Wednesday, November 26, 2008
स्वर्ग पाउन यज्ञ !
स्पेसटाइम दैनिक, वर्ष २ अंक ४८, २०५८ पुस ७ शनिवार, पेज नं. ४ मा प्रकाशित
यज्ञ शब्दसँग हामी परिचित छौं किनकि यो भारतवर्षको जीवनको एक अति प्राचीन र सर्वव्यापी अंग हो । तर के हामीलाई यसको वास्तविक अर्थको ज्ञान छ त ?
ऋग्वेदबाट थाहा लाग्छकि यज्ञ भारतवर्ष निवासीहरुको सर्वोच्च धार्मिक कर्म थियो । यो कुरा प्रमाणित भइसकेको छकि संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेद हो- ऋग्वेदभन्दा पुरानो कुनै ग्रन्थ छैन । यो भारतवर्षीय धर्मको मूल आधार हो । यस्तो ग्रन्थमानै यज्ञको विधान गरिएकोबाट नै सनातन धर्म परम्परामा यस कर्मको महत्व स्वतः प्रमाणित छ । एक हिन्दूको जीवनमा जन्मदेखि मरणसम्म जति संस्कार हुन्छन् ती सबमा यज्ञ कुनै न कुनै रुपमा समावेश गरिएको छ । ऋग्वेदले यज्ञलाई मनुष्यको सर्वप्रधान धर्मकृत्य मान्दै यज्ञबाटनै जीवन सार्थक हुने बताएको छ । भगवद्गीताका अनुसार मनुष्यको जीवननै यज्ञमय छ । यति हुँदाहुँदैपनि हामीमध्ये कतिलाई यसको वास्तविक अर्थ थाहा छ त ?
वास्तवमा यज्ञ शब्दले व्यापक अर्थ प्रदान गर्दछ र यसका विविध स्वरुप छन् । यस कुरामा प्रष्ट हुनकालागि मनुस्मृतिको सन्दर्भ उपयोगी हुनेछ । मनुस्मृतिमा वेदाध्ययनलाई ब्रह्मयज्ञ तर्पणलाई पितृयज्ञ होमलाई देवयज्ञ अतिथि सन्तर्पणलाई मनुष्ययज्ञ भनिएका उदाहरणबाट स्पष्ट हुन्छकि मानव जीवनका सबै महत्वपूर्ण कर्तव्यहरुलाई यज्ञ नामले बुझाइएको छ । मीमांसा-दर्शनलेपनि यही कुरा आत्मसात् गरेको हामी पाउँछौं । गीताको सहयज्ञाः प्रजाः सृष्ट्वा ... वाला श्लोकको तात्पर्य यही होकि प्रजाको प्रगति र कल्याणका सबै कार्य यज्ञरुप हुन् । चाहे ऋत्विजहरुद्वारा अग्निहोत्रका रुपमा गरियोस् अथवा दैनिक जीवन-निर्वाहका क्रममा कर्तव्यपालनका रुपमा गरियोस् यी सबै कार्य यज्ञ हुन् ।
एक अवधारणा यस्तो छकि जीवनको उत्थान देवशक्तिको कृपाले हुनसक्छ र देवशक्तिसँग सम्बन्ध स्थापित गर्ने मुख्य साधन यज्ञ हो । सांसारिक परिस्थितिमा रहेर जीवन निर्वाह गर्नेवाला हिन्दुकालागि देवाराधन मुख्य कर्तव्य हो र त्यसको माध्यम यज्ञ नै हो । गीतामा भगवान्ले भन्नुभएकै छ- यज्ञद्वारा देवता तिमीसँग प्रसन्न हुनेछन् र तिम्रो उन्नति तथा कल्याण गर्नेछन् । प्राचीनकालमा झैं दर्शपूर्णमास, ज्योतिष्टोम, अश्वमेध, राजसूय आदिजस्ता धूमधामका यज्ञहरु हुनेजस्तो स्थिति आज छैन तापनि यज्ञको व्यापक अवधारणाले यो सदा सान्दर्भिक छ । यज्ञको व्यापक अवधारणा अनुसार मानव-जीवनका सबै महत्वपूर्ण कर्तव्यहरु यज्ञ हुन् । मनुष्यको आफ्नो कर्तव्यलाई सच्चा हृदयले आफ्नो सम्पूर्ण शक्ति लगाएर गर्नु नै वास्तविक यज्ञ हो । उदाहरणकालागि महाभारत शान्तिपर्वअनुसार प्रष्ट हुन्छकि समाजको अस्तित्व रक्षा र प्रगतिकालागि जतिपनि आवश्यक कार्य छन् ती सब यज्ञरुप नै हुन् । यस दृष्टिले यज्ञको विरोध कुनैपनि बुद्धिमान व्यक्तिले गर्ने ठाउँ छैन र कुनै विवेकी व्यक्ति यज्ञका विरुद्धमा बोल्दैन । यज्ञकै नाम लिएर कतिपय गलत कार्य गरिएका वा गराइएका देखेर साराकासारा यज्ञप्रति नकारात्मक सोंच राख्नु बेठीक हो । गलत पक्ष हटाउन हिच्किचाउनु हुँदैन- तर यज्ञको महत्ता अस्वीकार गर्नु त मुर्खता हो । जुनसुकै कर्म पनि यदि स्वार्थरहित भएर परोपकारार्थ गरिन्छ त्यसले मनुष्यलाई उच्चतातर्फ अग्रसर गराउँछ र सदैव कल्याणकारी हुन्छ । मुख्य कुरा भावनाको हो । यही सदैव कल्याणकारी भावना नै हो यज्ञीय-भावना, जसका साथमा साधारण कार्य पनि यज्ञकर्म हुन्छ ।
यज्ञको अर्थ तथा उपादेयता बारेमा चर्चा गरिसकेपछि अब स्वर्गको बारेमा बुझ्नु आवश्यक छ । किनभने वेदमा स्वर्गकामोयजेत् भनिएकोहुँदा यज्ञ र स्वर्गको सम्बन्ध अभिन्न रहेको छ । शास्त्रमा ठाउँ-ठाउँमा स्वर्गको बारेमा चर्चा गरिएका छन् र स्वर्गको प्राप्तिका लागि विविध यज्ञहरुको विधान गरिएको छ । स्वर्ग भन्नासाथ मानिसहरु त्यसको अर्थ आकाशमाथिको अन्तरिक्षमा अवस्थित कुनै विशेष लोक भन्ठान्छन् । के यस्तो धारणा ठीक छ त मीमांसा-दर्शनले स्वर्गको यस्तो अर्थ मानेको छैन । भाष्यकार शवर स्वामीले स्वर्ग भनेको यस्तो विशेष लोक वा कुनै खास जमिन नभएको र निरतिशय सुखलाई नै स्वर्ग भनिएको हो भनेर स्पष्ट पारेका छन् । अर्थात् स्वर्ग प्राप्त गर्ने भन्नाको अर्थ कतिपय मानिसहरुले जुन किसिमले - मरेपछि पुण्यात्मा व्यक्ति स्वर्गमा पुगेर त्यहाँ अप्सराहरुका साथमा बसी सम्पूर्ण सुख-सुविधा भोग गर्न पाइन्छ आदिइत्यादि भन्ने गरेका छन् त्यो ठीक होइन । स्वर्गको जुन किसिमले बयान गरिने गरेको छ त्यो वास्तविक स्वर्ग-तत्वभन्दा निक्कै तुच्छ छ । ऋषिहरुले आफ्नो ज्ञानदृष्टिबाट वैदिक मन्त्रद्वारा प्रतिपादित धर्मलाई आत्मसात् गरी हामीलाई जुन उपदेश दिएका छन्- त्यसको उद्देश्य मरेपछि अर्को लोकमा गएर सोमरस पिउने अप्सराहरुसँग भोगविलास गर्ने धन-ऐश्वर्य उपभोग गर्ने भन्नु त ती महान् ऋषिजनप्रतिको अपमान हो किनकि यस्ता कार्य त यहीँ यसै लोकमा अधर्मीहरुले पनि गर्न सकेकै छन् नि ! भनेपछि धर्मकर्मको उद्देश्य यति सामान्य चीज पक्कै होइन -स्पष्टै छ । हाम्रा धर्मशास्त्रहरुले, हाम्रा ऋषिमुनिहरुले हामीलाई जुन उपदेश दिएका छन् त्यसको उद्देश्य समस्त मनुष्यको आत्मकल्याण हो । तसर्थ यिनले क्षणिक भौतिक सुखलाई गौण मानेका छन् र दुःखको समूल नाश अर्थात् दुःखको निवृत्तिलाई प्राथमिकता दिएका छन् । त्यही दुःखको निवृत्ति पश्चात्को निरतिशय सुखको अवस्थामा प्राप्त हुनुलाई नै स्वर्ग प्राप्ति भनिएको हो । भगवान् बुद्धको शब्दमा यसैलाई निर्वाण भनिएको छ । सनातन-हिन्दू मीमांसा-दर्शनले यज्ञ तथा स्वर्ग सम्बन्धमा वैज्ञानिकताले परिपूर्ण अवधारणा दिइरहेको हामी पाउँछौं । तर जनसमुदायमा तिन्का सही अर्थ नभएर विकृत वा निम्नस्तरीय अर्थ प्रचलित रहेका छन् जसलाई मेटेर सही अर्थ बुझाउने कार्य निक्कै-निक्कै कठिन कार्य हो । तर जतिनै कठिन कार्य भएतापनि यो कार्य गरिनु जरुरी छ । जबसम्म मरेपछि स्वर्ग गएर सोमरस पिउने र अप्सराहरुसँग भोगविलास गर्ने भन्नेजस्ता तुच्छ धारणाहरु फैलिन पाइरहन्छन् तबसम्म वेदमा स्वर्गकामोयजेत् भनेर लक्षित गरिएको स्वर्गजस्तो महान् प्राप्तिको बेइज्जत भइनै रहनेहुँदा यसखाले भ्रान्तिलाई जतिसक्दो चाँडो हटाउनु पर्दछ ।

स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित
Saturday, November 22, 2008
एक र अनेक
स्पेसटाइम दैनिक, वर्ष २ अंक ६२, २०५८ पुस २१ शनिवार, पेज नं. ४ मा प्रकाशित
हिन्दूका तेत्तिस कोटी देवी-देवता छन् भनिन्छ । हुनपनि हिन्दूधर्मावलम्बीहरुले अनेक नाम र रुपका देवी-देवताको पूजा-आराधना गरेको देखिन्छ । आफ्नो देश-काल-परिस्थिति अनुकूल विविध ईश्वरीय विभूतिको उपासना अर्चना गर्ने संस्कार हिन्दू-समुदायमा राम्ररी विकसित भइसकेको छ । सनातन हिन्दू धर्मग्रन्थहरुको ठूलो भण्डारलाई अध्ययन गर्ने होभनेपनि यही तथ्य स्पष्टसँग देख्न सकिन्छ । निश्चयनै वैदिक परम्परामा विविध नाम र रुपका ईश्वरीय विभूतिको पूजा आराधना अर्चना उपासना गर्ने प्रेरणा दिइएको छ तर यसका साथसाथै ख्याल राख्नुपर्ने तथ्य के छभने त्यहाँ अनेकतामा एकताको अवधारणालाई विशेष जोड दिइएको छ । अर्थात् सबै ईश्वरीय विभूति एउटै ब्रह्म-तत्वको प्रकटीकरण हुन् । हिन्दू-संस्कृति यसरी एकमा अनेक र अनेकमा एक आत्मसात् गरेको संस्कृति हो ।
हाम्रो समाजमा दैवीशक्तिबारेमा अनेक किसिमका धारणाहरु प्रचलित रहेका हामी पाउँछौं । कतिपय व्यक्तिहरु जसरी स्वर्ग भन्नासाथ त्यसको अर्थ आकाशमाथिको अन्तरिक्षमा अवस्थित कुनै विशेष लोक भन्ठान्छन् अनि मरेपछि पुण्यात्मा व्यक्ति स्वर्गमा पुगेर त्यहाँ अप्सराहरुका साथमा बसी सम्पूर्ण सुख-सुविधा भोग गर्न पाइन्छ आदिइत्यादि भन्ने गरेका छन् त्यसरी नै देवता भन्नासाथ त्यही स्वर्ग भनाउँदो कुनै अलौकिक स्थानमा रहेका र चमत्कारिक क्षमता भएका व्यक्तिगत-सत्ता-विशेष ठान्दछन् । तर यस किसिमका भनाइले हाम्रो मूल धर्मशास्त्र वेदको वास्तविक आशयलाई क्षयीकरण गराएका छन् । तब सवाल खडा हुन्छकि वेदको वास्तविक आशय कसरी थाहा पाउने त कतिसम्म भएको छभने जहाँ वेदमा इन्द्रको महिमा र यशको वर्णन गरिएको छ उही नामको चरित्र पुराणहरुमाचाहिँ सत्तापिपासु स्त्रीलम्पट इष्र्यालु एवं भ्रष्टाचारी प्रवृत्तिको देखिन्छ । त्यसोहुँदा जनसाधारणचाहिँ भ्रममा पर्दछन्कि यथार्थता केहो केहो । अनि पौराणिक इन्द्रको कमी-कमजोरी वा गल्तीका निमित्त वैदिक इन्द्रले समेत अपयश खेप्नु परिरहेको स्थिति छ । राम्ररी अध्ययन गर्ने होभने यो तथ्य स्पष्ट छकि वेदमा वर्णित इन्द्र भन्ने व्यक्तित्व र पुराणहरुमा वर्णित इन्द्र भन्ने व्यक्तित्व पृथक् पृथक् व्यक्तित्वहरु हुन् । भिन्दाभिन्दै स्वभावका तर नामचाहिँ मिल्ने यस्ता अनेक चरित्रका कारण यसरीनै गज्याङमज्याङ भइरहेको छ । तर जनसामान्यलाई यस्तो तथ्य कुरा ज्ञान नभएकोहुँदा उनीहरुचाहिँ रनभुल्लमा परिरहेको देखिन्छ । यस्ता भ्रमलाई निवारण गर्ने दायित्व धर्मगुरुहरुको हो । तर नेपालमा अहिले धर्मशास्त्रसंबन्धी भ्रमलाई निवारण गर्ने कार्यमा धर्मगुरुहरुको ध्यान पुगिरहेको छैन ।
हिन्दू-समाजमा धर्मशास्त्रसंबन्धी भ्रम हटाएर सच्चा धर्म-तत्वको उद्घोषण गर्ने महान् व्यक्तित्वहरु समय समयमा आविर्भाव हुनुभएको हामी पाउँछौं । जस्तोकि दैवीशक्ति यानेकि देवी-देवताबारेमा मीमांसाकारको सहयोगले हाम्रो समाजमा व्याप्त भ्रमबाट पार पाउन सक्छौं । वैदिक मतानुसार दैवीशक्तिको जुन यथार्थता छ- त्यसलाई मीमांसा-दर्शनले सही तवरले प्रस्तुत गरेको छ ।यसको अध्ययनबाट हामीलाई ज्ञान हुन्छकि हाम्रा धर्मशास्त्रले देवताहरुको नाममा विभिन्न प्रकारका यज्ञहरुको प्रेरणा दिनुको उद्देश्य तरह-तरहका साना-ठूला व्यक्तिगत देवी-देवताहरुको मान्यता प्रचार प्रसार गर्नु होइन एकै ब्रह्म-तत्व नै यिनीहरुको लक्ष्य हो । अर्थात् इन्द्र वायु अग्नि आदि अनेक नाममा देवतालाई आहुति दिँदाखेरी यसको लक्ष्य एउटै दैवीशक्तिप्रति छ । वास्तवमा विष्णु शिव गणपति इन्द्र वायु अग्नि आदिइत्यादि नामले एकै परब्रह्म परमेश्वरका विविध गुणहरुका सम्बन्धमा निर्देश गरिएको थियो कालान्तरमा पछि सोही नामका व्यक्ति-विशेषको प्रताप एवं यशका कारण अत्यधिक प्रभावित भएका मानिसहरुले नाम-समानतालाई लिएर यसलाई नै बहुदेववादी अवधारणाका रुपमा बुझे र समय बित्दैजाँदा त्यही धारणालेनै पूर्ण स्थापित विश्वासको रुप ग्रहण गर् यो । साथै यो पनि याद गरिराख्नु पर्छकि यी विभिन्न शक्तिहरुको मूलमा एकै ब्रह्म-तत्व नै स्थित छ । नत्र देवता शब्दको अर्थ सही रुपमा हुँदैन । कर्मकाण्डमा यज्ञको आहुति जुन देवताहरुलाई दिइने विधान छ- त्यसको विवेचना गर्दै मीमांसा-दर्शनमा एक मुख्य कुरा यो भनिएको छकि देवताको अर्थ कुनै दूरवर्ती लोकमा रहेका सूक्ष्म या स्थूल शरीरधारी व्यक्ति विशेष होइन परमात्माका विविध शक्तिहरु तथा जुन पदार्थहरु/जीवहरुमा ती शक्तिको विशेष विकास भएको छ तीप्रति यसको अर्थ लक्षित छ । सूर्य चन्द्र अग्नि इन्द्र वायु आदित्य सोम अश्वनी वरुण प्रजापति गणपति आदि जुन-जुन देवताहरुको उल्लेख वेदमा बारम्बार पाउन सकिन्छ ती एउटै परमात्माका विभिन्न शक्तिहरु नै हुन् । पुराणहरुमा यी विभिन्न नामलाई कतिपय अवस्थामा वेदमाजस्तै एउटै ब्रह्म-तत्व बुझाउन अनि अन्य कतिपय अवस्थामाचाहिँ समान नामका कोही प्रतापी एवं यशस्वी अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वका सन्दर्भमापनि ती नामहरु उल्लेखित छन् । यिनै प्रतापी एवं यशस्वी अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरुलाई समेत ध्यान राखेर हिन्दूका तेत्तिसकोटी देवता मानिएको जस्तो लाग्दछ । यसरी तेत्तिसकोटी संख्यामा पूजनीय-श्रद्धेय-आदरणीय महान् आत्माहरुको परम्परा उत्तराधिकारमा प्राप्त हुनु हिन्दू-समाजकालागि एकदमै गौरवपूर्ण छ । यसमा सनातन धर्मावलम्बी हिन्दूहरुको अवतारवादको रहस्य छ ।
हाम्रो मान्यता अनुसार यदि परमात्माका शक्तिहरु विभिन्न पदार्थहरु तथा जीवहरुमा विशेष गुणका रुपमा प्रकट हुन्छन् भने तिनलाई पनि देवता भनिएको पाइन्छ, भन्न सकिन्छ । तात्पर्य केभने यो समस्त विश्व परमात्माकोनै विराट रुप हो तसर्थ प्रत्येक प्राणी परमेश्वरकोनै अंशरुप हो । त्यसमध्येमापनि यदि जहाँ-कहिँपनि कसैमा कुनै विशेष गुण या शक्ति -सामान्यतया जोकोहीमा नपाइने- देखियो भने त्यसलाई परमात्माको विशेष विभूति मानेर सम्मान गर्ने गरिएको पाइन्छ । विशिष्ट क्षमतावान्लाई सम्मान गरिनु स्वाभाविक नै हो । लोक-कल्याणकारी महान् आत्माहरुको सम्मान गर्नु मनुष्यको कर्तव्य हो । हिन्दू-समाजमा यो कुरा जीवनशैली नै बनेको छ र हिन्दू-समाज अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरुमा इश्वरीय अंशावतार देख्दछ । त्यसोहुँदा त्यस्ता अवतारी सिद्ध महात्माहरुका उपदेशहरुलाई अनुशरण गर्दै विभिन्न सम्प्रदायको स्थापना समेत भएको हामी पाउँछौं । हुन त हिन्दू-इतर समाजमा पनि यो कुरा लागू हुन्छ जस्तोकि मोहम्मदलाई अल्लाहको पैगम्बर ठान्नु जीसस क्राइस्टलाई ईश्वर-पुत्र ठान्नु आदि ।
वेदमा भनिएको छकि जतिपनि देवता हुन् ती सब एक परब्रह्मका शक्तिका विभिन्न रुप हुन् । तसर्थ शिव विष्णु ब्रह्मा राम कृष्ण इन्द्र अग्नि वायु वरुण अश्वनी रुद्र आदि सब एकै परमात्माका नामहरु हुन् । हिन्दूका तेत्तिस कोटी देवी-देवता छन् भनिएतापनि समष्टिमा ती सबै एउटै परब्रह्म परमात्मा परमेश्वरका स्वरुप हुन् । अस्तु ।

Monday, November 17, 2008
निराकार/साकार
स्पेसटाइम दैनिक, वर्ष २ अङ्क ९०, २०५८ माघ २० शनिवार, पेज नं. ४मा प्रकाशित
