Monday, December 29, 2008

 

भविष्यवाणी सूरदासजीको

स्पेसटाइम दैनिक, वर्ष १ अंक ३४६, २०५८ असोज २७, शनिवार, पेज नं. ६ मा प्रकाशित
जब अमेरिकामाथि अनपेक्षित तबरले आतङ्ककारी आक्रमण भयो र विश्व घटनाक्रम युद्धोन्मुख हुनथाल्यो तबदेखिनै समाचार माध्यम तथा विभिन्न व्यक्तिहरुको ध्यान नास्त्रेदमसको भविष्यवाणी तर्फ पनि मोडियो । "ए नास्त्रेदमसको भविष्यवाणीमा यस्तो लेखेको छ अरे ………॥ उस्तो लेखेको छ अरे …………। त्यसमा लेखेजस्तै घटना ट्वाक्कै मिल्यो अरे" भन्ने चर्चा सुन्न/पढ्न पाइन्छ । यद्यपि त्रासदीपूर्ण घटना भोग्नुचाहिँ पटक्कै रमाइलो कुरो होइन; तथापि अहिले भइरहेका घटना बारेमा पहिल्यै लेखिएको पाइनु अवश्यै रमाइलो पठनीय कुरा हो । त्यसकारण संसारभरि जति पनि भविष्यवक्ताका भविष्यवाणीहरु हामी मानव समुदायसँग अहिले उपलब्ध छन् ती सबै प्रकाशित हुनु पर्दछभन्ने मलाई लाग्छ । तर अन्य क्षेत्रमा जस्तै नै सूचना तथा साचारको क्षेत्रमा पनि विडम्बनापूर्ण स्थिति कायम छकि कमैमात्र मानिसहरुको कब्जामा छ यो क्षेत्र पनि । त्यसोहुँदा हामीलाई अमेरिका-युरोपको घटना त उत्तिखेरै थाहा लाग्छ तर आफ्नै गाउँको खबरको पत्तोफाँट हुँदैन । रेडियो, टी. भी., पत्रिका, इन्टरनेट आदिमा आम जनताको पहुँच सीमित छ र ती सुविधा उपयोग गर्नेहरुकालागि पनि विदेशका जानकारी जति बढी मात्रामा प्राप्य छन् त्यसका तुलनामा हाम्रा आफ्ना कुरा त छँदैछैनन् भने पनि हुन्छ । यसको दुस्परिणाम स्पष्टसँग देख्न सकिन्छ कि यहाँ हरेक सन्दर्भमा आफ्नाभन्दा अर्काका कुरा बढी जान्ने लालबुझक्कडहरु छ्यास्छ्यास्ति भेटिइन्छन् । यस्ताहरुलाई नै व्यंग्य गरेर एकजना व्यंग्यकारले संस्कृतमा लेखेका छन् नि : "आंग्लानाम् को तु राजा कति बारं व्यमूत्रयत् इति सर्वम् विजानाति नजानाति स्वकम् गृहम्" । वाह क्या गजबको व्यंग्य छ !
