभने अझसम्म हुन सकेको छैन । यससम्बन्धी अन्वेषण हुँदैजाँदा एक दिन समयपनि यकिन हुने नै छ । अस्तु ।

Monday, May 29, 2006

 

ऋग्वेदमा सूर्य-सन्दर्भ

ऋग्वेदमा सूर्य-सन्दर्भ
ऋग्वेदमा सूर्यस“ग सम्बन्धित जम्मा १४ सूक्त छन् । तीमध्ये ११ सूक्तहरु सूर्यको उपवर्ण्र्ाा, स्तुति या महत्व-प्रतिपादक छन् । ऋग्वेद तथा वैदिक परम्पराका ग्रन्थहरुमा सूर्यका अनेक नामहरु पाइन्छन्, जस्तै- मित्र, अर्यमा, भग, वरुण, दक्ष, अंश, धाता, विवस्वान्, आदित्य, इन्द्र, पूषा, त्वष्टा, सविता, विष्णु, सूर्य, रवि, आदि । वस्तुतः सूर्य एकै हुन् र कर्म, काल, परिस्थिति अनुसार उनका विविध नाम राखिएका हुन् । यी प्रत्येक नामले छुट्टाछुट्टै अर्थ बोकेका छन् ।
उदाहरणकालागि 'आदित्य' नामलाई लिऊ“ । 'आदित्य' किन भनियो - अदितिलाई सूर्यकी माता पनि मानिएको छ । यिनै अदितिको नामबाट सूर्यलाई आदित्य पनि भनिएको हो । पुराणहरुमा अदिति कश्यप ऋषिकी पत्नी एवम् देवमाता (एक नारी) की रुपमा वर्ण्र्ाागरिएकी छन् । परन्तु, 'अदिति' शब्दको यौगिक अर्थ 'अखण्ड' हो भन्ने संस्कृतज्ञहरुको मत छ । यस अर्थमा हेर्दा ऋग्वेदले सूर्यलाई कुनै अदिति नामकी नारीको पुत्र भन्ने जनाउनकालागि भन्दापनि कुनै गूढ अर्थमा 'आदित्य' नामले सम्बोधन गरेको बुझिन्छ ।
ऋग्वेदमा सूर्यका सर्न्दर्भमा बताइएका तथ्यहरुलाई आधुनिक विज्ञानको आ“खाबाट हेर्दा रोचक लाग्दछ । जस्तै : आधुनिक विज्ञानले प्रमाणित गरेको छकि सूर्यको किरणमा सात रङ्ग समेटिएका हुन्छन् र ती सात हु“दाहु“दैपनि तिनमा एकत्व छ । यसैलाई जनाउने गरी ऋग्वेद मंडल २, सूक्त ३६(२ मा भनिएको छकि सूर्यको एक चक्रवाला रथमा सात घोडा जोतिएका छन् र एकै अश्व ढकिरण) सात नामले रथ बोक्दछ । सूर्यको किरण सेतो रङ्गको देखिन्छ, तर यसमा सात रङ्ग निहित छन् । अनि ती सात रङ्गलाई संयोजन गर्दा एकै रङ्ग ढसेतो) बन्छ भन्ने तथ्य त हाम्रा विज्ञान पढ्ने विद्यार्थीले विद्यालयमा 'प्राक्टिकल' गरेर हेरिरहेकै छन् ।
अर्को एक सर्न्दर्भ हेरौं । हामीले अनुभव गरेकै कुरा होकि प्रातः कालमा सूर्य उदाउनु भन्दा केही समय अघिनै उज्यालो हुन्छ र यसलाई उषाकाल भनिन्छ । ऋग्वेद मंडल १, सूक्त १२३, मन्त्र ८ मा भनिएको छकि उषा सूर्यभन्दा ३० योजन अगाडी रहन्छे । यसबारेमा आचार्य सायण लेख्नुहुन्छ( "उषा सूर्यभन्दा ३० योजन पूर्वगामिनी भएकी हुनाले सूर्योदय भन्दा करीब आधा घण्टा पहिले उषाको उदय मान्नुपर्छ ।" अझ अर्को वैज्ञानिकतापूर्ण उदाहरणको रुपमा ऋग्वेदमै मंडल ५, सूक्त ४०, मन्त्र ५(९ मा सूर्यग्रहणको पूर्ण विवरण छ । यसैगरी विभिन्न मन्त्रहरुमा सूर्यको कारणले नै वर्ष महिना, दिन र रात हुने हो भन्ने तथ्य बताएको देखिन्छ । साथै, तेह्रौं महिना -मलमास अथवा मलिम्लुच) बारेमा पनि बताइएको छ । सौर र चान्द्र दुबै मास वैदिक कालमा प्रयुक्त हुने र ती दुईमा सामञ्जस्य ल्याउन अधिक् मास वा मलमास मलिम्लुच पनि राखिएको ऋग्वेदबाट ज्ञात हुन्छ । यो प्रचलन आजैसम्म पनि यथावत् छ ।
ऋग्वेद( १।१५५।६ मा कालका ९४ अंश बताइएका छन् । संवत्सर, दुई अयन -दक्षिणायन र उत्तरायन), पा“च ऋतु -हेमन्त र शिशिरलाई एकै मानिएको), बाह्र महिना, चौबीस पक्ष, तीस अहोरात्र, आठ पहर र बाह्र राशि गरी यिनको संख्या जम्मा ९४ हुनआउ“छ । ऋग्वेद( १०।१४९।१ मा सूर्यको आकर्षा शक्तिको कारणले नै पृथिवी र अन्तरिक्षलाई अड्याएको बताइएको छ । सौरमण्डलको अवस्थिति सूर्यकै कारणले हो र यसमा आकर्षाशक्ति रहेको छ भन्ने तथ्य अनादि कालदेखिनै आर्यहरुलाई थाहा थियो भन्ने कुराको बलियो प्रमाण मिल्छ ।
सूर्यको किरणले अनेक रोगहरुको निवारण गर्न सकिने कुरा पनि आधुनिक वैज्ञानिकहरुले बताएकै छन् । उता, ऋग्वेदमा रोग-निवारणार्थ सूर्यको किरण उपयोगी हुने तथ्य बताउने तीन मन्त्रहरु छन् । मंडल १, सूक्त ५० मा मन्त्र ८, ११, र १३ ले सूर्य किरणबाट रोगको उपचार बारेमा बताएका छन् । वैदिक वाङमयका अन्य ग्रन्थहरुमा यसको विस्तार छ“दैछ । सूर्य नमस्कारलाई उपचार पद्धतिको रुपमा स्वीकार गरेर आरोग्यलाभ गर्नेहरु त्यसका प्रत्यक्ष प्रमाणका रुपमा आजपनि भेटिइन्छन् ।
चन्द्रमाको आफ्नो प्रकाश हु“दैन र यो सूर्यको प्रकाशले प्रकाशित हुने हो । यो यथार्थता आज विज्ञानको सामान्य विद्यार्थीलाई पनि थाहा छ । खुशीको कुरा छकि ऋग्वेदमा स्पष्टतः यही कुरा बताइएको छ । मंडल १, सूक्त ८४, मन्त्र १५ को व्याख्या गर्दै सायणले अर्थ्याएका छन्( "सूर्यको एक किरण चन्द्रमण्डललाई प्रदीप्त गर्दछ । सूर्यबाट नै चन्द्रमामा प्रकाश आउ“छ ।" -अथाप्यस्यैको रश्मिश्चन्द्रमसं प्रति दीप्यते । आदित्यतो˜स्य दीप्तिर्भवति ।।) यसको अलावा, ऋग्वेदमा खगोलवर्त्तीप्तषिर्, ग्रह, तारा तथा उल्का आदिको पनि उल्लेख छ । सौर परिवारको बारेमा वैदिक विज्ञानलाई विस्तृत ज्ञान भएको देखिन्छ । वैज्ञानिकताको आ“खाले जा“च-परख गर्ने होभने यस्ता अनेकौं उदाहरणहरु भेटिनेछन्, जस्ले ऋग्वेदको र्सार्वजनिनताको थप प्रमाण दिनेछन् ।
बाकसभित्र बहुमूल्य सम्पत्ति त छ, तर त्यसको सदुपयोग गर्न सक्ने वा नसक्ने भन्ने कुरा त हाम्रो क्षमता वा अक्षमताले निर्धारण गर्दछ । "ल्हासामा सुन छ, कान मेरो बुच्चै" लाई चरितार्थ गर्न पटक्कै हु“दैन र "बाबुले घिउ खाएका थिए, नपत्याए मेरो हात सू“घ्" भन्ने प्रवृत्तिले पनि हु“दैन । पुनर्जागरणको युग नआई यस्ता वैदिक युगका कुरा कुरैमा सीमित रहनेछन् । धार्मिकतायुक्त विज्ञान एवम् वैज्ञानिकतायुक्त धर्मको समन्वयात्मक विश्व-दृष्टिकोणको उत्थान नभइकन हु“दैन । हाम्रो देशमा सरकारी सहयोग एवम् आर्थिक योगदानमा वैदिक शोध संस्थान हुनुपर्ने देखिन्छ, तर नेपालमा एउटैपनि वैदिक शोध संस्थान नहुनु अवश्यै खेदको कुरा हो । अस्तु ।
निर्मलमणि अधिकारी

This page is powered by Blogger. Isn't yours?