परमात्मा निराकार होकि साकार ? वेद उपनिषद् देखिलिएर गीतासम्म सनातन हिन्दू धर्मशास्त्रहरुमा परमात्मा परमेश्वरलाई कहिँ निराकार भनिएको छ त कहिँ साकार भनिएको पाइन्छ । अझ कतिपय ग्रन्थमा त के देखिन्छभने एउटै ग्रन्थमा उनै परब्रह्मलाई साकार र निराकार दुबैथोक विशेषण लगाइएको छ । शास्त्रमा मात्र कहाँ हो र त्यसका साथसाथै व्यावहारिक जीवनमा पनि दुबैखाले मान्यता प्रचलित भइरहेको देखिन्छ । एकातिर ईश्वरको साकार स्वरुप मानेर मूर्ति पूजा गर्ने हिन्दूपनि छन्भने अर्कातिर निराकार स्वरुप मानेर मूर्ति-पूजालाई नमान्ने हिन्दूपनि नभएका होइनन् । तपाईं वैदिक सनातन धर्म पूर्णतः विज्ञानसम्मत छ भनेर बारम्बार भन्ने गर्नुहुन्छ यस्तो परस्पर विरोधाभाषी कुरा गर्ने धर्म कसरी विज्ञानसम्मत हुनसक्छ एउटै चीज निराकार हुने अनि साकार पनि हुने यो कसरी सम्भव हुनसक्छ ू यस्ता सवालले धेरैका मन र मथिङ्गल रन्थन्याइरहेका हुन्छन् । हो साँच्चैनै सनातन हिन्दू धर्मशास्त्रहरुमा परमात्मा परमेश्वरलाई कहिँ निराकार भनिएको छ त कहिँ साकार भनिएको पाइन्छ । एउटै ग्रन्थमा एकै तत्व परब्रह्मलाई निराकारपनि अनि साकारपनि भनिएको छ । जस्तोकि श्रीमद्भगवद् गीतामा उनै परब्रह्मलाई साकार र निराकार दुबैथोक विशेषण लगाइएको छ सगुण र निर्गुण दुइटै मानिएको छ । निराकार र साकार तथा निर्गुण र सगुण पृथक् पृथक् अवधारणा त पक्कै हुन् तर यत्तिकै आधारमा साकार-निराकार वा सगुण-निर्गुण बीचमा विरोधाभाष छ भन्ठान्नुचाहिँ अज्ञानता नै हो । अवैज्ञानिकताको कारणले नै यस्ता गलत धारणा विकसित हुनेहुन् । जबकि सनातन वैदिक धर्मशास्त्रचाहिँ वैज्ञानिक आधारमा विकसित भएकाहुँदा यिनको यथार्थ तत्व ज्ञान गर्नकालागि वैज्ञानिक दृष्टिकोणको आवश्यकता पर्दछ । यस कुरालाई हामी उदाहरणद्वारानै हेरौं त्यसपछि धेरै हदसम्म स्पष्ट हुन सकिनेछ ।
उदाहरणका रुपमा सर्वप्रथम अग्निलाई लिऊँ । एउटा सलाईको काँटीमा अग्नि हुन्छ तर त्यो अग्नि जतिखेरपनि देखिने वा अनुभूत हुने त हुँदैन । त्यो अग्नि सलाईको काँटीमा सदा विद्यमान रहेतापनि त्यतिबेलामात्र दृष्टिगोचर हुन्छ जब त्यो काँटी जलाइन्छ र प्रज्वलित हुन्छ । अप्रज्वलित अवस्थामा अग्नि नभएको होइनकि त्यो निराकार रुपमा थियो -अनि प्रज्वलित अवस्थामाचाहिँ साकार रुपमा हुन्छ । अब उदाहरणका रुपमा पानीलाई लिऊँ । पानी ज्द्दइको एउटा अणु पानीको निराकार स्वरुप होभने बरफ जल आदिचाहिँ त्यसका साकार स्वरुप हुन् । स्वयम् पृथ्वीको कुरा गर्ने होभने स्थूल रुपमा यो साकार हो तर परमाणु-परमाणुमा विभक्त स्थितिमा विचार गर्दा यो निराकार नै हुन्छ । यसबाट स्पष्ट हुन्छकि प्रत्येक तत्वका दुई पृथक् पृथक् स्वरुप हुँदारहेछन् -एउटा निराकार र अर्कोचाहिँ साकार यद्यपि ती दुई हुँदाहुँदैपनि कुनै विरोधाभाष छैन । अग्निको निराकार स्वरुपले साकार स्वरुपलाई कुनै बाधा पुर् याएको छैन र साकार स्वरुपले निराकार स्वरुपमाथि कुनै बाधा पुर् याएको छैन । ती दुबै सह-अस्तित्वमान ९कषषगतिबलभयगकथि भहष्कतष्लन० छन् । जब सारा भौतिक जगत् एक्कैपल्टमा दुई पृथक् स्वरुप सँगसँगै लिएर अस्तित्वमान रहन सक्छभने वैदिक सनातन हिन्दू धर्मशास्त्रले परब्रह्म परमात्मालाई साकार र निराकार दुबैचीज हुन् भन्दाखेरीमा कहाँनेर छ अवैज्ञानिकता बरु यदि परमात्मा परमेश्वरलाई साकार वा निराकार मध्येमा कुनै एउटामात्र भनेर ठोकुवा गरेको भए पो विज्ञान-असम्मत हुनपुग्थ्यो । उनलाई साकार-निराकार एवम् सगुण-निर्गुण दुबै भनिँदा विज्ञानको नियमको पालना भएको देखिन्छ ।
निश्चयनै वेद उपनिषद् गीता आदि धर्मग्रन्थहरु विज्ञानसम्मत छन् वैज्ञानिकताले परिपूर्ण छन् । तर अर्को तथ्य पनि ध्यान दिनुपर्ने छकि विभिन्न कारणहरुले गर्दा यिनका विज्ञानसम्मत अर्थ ओझेलमा परेका छन् । जस्तोकि भारतवर्षमा पटक-पटक विदेशी/विधर्मीका आक्रमण तथा शासनका कारण यसको श्रुति-स्मृति परम्परालाई यदाकदा नकारात्मक असर पनि परेको थियो । हामीलाई थाहा छ कि हाम्रा धर्मशास्त्रहरुलाई श्रुति, स्मृति भनिन्छ । यसो किन भनेको त जो श्रवण परंपराबाट चल्दैआयो त्यो श्रुति हो । जो स्मरणका आधारमा निरन्तरता पाउनेवाला हो त्योचाहिँ स्मृति हो । यी शब्दहरुले वैदिक शिक्षाप्रणालीबारेमा राम्ररी बताउँछन् । प्राचीन शिक्षापद्धतिमा ज्ञानको पुस्तादरपुस्ता हस्तान्तरण गर्दा कुनै लिखित दस्तावेजको जरुरत पर्दैनथ्यो किनकि गुरु शास्त्रको प्रकाण्ड ज्ञाता हुन्थ्यो र उसलाई शास्त्र कण्ठस्थ हुन्थ्यो । गुरुले चेलालाई प्रदान गरेको शिक्षा चेलाले उत्तिकै प्रामाणिकतवरमा कण्ठस्थ पारेको हुन्थ्यो र अर्को पुस्तामा हस्तान्तरण गथ्र्यो । यसरी श्रवण तथा स्मरणको परंपराबाट शास्त्रहरु पुस्तौं पुस्तासम्म निर्बाधरुपमा जान्थे । समयक्रममा त्यो महान् गुरुकुलीय शिक्षापद्धति क्षीण हुँदैगयो । यसरी क्षीण हुने क्रममा शनैः शनैः शास्त्रका स्वरुपमा पनि विकृति आउने संभावना रह्यो । खासगरी भारतवर्षमा बाहिरबाट बारम्बार आक्रमण भइरहने भएकाले समाजको अमनचैन खल्बलिइरहने स्थिति थियो । युद्धका कारण गुरुकुलको व्यवस्थापन ठीक नहुने र त्यसक्रममा शास्त्रको पठनपाठन चल्न नसक्ने हुँदैजाँदा शास्त्रनै विलुप्त हुने खतरा महशुश गरिएपछिचाहिँ शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता बोध भयो । विद्वानहरुले देखेकि नयाँपुस्तामा स्मरणशक्ति ह्रासोन्मुख छ । यसकारणपनि शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता झन् महशुश गरिएको थियोहोला । जे होस् तब लिखित स्वरुपमा आए हाम्रा धर्मशास्त्रहरु । श्रुति स्मृतिको परम्पराबाट लेखन परम्परासम्म आइपुग्दा बीचमा अनेक आरोह-अवरोह झेल्नु परेको छ तिन्ले । पाण्डुलिपि लेखकका आग्रह-पूर्वाग्रहवश अथवा बुझ्नेहरुका आआफ्नै शैलीले एउटै शास्त्रकापनि विविध टीका तथा भाष्य प्रचलनमा आए र आउँदैछन् । यस्तो परिप्रेक्ष्यमा हाम्रा धर्मशास्त्रहरुकोबारेमा निर्णय गर्नु कठिन कार्य हो । तर यो पूर्णतया असंभवचाहिँ छैन । शास्त्रको अपव्याख्या गर्दिनेहरुका कारण आइलागेको समस्या आफ्नो ठाउँमा छँदैछ । त्यसको दुस्प्रभावका कारण कतिपय शास्त्रीय पक्षहरु अझैसम्मपनि हाम्रालागि क्लिस्ट वा अस्पष्ट भएका छन् । अब ती अपव्याख्या तथा अस्पष्टतालाई हटाएर सही व्याख्या तथा स्पष्टता ल्याउनु कम गाह्रो कार्य होइन । संस्कार र ईश्वर-प्रदत्त प्रज्ञा दुबै भएकालेमात्र त्यस्तो गर्न सक्दछन् ।
संक्षेपमा भन्नुपर्दाखेरीमा शास्त्रीय दर्शनलाई वैज्ञानिक चेतयुक्त आध्यात्मिक दृष्टिले परख गर्ने होभनेमात्र धर्मग्रन्थका सही कुरा मथेर निकाल्न सकिन्छ र त्यस्तो चीज निश्चितरुपेण विज्ञानसम्मत नै हुन्छ । आधुनिक विज्ञानसँग तुलना गर्ने होभने वेद उपनिषद् आदि हाम्रा धर्मशास्त्रहरु झन् सुदृढ बन्ने निश्चित छ किनकि यिनीहरु पूर्णतया वैज्ञानिकतायुक्त छन् । जस्तोकि परमात्मालाई साकार-निराकार दुबै मान्ने कुरा साधारण दृष्टिमा विरोधाभाषयुक्त होकिझैं लागेतापनि विज्ञानका कसीमा सही कुरा हो रहेछ भन्ने तथ्य माथि हामीले चर्चा गरिसकेका छौं । वास्तवमा सगुण/निर्गुण, साकार/निराकारको भेद त उपासनाको दृष्टिलेमात्रै हो । खासमा यी दुबै किसिमका उपासनामा उपास्यतत्व उही हो । उपासना साधकको रुची विश्वास र योग्यता अनुसार हुने कुरा हो । अतः साधकहरुमा भिन्न-भिन्न किसिमका रुची विश्वास र योग्यता हुनेहुँदा उपासना पद्धति पनि पृथक् पृथक् हुनु स्वाभाविकै हो । परन्तु सम्पूर्ण साधनहरुबाट अन्तमा एकै साध्य अर्थात् परब्रह्म-तत्व प्राप्त हुने हो । समष्टिमा परमात्मा साकार-निराकार सगुण-निर्गुण सबैथोक हुनुहुन्छ । अस्तु ।

Saturday, November 15, 2008
अवतारवाद
स्पेसटाइम दैनिक, वर्ष २ अङ्क ८३, २०५८ माघ १३ शनिवार, पेज नं. ४ मा प्रकाशित
अवतारवाद हाम्रो संस्कृतिको विशिष्ट अवधारणा हो । पुराण महाभारत तथा रामायण जस्ता ग्रन्थमा विभिन्न ईश्वरीय अवतारका कथा, गाथा प्रशस्त भेटिइन्छन् । बौद्ध जातककथाहरु पनि अवतारका विविध कथाहरुले भरिएका छन् । अवतारवादको कारणले हाम्रो संस्कृति एवं वाङमय समृद्ध बन्न सकेको पाइन्छभने यसकै कारणले कतिपय द्विविधा अन्यौलको स्थिति पनि नआएको होइन । धर्मशास्त्रमा वर्णित विविध अवतारका रहस्य बुझ्न नसकेर ती शास्त्रप्रतिनै अनास्था प्रकट गर्न भ्याउने मूर्खतापूर्ण कार्य गर्नेहरुपनि छन् । अर्कातिर धर्मशास्त्रका आधिकारिक विद्वान भनाउँदा महाशयहरुले जनसमुदायलाई त्यसको रहस्य छर्लङ्गयाउन जाँगर नचलाइदिँदा धर्मशास्त्रमा विश्वास राख्नेहरुको दिमाग पनि कम चक्कराउने गरेको छैन । यतिका अस्पष्टता एवं द्विविधा हुँदाहुँदैपनि न अवतारवादको अवधारणा कमजोर भएको छ न त जनसमुदायले ईश्वरीय अवतारहरुप्रतिको आफ्नो आस्थालाई तोडेको छ । हाम्रो धर्म-संस्कृतिलाई त्यस्सै सनातन भनिएको कहाँ हो र ।
पौराणिक वाङमयको अध्ययनगर्दा ईश्वरीय अवतारका विभिन्न स्वरुप मानिएको पाइन्छ । एक अवधारणा यो छकि सम्पूर्ण प्राणी पदार्थ तत्व सबैनै ईश्वरका अंश हुन् । यस अवधारणा अनुसार जसरी सलाईको काँटीमा अग्निको सत्ता सधैंनै हुन्छतापनि उसको प्रकाशशक्ति र तापशक्ति अप्रकट रहेसम्म सलाईको काँटीमा विद्यमान् आगोलाई हामी देख्दैनौं त्यसरीनै परब्रह्म परमात्मा परमेश्वर सम्पूर्ण देश काल वस्तु जीव आदिमा सधैं विद्यमान् हुनुहुन्छ तथापि जबसम्म उहाँ आफ्ना विशेष शक्तिकासाथ प्रकट हुनुहुन्न तबसम्म हामी उहाँसँग साक्षात्कार गर्न सक्दैनौं । उहाँ प्रत्येक मनुष्यको हृदयमा हुनुहुन्छ र बाहिरपनि हुनुहुन्छ । अर्थात् हामीले साक्षात्कार गर्न नसकेकोमात्र हो हुनचाहिँपरब्रह्म परमात्मा परमेश्वर सर्वव्यापी एवं सदा-विद्यमान् हुनुहुन्छ र यो सारा सृष्टि उहाँकै विभूति हो । हाम्रा पुराणमा मत्स्य, कूर्म, वराह, नृिसंह, हैहय आदिजस्ता अवतारहरुले यसै तथ्यलाई राम्ररी स्पष्ट पार्दछन् । यस वैदिक सनातनी हिन्दूधर्मको अवधारणालाई बौद्ध धार्मिक परम्परामा महायान सम्प्रदायले राम्ररी ग्रहण गरेको छ जसअनुसार सबै जागरुक प्राणी मोक्ष र बुद्धत्व प्राप्तिको अधिकारी छ । यसले यो सारा सृष्टि परब्रह्मको विभूति हो र प्रत्येक प्राणी आत्मज्ञान प्राप्त गरेर ब्रह्म-तत्वमा लय भई अहम् ब्रह्मास्मिको तहमा पुग्न सक्दछ भन्ने वैदिक मान्यतालाईनै अर्को शब्दमा दोहोर् याएको हो ।
ईश्वरीय अवतारको अर्कोखाले स्वरुपमा के हुन्छभने जन्मको बेलामा साधारण मनुष्यझैं उनको जन्म हुन्छ तर विशेष समय आउँदा उनमा निहित शक्ति प्रकटित हुन्छ र उनको अलौकिकता सिद्ध हुन्छ । यस सन्दर्भमा परशुराम अवतारको उदाहरण लिन सकिन्छ । पुराणहरुमा वर्णित भगवान् परशुरामको जीवनी अनुसार उहाँ जन्मेको धेरैपछिसम्मपनि उहाँ ईश्वरीय अवतार भएको तथ्य अप्रकटित हुन्छ । अनि वामन अवतारको बेलामापनि यस्तै भएको पाइन्छ । तर उपयुक्त समयमाचाहिँ उहाँहरुमा निहित विशेष शक्ति स्वाभाविक तवरले प्रकटित भएको पाइन्छ र उहाँहरुको ईश्वरत्वपनि स्वतः मान्य भएको बुझिन्छ ।
पुराणहरुमा कतिपय ईश्वरीय अवतारका सन्दर्भमा जन्मदेखिनै अलौकिक दिव्य शक्ति प्रकटित रहेको उल्लेखित भएको पाइन्छ । भगवान् श्रीराम बुद्ध जगद्गुरु शङ्कराचार्य आदिजस्ता ईश्वरीय विभूतिमा उहाँहरुका जन्मकालबाटनै दिव्य शक्ति स्पष्टसँग प्रकटित रहेको थियो । उदाहरणार्थ हामी यहाँ भगवान् बुद्ध सम्बन्धमा चर्चा गरौं । कपिलवस्तुबाट माइती देवदहनगर जान िहंडेकी महारानी मायादेवीले लुम्बिनीमा शालवृक्षमुनि पुत्र जन्माउनासाथ नवजात शिशु तत्कालै उठेर सात पाइला िहंडेको घटनाबाट भगवान् बुद्धको इहलीला आरम्भ हुन्छ । त्यस्तै कपिलवस्तु नजिकै पहाडमा तपस्यारत वेद-शास्त्रका ज्ञाता ऋषि कालदेवलले महाराजा शुद्धोदनका पुत्र जन्मेको थाहा पाउनुभई राजकुमारलाई हेर्न दरबारमा आउनुभएको र राजकुमार सिद्धार्थलाई देखेपछि ूओहो भगवान् बुद्ध हुनकानिमित्त अवतरित हुनुभइसकेछू भनेर शिशु सिद्धार्थलाई दण्डवत् प्रणाम गर्नुभएको घटनापनि प्रख्यात छ । त्यो देखेर शुद्धोदन र मायादेवीलेपनि आफ्ना पुत्रलाई दण्डवत् प्रणाम गर्नुभएको थियो । सोही घटना घटित भएदेखिनै राजकुमार सिद्धार्थलाई भगवान् विष्णुका अवतार एवं भावी बुद्धका रुपमा मानिन थालेको थियो । हामीलाई थाहा छ -बुद्धलाई भगवान् विष्णुका प्रमुख दशावतारमध्येका नवौं अवतार मानिन्छ । भगवान् श्रीरामचन्द्रलाई पनि उहाँकी आमा महारानी कौशल्या र उहाँका पिता महाराज दशरथले जन्मसमयमा साक्षुत् चतुर्बाहु श्रीविष्णु स्वरुपमा देखेकाले नवजात् शिशु अवस्थामै दण्डवत् प्रणाम गर्नुभएको थियो । उहाँलाई पहिलो नजर देख्दाखेरीमानै विदेह नरेश जनक, वनवासी कोल-भील्ल देखिलिएर खर-दूषणजस्ता राक्षसपनि चकित भएको वर्णन रामायणमा पाइन्छ ।
सबैभन्दा पृथक् तवरले भगवान् श्रीकृष्णलाई त ईश्वरीय पूर्णावतार नै मानिएको छ । जति अद्भूत अलौकिक लीला श्रीकृष्णबाट भएको छ त्यति अरु कसैबाट भएको छैन । जन्मनेबित्तिकै जेलका ढोका आफ्सेआफ् खुल्नुबाट आरम्भ भएको लीलाका क्रममा छैठीको दिनमा पूतनाको वध तीनमहिनाको अवस्थामा शकटासुरको वध एक वर्षको उमेरमा तृणावर्तको वध पाँचवर्षको उमेरमा अघासुरको वध गर्ने र सात वर्षको अवस्थामा गोवर्धन पर्वतलाईनै उचाल्दिने जस्ता अनेकन् लीलाहरु भएका उल्लेखित छन् । यति हुँदाहुँदैपनि साधारण मनुष्य जुन परिस्थितिमा हुन्छ त्यही परिस्थिति अनुकूल बिल्कुलै साधारण मनुष्यतुल्य लीला गरिन्छ ईश्वरीय विभूतिद्वारा । बडो रोचक कुरा छ -उनै श्रीकृष्ण सर्वशक्तिमान् पनि छन् फेरि उनै श्रीकृष्णले ग्वालबालसँग खेलमा हारेर सजायँ पनि खाइदिन्छन् अनि अर्जुनको आग्रहमा उनको सारथी बनेर घोडा हाँक्न र युधिष्ठिरको राजसूय यज्ञमा अतिथीहरुको खुट्टा धुन समेत स्वीकार गर्दछन् । भगवान् श्रीराम सर्वशक्तिमान् हुँदाहुँदैपनि सुग्रीवसँग वानर फौजको याचना गर्नुहुन्छ अनि सीता-वियोगमा डाँको छोडेर रुनुहुन्छ । भगवान् जगद्गुरु शङ्कराचार्य गोहीसँग आत्तिएर आमालाई पुकारा गर्नुहुन्छ । अनि बुद्धजस्ता परम् ऐश्वर्यवान् व्यक्ति सारा लोकसँग भिक्षा मागेर पेट भर्नुहुन्छ । बडा-बडा विद्वान भनाउँदाहरुको दिमाग चक्कराएको छ ईश्वरीय लीलाका रहस्यको भेउ पाउन नसकेर । कत्ति गरेपनि गाँठो फुस्के पो !