साँच्चै नै मेडियाको विकास अनुसार सबैको समान सहभागिता हुन नसक्नाले स्थिति गरीब तथा अल्पविकसित देशका अधिकांश जनताकालागि झनै विडम्बनायुक्त हुनसक्ने देखिएको छ । अब यही भविष्यवाणीकै सन्दर्भमा कुरा गरौं न; नास्त्रेदमसको भविष्यवाणी त मेडियामा उपलब्ध छ तर भविष्यपुराणका बारेमा नाममात्र चर्चा पनि छैन । हो अन्यत्रका कुरा थाहा पाउनु राम्रो हो; तर आफ्नै पुर्खाले लेखिछाडेका भविष्यपुराणमा के लेखेको छ कस्ता कस्ता भविष्यवाणी गरिएका छन् भन्नेबारेमाचाहिँ फिटिक्कै थाहा नपाउनु हामी नेपालीहरुका निमित्त निश्चित रुपमा विडम्बनायुक्त स्थिति हो । "गाउँको जोगी भातमारा देशको जोगी सिद्ध" भन्ने पुरानो उखानले व्यंग्य गरे झैं तथा "बत्तीमुनि अँध्यारो" भन्ने उखानले बताएझैं हाम्रा महान् पुर्खा ऋषि-महर्षि सन्त-महन्त सिद्ध-महात्माहरुले भनिछाडेका कुरातर्फ हाम्रो ध्यान कम जानु अथवा श्रद्धा नहुनु हाम्रो दुर्भाग्य हो । यस्तो स्थिति कायम नरहोस् र आफ्ना यशस्वी पुर्खाका कृतिप्रति हामीले न्याय गर्नैपर्दछ भन्ने मेरो आग्रह हो ।
भविष्यपुराण त यति विशद् छकि त्यसको चर्चा यो एउटा लेखमा गरेर साध्य नै छैन । तसर्थ म यहाँ भविष्यपुराणको बारेमा यतिमात्र भन्छुकि त्यस ग्रन्थ पढ्ने अवसर पाउने व्यक्ति त्यसमा गरिएका भविष्यवाणी पुराकापुरा मिलेको देखेर ती महान् ऋषिहरु साँच्चैनै त्रिकालदर्शी रहेछन् भन्नेमा विश्वस्त हुनेछ । अस्तु यसलाई यत्तिकैमा बिट मारेर यहाँ म एकजना प्रातःस्मरणीय सन्तको भनाइ अगाडी राख्न चाहन्छु । सन्त सूरदासजीको भनाइ हो यो -
सं दो हजारके उपर ऐसा जोग परै
अकाल मृत्यु जगमािहं व्यापै परजा बहुत मरै
उत्तर दक्षिण पूरब पश्चिम चहुँ दिशि काल परै
सहस वर्ष लग सतयुग व्यापै सुखकी दशा फिरै
स्वर्णफूल पृथ्वी फूले धर्मकी बेल चढै
काल ख्यालसे वही बचेगा जो सद्गुरु ध्यान धरै
सूरदास हरिकी यह लीला टारे निहं टरै ॥
यसरी सूरदासजीले लेखिछाड्नु भएको छकि इस्वीसंवतको दुई हजार वर्ष बितेपछि संसारभरि अकाल मृत्युको जोग परेको छ जसका कारण धेरै मानिसहरु मारिनेछन् । अर्थात् युद्धको ठूलो त्रासदी विश्व समुदायले भोग्नु पर्ने स्थिति । यस्तो सन्त्रासमय बेलामा त्यही व्यक्तिमात्र सार्थक जीवन बाँच्न सक्नेछ जसलेकि सद्गुरुको साथ पाउनेछ । यहाँ सद्गुरु भनेर निश्चय नै त्यस्तो गुरुलाई भनिएको छ जसले संसारलाई आध्यात्मिक एवं भौतिक दुबैतहमा उच्चतातर्फ दिग्दर्शित गर्न सक्दछ र सत्ययुगका आदर्शले दिग्दर्शित प्रणालीको निमित्त जीवन अर्पण गर्दछ । यस्तो सद्गुरुको साथ लिने मानव समुदायका कारण एक हजार वर्षका लागि पुनः धर्मको विजय हुने र सत्ययुग आउने सन्त सूरदासजीको भविष्यवाणी छ । भगवान्को यो लीला टारेर टर्दैन भन्ने उहाँको ठोकुवा छ । यहाँ सूरदासजीले प्रथमतः अहिले हामी रहेको समयमा मानव समाजले भोग्नु पर्ने त्रासदी बारेमा सचेत पार्नु भएको छ; दोस्रो कुरा चाहिँ उहाँले यस अन्धकारको बेलामा बचावटको उपाय उपाय सुझाउनु भएको छ र तेस्रो झन् महत्वपूर्ण कुरा छकि उहाँले मानव समाजमा सत्ययुगको आदर्शले दिग्दर्शित नेतृत्व तथा प्रणालीको निमित्त समय आएको छ भन्नेमा हामीलाई आश्वस्त पार्नु भएको छ ।
पाठकवृन्द ! यसै पत्रिकाको यही ठाउँमा अघिल्ला विभिन्न अङ्कमा मैले मानव समाजमा सत्ययुग एवं रामराज्यले दिग्दर्शित गरेअनुरुपको नेतृत्व तथा प्रणालीका बारेमा लेखेको थिएँ भन्नेकुरा स्मरण गराउन चाहन्छु र साथमा के कुरा थप्न अनुमति चाहन्छुभने सन्त सूरदासजीको सम्मतिले हाम्रो धारणालाई अझ सुदृढ पारेको छ । स्पष्ट शब्दमा भन्नुपर्दा संसारमा अहिले दृष्टिगत भइरहेको धर्मको क्षय क्षणिकमात्र हो र केही समयपछि नै पुनः धर्मपताका दिग्विजयी हुँदै निर्बाध फर्फराउनेछ । स्वयम् भविष्यपुराणको भविष्यवाणी अनुसार पनि अहिले केही समय सत्यलाई असत्यले नेपथ्यमा पारेको छ तापनि असत्यको पराजय अवश्यम्भावी छ । भविष्यवाणीलाई पत्याउने र नपत्याउने दुबै अधिकार व्यक्ति स्वयंसँग छ । त्यसोहुँदा कसैले भविष्यपुराणलाई पत्याएन भने अथवा मैले माथि चर्चा गरेको सन्त सूरदासजीको भनाइलाई पत्याएन भने त्यस व्यक्तिलाई मेरो तर्फबाट कुनै थप जिरह गरी गरी विश्वास दिलाउने आवश्यकता मैले देखेको छैन । अँ, जसलाई सनातन हिन्दू धर्ममा आस्था छ; जसलाई महान् ऋषि-महर्षि सन्त-महन्त सिद्ध-महात्माहरुले बताएको कुराप्रति विश्वास छ; उहाँहरुलाईचाहिँ मेरो अनुरोध छकि हामीले निराश बन्नुपर्ने आत्तिनुपर्ने हतोत्साहित हुनुपर्ने अबस्था छैन । यो बेला त संक्रमणकालीन अवस्था हो र हामीले ठीक बाटो अवलम्बन गर्न सकेमा यसअघि कहिल्यै हासिल नभएको उपलब्धि प्राप्त हुनेवाला छ । एउटा सुन्दर भविष्यले हाम्रो वर्तमान बन्नकालागि हामीलाई आमन्त्रण गर्दैछ । बेलाको बोली चिनेर त्यसलाई स्वागत गर्न सकौं भन्ने मेरो आग्रह छ । अहिले विश्वभरि देखापरेका िहंसा संघर्ष युद्ध उथलपुथल आदिको नराम्रो पक्षमात्र हामी नहेरौं; किनकि यसभित्र पनि सकारात्मक चीजको बीउ छ - त्यो के भने यी िहंसा संघर्ष युद्ध उथलपुथल आदि त मानव मनका आन्तरिक उथलपुथलका बाह्य प्रकटीकरण हुन् र यसले प्रष्ट पार्दछकि मानव समुदायले अब ठूलै परिवर्तन चाहेको छ । तर सद्गुरुको दिग्दर्शन नपाएका हुँदा प्रायजसोको परिणाम नकारात्मक हुन पुगेको छ । सन्त सूरदासजी त्यहीकारणले त भन्नुहुन्छ : "काल ख्यालसे वही बचेगा जो सद्गुरु ध्यान धरै" । अस्तु ।

Wednesday, December 10, 2008

 

इतिहासको शुद्धिकरण

स्पेसटाइम दैनिक, वर्ष २ अंक ३४, २०५८ मंसिर २३, शनिवार, पेज नं. ४ मा प्रकाशित