अवतारवादको रहस्य र हेतुलाई एकजना विद्वानले एक सामान्य उदाहरणबाट प्रष्ट्याउने प्रयास गर्नुभएको छ । जब हामी तोते बोली बोल्ने कुनै शिशुलाई केही कुरा सिकाइरहेका हुन्छौं तब त्यतिखेर उसकैजस्तो बोली बनाएर बुबु माम चाचा पापा आदि भनिरहेका हुन्छौं । त्यसबेला दूध नभनेर बुबु, भात नभनेर माम, खेलौना नभनेर चाचा, मासु नभनेर चीची आदि भनेको आफ्नो अज्ञानताका कारणले हो त ? आफूले नजानेको भएर त्यस्ता शब्द भनेका होइनौं हामीले । अनि बालकलाई वर्णमाला पढाउँदा कपुरी क, भित्र बाटुलो ख, …… भन्दै दोहोर् याइरहँदा हामी आफूले नजानेको भएर त्यसरी पढिरहेका हुँदैनौं । यथार्थता केहोभने बालककै स्थितिमा आएर बालकजस्तै बनेर सिकाउँदा उसलाई बुझाउँदा बालकले चाँडै ग्रहण गर्नसक्ने भएकाले उसको सुगमताकानिमित्त हामी शिशुवत् व्यवहार गरिरहेका हुन्छौं । बस् गाँठी कुरा यहीँनेर छ । मानव-कल्याणनै ईश्वरीय अवतारको हेतु हो । माथिको उदाहरणमा जसरी हामी स्वयम् सक्षम हुँदाहुँदैपनि शिशुकालागि आफूपनि शिशुवत् व्यवहार गरेर आनन्दित हुन्छौं त्यसरीनै भगवान्पनि हाम्रानिमित्त हामी सामान्य जनजस्तै बनेर अवतरित हुनुभई हाम्रैजस्तो परिस्थितिबाट हामीलाई शिक्षा दिनुहुन्छ । हो विशेष कहिँनकहिँबाट उहाँको विशेषता प्रष्टिइहाल्छ र मान्छेको भीडबीचबाट ईश्वरीय अवतारको पहिचान स्पष्टसँग छुट्टिइहाल्छ । अस्तु ।

Monday, November 10, 2008
कुन हो धर्मको कसी ?
स्पेसटाइम दैनिक, वर्ष २ अङ्क ९७, २०५८ माघ २७ शनिवार, पेज नं. ४ मा प्रकाशित
इन्द्रियहरुको शक्ति क्षीण हुँदा एकथोकलाई अर्कोथोक बुझ्ने तथा कुनैपनि इन्द्रियलाई भ्रम हुनसक्ने स्थितिलाई ख्याल गर्दा इन्द्रियहरुद्वारा जे अनुभूत गरियो त्यसलाई सत्य भनेर ठोकुवा गर्न सकिदैन । उदाहरणार्थ यदि हामीले आफ्ना दुबै हातका चोर औंलालाई एकापसमा सम्मुख राखेर आफ्नो आँखा नजिक लग्यौंभने ती दुई औंलाका बीचमा एउटा औंलाको टुक्रो देखिन्छ; जबकि वास्तवमा त्यो हुँदैन । यसैगरी मरुभूमिमा यात्रा गर्दा हाम्रो आँखाले पानीको कुवा नभएको ठाउँमा पनि परबाट पानीको कुवा भएजस्तो देख्छ । यसबाट प्रष्ट हुन्छकि इन्द्रियद्वारा प्राप्त ज्ञानमा पूर्णतया भर पर्नु हुँदोरहेनछ । अर्थात् इन्द्रिय तथा बाह्य पदार्थको संयोगले उत्पन्न हुनेवाला ज्ञान नित्य छैन अनित्य छ र कुनैपनि बेला परिवर्तित हुनसक्छ । जब इन्द्रियले प्राप्त गरेको ज्ञान त विश्वासयोग्य छैनभने झन् फगत् अनुमानका भरमा मात्र कुनै कुराको निर्णय लिनुपनि भएन । भौतिक वस्तुको वास्तविकता खुट्ट्याउन त नसक्ने स्थितिको ुइन्द्रियजन्य-ज्ञानुलाई धर्मजस्तो अमूर्त तत्वबारेमा कसरी प्रमाण मान्नु यसरी धर्मसंबन्धी निर्णयमा प्रत्यक्ष प्रमाण इन्द्रियबाटमात्र हुने ज्ञान अथवा त्यसको आधारमा उत्पन्न हुनेवाला अनुमान प्रमाणले काम िदंदैन । कारण के भने प्रत्यक्ष प्रमाण तथा अनुमान प्रमाण दुबैनै तथ्यमा निर्भर रहन्छन्; जबकि धर्म पर् यो यस्तो विषय जो न त प्रत्यक्ष यी यै चीज हो भनेर देखिने चीज हो न खाँदा यस्तो स्वाद आउँछ भनेर अनुभव गर्ने वस्तु नै पर् यो । यस्तो होला वा उस्तो होला भनेर आकार-प्रकारको अनुमान गरेर पत्ता लगाउने तत्व होइन धर्म । त्यसोहुँदा धर्मबारेको निर्णय यस्तो आधारमा हुनुपर् यो जसमा भ्रमको कुनै गुाजायस नहोस् । यस्तो प्रामाणिक निर्णय दिने कसीका रुपमा वेद रहेको छ । धर्म-तत्वबारेमा वेद-मतनै ब्रह्मवाक्य हो । भ्रमको कुनै गुाजायससम्म पनि नभएको प्रामाणिक निर्णय र आदेश त वेदको मात्र हुन सक्छ ।
मीमांसा-दर्शनमा भनिएको छ कि वेदका प्रत्येक शब्द आफ्ना अर्थसँग स्वाभाविक सम्बन्ध राख्दछन् । यो ईश्वरोपदिष्ट धर्मको यथार्थ साधन हो । वेदको आदेश आफ्नो अर्थसत्यताका कारण स्वतः प्रमाण छ । वेदको कुनै पनि भाग अप्रमाणिक छैन धर्मसँग असंबन्धित छैन । वेद नै पुरुषार्थ चतुष्टय - धर्म, अर्थ, काम, मोक्ष प्राप्तिको एकमात्र साधन हो । जो व्यक्ति अर्थ बुझेर वेदको आशयलाई राम्ररी हृदयंगम गर्दछ उसलाई जीवनको सफलता सार्थकताको सच्चा मार्ग प्राप्त हुन्छ । अर्थात् वेद नै धर्मको सम्बन्धमा प्रमाण हो । तसर्थ वेदले निर्देशित गरेअनुसार कार्य गर्नु नै धर्म हो । वेद नै धर्मको सम्बन्धमा प्रमाण हो र वेदले निर्देशित गरेअनुसार कार्य गर्नु नै धर्म हो भन्ने मीमांसा-दर्शनको भनाइ उपर कतिपयले प्रश्न उठाउन सक्छन्कि किन वेदलाई नै धर्मको सम्बन्धमा प्रमाण मान्ने के कारणले गर्दा यो प्रामाणिक भएको हो र अरु नभएका हुन् वेदलाई नै प्रामाणिक मान्नुमा कारणहरु छन् । एक त वेदमा कुनैपनि वाक्य निरर्थक छैन । हो कसैले आफ्नो अयोग्यताका कारण वेदका कुरा बुझ्न नसक्नाले निरर्थक पनि भन्देला; तर यो त चमेराले सूर्य उदाउनुलाई निरर्थक भनेजस्तो हो । वेद वाक्य सबै सार्थक छन् । अर्को कुरा वेदमा कुनै व्यक्ति विशेष वा राजा आदिको वर्णन गरिएको छैन र कुनै कालविशेषमा घटित घटनाको चर्चा पनि छैन । हुनसक्छकि ती व्यक्तिका नामसँग मिल्दाजुल्दा होऊन् तब पाठकहरु भ्रममा पर्छन्कि हो न हो यो कुनै ऐतिहासिक व्यक्तिको नाम हो । वेदमा जहाँकहिँपनि व्यक्ति अथवा घटनाहरुको जुन कुरा छ त्यो वास्तवमा त्यस्तो होइन ती सब यौगिक र सामान्य अर्थवाला हुन् भन्ने मीमांसाकारको मत छ । त्यसोहुँदा वेदको प्रामाणिकता एवं प्रासंगिकता कुनै निश्चित समय-सीमामा बाँधिएको छैन । वास्तविक अर्थ गर्न नसक्नेहरुकालागि वेदका शब्द एवं वाक्यका अर्थ नलाग्लान् वा उल्टा अर्थ लाग्ने पनि प्रबल सम्भावना हुन्छ; तर सही रुपले वेदको अर्थ लगाउन सक्ने सामथ्र्य भएकाहरुकालागि वेद-वाक्य सबै सार्थक छन् भन्ने मीमांसाकारको भनाइ हो ।
मीमांसा-दर्शनका अनुसार सबभन्दा मुख्य कुरा त वेद अपौरुषेय अर्थात् ईश्वरप्रदत्त हुनाले स्वतः प्रामाणिक ग्रन्थ हो । तर प्रश्न खडा गर्न सक्छन्कि वेद ुअपौरुषेयु हो भन्ने के प्रमाण छ यो प्रश्न आजमात्र गरिएको प्रश्न होइन । आचार्य कुमारिललाई पनि यो प्रश्न गरिएको थियो र शास्त्रार्थमा वेद अपौरुषेय भएको प्रमाणित गरेर नै उहाँले आफ्ना प्रतिद्वन्दीहरुलाई पराजित गर्नुभएको थियो । वेदका सम्बन्धमा के भ्रम फैलाइएको छ भने यसका ऋचाहरु ऋषिहरुद्वारा रचित भएकाले उनीहरुद्वारा रचित वेद अपौरुषेय हुन सक्दैन । यो भ्रमित पार्ने तर्कमात्र हो । वास्तवमा वेद-मन्त्रहरुमा जतिपनि ऋषिहरुको नाम दिइएको छ उनीहरु ती मन्त्रका ुकर्ताु वा स्रष्टा होइनन् कि द्रष्टा हुन्; अर्थात् उनीहरु तत्तत् मन्त्रका विधिवत् प्रचारक थिए । वेदलाई श्रुति नामाकरण गरिनुले पनि यही तथ्यलाई पुष्टि गर्दछ । यसबाट विदित हुन्छकि ऋषिहरुले वेद-मन्त्र सुनेपछि लोकहितार्थ त्यसको प्रचार गरेका थिए; उनीहरुले वेदकै रचना गरेकाचाहिँ होइनन् । वेद वास्तवमा कहिल्यै कसैद्वारा रचिएको होइन अनादिकालदेखि यसै स्वरुपमा मानवसमक्ष छ । वेदका प्रत्येक शब्द अनादि छन् र एक निश्चित अर्थलाई प्रकट गर्दछन् ।
ईश्वर प्रणीत भएकाले वेद पूर्णतः प्रामाणिक छ; वेद बनाउनेवाला कुनै व्यक्ति पाइँदैन; वेदलाई नित्य भनिन्छ र यही तिनलाई अपौरुषेय र प्रमाणस्वरुप मान्न पर्याप्त छ । यसरी वेद स्वयं परमात्मा परमेश्वरद्वारा रचित हो भन्ने प्रमाणित भएपछि वेद नै धर्मको सम्बन्धमा प्रमाण हो र वेदले निर्देशित गरेअनुसार कार्य गर्नु नै धर्म हो भन्ने मीमांसा-दर्शनको मत प्रतिष्ठित हुन्छ । संक्षेपमा भन्नुपर्दा धर्मको निर्णय र आचरण वेदको आधारमा मात्र गर्नुपर्दछ । वेदमा ईश्वरोपदिष्ट धर्मको यथार्थ स्वरुप छ । वेदको कुनैपनि भाग अप्रमाणित छैन धर्मसँग असम्बद्ध छैन । वेद वाक्य सबै सार्थक छन् । ईश्वरतत्वको प्राप्ति नै वेदको हेतु हो ।
वैदिक विधानहरुलाई बुझ्न तथा विस्तृत व्याख्या गर्नकालागि अन्य ग्रन्थहरुपनि उपयोग गर्न सकिन्छ तापनि ती ग्रन्थहरु त्यति हदसम्ममात्रै मान्य हुन्छन् जबसम्म ती वेदानुकूल छन् । यदि कुनै कुरा वेदले एकथोक भन्दछ र अर्को ग्रन्थले अर्कैथोक भन्दछ भने वेदको विपरितचाहिँ कुरा अमान्य ठहर्छ । अर्थात् वेदका सामुन्ने अरुको प्रमाण चल्दैन; वेदले जे भन्दछ त्यही प्रमाण हो । तर वेदका शब्द तथा वाक्यहरुका अर्थ लगाउँदा विशेष सावधानीपूर्वक गर्नुपर्दछ । नत्र त आनकातान फरक पर्न गई अर्थको अनर्थ हुन्छ । वेदमा प्रायः रुपकबाट वर्णन भएको छ यदि त्यसलाई नबुझी अर्थ गर्ने हो भने त के के हुन्छ के के । आँखा भन्ने ठाउँमा सूर्य हुनसक्छ र सूर्य भनेर अर्थ गर्नुपर्ने ठाउँमा आँखा हुनसक्छ । सैन्धव भन्ने एउटै शब्दको अर्थ नून पनि हुन्छ र सिन्धुदेशीय घोडा पनि हुन्छ; अब तरकारी पकाउँदा सैन्धव मागेको छभने नून दिनुपर् यो र यात्राका निमित्त सैन्धव मागेको छभने घोडा दिनुपर् यो । यसरी अर्थ नगरेर जथाभावी अर्थ गर्दिने होभने त गडबड भइहाल्छ नि ! भएको पनि यस्तै छ । अहिले वेदउपर आक्षेप गर्नेहरुले यस्तै उल्टोपाल्टो अर्थ लगाएर वेदलाई बुझ्दैनबुझी अनेक दोष देखाउने गर्दछन् । यदि वास्तविक अर्थ बुझ्ने क्षमता हुने होभने वेदजति वैज्ञानिक वेदजति प्रामाणिक अर्को केही छैन । वेद नित्य छ । वेद शाश्वत छ । वेद सनातन छ । यसकारण वेदमात्र धर्मको सम्बन्धमा कसी बन्न सक्षम छ । अस्तु ।

Sunday, November 09, 2008
कुनचाहिँ रोज्ने
स्पेसटाइम दैनिक, वर्ष १ अंक २९७, २०५८ भदौ ९ शनिवार, पेज नं. ६ मा प्रकाशित
धर्म मान्ने कि नमान्ने भन्ने विवाद आजको मात्र विवाद होइन । शदियौं अगाडी देखि नै यस संबन्धमा वाद विवाद प्रतिवाद चल्दै आइरहेको हो । नास्तिकहरु जे सुकै बबल्काइरहेका होऊन् आस्तिकहरुचाहिँ सदा विश्वासी छन् कि फगत् ईश्वरीय तत्व मात्र सदा सुखदायी छ । परमात्मा मात्र जीवनमा पनि साथ हुनुहुन्छ र मृत्युमा पनि साथ हुनुहुन्छ । अरु कोही यस्ता छैनन् जोसँग एक पटक वियोग नहोस् । भौतिक सुख क्षणिक् हो भने आध्यात्मिक सुख चाहिँ अक्षय । धर्म वा रेलिजन वा मजहब जे भनेर होस् ईश्वरीय सत्ताप्रतिको आफ्नो आस्थालाई मान्छेले एउटा नाम दिएको छ । शुरुमा धर्म-तत्व साझा थियो अखण्डित थियो एउटै थियो र धर्म भनेपछि पुगिहाल्थ्यो । तर आज पुग्दैन । कुन धर्म यस्तो सवाल आउँछ र औद्योगिक ट्रेडमार्क जस्तै धार्मिक ट्रेडमार्क चाहिने स्थिति छ । हिन्दू धर्म बौद्ध धर्म जैन धर्म सिख धर्म बोन धर्म यहुदी धर्म इस्लाम धर्म इसाई कि्रश्चियन धर्म शिन्तो धर्म आदि-इत्यादि । यी त धार्मिक ट्रेडमार्क हुन् । यदि हामी ट्रेडमार्कको स्तरमा मात्र नअड्कने हो भने वास्तविक धर्म-तत्व एउटै हो उही नै हो । सृष्टिको उषाकालदेखि मानवले स्वतः आत्मसात् गरेको धर्मको उत्तराधिकार बोकेको धार्मिक ट्रेडमार्क चाहिँ अहिले आएर सनातन धर्म वा हिन्दू धर्म भएको छ । सनातन धर्मको पहिचानलाई सिध्याउन चाहनेहरुले यसका विरुद्ध कैयौं प्रहार गर्दै आएका छन् । पौराणिक कालमा हिरण्यकशिपु आदिले र ऐतिहासिक कालमा पनि अनेकौं आततायीहरुले यसलाई सिध्याउन सकेजति प्रयास गरेका थिए र अहिले पनि विविध कोणबाट सनातन धर्म माथि आक्रमण भइरहेका छन् । जे होस् तर यो धर्म समाप्त हुने छैन । यो त सृष्टिले स्वतः आत्मसात् गरेको शाश्वत तत्व हो । वास्तविक धर्म-तत्वको विजय कसैले रोक्न सक्दैन ।
हो धर्मको नाम लिएर पाखण्डी ढोँगी रुढीवादी तथा बदमासहरुले राज गरेको स्थिति पनि नभएको होइन । यस्ताहरुलाई चिनेर गलहत्याउनु पर्छ । तर धर्मको नाम लिएर कुनै व्यक्ति वा समूहले गलत काम गर्यो भने पुराका पुरा धर्मलाई नै गाली गर्ने प्रवृत्ति चाहिँ कदापि ठीक होइन । दोष धर्मको होइन । धर्म त खराब हुनै सक्दैन । कसैले धर्मको दुरुपयोग गर्यो भने त्यसमा धर्मको के दोष दोषी त दुरुपयोग गर्नेवाला व्यक्ति पो हुन्छ । यो वा त्यो नानाभाँति कारण देखाउँदै धर्ममाथि आक्षेप गर्नु निकृष्ट एवम् अधम् कार्य हो । धर्मबाटै मानिसले वास्तविक सुख शान्ति आनन्द प्राप्त गर्न सक्छ । धर्मको विरोधमा लाग्नु त खलचरित्र हो ।
धर्म-तत्व एउटै हुँदाहुँदैपनि यत्राविधि धार्मिक सम्प्रदाय किन जन्मिए भन्ने सवाल महत्वपूर्ण सवाल हो । यी विविध धर्महरु सनातन धर्मबाट नै जन्मेका हुन् । देश काल परिस्थिति अनुरुपका लौकिक व्यवहार कालान्तरमा धार्मिक मान्यतामा परिणत भएका देखिन्छ । धर्म के हो भन्नेमा रनभुल्ल परेकाहरुले मुण्ड मुण्ड बुद्धि अनुसार व्यवहारीकृत गर्दै जाँदा एउटै मूलबाट भंगालाहरु छुट्टिएझैं सनातन धर्मबाट विभिन्न धार्मिक सम्प्रदायहरु छुट्टिए । अलि अलि गर्दै जाँदा पछि धेरै नै फरक आयो अनि मेरै चाहिँ ठीक हो भनेर झगडिन थाले । प्रष्टै छ कि कूपमण्डुकताले अन्ध कट्टरता जन्मायो । त्यस्ताहरुले धर्मका निहुँमा नरसंहार मच्चाए पनि । भ्रम फैलिएको स्थिति छ कि धर्म के हो के हो । तर यथार्थ कुरा यही हो कि सनातन धर्म नै सबै धर्मको मूल हो । असली धर्म-तत्व एउटै हो । विभिन्न धार्मिक सम्प्रदायबीचमा मेलमिलापका यथेष्ट ठाउँ छन् ।
सृष्टिको आरम्भमा मानवले स्वतः आत्मसात् गरेको धर्म आज शुद्ध स्वरुपमा उसरी नै हामीले आत्मसात् गरिरहेका छौं त उत्तर सकारात्मक छैन तर पूर्णतया निराश बन्नुपर्ने स्थिति पनि छैन । हामीले पुनः सत्ययुगका आदर्श आत्मसात् गर्न नसक्ने कुरै छैन । तर त्यसका निमित्त धर्म-तत्वको सही बाटो पहिल्याउनु जरुरी छ । धर्म-तत्वको सही बाटो पहिल्याउन पहिला त धार्मिक ट्रेडमार्कहरु मध्येको पनि बढी ठीकचाहिँलाई पहिल्याएर त्यसमा लाग्नु पर्यो नि त । वैदिक दर्शनद्वारा दिग्दर्शित हिन्दूत्व नै त्यस्तो ठीक बाटो हो ।
हिन्दू दर्शन मुक्तिको बाटो देखाउँछ । हाम्रो लक्ष्य के त मुक्ति । तर अरु दर्शन उद्धारको मात्रै कुरा गर्छन् । चाहे बाइबल पढ्नोस् या कुरान पढ्नोस् त्यहाँ तपाईंका उद्धारका कुरा मात्र छन् । तपाईं पापमय हुनुहुन्छ अरे र त्यो पापबाट उद्धार भएपछि परमपिताले प्रमोदवन तथा अल्लाहले जन्नत दिनुहुन्छ । तर यता हिन्दू दर्शनको बाटोमा उद्धार त सामान्य कुरा हो प्राथमिक स्तरको - यहाँ त मुक्तिको कुरा छ । हिन्दू दर्शन उद्धारमा मात्र सीमित छैन यो त मानव मुक्तिको दर्शन हो । कुरा त कम्युनिष्टहरु पनि मुक्तिकै गर्छन् तर यो दर्शनबाट मानव-मुक्ति हुनेवाला छैन । यसबाट मुक्तिको आशा राख्नु व्यर्थ छ । मानव-मुक्तिका लागि सही दर्शन वेद उपनिषद् गीता आदिद्वारा दिग्दर्शित दर्शन नै हो । मैले पश्चिम होइन पूर्वतिर भनेर सही बाटो देखाउन नै चाहेको हूँ ।
जन्मेपछि मृत्यु अवश्यम्भावी छ । तर त्यो मृत्यु त्यतिबेला सार्थक हुन्छ - यदि हामी सार्थक जीवन बिताएर आएका छौं भने । जीवन सार्थक कसरी पार्ने त बडो महत्वको सवाल छ । जन्मनु भन्दा अघि म कहाँ थिएँ किन मेरो जन्म भयो मरेपछि म जाने कहाँ हो मेरो हेतु के हो यी सबै सवालका जवाफ हाम्रा महान् पुर्खाहरुले दिएका छन् । तत्वज्ञानले भरिएका छन् हाम्रा धर्मशास्त्र । तर समयको प्रवाहमा धेरै कुरा खण्डित भएका र कति कुरा मनखुशी थपिएका पनि छन् । हामीले धर्मशास्त्रबाट यथार्थ कुरा लिन सक्नु पर्दछ । यथार्थ कुरा चालेर लिनलाई ठूलै खुबी चाहिन्छ नि ! आपत् यहीँ त छ । आफूसँग खुबी भए राम्रै हुन्छ नत्र खुबी भएको को छ उही भएठाउँमा जानै पर् यो । तर जगत् छ नाटक घर । आफू हो कालनेमी तर अभिनय गरिरहेछ ऋषिको । दुष्टले सन्तको अभिनय गर्दैछ त कसरी पत्तो पाउने हेर्दा उस्तै छ हाउभाउ ठ्याक्क मिल्छ । भौंतारिँदा भौंतारिँदै के के हुने हो के के । परन्तु बाटो हुँदैनभएको कहाँ हो र बाटो चिन्नु र त्यसलाई अवलम्बन गर्नु त मानवको काम हो । हामीले आफूलाई सत्यपथमा लगाउनु पर्छ भन्ने मेरो आग्रह छ । मैले पश्चिम होइन पूर्वतिर भनेर अँध्यारो होइन उज्यालोतिर भनेर सत्यपथ भनेर अनि भोगवाद होइन योगवाद भनेर मानव समाजका निमित्त सर्वोत्तम बाटो दिग्दर्शित गर्न चाहेको हूँ ।
पहिला त निश्चित गर्नु पर् यो कि हाम्रो लक्ष्य के हो लक्ष्य निर्धारणको तह देखि नै धेरै कुरा निर्धारित हुन्छन् । आध्यात्मिक मुक्तिलाई लक्ष्य जसले बनायो उसले जीवनको बाजी जित्यो । तर समस्याका लर्कन छन् । पेट भोको छ आङ नाङ्गो छ बस्ने थात-थलो छैन यो भए त्यो छैन अनि त्यो भए यो छैन । यता उता कता भनेर अल्मलिँदा-अल्मलिँदैमा भौंतारिँदैमा हुरुक्क प्राण जान्छ गइरहेकै छ । यो संसारमा जति पनि भौतिक सुख-सुविधाहरु छन् तिनीहरुलाई प्राप्त नगरुन्जेल ती साह्रै लोभलाग्दा हुन्छन् आकर्षक हुन्छन् । परन्तु उही चीज सधैंका लागि आफ्नै स्वामित्वमा रहेपछि तिन्मा उत्तिको आकर्षण रहँदैन । साह्रै रहरले किनेको लुगा थोत्रिएपछि फालिन्छ । तर ईश्वरीय प्रेम जति पुरानो भएतापनि अपि्रय हुँदैन बासी हुँदैन आकर्षणहीन हुँदैन र कदापि थोत्रिँदैन । यहीँनेर मलाई स्मरण भइरहेछ - योग हो परमात्मासँगको मिलन र भोग हो भौतिकताको खाल्डोमा पतन । हामीले भोगवाद त्यागेर योगवाद अवलम्बन गर्नु नै मानवका निमित्त सुहाउँदो कार्य हो ।
योगवाद अवलम्बन गर्नु भन्नाको मतलब जोगी बन्नु हो भनेर कसैले भन्छ भने उसको अल्पबुद्धिप्रति टीठ मान्नुपर्ने हुन्छ । धर्म मान्ने भनेर संसारको आफ्नो कर्तव्य छाड्ने कुरा हाम्रो निमित्त अस्वीकार्य छ । धर्मले त कर्तव्य पालन गर्न लगाउँछ । अहिले संसार यति दुःखमय किन भइरहेछ किनकि मानव समाजले वास्तविक धर्म-तत्व आत्मसात् गरिरहेको छैन । यदि धर्म-तत्व आत्मसात् गर्ने हो भने साराका सारा समस्याहरु सुल्झिनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । हृदय उज्यालिएको मान्छेको दुःख समूल नष्ट हुन्छ । आध्यात्मिकताले मान्छेलाई सदा आनन्दमय बनाउँछ । आध्यात्मिकता पलायन होइन । आध्यात्मिकता, धार्मिकता त मानवताको औचित्य प्रमाणित गर्दछ ।
धर्म मान्दै नमान्ने जमात आफ्नो ठाउँमा छँदैछ । धर्म मान्दैछौं भन्ठान्नेहरुमध्ये पनि अधिकांश धार्मिक सम्प्रदायगत ट्रेडमार्कमा रल्लिइरहेका छन् । अनि एउटा सम्प्रदाय विशेषको कुरा गर्दा पनि आ-आफ्नै तालका रितिमा अल्मलिएका देखिन्छ । अब त्यसरी नरल्लिऔं र सही बाटोमा लागौं भन्ने हाम्रो आह्वान हो । सन्दर्भलाई केन्द्रिकृत गर्दाखेरीमा सवाल कुन चाहिँ रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म सत्य रोज्ने कि असत्य उज्यालो रोज्ने कि अँध्यारो जीवन रोज्ने कि मृत्यु क्षणिक सुख रोज्ने कि अक्षय सुख योगवाद रोज्ने कि भोगवाद पूर्व रोज्ने कि पश्चिम निश्चित रुपमा हामी धर्मका पक्षधर हौं । हाम्रो रोजाइ असत्य होइन सत्य हो अँध्यारो होइन उज्यालो हो मृत्यु होइन जीवन हो भोगवाद होइन योगवाद हो क्षणिक सुख होइन अक्षय सुख हो र पश्चिम होइन पूर्व हो ।
राजनीति र धर्मका बीचमा कस्तो सम्बन्ध हुनुपर्छ भन्ने बारेमा पनि हामी स्पष्ट हुनु पर्दछ । धर्मलाई राजनीतिमा मिसाउने तथा राजनीतिलाई धर्ममा मिसाउने कुरा हामीलाई मन पर्दैन तर राजनीतिलाई धर्मले निर्देशित गर्नैपर्छ भन्नेमा हामी प्रष्ट छौं । राजनीतिले धर्मलाई पछ्याउनु पर्छ तर धर्मले राजनीतिको पछि लाग्ने होइन । अहिले राजनीति यति बिध्न विकृत एवम् घिनलाग्दो भएकै राजनीतिज्ञहरुले धर्म-तत्व आत्मसात् नगरेको हुनाले हो । यदि राजनीतिलाई साँच्चै नै लोककल्याणकारी बनाउने हो भने अब धार्मिक प्रवृत्तिको नेतृत्व नै एक मात्र विकल्प हो । हुन त यसो भन्नासाथ ूलौ साम्प्रदायिकता भयो ………। धार्मिक कलह हुने भयो ………। ू भन्ने जस्ता श्याल हुइयाँ मच्चाउन थाल्नेछन् थुप्रैले । तर यो सब धर्म-तत्व नबुझ्ने मूर्खहरुको हल्ला मात्र हो । धार्मिक प्रवृत्तिको नेतृत्व भन्नुको अर्थ कुनै सम्प्रदाय विशेषको हालिमुहाली होइन । भगवान् श्रीराम पृथु जनक चाणक्य तथा राजा महीन्द्र मल्ल जस्ता शासक चाहनु र रामराज्य तथा सत्ययुग जस्तो प्रणाली रोज्नुको अर्थ बुझ्न नसक्ने अल्पबुद्धिहरु वा बुझेर पनि त्यस विरुद्ध लाग्ने खलपात्रहरु नै त्यस्तो हल्ला मच्चाउनमा रमाउँछन् । निशाचरहरुलाई उज्यालो मन नपर्नु स्वाभाविक नै हो पनि । तर हामी त सत्यका पक्षधर हौं । त्यसो हुँदा हामीले रामराज्य तथा सत्ययुगको पक्ष लिनु नै हाम्रो निमित्त स्वाभाविक कार्य हो । सत्य अनादिकाल देखि छँदैछ र अनन्तकाल सम्म रहनेछ । अनि सत्य हिजो पनि सत्य थियो आज पनि सत्य छ र भोली पनि सत्य नै रहनेछ । सत्य नै धर्म हो । सत्यम् शिवम् सुन्दरम् हो धर्म । धर्मबाट विमुख कुनै पनि नीति अस्वीकार्य छ । धर्मबाट विमुख राजनीति पनि अस्वीकार्य छ । भौतिक उन्नति पनि गर्नुपर्छ आध्यात्मिक उन्नति पनि गर्नुपर्छ । यहाँ केही मान्छेले अर्काको भाग समेत हडप्ने र धेरै मान्छेहरु चाहिँ भोकै रहने नाङ्गै रहने जुन स्थिति छ त्यसलाई हटाउन र वास्तवमै कल्याणकारी प्रणालीका निमित्त धर्म निर्देशित राजनीति आवश्यक छ ।

Saturday, November 08, 2008
हाम्रो बाटो - पूर्वतिर
स्पेसटाइम, वर्ष १ अंक २६३, २०५८ साउन ७ आइतवार, पेज नं. ७मा प्रकाशित
मैले पश्चिम होइन पूर्वतिर भनिरहँदा यहाँ पूर्व र पश्चिम को परिभाषा दिनैपर्छहोला भन्ने मलाई लाग्दैन । धेरै हदसम्म यो कुरा प्रष्टै छ भन्ने म ठान्छु । मेरालागि भौगोलिक पूर्व र पश्चिम ले त्यति महत्व राख्दैन । निश्चय नै त्यसको महत्व पनि आफ्नो ठाउँमा छँदैछ ।परन्तु मेरा पूर्व र पश्चिम निकै नै व्यापक अर्थका छन् ।
त्यसो त जब जब पूर्व र पश्चिम को कुरा आउँछ तब मान्छेहरु बहुधा भौगोलिक रुपमा सोँच्न थाल्छन् । मेरो अर्थमा भौगोलिकता होइन कि संस्कार सभ्यता संस्कृति विचारधारा आदिको पक्ष प्रधान छ । वास्तव्ामा पश्चिम होइन पूर्वतिर भनिरहँदा मैले एउटा सही बाटो देखाउने इमान्दार प्रयास गरेको छु ।
आफूप्रतिको पूर्ण विश्वास जसले मलाई यो शक्ति दिएको छ कि म आफूसँग हातेमालो गर्नेहरुलाई सही मार्ग निर्देशन गर्न सक्छु त्यसैले उत्प्रेरित गरेको हो यो उद्घोषमा ।वास्तवमा यो एउटा सम्पूर्ण क्रान्ति हो समग्रमा सकारात्मक क्रान्ति ।
यसमा मानव समाज तथा यससँग सरोकार राख्ने हरेक पक्ष सम्बद्ध छन् ।भौतिक जगत् देखि लिएर मानव अन्तस्करणमा प्रकट अप्रकट भावसम्म त्यस्तो कुनै क्षेत्र छैन जुन मैले भनेको पश्चिम होइन पूर्वतिर भन्ने मूलबाटोमा नअटाओस् । बिन्दुदेखि सिन्धुसम्म अथवा व्यष्टिदेखि समष्टिसम्म भनेझैं सम्पूर्णताको आग्रह छ यसमा ।
असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतम् गमय भनेर जतापट्टी निर्देशित गरिएको छ जीवन र जगत्को समष्टिमा सत्यम् शिवम् सुन्दरम् को प्राप्ति जतापट्टी छ र मानवताको उच्चतम प्राप्तिका निमित्त हामीले अवलम्बन गर्नुपर्ने बाटोलाई नै मैले पश्चिम होइन पूर्वतिर भनेर रेखांकित गर्न चाहेको हूँ ।
मानवलाई सृष्टिको सर्वाधिक विवेकशील ज्ञानवान् र बुद्धिमान प्राणी भनिँदै आएको छ । मलाई थाहा छैन िसंहहरु वा मुसाहरु वा चराहरुको मान्छेप्रतिको सोँच के कस्तो छ । हामीले आफ्नो सर्वोच्चताको बखान गर्दा त्यसको बिरुद्धमा दाबी बिरोध गर्न कोही नआउनुले मानव समुदायलाई निक्कै आनन्द दिएको छ । तर यसो विचार गरी हेर्दा त मान्छे एउटो छ तापनि उसभित्र प्रवृत्तिगत हिसाबले थरीथरीका अहम् को अस्तित्व पो देखिन्छ । मान्छेभित्र कतिपय पशुवत् इच्छाहरु प्रवृत्तिहरु पनि रहेका हुन्छन् र ती सामान्य अवस्थामा प्रकटित हुँदैनन् । यद्यपि उपयुक्त वातावरण पाउनासाथ जीवनमा यस्ता क्षणहरु आउँछन् कि जसमा मान्छेभित्र पिशाच जाग्छ । पिशाच अथवा पिचास मान्छेको सर्वाधिक विकृत स्थिति हो । पशुत्वलाई मनुष्यत्व भन्दा नीच तह मानिएको छ । मानवता अथवा मनुष्यत्व बाट सकारात्मकतातिर उक्लँदा मान्छेभित्रको दार्शनिक जाग्छ । त्यहाँभन्दा माथि देवत्व र उच्चतम स्वरुपमा चाहिँ अध्यात्मवादीहरुले भन्दै आएको अहम् ब्रह्मास्मि ।
हिन्दूधर्मका पवित्र ग्रन्थ -पुराणहरुमा लेखिएको छ ः कलियुगमा राक्षस भूत प्रेत पिचासहरु मान्छेकै रुपमा जन्मन्छन् । पहिले कुरा नबुझे झैं भएतापनि अहिले खुब घत लाग्छ । जताततै शैतानी मनोवृत्ति हावी हँुदैगरेको देखिएकै छ । हामीलाई थाहा छ कि मानिसको सभ्यता विचार स्थापित नैतिक मूल्यमान्यताले उसभित्रका शैतानी पैशाचिक राक्षसी भूताहा तथा पशुवत् मनोवृत्तिलाई निषेध गरेको हुन्छ र ती मेिटंदै गएका पनि हुन्छन् । तर त्यो सम्पूर्णातः मरिसकेको हँुदैन तबसम्म जबसम्मकि मनुष्यत्वको स्तर बढेर मानव दार्शनिक तथा त्योभन्दा माथिल्लो तहमा पुगेको हुँदैन । प्राचिन भारतवर्षका ऋषिमुनिहरु ईश्वरीय अवतारहरु त्यो तहमा थिए नभन्नु पर्ने कुनै कारण म देख्दिनँ ।
पशुवत् वा राक्षसी वा पैशाचिक वा शैतानी प्रवृत्तिलाई निषेध गर्न विविध उपाय अपनाउन सकिन्छ । एक त त्यस्ता इच्छाहरु जाग्रत हुने परिवेशबाट एकदमै पर रहनु र अर्काे मानव जीवनलाई सार्थकता प्रदान गर्ने नैतिक सिद्धान्तको अनुगामी बन्नु । स्थापित नैतिक मूल्यमान्यतालाई आत्मसात् गर्दै यसले तपाईंलाई परम्परावादी तथा अध्यात्मवादी बनाउने कुरा प्रष्टै छ अन्तर्मन देखि नै त्यस्ता प्रवृत्तिहरुको विरुद्ध इमान्दारीपूर्वक आफूलाई सचेत पारिराख्नु नै पशु पिशाच आदि मा पतीत हुनबाट जोगिने प्रभावकारी उपाय हो ।
पश्चिम होइन पूर्वतिर भन्नेमेरो शब्दावलीले दिग्दर्शित गरेको बाटो माथि वर्णित समस्याबाट मुक्त छ भन्नेमा म पूर्ण विश्वस्त छु । मान्छेभित्रको दार्शनिक तथा यसभन्दा उच्चतर प्रवृत्ति जाग्रत हुन नसके पनि कम्तीमा ऊ भित्रको मानव मात्रै पनि ब्युँझियो भने समाजलाई उन्नति प्रगति विकासपथमा लम्काउन र शान्तिपूर्ण एवम् सुखमय समाजको प्राप्तितर्फ ठूलो फड्को हुनेछ ।
निजी स्वार्थमूलक चिन्ताबाट मुक्ति बिना मान्छे कहिल्यै सुखी हुनेछैन । निजी स्वार्थमूलक लालसाले मान्छेलाई बारम्बार पैशाचिकता -पिचास प्रवृत्ति तर्फ खँगारिरहन्छ ।त्यसैले त हरेक आदर्शवादी कल्पनाले रोजेको समाजमा व्यक्तिवादी स्वार्थी निजीपन अथवा पूँजी नकारिएको हुन्छ चाहे त्यो भौतिकवादी साम्यवाद अर्थात् कम्युनिजम होस् वा अध्यात्मवादी साम्यवाद अर्थात् रामराज्य एवं वैदिक सत्ययुग होस् । म चाहिँ निसन्देह अध्यात्मवादी साम्यवाद को हिमायती हूँ ।
क्रान्तिको माध्यमबाट परिवर्तन ल्याउने वा दुनियाँ बदल्ने भनेर कस्सिएकाहरु थुप्रै छन् । प्रत्येकको आफ्नैखाले सोँच छ योजना छ रणनीति छ । तर प्रायः जसो क्रान्तिमा सर्वाधिक महत्वपूर्ण तत्वको छेकछन्दै छैन । तिनीहरुले आत्मसात् गर्न नसकेको कुरो के हो भने दुनियाँ बदल्नका निम्ति त स्वयम् पनि बदलिनु पर्यो नि । र सबैभन्दा कठिन क्रान्ति भनेकै आफूभित्रको क्रान्ति हो । आफूभित्रको पशुलाई नबाँधिकन र आफूभित्रको शैतान वा पिशाचलाई भष्म नपारी सुखमय शान्तिपूर्ण एवं आनन्दी संसारको समाजको कल्पना गर्नु निरर्थक छ । त्यसैले कुनै पनि क्रान्तिको सर्वोच्च प्राथमिकतामा मान्छेभित्रको मानव जगाउने कार्य नै पर्नु पर्छ । मेरो क्रान्तिमा यस्तो प्राथमिकता छ । पश्चिम होइन पूर्वतिर भन्दाखेरि त्यसले मान्छेलाई मानवजीवनको सार्थकता प्रदान गर्ने नैतिक सिद्धान्तहरुलाई व्यवहारिकृत गर्ने हुनाले अन्तर्मनका पशुत्व पैशाचिकता निषेध गर्ने हुनाले मेरो मोडेलको क्रान्ति महत्वपूर्ण हुने प्रष्ट छ ।
हिन्दूधर्मका पवित्र ग्रन्थहरुमा भनिएजस्तो राक्षस भूत प्रेत पिशाचहरु मान्छे भएर जन्मने बेला आउनै बाँकी छ भन्ने हो भने पनि मनुष्यतामाथि यान्त्रिकताको राज यही हो वर्तमान समयको रामकहानी । स्वाभाविक मनुष्यता ः पूर्व र संवेदनाशून्य यान्त्रिकता ः पश्चिम । तब त म भन्दैछु कि अहिले पूर्वबाट पश्चिमतिर दौडँदै छ मानव समाजको ठूलो हिस्सा । म चाहन्छु संवेदनाशून्य यान्त्रिकता छोडेर स्वाभाविक मनुष्यता अंगीकार गरोस् मानव समाजले । अर्थात् पश्चिम होइन पूर्वतिर ।