आर्यहरुकालागि निक्कै महत्व राख्ने उपलब्धि हासिल भएको सन्दर्भमा यसपालि हाम्रो चर्चा केन्द्रित छ । तर कुरोको चुरोमा पुग्नुअघि केही चर्चा आवश्यक छ ।
मानव सभ्यताको विकास कहाँ र कसरी भयो भन्नेबारेमा मतभिन्नताहरु कायमै छन् । सृष्टिको प्रारम्भ कहाँ भएको थियो भन्ने सवालको सर्वमान्य जवाफ पनि अहिलेसम्म अघि आएको छैन । त्यसैगरी भारतवर्षको इतिहास सम्बन्धमा पनि धेरै विवादहरु कायमै छन् । भारतवर्ष सृष्टिको प्रारम्भ भएको महान् भूमि हो र आर्य यहाँका मूलवासी एवं आदिवासी हुन् भन्ने एउटा मत छभने अर्कोचाहिँ आर्यहरु अन्यत्रबाट यहाँ प्रवेश गरेका र यहाँका मूलवासीहरुलाई लडाइँमा जितेर आफ्नो सभ्यता विकास गरेका हुन् भन्ने मत छ । स्पष्ट शब्दमा भन्नुपर्दा सनातन-हिन्दूधर्मका प्राचीन ग्रन्थमा बताइए अनुसार नै हिन्दू धर्मावलम्बीहरु साथै गैर-हिन्दू भएतापनि इमानदार विद्वानहरु के विश्वास गर्छन्भने आर्यहरु भारतवर्षमा कतै बाहिरबाट आएका होइनन् आर्यको जन्मभूमि यही हो । अर्कातिर यस्ता व्यक्ति तथा संस्थापनाहरु छन् जसको उद्देश्य नै भारतवर्षको इतिहास विकृत गर्नु र जसरी हुन्छ हिन्दू-आर्यहरुलाई अपमानित गर्ने दुस्प्रयास गर्नु रहेको छ । निक्कै रोचक कुरा छकि इसाई-मिसनरी, पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरु यस सम्बन्धमा एउटै स्याल-हुइँयामा रमाउँछन् । इसाई-मिसनरी, पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरुको साझे योगदानले भारतवर्षको ऐतिहासिक तथ्यको दोहोलो काडिएको छ । विश्वका अन्य देशका त के कुरा भारत जस्ता देशमा पनि शैक्षिकक्षेत्रमा इसाई-मिसनरी, पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरुले वर्षौं देखि फैलाउँदै आएको स्याल-हुइयाँकै दबदबा छ । हाम्रो देश नेपाल यद्यपि कहिल्यै कसैको उपनिवेश नभएकोमा हामी गर्व गर्छौं तापनि यसबाट मुक्त छैन । फगत् औपचारिक-कागजे-प्रमाणपत्र कमाउने यानेकि पहिले आफू पुरा मुर्ख बनिसकेर अनि अरु थुप्रैलाई मुर्ख बनाउनमा जीवन व्यतित गर्ने प्रमाणित-विद्वान महोदयहरु नै विश्वविद्यालय लगायतका शिक्षानीति निर्धारण गर्ने सम्पूर्ण स्थानमा आसीन भएको अहिलेको अवस्थामा हाम्रो देशमा त्यस्तो स्याल-हुइयाँबाट मुक्त हुनुपर्छ है भन्ने सोंचमात्रैपनि कहिले विकसित हुने हो भविष्यकै गर्भमा छ । तर भारतमा डा. मुरलीमनोहर जोशी जस्ता सत्पात्र मानव-संसाधन विकास मन्त्रालयमा आसिन हुनासाथ भारतवर्षको इतिहासलाई भ्रष्टीकरणबाट मुक्त गर्ने र वास्तविक ऐतिहासिक तथ्यलाई पाठ्यक्रममा राख्ने कार्य आरम्भ भएको छ । एउटा व्यक्ति यदि आफ्नो जिम्मेवारीप्रति इमान्दार र आफ्नो निष्ठामा अविचलित रह्योभने उसले पाएको अवसर सारा समाजका निमित्त हितकारी हुन