परम्पराप्रतिको मेरो झुकावको यस्तो अर्थ नलगाइयोस् कि जे जति थियो हिजो थियो आज त बिल्कुल खत्तम छ भन्ने म ठान्दछु । वास्तविकता के हो भने जसरी जे जति थियो हिजो थियो आज त बिल्कुल खत्तम छ भन्ने म ठान्दिनँ उसरी नै हिजो केही थिएन र अहिले के के नै भएको छ भन्ने पनि म ठान्दिनँ । हामी युगको संक्रमण कालमा उभिएका छौं जहाँ केही कुरा नयाँ छन् त केही कुरा पुराना छन् । कतिपय पुराना कुरा हामीले बचाउनु छ । नयाँ भन्दैमा जेलाई पनि अँगालो हाल्ने गलत प्रवृत्तिलाई हामीले निरुत्साहित गर्नु पनि छ । हो यदि कसैसँग केही राम्रा तत्व छन् भने त्यो सिक्न हिच्किच्ााइरहनु पर्दैन । तर अर्काको मालमा लोभिएर आफूसँग भएका राम्रा चीजहरुलाई चटक्कै छाडिदिने प्रवृत्ति गलत हो र यो प्रवृत्ति अस्वीकार गर्छु म ।
जस्तोकि अंग्रेजी मेरो मातृभाषा होइन र यो मेरो राष्ट्र्रभाषा पनि होइन । विश्व परिवेशले गर्दा यो भाषा नपढीनहुने ठानेर नेपालमा प्राथमिक स्तर देखिनै अंग्रेजीको पढाइमा बल लगाइएको हुँदा यो भाषाको दक्षताले विशेष अवसरको निश्चितता हुने स्थिति यहाँ छ । शिशु कक्षा देखि स्नातकोत्तर एम्। एस्सी। पढ्दासम्म मलाई मेरो भाषा नेपाली भन्दापनि बढी महत्व दिएर अंग्रेजी भाषाका पाठ्यपुस्तक पढाइयो अझ लादियो भनिदिँदा पनि अत्युक्ति हुँदैन । अंग्रेजी पढ्ने र अंग्रेजीमा दक्षता हासिल गर्ने धूनमा नेपाली भाषालाई चाहिँ उपेक्षा गर्ने प्रवृत्तिको म घोर विरोधी हूँ । अंग्रेजी पढ्ने त हो तर नेपाली भुल्ने होइन । घर छाडेर कतै ढिम्किनै हुँदैन भनेको होइन बरु जहाँ रहेपनि जता गएपनि मेरो घर फलानो ठाउँमा हो भन्ने नबिस्रनु पो भन्न खोज्या त । जसरी वृक्षले आफ्नो जरासँगको सम्बन्धलाई नकार्दैन ऊ जति नै सप्रोस् न । किनकि जरासँगको सम्बन्ध अस्वीकार गरेर त वृक्षको अस्तित्व नै असंभव छ । बस् आफ्नो अस्तित्वको मूलबाट च्वाट्टै नछिनौं भन्ने मेरो आग्रह हो । वर्तमान भनेको भूतकालको जगमा उभिएको छ भन्ने ध्रुवसत्यलाई शायदै कसैले अस्वीकार गर्ला । तब विगतप्रति परम्पराप्रति मोह हुनु स्वाभाविक स्वीकार्य कुरा हो ।
सामान्य जनमानस जो कि अर्काको लहैलहैमा लाग्ने संभावना अत्यधिक रहन्छ को त के कुरा विद्वत्ताको बकाइदा प्रमाण पाएकाहरुमध्ये पनि अधिकांशलाई आधुनिक बन्न परम्परालाई भत्काउनै पर्छ भन्नेखालको भ्रमले गाँजेको पाइन्छ । एउटा हास्यास्पद फेशन । अनि जसले परम्पराको कुरा गर्छ स्थापित नैतिक मूल्यमान्यताको पक्षपोषण गर्छ उसलाईचाहिँ रुढीवादी पुरातनपन्थी भनेर उडाउने दुस्प्रयास गरेको देखिन्छ । म आफैंले यस किसिमको अनुभव गरेको छु । मेरो पछिल्तिर त के कुरा हाकाहाकी अगाडी नै रुढीवादी पुरातनपन्थी र युग नसुहाउँदो गतार्थ आउट डेटेड चिन्तन बोकेर िहंडीरहेको भन्नेजस्ता आरोप बिनाकुनै सोचविचार बोल्दिनेहरु मैले धेरैजना नै भेटेको छु । त्यस्ता आधारहीन अयथार्थवादी स्वाँठ आरोपले मलाई विचलित पार्ने कुनै गुाजायस छैन । म अविचलित दृढ छु र यसमा अन्यथा हुने संभाव्यता कत्तिपनि छैन । यसका मुख्यतया दुईवटा कारणहरु मैले महशुश गरेको छु भन्ने म ठान्दछु ।
पहिलो समय अथवा युग भनेको कालक्रमको मापन मात्रै हो र विचारहरु आदर्शहरु शाश्वत सिद्धान्तहरु यस्ता हुँदैनन् कि पोहोर दशैंमा हालेको कपडा अहिलेको दशैंसम्ममा थोत्रिएर फेरेजस्तो । समय भनेको त्यो बस जस्तो होइन जो अघि काठमाण्डौमा थियो र अहिले पोखरा आइपुगेको छ । काठमाण्डौमा साथीसँग बिदाइका लागि हल्लाएको हात पोखरा सम्म नै हल्ल्ााएकोहल्ल्ाायै गर्नु मूर्खता हो तर त्यै वा त्यस्तै सम्झेर हिजोका विचार आज कामै लाग्दैन भनेर कसॆॆेैले भन्छ भने त महामूर्खता हो । राम्रा कुरा छन् भने अहिलेको जमानालाई पनि त्यत्तिकै आवश्यक छन् जति उहिलेको जमानालाई थियो । सत्य हिजो पनि सत्य थियो आज पनि सत्य छ र भोली पनि सत्य रहनेछ । यही सार्वकालिक शाश्वत सनातन सत्यपथको यात्री भएको हुँदा म आत्मविश्वासले परिपूर्ण छु । मेरो यही आत्मविश्वासले मलाई सत्यपथको यात्रामा अविचलित राख्नेछ ।
दोश्रो मानव समाजको प्रवृत्तिलाई हेर्दा असल मान्छेहरुप्रति दुई किसिमको व्यवहार गरिएको पाइन्छ कि त शुरुमा नानाथरीका सास्तीहरु दिई अन्त्यमा उनीहरुलाई सखाप नै पारिन्छ कि चाहिँ उनीहरुको अगाडी कुकुरले पुच्छर हल्लाएर झैं अतिभक्तिभाव दर्शाएर भएपनि पथभ्रष्ट गर्ने तानाबाना बुनिन्छ । यस्तो बिरलै हुन्छ कि असल व्यक्तिले सत्यपथको यात्रा सहजै गर्न पाइराखोस् । अधिकांशतः उपेक्षा अनादर र तिरस्कारको वर्षा गरी सत्यपथका यात्रीहरुलाई डगाउन खोजेको पाइन्छ ।उनीहरु मरेपछिमात्र ध्यान आकर्षित हुने गरेको यथार्थता मानव समाजको इतिहासमा थुप्रैपल्ट घटित भएको छ । कसैको आलोचना गर्नु ज्यादै सजिलो हुनेहुँदा मेरो पनि आलोचना गरिन्छ त के आश्चर्य उपेक्षा अनादर र तिरस्कारले मलाई छुँदैन ।
नदी पार गर्न खोज्नेहरु नदीको गहिराइ देखेर आतंकित हुँदैनन् नदी पार गर्ने अभिलाषाले उत्साहित हुन्छन् । यस अर्थमा म हरक्षण उत्साहित छु ।
यसो भनिरहँदा म आफ्नो कुनै विशिष्टताको दावी गरिरहेको छैनँ । आफूलाई विश्व मानव समुदाय भन्दा माथिको देखाउने कवायद पनि यो होइन । म साधारण भन्दा साधारण मनुष्यका रुपमा आफूलाई मन पराउँछु । निश्चय नै यदि तपाईंभित्रको चेतनसत्तासँग आत्मसाक्षात्कार गर्नुभयो भने जीवन र जगत्को सही मार्ग बारेमा आधिकारिक कुरा गर्ने अधिकारी तपाईं बन्नु हुन्छ
मलाई के विश्वास छ भने मेरो प्रज्ञादृष्टिले जुन बाटो ठम्याएको छ त्यो मानवका निमित्त सही र सर्वोत्तम बाटो हो । आफै दिग्भ्रमित भएकाहरुले समाजलाई नेतृत्व दिन सक्दैनन् र सर्वप्रथम नेतृत्व दिनेवाला आफू स्वयम् नै सही मार्गमा लागेको हुनुपर्छ भन्ने मेरो दृढ मत छ । सत्य लाई चिनेपछि त्यसमा आँखा चिम्लेर हाम्फाल्नोस् किनकि खुट्टा कमाएर कहिल्यै कुनै क्रान्ति सम्पन्न हुँदैन ।
जीवन प्राप्त हुनु आफैमा विशिष्ट कुरा हो प्राप्त जीवनलाई सार्थकतापूर्ण बाँच्नु सबैभन्दा ठूलो कुरा हो । मानिसको सबैभन्दा अमूल्य सम्पति जीवनलाई मान्दाखेरि उसले यो जीवन यसरी बिताउनु पर्छ जसले गर्दा निरुद्देश्यपूर्वक बिताइएका दिनहरुका निमित्त पश्चात्ताप गर्नु नपरोस् नीच र तुच्छ अतीतको कलंकपूर्ण छायाले तसर्िन नपरोस् । प्राप्त जीवनलाइ सार्थकतापूर्ण बाँच्न म मेरा साथीहरुलाई अनुरोध गर्न चाहन्छु । आउनोस् नयाँ क्रान्तिको पथमा लागौं । यो क्रान्ति अहिले भइरहेका अरुहरुले गफ गरिरहेका क्रान्तिभन्दा फरक छ । यो क्रान्ति मूलतः आफूलाई बदलेर समग्र समाजलाईनै सत्ययुगमा लैजाने दिशातर्फ अभिमुख छ । यहाँ तपाईं धेरैथोक गुमाउन सक्नुहुन्छ प्राप्त हुनेछ आत्मसम्मानपूर्ण एवं पवित्र जीवनदर्शन ।

Thursday, November 06, 2008
अँध्यारो होइन उज्यालोतिर
स्पेसटाइम दैनिक, वर्ष १ अंक २६९, २०५८ साउन १३ शनिवार, पेज नं. ६ मा प्रकाशित
पूर्व ः सूर्योदय उज्यालोको प्राप्ति ।
पश्चिम ः सूर्यास्त अन्धकारमा पतन ।
पूर्व हुनु र पश्चिम हुनु बीचको भेद नै यस्तो छ कि प्रत्येक चेतनशील व्यक्ति पूर्वतिर अभिमुख हुन उत्पे्रित भइहाल्छ । जीवनलाई जगतका असल पक्षहरुले सुवासित पार्दै विशिष्ट आयाम तर्फ लम्कनुमा जीवनको सार्थकता छैन भनेर कसैले भन्छ भने ऊप्रति टीठ मान्न मात्र सकिन्छ ।
अहिले आधुनिकताको परिभाषा गर्ने ठेक्का लिएकाहरुमध्ये कतिपयले भन्नेगरेको आधुनिकतासँग ठाडो विमति छ मेरो । एउटा बेतुक पाखण्डी र धेरैहदसम्म घृणायोग्य समाज विकसित गर्न चाहन्छन् तिनीहरु ।तब म कसरी सहमत हुन सक्छु स्वतन्त्रताको नाममा बेलगाम स्वच्छन्दता स्थापित नैतिक मूल्यमान्यता व्यर्थ भ्रष्टीकरण पुरानो पुस्ताको अपमान परम्पराको बिना कुनै उचित कारण उल्लंघन आधुनिकताको जामा पहिरेर अगाडी आएका यस्ता उद्दण्डतालाई म ठाडै अस्वीकार गर्छु । त्यस्ता कुराको विरोध गर्दा पुरातनपन्थी भइन्छभने प्रतिगामी भनिइन्छभने पनि मलाई केही भन्नु छैन । मेरो बाटो त स्पष्ट छ ः सत्य को प्राप्तिका निम्ति अगाडी बढ्न तयार भएझैं यदि त्यो सत्य प्राप्त गर्न पछाडी फर्कनु पर्ने भएमापनि म हिच्किचाउनेवाला छैन किनकि अगाडी वा पछाडीको विवाद मेरो निम्ति उतिसाह्रो महत्वपूर्ण होइन र सत्यप्राप्ति नै मूल कुरा हो । पश्चिम होइन पूर्वतिर भनिरहँदा म पूर्वनिश्चित सरलरेखामा जकडिएको छैन । हरेक उपयुक्त विकल्पका निमित्त ढोका खुला राखिएको छ ।
अहिले हिन्दूका रुपमा बढी विख्यात हामीहरुका पूर्वज महान् वैदिक ऋषि महर्षिहरुले हजारौं हजारौं वर्ष अघि भनिछाडेका छन् कि कलियुगमा लडाइँ हावा विचार तरंग मार्फत् हुनेछ । रेडियो टी। भी। टेलीफोन इन्टरनेट जस्ता माध्यमहरुले विचार तरंगको प्रवाहलाई जति सजिलो बनाउँदै छन् उति मानव समाजमा लडाइँका नयाँ नयाँ निहुँहरु उब्जँदै छन् । नेपाल भारत चीन श्रीलंकामध्यपूर्व होस् या युरोप अमेरिका जहाँ हेरेपनि यदि युद्ध भएको छ त हरेक युद्धका पछाडी कुनै न कुनै खाले विचारले निर्देशित गरेको छ । शस्त्रास्त्र आज दोश्रो तहको कुरा भएको छ र अतिवादी विचार पहिलो तहको । विचारहरु नमिल्दा तिन्को प्रकटीकरण शस्त्रास्त्रका माध्यमले भइरहेका छन् र यदि मानव समाजलाई युद्धको विभिषिका त्रासदीबाट मुक्त पार्ने हो भने यसको उपचार विचारको सूक्ष्मतहमा मानसिक गहिराइमा पुगेर गरिनु आवश्यक छ । र यस्तो उपचार गर्ने सामथ्र्य पूर्व सँग छ । शान्ति मैत्री करुणा र प्रेमका विचारतरंगको दिग्विजयले नै मानव अन्तरमनमा निहित िहंस्रकतालाई समूल नष्ट गर्न सक्छ । त्यसो गर्नका निमित्त वेदका संवदध्वं संगच्छद्ध्वं……… आज झन् आवश्यक छन् । सर्वे भवन्तु सुखिनः अझ गुिाजनु जरुरी छ । त्यो बाटो जुन वेद उपनिषद् गीताआदि द्वारा दिग्दर्शित छ त्यो बाटो जुन बाटो िहंड्नुमा नै मानवनीवनको सार्थकता छ ।
तपाईंलाई रातो रंग मन पर्ला उहाँलाई नीलो रंग मन पर्ला र अझ अर्को व्यक्तिलाई पहेँलो रंग मन पर्ला । ठीक छ आफूले मन पराएको चीज राम्रो भन्न पाउनु हुन्छ । तर तपाईंलाई अर्काको अनादर गर्ने हक छ भन्ने म ठान्दिनँ । के देखियो भने अल्लाहका नाममा मन्दिरहरु ध्वस्त पारिए र मूर्तिहरु अनि येशूख्रीष्ट जीसस क्राइस्ट का नाम लिएर अरु धर्मउपर दुर्भावना फैलाउँदै र गलत हतकण्डा अपनाई धर्मान्तरण गराइएको पनि देखिए । यस्ता तरिकाहरुलाई कदापि ठीक मान्न सकिदैन । यस मामिलामा अपवादलाई छाडेर हिन्दूहरु धेरै सहिष्णु उदार भएको देखिन्छ । सनातनधर्ममा निहीत सहिष्णुता उदारता तथा व्यापक ग्रहणक्षमता नै मानव समाजलाई धर्म पन्थ तथा मजहबका नाममा हुने गरेका त्रासदीहरुबाट मुक्ति दिलाउने आधार हुनसक्छ । मलाई थाहा छ मेरो छवि सनातनधर्म हिन्दूधर्म को प्रबल पक्षधरका रुपमा प्रचारित गरिएको छ तर मेरो विचारको उच्चतर स्वरुपलाई तोडमोड गर्ने गरिएको छ कि धर्मका रुपमा इसाई इस्लाम शिख जैन बौद्ध बोन शिन्तो वा अरुहरु कुनैप्रतिपनि मेरो पूर्वाग्रह छैन र प्रत्येक धर्मलाई म आदर गर्छु । आफ्ना पूर्ववर्ती महान् आर्य ऋषिमहर्षि सन्त महात्मा योगी ईश्वरीय अवतार आदिप्रति गौरव गर्ने म पैगम्बर मोहम्मद येशूखि्रष्ट जरथुस्त्र कन्फ्युशियस आदिप्रति पनि पूर्वाग्रहबाट मुक्त छु । सत्यपथ का सामान्य भन्दा सामान्य र महान् भन्दा महान् व्यक्तित्वप्रति मेरो अपनत्व आदरभाव तथा प्रेमभाव छ । हाम्रो महान् संस्कृतिले मलाई हरेक धर्मको मूल लक्ष्य मानवकल्याण हो भन्ने उदार व्यापक विश्वदृष्टि प्रदान गरेको छ । तर कसैले हाम्रो संस्कृति परम्परा स्थापित मूल्य मान्यता माथि चोट पुर्याउँछ भने प्रहार गर्छ भने त्यसको सशक्त प्रतिवाद तथा प्रतिकार हुनुपर्छ त्यो मैले गर्ने गरेको छु । मैले सत्य को पक्ष लिइरहँदा यसबाट तसर्िएकाहरु मेरो विरोध गर्छन् त यसमा के नौलो कुरा छ र मैले बत्ती बाल्न खोज्दा अँध्यारोका पक्षधरहरु यसलाई निभाउन प्रयत्न गर्छन् भने यो त उनीहरुको चरित्र अनुरुपकै कार्य हो । हो तिनीहरुसँग मैले हार्नुचाहिँ हुँदैन ।
मैले बारम्बार भन्दै आएको छु कि धर्मको अर्थ कुनै ट्रेडमार्कमा गर्नखोज्दा धर्म टे्रडमार्कमा राम्ररी अर्थँदैन । आज हामी धर्म भन्नासाथ हिन्दू हो कि कि्रश्चियन हो कि इस्लाम हो कि शिख हो कि जैन हो कि बौद्ध हो कि भन्नेतिर जान्छौं । मानव इतिहासमा यी ट्रेडमार्क ९तचबमझबचप० मात्रै हुन् र असली धर्मतत्व लाई यसको जरुरत पर्दैन असली धर्मतत्व मूलतः एउटै हो । परन्तु असली धर्मतत्व मूलतः एउटै भएको जान्दाजान्दैपनि वेद उपनिषद् गीता आदिको उत्तराधिकार बोकेको सनातनधर्म हिन्दूधर्म प्रति मेरो विशेष अनुराग छ । यसको उपयुक्त कारण छ । अर्थात् हिन्दुत्वप्रतिको मेरो अनुराग पूर्णतया औचित्ययुक्त छ । मैले पश्चिम होइन पूर्वतिर भन्दाखेरि त्यो अनुराग झल्कन्छ भने त्यसमा मलाई खुशी लाग्नेछ ।
एउटा घटना यस्तो सुनिएको थियो कि एकजना फुटबल खेलाडीले खेलको क्रममा आफैले हानेको फुटबल फर्केर आई छातीमा लागेर मुर्छा परेकाले उपचारार्थ अस्पताल लाँदा बाटैमा मृत्यु भयो । यो घटना मलाई एकदम सन्देशमूलक लाग्यो आफैले हानेको बल फर्केर आई आफ्नै छातिमा लागेर खुत्रुक्कै मर्नु हो यस्तै भइरहेको छ अहिले । मान्छेले जतिजति विकसित भएँ आधुनिक बनें प्रगति गरें भन्दैछ उतिउति त्यै तथाकथित विकास आधुनिकता प्रगति चाहिँ फरक्क फर्केर मानवसभ्यताको छातिमै ठोकिएर खुत्रुक्कै पार्दैछ ।
जस्तो कि हिन्दूहरुका स्थापित नैतिकमूल्यमान्यता अनुसार परस्त्रीसँग यौनसंबन्ध राख्नु त के कुरा वासनात्मक भावना राख्नु समेत निषेध छ जुन नियम पालना गर्दा मानवसमाजका लागि एड्स जस्तो रोग कुनै समस्या होइन । यो त्रासदीपूर्ण समस्या त तथाकथित आधुनिक सभ्यताले फैलाएको हो र फैलाइरहेको छ । अथवा आज संसारभरिनै वृद्धवृद्धाहरु उपेक्षा निरादर तिरस्कारपूर्ण जीवन बिताइ रहेकाछन् । किन त यसमा पनि उस्तै कारण छ । हाम्रो परम्परा पुण्डरिक श्रवणकुमार आदि जस्ता मातृपितृभक्तहरुको परम्परा हो । श्रवणकुमारको कथा सुन्नु भएकै होला कि उनले आफ्ना अन्धा मातापिताको कस्तो सेवा गरे । पुण्डरिकको कथा पनि सुन्नुभएकै होला जसले मातृपितृ सेवाका निम्ति भगवान् विष्णुलाईसमेत पर्खन भने र आखिर स्वयम् भगवान् नै उनको कुटीमा जानुभयो । यी कथाहरुमात्रै होइनन् यिनमा हाम्रा संस्कार सभ्यता संस्कृति दर्शिएका छन् । यो परम्परामा वृद्धाश्रमको जरुरत पर्ला त निश्चितरुपमा पर्दैन । अहिले पश्चिमा देशहरुमा जस्तै पूर्वमा पनि विवाह गर्नासाथ मातापितालाई त्याग्ने गलत संस्कार देखिन थालेको छ । जसले बुढेसकालमा उनीहरुलाई अलपत्र पारेर आफूचाहिँ ऐशआराममा रमाउँछ र स्वार्थका लागि गधालाई बा र बालाई गधा भन्न सक्छ त्यो चाहिँ आधुनिक अरे सभ्य अरे । अरुपनि उदाहरण छन् जहाँ पश्चिमा भौतिकवाद उन्मुख सभ्यताले गर्दा मानव समाज गलत बाटोमा दौडिरहेको छ । त्यो बाटो मानव विनाशको बाटो हो ।