सक्दोरहेछ भन्ने तथ्यको उदाहरण डा। जोशीजी हुनुभएको छ । यद्यपि जसरी हिजो भारतवर्षको इतिहास तोडमरोड एवम् भ्रष्टीकरण गर्ने बेलामा इसाई-मिसनरी पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरु एकगठ भएका थिए उसरीनै भारतमा सेकुलरको खोल ओडेका पाखण्डीहरु आज डा। मुरलीमनोहर जोशीको विरुद्धमा एकजुट भएका छन् । यदि तिनीहरु असफल भएभनेमात्र भारतवर्षको इतिहासको वास्तविक तथ्य प्रकाशित हुनेछ र त्यसको सकारात्मक असर नेपालमा पनि अवश्य पर्नेछ ।
खासगरी उन्नाइसौं शताब्दीको मध्यतिरबाट मानवजातिको ऐतिहासिक अध्ययनमा निक्कै ठूलो मात्रामा गडबडी गरिएको छ । रोयल एशियाटिक सोसाइटीको जन्मसँगै भारतवर्ष हिन्दू धर्म एवम् आर्यका इतिहासमा भ्रष्टीकरण गर्ने कार्य तिनीहरुले योजनाबद्ध तबरले अघि बढाए । त्यो संस्था भारतवर्षीय इतिहास संस्कृति आदिको गलत व्याख्या गर्ने विशेष उद्देश्यका साथ जन्माइएको थियो । यसलाई भारतीय इतिहास र संस्कृतिको अध्ययन-अनुसन्धान गर्ने काम सुम्पिइएको थियो र यसकोलागि खर्चचाहिँ बेहोथ्र्याे - इष्टइण्डिया कम्पनीले । हजुर, त्यही इष्टइण्डिया कम्पनी जसले भारत माथि कब्जा जमाएर यसलाई बेलायतको उपनिवेश बनाएको थियो ।
जतिखेर भारतवर्षीय सभ्यता संस्कृति एवं गौरवसँग इष्र्यालु पश्चिमाहरुले रोयल एशियाटिक सोसाइटी मार्फत् तथा मेकालेको कुख्यात शिक्षानीति मार्फत् कपटी चाल चलेका थिए- त्यतिखेर दुर्भाग्यवश त्यसको सशक्त प्रतिकार गर्ने स्थितिमा हिन्दू-विद्वानहरु भएनन्। अनि उनीहरुको झुट्टा कुरा स्थापित गराइयो । पछि भारतबाट अंग्रेज तथा इसाई मिसनरीहरुको दबदबा घटेतापनि दुर्भाग्यपूर्ण स्थिति कायमै रह्यो किनभने शैक्षणिक संस्थानमा कि त कम्युनिष्टहरुको हालीमुहाली चल्यो अथवा सेकुलरको बर्को ओडेका कांग्रेसीहरुको रजाइँ रह्यो -जसले भोटको लोभले धार्मिक-अल्पसंख्यकहरुलाई अनावश्यक हदसम्म बुई चढाए । खास गरी सन् १९६९मा जब कांग्रेस पार्टी विभाजित भयो र सत्तामा जमिरहनकालागि श्रीमती इन्दिरा गान्धीलाई कम्युनिष्टहरुको समर्थन नभइ नहुने स्थिति आइपर् यो तब श्रीमती गान्धीले कम्युनिष्टहरुसँग लेनदेन गरीन् - परिणाम स्वरुप शैक्षणिक संस्थानमा कम्युनिष्टहरुलाई असाध्य हाबी गराइयो । शिक्षाको बागडोर प्रोफेसर नुरुलहसन जस्ता व्यक्तिका हातमा भएको अवसरलाई पुरा दुरुपयोग गर्दै कम्युनिष्टहरुले भारतवर्षीय इतिहासलाई स्टालिनको आँखाबाट हेरेर यहाँको प्राचीन इतिहास संस्कार संस्कृति तथा सामाजिक तथ्य आदिलाई अपव्याख्या गर्नसम्म गरे । पहिले बंग्याइएका कुरा सच्याउनु पर्नेमा उल्टै झन् नयाँ-नयाँ गलत कुराहरु पाठ्यपुस्तकमा समावेश गराए कम्युनिष्टहरुले । त्यसरी भारतवर्षको इतिहास तोडमरोड एवम् भ्रष्टीकरण गर्ने कार्यमा इसाई-मिसनरी पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरुको अस्वाभाविक गठबन्धन रहेको देखिन्छ ।