मैले पश्चिम भनिरहँदा यसमा पूँजीवाद पनि आरोपित छ । पूँजीवादले मानव समाजको समष्टिमा हित गर्न सक्दैन र सकिरहेको छैन भन्ने मेरो मत छ । त्यसोहुँदा पूँजीवादको पतन अवश्यम्भावी छ । तर यसको अर्थ कम्युनिष्ट समेतका माक्स्रपन्थीहरुले भनेझैं पूँजीवाद नष्ट भएर समाजवाद नौलोजनवाद साम्यवाद आउनेछ भन्नेमा पनि मेरो रत्तिभर विश्वास छैन । मानव समाजको निमित्त सर्वोत्तम व्यवस्था रामराज्य एवं सत्ययुग नै हो । तसर्थ म रामराज्य एवं सत्ययुगको पक्षधर हूँ । पूँजीवाद कम्युनिज्म समाजवाद सामन्तवाद आदिइत्यादि प्रति मेरो अनिच्छाभाव जगजाहेर छ । मेरो लागि जसरी पूँजीवाद पश्चिम हो उसरी नै कम्युनिज्म पनि पश्चिम नै हो । हरेक राम्रा कुरा पूर्व हुन् मेरालागि । अनि मेरो बाटो ः पश्चिम होइन पूर्वतिर । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने अर्थराजनैतिक कोणबाट भन्नुपर्दा पश्चिम होइन पूर्वतिर भनिरहँदा मैले पूँजीवाद र कम्युनिज्म दुबैमा निहीत केहीकेही राम्राचाहिँ तत्वहरुलाई स्वीकार पनि गरेको छु । मानव समाजमा यसअघि अस्तित्वमा आएका हरेक प्रणालीका हरेक दर्शनका सकारात्मक पक्षको स्वीकार र नकारात्मक पक्षको अस्वीकार बाट हाम्रो पथ सुदृढतापूर्वक निर्माण भएको छ । यसो भनिरहँदा यस पथलाई कतिपयले सारसंग्रहवादी वा खिचडी भन्ने मुर्खता पनि गर्न सक्छन् त्यस्तो बेतुके भनाइको खण्डन गरिरहनु जरुरी छैन । मैले माथिनै भनिसकेको छु कि म माथि आरोप लगाइँदा मेरो आलोचना उपेक्षा अनादर तिरस्कारले म विचलित हुन्नँ । हो आफ्ना कमी कमजोरी दूर गर्न म जागरुक छु र हुन चाहन्छु । शत्रुतारहित स्वस्थ स्वच्छ रचनात्मक तथा प्रेमपूर्ण समालोचना म सदा स्वीकार गर्दछु ।
राजनीतिक नेतृत्वको कुरा गर्दा म भारतवर्षका महान् राजनीतिज्ञ चाणक्यलाई सम्झिरहेछु । एकपल्ट केही व्यक्ति उनलाई भेट्न गएछन् । उनी केही काममा व्यस्त थिए । पाहुनाहरु आएको देखेपछि चाणक्यले तिनीहरुको स्वागत गरे अनि बलिरहेको बत्ती निभाएर अर्को बत्ती बाले र पाहुनाहरुसँग भलाकुसारी गर्न थाले । आगन्तुकहरुलाई बडो आश्चर्य लाग्यो कि किन यसो गरे । एउटालाई त साह्रै सकसक लागेकाले सोधिहालेछ । चाणक्यको जवाफ यस्तो थियो भनिन्छ ः अघिसम्म म सरकारी काम गर्दैथिएँ त्यसैले राज्यको खर्चबाट तेल हालिएको बत्ती बालेको । अहिले तपाईंहरुसँग व्यक्तिगत भलाकुसारी हुँदैछ त्यसैले व्यक्तिगत खर्चबाट तेल हालिएको बत्ती बालेको ।
यी हुन् पूर्वीय संस्कार सभ्यता संस्कृति अनुकुलका राजनीतिक नेता । हाम्रो नेपालमा सम्पूर्ण जनताले खाना खाएपछिमात्रै आफूले पनि खाना खाने र एकजना प्रजा पनि भोको नरहोस् भनी हरक्षण चिन्तनशील रहने राजा महीन्द्र मल्ल को कीर्ति प्रसिद्ध छँदैछ । पृथु र जनक जस्ता राजाको प्रजावत्सलता पनि उत्तम उदाहरणीय छ । यद्यपि बेन र कंस जस्ता प्रजापीडक अत्याचारी शासक पनि यहाँ थिए । जन्मका हिसाबले जहाँकहिँका भएतापनि चाणक्य महीन्द्र मल्ल पृथु जनकहरु पूर्वपट्टि पर्छन् भने बेन कंस तथा रोम शहर जलिरहँदा पनि खुशी भएर बाँसुरी बजाइरहने राजा नीरोहरुचाहिँ पश्चिमपट्टि पर्छन् । अनि हामी पश्चिम होइन पूर्वतिर भन्दैछौंभने कस्तो राजनीतिक नेतृत्व हामी चाहन्छौं भन्ने कुरा प्रष्ट छ । मैले माथि रामराज्य भन्दाखेरिमा प्रणाली र नेतृत्व दुबैमा सही छनोट को ख्याल राखेको छु ।
प्रणाली र नेतृत्व एकअर्काका परिपूरक हुन् । एउटा गलत हुनासाथ अर्कोको परिणाम पनि हितकारी हुनसक्दैन । तसर्थ हामीले प्रणाली र नेतृत्व दुबैको सही छनोटमा जोड दिएर पश्चिम होइन पूर्वतिर भनेका हौं ।
अझैसम्मपनि लोककल्याणकारी राज्यको सर्वाधिक आदर्शमय स्वरुप रामराज्य नै हो । भगवान् श्रीरामले शासकका रुपमा प्रयुक्त गर्नुभएको शासनशैली तथा राज्यव्यवस्था वास्तवमै पुनःपुनः अनुकरणीय छ ।
भगवान् श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको तथा रामराज्यलाई सर्वोत्कृष्ट प्रणाली मानिएको कारणलाई हामीले ठीक तवरले बुझ्नु जरुरी छ । यदि तपाईं यस्तो सोच्नुहुन्छकि रामले रावणमाथि विजय हासिल गरेको तथा अनेकौं राक्षसहरु संहार गरेको हुनाले उहाँ सुपूजित हुनुभएको हो तब तपाईं गल्तीमा हुनुहुन्छ । त्यसो होइन । मार्नु काट्नु सुयशको कार्य होइन । नरसंहार क्षमतालाई मात्रै विशिष्टता वा महानताको कारण भन्ठान्नु अन्यायपूर्ण हो । हामीलाई थाहा छ रावणबध पश्चात् भगवान् श्रीरामले कहिल्यै शस्त्रास्त्र उठाउनु भएन । रावणबध तथा त्यसअघिका िहंसा अनिवार्यताका स्तरका थिए । श्रीराम शासनारुढ भएपछि संसारभरि शान्ति सुव्यवस्था कायम भयो । शोक सन्ताप मेटिएर सबैजना सुखी भए । सुख अर्थात् रोग भोक शोक भय आदिबाट मुक्ति । उहाँको राज्यमा कोही दरिद्र थिएन सबकासब समृद्ध । सबै गुणवान् शिक्षित । कसैको कसैप्रति द्रोह वैरभाव थिएन रामराज्यमा । कोही धनी र कोहीचाहिँ गरिब हुने अन्यायपूर्ण वितरणप्रणाली नै थिएन त केको विषमता मजदुर पनि थिए किसान पनि थिए तर कामका दृष्टिकोणबाटमात्र । प्रत्येक मजदुर किसान त्यतिनै धनी थियो जतिकि महाराजाधिराज श्रीरामचन्द्र ।
मार्कसका अनुयायीहरुको साम्यवाद -कम्युनिज्म फगत् कल्पनामात्रै हो यस्तो लक्ष्य हो जो यसअघि हासिल भएको छैन र भविष्य पनि सुनिश्चित छैन । अर्कातिर आफूलाई प्रजातान्त्रिकसमाजवादी बताउनेहरुको स्थिति त झन् हास्यास्पद भइसकेको छ । प्रजातान्त्रिकसमाजवाद भनेतापनि व्यवहारमाचाहिँ पूँजीवादकै पिट्ठु भएको देखिन्छ । तर रामराज्य त वास्तविकता हो । वास्तविकसाम्यवाद हो रामराज्य।
रामराज्यको अझ उच्चतर विकास हो ः हिन्दूधर्मशास्त्रहरुमा उल्लेखित सत्ययुग । यस युगमा मानवसमाजले समस्त अभावहरुमाथि विजय प्राप्त गरेको हुन्छ र समाज भोक रोग शोक रहित हुन्छ । सत्ययुग मा राजनीतिक सीमारेखाहरुको अर्थ हुनेछैन संप्रदाय पन्थ मजहबहरुको घेराबन्दीले पनि अर्थ राख्नेछैन जाति र भाषाका भेदले पनि अर्थ राख्दैन । त्यहाँ कोही मालिक र कोही दास हुँदैन कोही धनी र कोही गरिब हुँदैन कसैले कसैलाई हैकम चलाउने हुँदैन । सत्ययुगमा प्रहरी र सेनाको आवश्यकता रहँदैन मानवसमाज स्वतः नैतिक नियममा गतिशील रहनेछ । यहाँसम्मकि तालाचाबीको कुनै उपयोगिता रहँदैन कोही चोर नै रहने छैन त किन चाहियो तालाचाबी कुनै शस्त्रास्त्रको उपयोगिता नरहने हुन्छ किनकि िहंस्रक मनोवृत्तिबाट मानवले आफूलाई मुक्त पारिसकेको स्थिति हुन्छ । सर्वत्र सुख शान्ति आनन्द । मैले पश्चिम होइन पूर्वतिर भनेर लोककल्याणकारी राज्यव्यवस्था देखि रामराज्य र सारमा सत्ययुग सम्मको यात्रालाई दिग्दर्शित चाहेको छु । पूर्वतिर भन्दा सत्ययुगतिर भन्ने बुझ्नुभयोभने मलाई धेरैहदसम्म बुझ्नुभएको छ ।
धर्मका नाममा मानवसमाजलाई शोषण गर्ने लुट मच्चाउने र अनाचार अत्याचारलाई पर्दा हाल्नेगरिएको देखिएकै कुरा हो । कतै पण्डाहरुको बिगबिगी कतै पोपपादरीहरुको अनाचार त कतै मुल्लामौलवीको अत्याचार । चाहे जुनसुकै धर्मका नाममा अघि सारिएका होऊन् गलत कुराहरुको उन्मूलन हुनैपर्छ । ढ्याउअ डकारेर भूँडीपल्टाउने मठाधिश शरियतको आडका मान्छे चुस्ने मौलवी ब्वाँसोलेझैं खेलाई खेलाई शिकार गर्ने पादरी यी सबैलाई घृणा गर्नु र बच्नु पर्छ । तर यस्ता विकृतपक्ष मात्रै चर्चा गरेर धर्मतत्व विरुद्धमा लाग्नु चाहिँ मानवसमाजको दूर्भाग्य हुनेछ । कसैले धर्मको दुरुपयोग गर्यो भन्दैमा धर्म भनेकै खराब भन्नेजस्तो निष्कर्षमा पुग्नु झन् खराब हो । सुनका गहनामा कस मयल लागेपनि सुन आफैमा सुन नै हुन्छ । हो यसमा लागेको कसचाहिँ फाल्नैपर्छ । त्यस्तै धर्मसँगको मानवसमाजको संबन्ध नकार्नु हुँदैन । हामीले त धर्मतत्व आत्मसात् गर्ने दिशातर्फ आफूलाई अग्रसर गराउनुपर्छ भन्ने मेरो दृढ मत छ ।
म वैज्ञानिकताले परिपूर्ण धार्मिकताको पक्षपाती हूँ । धर्म र विज्ञान एउटा बिन्दुमा मिल्नुपर्छ मिल्छन् । धर्मको शुद्ध स्वरुप र विज्ञानको पनि शुद्ध स्वरुप छर्लंग हुँदा यी दुईको एकत्व सहजै दृष्टिगोचर हुन्छ । एक्लो धर्मको अनुशरण गर्छु भन्दा मान्छे मजहब संप्रदाय पन्थ रेलिजनमा जकडियो र एक्लो विज्ञानको अनुशरणले चाहिँ अन्धभौतिकतावादको भासमा खस्यो । धर्म र विज्ञान मध्ये एउटा मात्र स्वीकार्ने अतिवाद मानवसमाजका निम्ति अहितकारी छ । धर्म र विज्ञानको एकत्वमा मानवसमाजको हित निहित छ । धर्मको पक्ष वजनदार कारणमा प्रमुख कारण के पनि हो भने मानवसमुदायलाई उसको उज्ज्वल भविष्यका निम्ति धर्म तत्वको आवश्यकता झन् बढेको छ । मलाई के लाग्छ भने मानवले जति बढी विज्ञानको विकास गर्नेछ र जति बढी मात्रामा शक्तिसंपन्न हुन्छ त्यतिनै बढी मात्रामा उसलाई धर्मतत्व आवश्यक हुन्छ । विज्ञान र धर्मका बीच सामाजस्यताले सम्पूर्ण मानवसमाजमा प्रकाशमय प्रभाव पार्नेछ । तसर्थ मैले पश्चिम होइन पूर्वतिर भन्दाखेरि विज्ञान र धर्मबीचको एकतालाई विशेष जोड दिएको छु । अर्थात् धार्मिकता युक्त विज्ञान र वैज्ञानिकतायुक्त धर्मको सुनिश्चितता छ यसमा ।
म यहाँ कुनै नयाँ कुरा गरिरहेको छैनँ र केही विशिष्ट मौलिकता हुँदाहुँदै पनि मेरा सिद्धान्त पूर्णतया नयाँ आविष्कार होइनन् । म संसारलाई कुनै नयाँ कुरा भनिरहेको छैन र कुनै नयाँबाटो देखाइरहेको छैन किनकि सत्य त अनादिकाल देखि छँदैछ र अनन्तकाल सम्म रहनेछ । म त्यही सत्यपथ को यात्री हूँ । हो यो सत्यपथमा िहंड्ने अधिकार प्रत्येक प्राणीलाई छ । यदि कोही भ्रमित भएर पथभ्रान्त बनेकोछभने उसलाई सत्यपथतर्फ आह्वान गर्नु मेरो र मेरा साथीहरुको कर्तव्य हो । म त्यो कर्तव्यपालन गर्न चाहिरहेको छु ।
कसैले मलाई चुनौती दिनसक्छकि तपाईंले भनेको बाटो नै सत्यपथ हो भन्ने के ग्यारेण्टी छ यसमा कुनै अनौठो कुरा छैन । यो प्रश्न भगवान् बुद्धलाई पनि तेस्र्याइएको थियो । यही प्रश्न जीससक्राइष्टलाई पनि तेस्र्याइएको थियो । यस्तै प्रश्न पैगम्बरमोहम्मदलाई पनि तेस्र्याइएको थियो । भगवान् श्रीकृष्ण पनि प्रश्न गरिनबाट बाँकी राखिनुभएन । संसारमा मानवसमाजमा प्रत्येक महान् व्यक्तित्वहरु प्रश्नको घेरो नतोडी आएका छैनन् । जगद्गुरु शंकराचार्य पनि यसको अपवाद रहनुभएन । सुकरात प्लेटो अरस्तु जरथुस्त्र कन्फ्युशियश देखि कबीर मीरा महावीर नानक अनि ओशोरजनिश सम्म कोप्रति लक्षित भएनन् प्रश्नहरु यद्यपि म आफ्नो कुनै विशिष्टताको दाबी गरिरहेकोछैन भनेर मैले भनिसकेको छु । म मेरो विश्वासमा उत्तिकै दृढतापूर्वक कायम छु कि मेरो प्रज्ञादृष्टिले जुन बाटो ठम्याएकोछ त्यो मानव समाजका निम्ति सही र सर्वोत्तम बाटो हो ।

Wednesday, November 05, 2008
वास्तविक साम्यवादको बाटो
स्पेसटाइम, वर्ष १ अंक २५५, २०५८ असार ३० शनिवार, पेज नं. ७मा प्रकाशित
साम्यवाद, कम्युनिज्म शब्द आउनासाथ कार्लमार्कसलाई सम्झने प्रचलन देखिन्छ । आफूलाई मार्कसवादका अनुयायी बताउने कम्युनिष्टहरु संसारभरिनै छरिएका छन् । त्यतिका वर्षदेखि साम्यवाद साम्यवाद चिच्याइरहे तापनि उनीहरुको साम्यवादको कहिँकतै साइँशब्द सुनिँदैन । कम्युनिष्टहरुको साम्यवाद एउटा त्यस्तो लक्ष्य साबित भएको देखिन्छ जो न यसअघि हासिल भएको छ न त भविष्य नै सुनिश्चित छ । अर्कातिर मार्कसवादकै जगमा उभिएको तर आफूलाई कम्युनिष्ट भन्न नरुचाउने र प्रजातान्त्रिकसमाजवादी भन्न मन पराउनेहरुको प्रजातान्त्रिकसमाजवाद पनि छेउटुप्पो नमिलेर बसेको छ र अब यसबाट आशा गरिरहने ठाउँ छैन । सामन्तवाद पूँजीवादजस्ता प्रणाली पनि मानवसमाजका निमित्त अग्राह्य साबित भइसके वा हुँदैछन् । सामन्तवाद हराइसक्नलाग्यो भने पूँजीवादको पतन अवश्यम्भावी छ । इस्लामी शरियतका आधारमा संचालित हुने कठमुल्लावादी शासन तथा इसाई मठाधिश पोपका स्वेच्छाचारी शासन पनि मानवसमाजलाई उपयुक्त नभएको देखिसकियो । यस्तो अवस्थामा सर्वोत्कृष्ट प्रणाली के हुनसक्छ भन्ने विचार विमर्श आवश्यक भइसकेको छ । र खुशीको कुरा के भने त्यस्तो प्रणालीको आधार हामीसँग छ । त्यो उत्कृष्ट प्रणालीकासाथ सही नेतृत्वपनि दिएर नेपाललाई विश्वको आशाको केन्द्र बनाउन सक्छौं हामी ।
वास्तविक साम्यवादलाई हामी रामराज्य भन्न मन पराउँछौं । रामराज्य को पनि उच्चतर स्वरुपलाई हिन्दूधर्मशास्त्रहरुको सत्ययुग भनेकाछन् । मानवसमाजको परमलक्ष्य परमप्राप्ति सत्ययुग हो । यतिबेला म रामराज्यकाबारेमा केही चर्चा गर्न चाहन्छु ।
रामराज्यको चर्चा गर्दा भनिन्छ कि भगवान् श्रीरामले शासकका रुपमा एघार हजार वर्षसम्म राज्य गर्नुभयो । यसको अर्थ के हो भने उहाँले बनाउनुभएको नियमानुसारको लोककल्याणकारी राज्यव्यवस्था जम्मा एघार हजार वर्षसम्म प्रभावी रह्यो र त्यसपछि मानव समाजको दुर्भाग्यले त्यसको ठाउँमा अन्यप्रकारका राज्यव्यवस्थाहरु अगाडी आए । त्यो वास्तविक साम्यवादको आयु एघार हजार वर्षमात्रै रहनुले मानवसमाजको लागि निराशाको संचार हुनुपर्ने म देख्दिनँ । त्यो प्रणाली त एक उत्तम आदर्शका रुपमा रहेर हामीलाई निरन्तर यात्रारत रहन प्रेरणा प्रदान गर्ने चीज भएको छ । अझैसम्म पनि लोककल्याणकारी राज्यको सर्वाधिक सफल स्वरुप रामराज्य नै हो । अब त झन् नयाँ किसिमबाट रामराज्यको सिको गरेर यसलाई अझ उत्तम बनाउन सकिन्छ । भगवान् श्रीरामको पालाकै जस्तो हुबहु अपनाउने कुरा असंभवप्रायः छ भन्नेकुरा मलाई थाहा छ । हामीले त्यसलाई त उदाहरण वा जाँचपरख गर्ने कसीका रुपमा स्वीकार गरेका हौं यानेकि कस्तो भन्ने सवाल आउँदा रामराज्य जस्तो भन्ने धारणा प्रष्ट होस् भन्ने हामीले चाहेकाछौं ।
भगवान् श्रीराम तथा उहाँबारेमा जान्नकानिम्ति वाल्मिकीरामायण नै भरपर्दो श्रोत हो । हामी देख्नसक्छौं वाल्मिकीरामायण तथा अन्य जतिपनि ग्रन्थमा श्रीरामबारेमा लेखिएको छ तिन्ले उहाँको जीवनको छोटो कालखण्डकोमात्रै चर्चा गरेकाछन् । विद्वानहरु भन्छन् कि श्रीरामको शुभविवाह सत्ताइस वर्षको उमेरमा भएको थियो । त्यसको केही समयपछिनै उहाँलाई चौधवर्षकालागि वनबास जानुपर्यो । वनबासको समाप्तिपछि राजिसंहासनारुढ हुन पाउँदानपाउँदै सीताजी परित्यागको घटना घटित भयो । यस घटनाको करिब एघार वर्ष पश्चात् अश्वमेध यज्ञ आयोजित गरिएको र त्यही यज्ञका सन्दर्भमा श्रीरामको आफ्ना दुईपुत्र लव कुश तथा धर्मपत्नी सीताजीसँग भेट भएको कुरा रामायणमा उल्लेखित छ । यसपछिको वृत्तान्त त्यति प्रष्ट छैन । यसरी करिब करिब बाउन्न वर्ष जतिको इतिहासमात्र विशेषरुपले वर्णित छ । तब भगवान् श्रीरामले एघार हजार वर्ष शासन गरेको भन्ने आधार के भनेर प्रश्न सोध्न सकिन्छ । हामीले यसको सोझोअर्थमात्रै होइनकि सांकेतिकअर्थ पनि बुझ्नुपर्छ ।
हाम्रा धर्मशास्त्रका संदर्भमा कुनैकुराको निर्णय लिनुअघि हामी निकै सचेत हुनुपर्छ । हामीलाई थाहा छ कि हाम्रा धर्मशास्त्रहरुलाई श्रुति स्मृति भनिन्छ । यसो किन भनेको त जो श्रवण परंपराबाट चल्दैआयो त्यो श्रुति हो । जो स्मरणका आधारमा निरन्तरता पाउनेवाला हो त्योचाहिँ स्मृति हो । यी शब्दहरुले वैदिक शिक्षाप्रणालीबारेमा राम्ररी बताउँछन् । प्राचीन शिक्षापद्धतिमा ज्ञानको पुस्तादरपुस्ता हस्तान्तरण गर्दा कुनै लिखित दस्तावेजको जरुरत पर्दैनथ्यो किनकि गुरु शास्त्रको प्रकाण्ड ज्ञाता हुन्थ्यो र उसलाई शास्त्र कण्ठस्थ हुन्थ्यो । गुरुले चेलालाई प्रदान गरेको शिक्षा चेलाले उत्तिकै प्रामाणिकतवरमा कण्ठस्थ पारेको हुन्थ्यो र अर्को पुस्तामा हस्तान्तरण गथ्र्यो । यसरी श्रवण तथा स्मरणको परंपराबाट शास्त्रहरु पुस्तौं पुस्तासम्म निर्बाधरुपमा जान्थे । समयक्रममा त्यो महान् गुरुकुलीय शिक्षापद्धति क्षीण हुँदैगयो । यसरी क्षीण हुने क्रममा शनैः शनैः शास्त्रका स्वरुपमा पनि विकृति आउने संभावना रह्यो । खासगरी भारतवर्षमा बाहिरबाट बारम्बार आक्रमण भइरहने भएकाले समाजको अमनचैन खल्बलिइरहने स्थिति थियो । युद्धका कारण गुरुकुलको व्यवस्थापन ठीक नहुने र त्यसक्रममा शास्त्रको पठनपाठन चल्न नसक्ने हुँदैजाँदा शास्त्रनै विलुप्त हुने खतरा महशुश गरिएपछिचाहिँ शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता बोध भयो । विद्वानहरुले देखेकि नयाँपुस्तामा स्मरणशक्ति ह्रासोन्मुख छ । यसकारणपनि शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता झन् महशुश गरिएको थियोहोला । जे होस् तब लिखित स्वरुपमा आए हाम्रा धर्मशास्त्रहरु । श्रुति स्मृतिको परम्पराबाट लेखन परम्परासम्म आइपुग्दा बीचमा अनेक आरोह -अवरोह झेल्नु परेको छ तिन्ले । पाण्डुलिपि लेखकका आग्रह -पूर्वाग्रहवश अथवा बुझ्नेहरुका आआफ्नै शैलीले एउटै शास्त्रकापनि विविध टीका तथा भाष्य प्रचलनमा आए र आउँदैछन् । यस्तो परिप्रेक्ष्यमा हाम्रा धर्मशास्त्रहरुकोबारेमा निर्णय गर्नु कठिन कार्य हो । तर यो पूर्णतया असंभवचाहिँ छैन ।
भगवान् श्रीरामको जीवनी तथा उहाँको सिद्धान्तबारेमा बुझ्न निश्चयनै रामायणबाट ठूलो सहयोग प्राप्त हुनेछ तर फगत् बौद्धिक तर्कवितर्क वादविवाद गोष्ठीले त्यसको सही स्वरुप प्रष्टिनेवाला छैन । औपचारिक शैक्षिक योग्यताको बलमामात्र शास्त्रको मर्म बुिझंदैन । अहिलेको विडम्बना यही हो कि कागजे प्रमाणपत्रका प्रमाणित खोस्टो लिएको भरमा शास्त्रको अपव्याख्या गर्नेहरु परम्पराको अन्धविरोध गर्नेहरुको डाँको नै चर्को छ । तिन्को दुराग्रही जालोबाट मुक्त भएर सत्यताको बोध गर्नासाथ रामराज्य को वास्तविक स्वरुप थाहा लागिहाल्छ र हामीले भनेको वास्तविक साम्यवाद को स्वरुप बुझ्नपनि सहयोग पुग्नेछ ।
अब हामी विचार गरौं कि रामायणमा एकातिर भगवान् श्रीरामले एघार हजार वर्ष राज्य गरेको उल्लेख गर्नु अर्कातिर करिब करिब बाउन्न वर्षको घटनाक्रमको मात्र विस्तृत चर्चा हुनु यसको के रहस्य छ यसमा गूढ रहस्य छ । म उदाहरणबाट यसलाई प्रष्ट्याउन चाहूँला । कुनै दुईवटा गाउँ छन् जसमध्ये एउटा गाउँमा दोहोरो भीडन्त भई मान्छेहरु मारिए र अर्कोमाचाहिँ सबैजना मिलेर खेत रोपी थाकेका हुनाले आरामसँग सुतेभने भोलीपल्ट साचारमाध्यमहरुले कुन गाउँको चर्चा गर्लान् पक्कैपनि त्यही गाउँको चर्चा गर्छन् जहाँ मान्छेहरु मारिए । हामीले देखेजानेकै कुरा हो यो कि विश्वमा ती ती देश वा क्षेत्र चर्चामा हुन्छन् जहाँ जहाँ अशान्ति छ िहंसा छ तर ती ती देश वा क्षेत्र समाचार बन्दैनन् जहाँ शान्ति छ अमनचैन छ । केही वर्षअघिसम्म विश्वसाचारमाध्यममा नामनिशाना देख्न मुश्किल पर्ने हाम्रो देश अस्वाभाविक घटनाक्रमहरुपछि विश्वसाचारमाध्यममा छाएको हामीले देखेकै छौं । यसबाट प्रष्ट हुन्छकि मेडिया मा ती कुराहरु नै आउँछन् जुनचाहिँ सनसनीपूर्ण हुन्छन् । यो त मान्छेको शाश्वत प्रवृत्ति हो कि केही अस्वाभाविक वा अनौठो वा विशेष कुरालाई नै ऊ महत्व दिन्छ । भगवान् श्रीरामको जीवनवृत्तका संदर्भमा पनि यो लागू भएको छ र रामायणमा ती ती प्रसंगहरु नै खासगरी वर्णन गरिएकाछन् जसमाकि लोक आकर्षण छ र काव्यिक चमत्कार देखाउने ठाउँ छ । अर्थात् जुन सनसनीपूर्ण अस्वाभाविक अनौठो छ त्यसको बयान गर्नमा रुचि देखाइएको छ त्यहाँ । रामले रावणलाई संहार गरेको कुरामा जुन रोचकता छ काव्यिक चमत्कारी देखाउने जुन मौका छ रामराज्यमा प्रजा सुखी थिए भन्नमा कहाँ छ सुखी थिए त कुरा सकिइहाल्यो नि । रामले वानर र भालुलाई लिएर लडाइँ पो कसरी गरे हुनन् वा हनुमानले समुद्र कसरी तरे यो पो छ उत्सुकताको कुरा । श्रीरामको पाउ पर्नासाथ एउटा ढुंगा मान्छेमा रुपान्तरित भई अहल्या उद्धार भएको कुरामा जुन कौतुकता छ रामराज्यमा सर्वत्र शान्ति थियो भन्ने कुरामा भेट्टाउँदैन मान्छेले ।
शान्ति थियो त थियो त्यसको पनि के बयान हो यही मानवीय स्वभावका कारण रामायणमा करिब बाउन्नवर्षे जीवनप्रसंग नै विशेष बयान गरिएको हो भन्ने बुझ्न सकिन्छ । पछि त श्रीरामको जिन्दगी साथै सारा रामराज्य नै सुख शान्ति आनन्दमय भएकोहुँदा काव्यिक चमत्कारी देखाउने कुरै कहाँ रह्यो र मदिराको स्वादको बयान गरिएका सयौं कविता भेटिन्छन् तर पानीको स्वाद बयान गरिएका कविताहरु खोइ त यी कुराहरुले प्रष्ट हुन सकिन्छ कि रामायणमा करिब बाउन्न वर्षकोमात्रै विशेष बयान गरिएको भए तापनि रामराज्य चाहिँ पुराकापुरा एघार हजार वर्ष चलेको थियो भनेर मान्न नसकिने होइन सकिन्छ ।
तर हामीले हेक्का राख्नैपर्छकि भगवान् श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको तथा रामराज्यलाई वास्तविक साम्यवादको कसी एवं आदर्श शासनप्रणाली मानिएको यसकारणले होइनकि उहाँले रावणलाई संहार गर्नुभयो र अरुपनि अनेकौं निशाचर राक्षसहरुलाई मारिदिनुभयो । विजयी शासक भएकै कारणलेमात्र उहाँको बखान गरिएको हो भन्ठान्नेहरु मूर्ख हुन् भन्नेकुरामा मलाई रत्तिभर शंका छैन । मार्ने काट्ने जस्ता कार्य त्यत्रो सुयशका कार्य होइनन् । नरसंहार क्षमतालाई महानता मानिने भए त तैमुर बाबर औरंगजेब जस्ता खुनीहरु पोलपोट चाउचेस्कु जस्ता जनहत्याराहरु तथा कंस रावण हिरण्यकशिपु जस्ता िहंस्रकहरु नै महान् मानिने थिए । त्यस्तो हुँदैन । भगवान् श्रीरामलाई सम्मान गर्नुको कारणलाई सही तवरमा बुझ्नु जरुरी छ । रावणबधपश्चात् उहाँले कहिल्यै शस्त्रास्त्र उठाउनुभएको पाइँदैन । रावणबध अघि उहाँले ती आततायीहरुलाई सफाया गर्नु भएको थियो जो समाजका निम्ति खिल वा ट्युमर थिए । क्यान्सरको उपचार गर्दा ट्युमर काटेकोमा डाक्टरलाई गाली गर्न मिल्दैन । रावणबधपश्चात् श्रीरामले उसका जीवित अनुयायीहरुलाई बलपूर्वक होइन आत्मिक रुपान्तरण अथवा भावनात्मक परिवर्तन बाट तिनीहरुलाई आफ्ना अनुयायी बनाउनुभयो । तब के भयो भने संसारभरि शान्ति सुव्यवस्था कायम भयो शोक सन्ताप मेटिएर सबै सुखी भए । भोक रोग भय आदिबाट समाज मुक्त भयो । त्यहाँ कोही दरिद्र थिएन सबकासब समृद्ध । आफ्नो कर्तव्य पालन गर्नबाट कोही च्यूत थिएन । चोरी ठगी गुण्डागर्दीको समस्या थिएन रामराज्यमा । मान्छेमा इमान्दारी यति थियो कि तालाचाबीको प्रचलन नै थिएन । राज्यलाई प्रहरी र सेनाको बलमा चलाइएको थिएन स्थापित नैतिक मूल्यमान्यता ले निर्देशित भएर समाज गतिशील थियो । सबै गुणवान् थिए सबै शिक्षित थिए र कसैको कसैप्रति द्रोह वैरभाव थिएन । कोही धनी र कोही गरिब हुने अहिलेकोजस्तो अन्यायपूर्ण स्थिति थिएन रामराज्यमा । कुनै विषमता थिएन । एक राजघाट थियो जहाँ भगवान् राम देखि लिएर ऋषिवर वशिष्ठ अनि ब्राह्मण क्षत्रिय वैश्य शुद्र एकसाथ स्नान गर्दथे । मजदुर पनि थिए किसान पनि थिए कर्मचारी पनि थिए तर यो विभाजन कामकालागिमात्र थियो । एउटा मजदुरले पनि त्यत्तिकै मान पाउँथ्यो जतिकि एउटा उच्चपदस्थ अधिकारीले । एउटा शुद्र पनि त्यत्तिकै संमानित थियो जतिकि एउटा ब्राह्मण । प्रत्येक मजदुर प्रत्येक किसान उत्तिनै धनी थियो जतिकि महाराजाधिराज श्रीराम ।
यसहदको समानता केबल आध्यात्मिक साम्यवाद मा मात्र सम्भव छ । माक्स्रवादी कम्युनिज्म वा प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्थामा समानता फगत् नारामा मात्रै चर्को हुन्छ काम र कुराबीचमा तालमेल हुँदैन त्यहाँ । रामराज्यमा समानता व्यवहारमै लागू भएको थियो । कम्युनिष्टहरुले भन्ने साम्यवाद यानेकि कम्युनिज्ममा आध्यात्मिकताको निषेध गरिएकाले त्यो अन्धभौतिकतावादी त्रासदीमा पतन हुने स्थिति सदा विद्यमान हुन्छ । माक्स्रवादी कम्युनिज्म न यसअघि सफल भएको छ न त भविष्यमा सफल हुने सुनिश्चितता छ । प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्थाको कुरो पनि न यसअघि सफल भएको छ न त भविष्यमा सफल हुने स्थिति नै देखिन्छ । रामराज्य त सफलतापूर्वक एघार हजार वर्ष साचालित भइसकेको छ । एकचोटी सफलतापूर्वक साचालित भइसकेको रामराज्य अर्थात् वास्तविक साम्यवाद को पक्षधर नबनेर माक्स्रवादी कम्युनिज्म प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्था आदिको पक्षधर बन्नु मूर्खता हो र दुर्भाग्यजनक हो । राम र रावणबीचको संघर्ष त्यस्ता दुई शक्तिबीचको संघर्ष थियो जसमध्ये एउटाले उज्यालोको प्रतिनिधित्व गर्नुभएको थियो र अर्कोचाहिँले अँध्यारोको प्रतिनिधित्व गरेको थियो । उज्यालोले अँध्यारोलाई परास्त गरेरै छाड्ने शाश्वतसत्य अनुरुप रामको विजयश्री त अवश्यम्भावी थियो । सोही शाश्वतसत्य अनुरुप हाम्रो विजय पनि निश्चित छ ।
हिन्दूधर्मशास्त्रहरुमा वर्णित सत्ययुग तथा रामराज्य भन्दा उत्तम प्रणाली अर्को कुनै छभने उदाहरण दिनका निम्ति म चुनौती दिन्छु । हिन्दूधर्मशास्त्रहरुमा वर्णित सत्ययुग तथा रामराज्य भन्दा उत्तम अर्को प्रणाली छँदैछैन । तसर्थ हामी यसको पक्षधर बन्नु नै सही निर्णय हो । मानव समाजलाई अहिलेकोअहिल्यै सत्ययुग तथा रामराज्य मा पुर्याउन सकिहालिन्छ भन्ने दाबी मैले गर्याछैन । तर हाम्रो लक्ष्य निर्धारण गर्नेबेलामै हामीले चाहेको व्यवस्था कस्तो भन्ने सबालमा स्पष्टताकालागि सत्ययुग तथा रामराज्य जस्तो भन्ने धारणाले हाम्रो बाटो सुगम हुनेछ भन्ठान्छु म ।
रामराज्यको एघार हजार वर्ष भनिएकोलाई विविध किसिमले बुझ्न सकिन्छ । यदि श्रीरामलाई साक्षात् ईश्वरियअवतार मान्ने हो भने उहाँ एघारहजार वर्षसम्म यस संसारमा जीवित रहेर राज्य संचालन गर्नुभएको अर्थ स्वीकार्य हुनसक्छ । यदि साक्षात् ईश्वरियअवतार नमान्ने हो भनेपनि यति कुरा नमान्नुपर्ने कुनै कारण छैनकि उहाँको मार्गनिर्देशक सिद्धान्तअनुसारको व्यवस्था एघारहजार वर्षसम्म कायम रहन सफलभएको थियो । यति लामो समयावधिसम्म सफलतापूर्वक संचालित व्यवस्था अर्को छैन ।
अहिले बिनाकुनै सोँचविचार हाम्रो धर्म संस्कृति परम्परा रिति स्थापितनैतिकमूल्यमान्यता आदिउपर जथाभाबी बकबकाउनेहरु छ्याप्छ्याप्ति पाइन्छन् । ती षठहरु भगवान् श्रीराम उपरपनि आरोप लगाइदिन्छन् । उनीहरुले आरोप लगाउने आक्षेप गर्ने आलोचना गर्ने विषयहरु सीताजी -त्यागको प्रसंग शम्बूकबधको प्रसंग आदि नै हुन् । भगवान् श्रीराम उपरपनि आरोप लगाउन बाँकी नराख्नेहरुमध्ये कतिपय पढेका मूर्खहरु छन् कतिचाहिँ श्यालहुइयाँको पछिलागेर बुझ्नुनसुझ्नु बर्बराउनेहरु छन् अनि कोही सिल्लीहरु भगवान् श्रीरामको विरोध गरेपछि कतैबाट जुठोपुरो झरिहाल्छकि भनेर बतुराउँछन् र कोहीचाहिँ भगवान् श्रीरामसँग वैरभाव राख्ने खलपात्रहरुपनि छन् । हुनपनि हो अँध्याराका पक्षधरहरु उज्यालाका संवाहक प्रति अकारणैपनि वैरभाव राख्छन् । त्यस्ता खलपात्रहरुले हामीलाई पनि आरोप लगाउने आक्षेप गर्ने आलोचना गर्ने साथै सकेको दुःखपनि दिने छन् ।
यहाँनेर एउटा कुरा स्पष्ट हुनुपर्ने छ । रामायण लगायतका हाम्रा ग्रन्थहरु यसरी लेखिएका छन् कि यिन्का सबै कथानकको अर्थ जस्ताकोतस्तै बुझ्यौंभने दिग्भ्रमित भइन्छ । त्यहाँ त लाक्षणिक अर्थ छ आध्यात्मिक रुपक छ । सीताजीको अग्निपरीक्षा सीता -त्याग तथा शम्बूकबध आदि जतिपनि प्रसंग छन् ती आध्यात्मिक रुपक हुन् । पढेका मूर्खहरु श्यालहुइयाँको पछिलागेर बुझ्नुनसुझ्नु बर्बराउनेहरु तथा खलपात्रहरु जब आध्यात्मिक रुपकको अर्थ बुझदैनन् लक्षणाहरुको भेउ पाउँदैनन् तब चिच्याउँछन् कि लौ हेर……॥ रामले सीतालाई यसो गरे ………॥ शम्बूकलाई उसो गरे ……॥ । यी सब फेशनेबल कुरा हुन् र बेतुक छन् । रामचरित्रमा एउटा पक्ष पनि त्यस्तो छैन जसका आधारमा भगवान् श्रीरामको आलोचना गरियोस् उहाँ त वास्तविक अर्थमा मर्यादापुरुषोत्तम हुनुहुन्छ । तसर्थ उहाँले देखाएको बाटो नै हो हामीले अपनाउनुपर्ने । मैले पश्चिम होइन पूर्वतिर उद्घोष गरेर त्यही पथमा आउन आह्वान गरेको छु ।