अहिलेपनि अरु देशका त के कुरा भारत पाकिस्तान बंगलादेश देखिलिएर नेपालमा समेत गलत तथ्य पढाइँदै छकि आर्य भनेको एउटा जाति-विशेष हो; यो भारतवर्षमा अन्यत्रबाट आएको जाति हो; आर्य अर्थात् आजका हिन्दूका पुर्खाहरु सिन्धुघाटीबाट प्रवेश गरेका घुमन्ते लडाकाहरु थिए आदि आदि । इतिहासप्रतिको यहाँभन्दा ठूलो गद्दारी शायदै भेटिएला । तर अब सधैं यस्तै चलिरहनेवाला चाहिँ निश्चय नै छैन । जस्तोकि माथि प्रसंग आइसकेको छकि भारतवर्षको इतिहासलाई भ्रष्टीकरणबाट मुक्त गर्ने र वास्तविक ऐतिहासिक तथ्यलाई पाठ्यक्रममा राख्ने कार्य प्रारम्भ भइसकेको छ । यसै परिप्रेक्ष्यमा थुप्रै विद्वान, पुरातत्वशास्त्री, इतिहासकार, नृ-शास्त्री अनुसन्धान अन्वेषण तथा आविष्करण कार्यमा दत्तचित्त भइरहेका छन् । यसक्रममा यसअघि दबाइएका तथ्यहरु पनि उद्घाटित हुँदैछन् । नयाँ-नयाँ तथ्यहरु प्रकाशित भइरहेका छन् । यस लेखको शुरुमै भनिएको कुरोको चुरो यहीँनेर छ ।
हालै प्रकाशित तथ्यानुसार हरप्पाको सभ्यता यसअघि धुवाधार तवरले प्रचारित गरिएझैं गैर-आर्य-सभ्यता नभएर आर्य-सभ्यता हो । अलिगढ मुस्लिम विश्वविद्यालयका विद्वान प्रोफेसर एम. डी. एन. साहीले इण्डियन काउ_िन्सल अफ हिस्टोरिकल रिसर्च अन्तर्गत गरेको अन्वेषणबाट यो तथ्य प्रकाशित भएको हो । साथै केपनि प्रकाशित भएको छभने हरप्पाको सभ्यता भन्दापनि पुरानो प्रारम्भिक सभ्यता उत्तर प्रदेशमा रहेको थियो- जसको विकसित स्वरुप नै हरप्पाको सभ्यता रहेछ । यसरी नयाँ तथ्य प्रकाशित भएपछि यसअघि गढिएका काइते इतिहासको आधारमा पहिरो गएको छ । किनकि नव-प्रकाशित तथ्यले आर्य अर्थात् आजका हिन्दूका पुर्खाहरु सिन्धुघाटीबाट प्रवेश गरेका घुमन्ते लडाकाहरु थिए; भारतवर्षमा बाहिरबाट आएका आक्रमणकारी थिए भन्नेजस्ता इसाई मिसनरी तथा कम्युनिष्टहरुका दाबीलाई खुइल्याइदिएको छ । हरप्पाको सभ्यता आर्य-सभ्यता भएको एवम् हरप्पा-सभ्यता भन्दापनि पुरानो सभ्यता उत्तर प्रदेशमा रहेको र त्यसैको विकसित स्वरुप नै हरप्पा भएको तथ्य प्रमाणित हुनाले अब स्पष्ट भएको छकि आर्य भारतवर्षका मूलवासी-आदिवासी हुन् र मानव सभ्यता यहीँबाट प्रारम्भ भएर क्रमशः पश्चिमतर्फ सर्दै गएको हो । हिन्दूहरुका निमित्त यस उपलब्धिको ठूलो महत्व छ । तसथ्र लेखको शुरुमै आर्यहरुकालागि निक्कै महत्व राख्ने उपलब्धि हासिल भएको भनिएको हो । यस्ता अध्ययन अन्वेषण अनुसन्धान नेपाली-भूमिमा पनि हुनु जरुरी छ र यदि हुनसकेमा त्यसको परिणाम हाम्रालागि यशस्कर हुने निश्चित छ ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

This page is powered by Blogger. Isn't yours?