यदि तपाईं आफूलाई इमान्दार कम्युनिष्ट मान्नुहुन्छभने तपाईंको कर्तव्य हुनआउँछकि वास्तविक साम्यवादको पक्षमा अर्थात् रामराज्यको पक्षमा दह्रोसँग लाग्नोस् । म र मेरा साथीहरुले अवलम्बन गर्नथालेको बाटो नै वास्तविक साम्यवादसम्म पुग्ने बाटो हो । यदि तपाईं हामीसँग हातेमालो आउनुहुन्नभने तपाईंले आफूलाई कम्युनिष्ट भन्नु ढोँग हो पाखण्ड हो ।
यदि तपाईं आफूलाई इमान्दार प्रजातान्त्रिकसमाजवादी मान्नुहुन्छभने प्रजातान्त्रिकसमाजवादले चाहेजस्तो लोककल्याणकारी व्यवस्थापनि म र मेरा साथीहरुले अवलम्बन गर्नथालेको बाटोबाट सुनिश्चित भएकाले हामीसँग हातेमालो गर्नु तपाईंको कर्तव्य हो ।
यदि तपाईं आफूलाई लोकतन्त्रको जनतन्त्रको पक्षधर मान्नुहुन्छभने लोकतन्त्रको जनतन्त्रको सुनिश्चितताको निम्ति सबैभन्दा उत्तम प्रणाली हामीसँग भएकाले हामीसँग हाम्रो महाअभियानमा लाग्नु तपाईंको कर्तव्य हो ।
अनि तपाईं आफूलाई धार्मिक मान्नुहुन्छ भने त झन् रामराज्यको पक्ष लिनैपर्छ । किनकि धर्मले लक्षित गरेको मानव कल्याणलाई व्यावहारिकरुपमै सत्य साबित गर्ने हो भने रामराज्य नै एकमात्र साधन हो । रामराज्य को पक्षधर हुनु तथा सत्य को प्राप्तिका निम्ति जीवन समर्पित गर्नु ठूलो पुण्यको कुरा हो ।
यसरी तपाईं अहिले चाहे जुनसुकै कित्तामा रहेको भएतापनि यदि मानवताप्रति सचेत तथा इमान्दार हुनुहुन्छभने तपाईंले हाम्रो समर्थन गर्नैपर्छ र हामीलाई सहयोग गर्नु तपाईंको कर्तव्य हो ।
म मानवसमुदायलाई त्यही बाटो तर्फ त्यही जीवन तर्फ त्यही सत्य तर्फ अग्रसर गराउन चाहन्छु जहाँ मानवजीवनको सार्थकता छ ।

Tuesday, November 04, 2008
अवैज्ञानिकता अस्वीकार्य
हाम्रो सर्वाभ्युदयको उपाय के हुन सक्छ यस्तो प्रश्न मानवले उहिल्यैदेखि गर्दैआएको छ । आफ्नो उन्नति प्रगति अभ्युदयकालागि प्रयत्नशील रहनु चेतनशील मानवको स्वाभाविक प्रवृत्ति हो । आधुनिक युगमापनि सो प्रश्नको सान्दर्भिकता उत्तिकै छ । हरेक युगको मान्छेलाई आफ्नो जिन्दगीको सार्थकताको सवालले झक्झक्याइरहेको हुन्छ र हुनुपनि पर्छ । उत्तर चािहं व्यक्तिपिच्छे फरक फरक आउन सक्ने सम्भावना हुन्छ । यस स्तम्भकारले देखेको बाटो त उही हो- वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतायुक्त विज्ञान धर्म र विज्ञानको समन्वय को बाटो । उही हामीले पहिल्यैदेखि भन्दैआएको पश्चिम होईन पूर्वतिर । के छैन यसमा कुनचािहं पाटो कमजोर छ यसमा सबथोक छ प्रत्येक पाटो परिपुष्ट छ ।
खासगरी हाम्रो हित हिन्दूदर्शनको पुनरुज्जीवनमा निहीत छ यानेकि सांस्कृतिक पुनर्जागरण । धर्मको नाममा व्यापार गर्ने तथा धर्मको नाममा नेतागिरीको व्यवसाय चलाउनेहरुले हिन्दू शब्दलाई तानातान पारेर जनमानसमा यसको अर्थ नै क्षतविक्षत तुल्याएका छन् । अर्थको अनर्थ गरेपछि त ताल बिगि्रहाल्छ नि ! ठीक ठाउँमा ठीक पुर्जा फिट गरे पो इन्जिन चल्छ । जता जता मन लाग्छ त्यता त्यता जे जे मन लाग्छ त्यै त्यै फिट गरेर इन्जिन चलाए पछि दूर्घटना हुँदैन त भइहाल्छ नि । त्यस्तै हो समाज पनि । समाजका हरेक पक्ष खल्बल्याए पछि परिणाम पनि खल्बलिन्छ । विष रोपेको ठाउँमा अमृत फल्दैन । सत् बाट मात्र सत्् जन्मन्छ । जब त्यो सत्लाई बेवास्ता गरेर असत्लाई सत्को जामा पहिराइन्छ अनि गडबड हुन्छ । त्यो गडबडी हामी यत्रतत्र देख्न सक्छौं । हिन्दू शब्दलाई लगेर जोडिदिएका छन् एउटा टे्रडमार्कमा । ठिक छ यदि ट्रेडमार्कहरु बिचबाटै छान्नुपर्ने हो भने राम्रै ट्रेडमार्क छानौं न यो मेरो आग्रह । त्यो राम्रँे ट्रेडमार्क भनेको कुन त मेरो जवाफ प्रष्ट छ - महान वैदिक सभ्यताको उत्तराधिकार जुन ट्रेडमार्कमा छ त्यही । अँध्यारोबाट उज्यालोतिर असत्बाट सत् तिर मृत्युबाट अमृततिर जाने बाटो देखाएको छ जुन दर्शनले त्यही हो मेरो रोजाइ ।
धर्म वा दर्शन जस्ता भावहरुलाई भौतिक जगत्मा हाम्रा भौतिक कि्रयाकलापहरुले प्रदर्शित गरिरहेका हुन्छन् । यहाँ दोहोरो सम्बन्ध छ । दार्शनिक रुपमा हामी उच्चस्तरको हुँदा हाम्रो भौतिक स्तर पनि उच्चतातर्फ हुन्छ भन्ो भौतिक रुपमा हामी उच्चस्तरमा हुँदा हाम्रो दर्शन पनि उच्चता तर्फ लागिरहेको हुन्छ । जस्तो कि पश्चिममा जुन मात्रामा भौतिक विकास बढ्दो छ उति नै हिन्दू दर्शन प्रति आकर्षण बढ्दो छ । हामीचािहं यसै महान् दर्शनका उत्तराधिकारी भएर पनि भौतिक रुपमा किन पिछडियौं त प्रश्न गहन छ । भयो के भने नाम मात्रै ुहिन्दूु रह्यो र हिन्दू दर्शनको साक्षात्कार गर्दै नगरी केवल पाखण्ड ढोँग आडम्बरमा अल्झियौ । लेबल एउटा सामान अर्कै -अनि कसरी सही परिणाम आओस् । अब आवश्यकता के हो भने आन्तरीक तथा बाह्य दुवै तवरबाट हिन्दू दर्शन सँग हाम्रो साक्षात्कार होस् ।
हिन्दू हुन कुनै जाति विशेषमा जन्मनुले गर्दा निषेध छैन । जन्मँदा तपाईं मुसलमान वा कि्रश्चियन हुनुहुन्छ त के भो तपाईं हिन्दू हुन सक्नुहुन्छ । तपाईं जुनसुकै जात-जाति-समुदायको भए पनि हिन्दू हुन सक्नुहुन्छ । चीनिया होस् वा मंगोल होस् वा निग्रो हिन्दू हुने अधिकार सबैलाई छ । यस्तो हो सूर्यमाथि कुन चाहिँ मान्छेको बढि अधिकार छ त्यसको प्रकाश एवम् उर्जामाथि कसको बढी अधिकार छ सबैको । हो त्यसलाई उपभोग गर्न सक्नु-नसक्नु आफुमा भर पर्छ । सूर्य उदायो भने ुकु भन्ने व्यक्तिका लागी उदाउने र ुखु भन्ने व्यक्तिका लागि नउदाउने हुन्छ हुँदैन्ा । त्यही सनातन सूर्य जस्तै हो सनातन धर्म दर्शन । ुकृण्वन्तु विश्वमार्यम्ु भन्छ हाम्रो वेद । सारा विश्वलाई आर्य बनाऊ । आर्यत्व भनेको के त ुअमृतस्य पुत्राःु भनेको छ नि उस्तै हो । ुॐ असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय ।ु यही बाटो हो आर्यत्व । आर्य हुनु मानवताको सर्वाेत्तम पद हो ।
धर्मको अन्तदृ्रष्टि सहित विज्ञानलाई हामीले जीवनप्रकि्रयामा आत्मसात् नगरी सुखै छैन । धर्म मान्दै नमान्ने जमात आफ्नो ठाउँमा छँदैछ । धर्म मान्दैछौं भन्ठान्नेहरुमध्ये पनि अधिकांश धार्मिक सम्प्रदायगत ट्रेडमार्कमा रल्लिइरहेका छन् । अनि एउटा सम्प्रदाय विशेषको कुरा गर्दा पनि आ-आफ्नै तालका रितिमा अल्मलिएका देखिन्छ । अब त्यसरी नरल्लिऔं र सही बाटोमा लागौं भन्ने हाम्रो आह्वान हो । सन्दर्भलाई केन्द्रिकृत गर्दाखेरीमा सवाल कुन चािहं रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म सत्य रोज्ने कि असत्य उज्यालो रोज्ने कि अँध्यारो जीवन रोज्ने कि मृत्यु क्षणिक सुख रोज्ने कि अक्षय सुख योगवाद रोज्ने कि भोगवाद पूर्व रोज्ने कि पश्चिम निश्चित रुपमा हामी धर्मका पक्षधर हौं । हाम्रो रोजाइ असत्य होइन सत्य हो अँध्यारो होइन उज्यालो हो मृत्यु होइन जीवन हो भोगवाद होइन योगवाद हो क्षणिक सुख होइन अक्षय सुख हो र पश्चिम होइन पूर्व हो । अवैज्ञानिकता हामीलाई अस्वीकार्य छ । हाम्रालागि धर्म भनेको जीवनपद्धति हो -यस्तो जीवनपद्धति जस्लाई वैज्ञानिकताबाट पृथक् राख्न हुंदैन । अस्तु ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित
Monday, November 03, 2008
वैदिक राजनीतिका आधार
स्पेसटाइम दैनिक, वर्ष २ अंक १५३, २०५८ चैत २४ गते शनिवार, पेज नं. ४ मा प्रकाशित
वैदिक कालीन राजनीति बारेमा अध्ययन अनुसन्धानको क्रम चलिरहेको छ । संसारकै सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदको समयमा राजनीतिक प्रणाली कस्तो थियो भन्ने सन्दर्भमा हाम्रो सामुन्ने सत्ययुगको कुरा आउँछ । सत्ययुगमा मानवसमाजले समस्त अभावहरुमाथि विजय प्राप्त गरेको हुन्छ र समाज भोक रोग शोक रहित हुन्छ । त्यस युगमा राजनीतिक सीमारेखाहरुको अर्थ हुँदैन; संप्रदाय पन्थ मजहबहरुको घेराबन्दीले पनि अर्थ राख्दैन; जाति र भाषाका भेदले पनि अर्थ राख्दैन । त्यहाँ कोही मालिक र कोही दास हुँदैन कोही धनी र कोही गरिब हुँदैन कसैले कसैलाई हैकम चलाउने हुँदैन । सत्ययुगमा प्रहरी र सेनाको आवश्यकता रहँदैन; मानवसमाज स्वतः नैतिक नियममा गतिशील रहने हुन्छ । यहाँसम्मकि तालाचाबीको कुनै उपयोगिता रहँदैन; कोही चोर नै रहने छैन त किन चाहियो तालाचाबी कुनै शस्त्रास्त्रको उपयोगिता नरहने हुन्छ किनकि िहंस्रक मनोवृत्तिबाट मानवले आफूलाई मुक्त पारिसकेको स्थिति हुन्छ । सर्वत्र सुख शान्ति आनन्द । तर अथर्ववेदको समयमा परिस्थिति धेरै फरक भइसकेको देखिन्छ । यस बेलासम्म राष्ट्रको अवधारणा विकसित भइसकेको देखिन्छ र अथर्ववेदमा अनेक राजनीतिक सिद्धान्तहरुलाई स्थान दिइएको देखिन्छ । यहाँ वर्णित राज्य तथा राष्ट्र उच्च आदर्श स्तरमा रहेका छन् । वास्तवमा मानव इतिहासमा मातृभूमिको अवधारणा प्रथम पटक अथर्ववेदमै पाइन्छ । प्रसिद्ध भूमि-सूक्तले नै राष्ट्रियताको अवधारणा विकसित गराएको हो । भूमिसूक्त- १२।१ मा ऋषि पृथ्वीलाई माता र आफू स्वयंलाईचाहिँ उनको पुत्र घोषित गर्दछन्- माता भूमिः पुत्रो अहम् पृथिव्याः । राष्ट्रको अवधारणा साथसाथै राष्ट्रलाई कसरी सुदृढ बनाउने भन्ने बारेमा पनि अथर्ववेदमा बताइएको छ ।
वेद सनातन हिन्दू धर्मावलम्बीहरुको धर्मग्रन्थका रुपमा सर्वमान्य एवं विख्यात छतापनि यसको असली स्वरुपलाई स्वयं हिन्दूहरुलेनै बुझ्न नसकेको विडम्बनापूर्ण स्थिति छ । ज्ञान विज्ञान अध्यात्म धर्म संस्कृति सबैको मूल वेद हुनुले यसको महत्व स्वतः स्पष्ट छ । सामाजिक राजनीतिक एवं सांस्कृतिक दृष्टिले उपयोगी विभिन्न संस्थाहरुको मूल पनि वेदमा पाउन सकिन्छ । राष्ट्र राष्ट्ररक्षाको विविध उपाय विभिन्न शासन प्रणाली संस्था तथा सिद्धान्तहरुको उल्लेख वेदमा छ । प्रजातान्त्रिक पद्धति अनुरुप वैदिक वाङ्मयमा सभा एवं समिति जस्ता संस्थाहरुको व्यवस्था छ । आर्थिक नीतिसिद्धान्तका बारेमा पनि वेदले मार्ग निर्देशन गरेको छ । जीवनलाई राष्ट्रको सम्पत्ति सम्झेर कार्य गर्न वेदमा प्रेरणा दिइएको छ । भनिएको छकि एक राष्ट्रका रुपमा पृथ्वी अनेक जाति अनेक भाषा-भाषी तथा विभिन्न समुदायसम्प्रदायका व्यक्तिहरुलाई एकै घरको समान भरण पोषण गर्दछिन् । अथर्ववेदकालीन राज्यमा पाँच प्रकारका प्रजा रहेको बुझिन्छ - ब्राह्मण क्षत्रिय वैश्य शुद्र र निषाद । यी सबै पृथ्वीकै सन्तान भएकाले सबैलाई समान अधिकार प्राप्त हुने कुरा अथर्ववेदमा बताइएको छ । अथर्व। १२।१।१५ राष्ट्रमा उँच-नीचको भेद नभएर मित्रता र एकताको भाव होस् । अथर्व। १२।१।२ पारस्परिक फूट कहिल्यै नहोस् । अथर्व। ३।८।१ संगठन सौमनस्यको विस्तार होस्; मिलिजुलि विचार विनिमय होस्; परस्पर सम्पर्क बढाऔं र सबको मन समान होस् । अथर्व। ६।६४।१ सभा कर्म र चित्त सब समान होस्; सब एकताबद्ध भएर कार्य गरौं । सभा समिति सेना र कोशलाई उन्नत बनाउनु प्रजाको कर्तव्य हो किनकि यी राष्ट्रको उन्नतिका साधन हुन् । अथर्व। १५।९।१-२
अथर्ववेद कालमा शासनका विविध प्रणालीहरु प्रचलित रहेका थिए । सम्राट-पद्धति अनुसार सम्राटको आज्ञानै सर्वमान्य हुन्छ । राजा वा सम्राटका लागिपनि नैतिक नियमहरु हुन्छन् र उसले त्यही आधारमा शासन गर्दछ । राजाले प्रजाको रक्षा गर्नु राष्ट्रको उन्नति प्रगति गराउनु र दुष्टहरुलाई दण्ड दिनु पर्दछ । भनिएको छकि आफ्नो दण्ड विधानले नै राजा प्रतापी हुन्छ । अथर्व। ४।८।१ राज्य-शासनकालागि राजा नै सर्वशक्तिमान हुने यो पद्धतिका अलावा अन्य पद्धतिहरु पनि रहेको देखिन्छ । जस्तोकि विराट पद्धतिमा राजा हुँदैनन् र जनता सर्वसम्मति या बहुमतका आधारमा आफ्नो फैसला गर्दछन् । यस पद्धतिमा जो सामुहिक निर्णय हुन्छ त्यहीनै मान्य हुन्छ । स्वराट् पद्धतिमा केन्द्रीय शासन हुन्थ्यो । अथर्ववेदमा स्वतन्त्र राजाकोलागि स्वराट् शब्द प्रयोग गरिएको छ जो आफ्नो तेजस्विताका कारण निर्वाचित हुन्छ । अथर्व। २०।११३।२ जनता यस्तो व्यक्तिलाई चयन गर्दछन् जो इंद्र अर्थात् ऐश्वर्ययुक्त होस् । वृत्र अर्थात् पापी÷अज्ञानी व्यक्तिलाई राजा बनाउने उनीहरुको चाहना हुँदैन । अथर्व। १२।१।३७ प्रजापालक राजानै इष्ट हुन्छ । अथर्व। ४।२२।२३ यस प्रणालीमा जनताका प्रतिनिधि सभा र समितिमा जान्छन् र केन्द्रीय सभा तथा समितिमा उनीहरु राज्य सम्बन्धी नियमहरु बनाउँछन् । यसमा जनताका प्रतिनिधिले राष्ट्रमा शासन गर्ने हुनाले यसलाई जनतंत्र राज्य पनि भनिन्छ ।
राज्यको आयको साधनका सम्बन्धमा पनि अथर्ववेदमा चर्चा गरिएको छ । आयको सोह्र भागको एक भाग करको रुपमा लिइन्थ्यो । कर कति लिने भन्ने कुराको निर्धारण प्रजा तथा प्रजाका प्रतिनिधिहरुले गर्दथे । जनताले राज्यलाई दिनुपर्ने कर छल्ने अहिलेको जस्तो विकृति त्यतिखेर थिएन किनकि कर दिनु पुण्यदायक कार्य मानिन्थ्यो । यसको संकेत अथर्ववेद ३।२९।३ मा पाइन्छ । करबाट प्राप्त धनको उपयोग जनताको पालनकालागि आक्रमणकारीहरुबाट रक्षाकालागि तथा राज्यको संचालनकालागि गरिन्थ्यो । अथर्व। ३।२९।१ राष्ट्रको रक्षाकालागि सेनाको आवश्यकता हुने भएकाले सेनाको व्यवस्था गरिएको र सेनाका २१ प्रकार बताइएको छ । त्यतिबेला सेनामा पुरुषका साथसाथै महिला पनि रहने गरेको बुझिन्छ । अथर्ववेद २।३।१ मा इन्द्रलाई र १।२७।४ मा इन्द्राणीलाई सेनापतिका रुपमा उल्लेख गरिएको छ । सामान्यतया युद्धलाई ठीक मानिएको छैन तर कसैले आक्रमण गरेमा प्रत्याक्रमण गर्न भनिएको छ । जीवनलाई राष्ट्रको सम्पत्ति सम्झेर कार्य गर्न वेदमा प्रेरणा दिइएको र राष्ट्र-रक्षाकालागि राजा र प्रजा समानरुपेण उत्तरदायी भएको देखिन्छ । सबैको कल्याण गर्ने भावना सत्यको आत्मसातता पदार्थहरुको यथार्थ ज्ञान प्राप्त गरी प्राकृतिक नियमहरुको ठीक-ठीक पालना आस्तिकता धर्ममय आचार-व्यवहार वैदिक राजनीतिका आधारका रुपमा स्पष्टसँग देख्न सकिन्छ । अस्तु ।