Thursday, January 21, 2010
रामराज्य
रामराज्यको चर्चा गर्दा भनिन्छ कि भगवान् श्रीरामले शासकका रुपमा एघार हजार वर्षसम्म राज्य गर्नुभयो । यसको अर्थ के हो भने उहाँले बनाउनुभएको नियमानुसारको लोककल्याणकारी राज्यव्यवस्था जम्मा एघार हजार वर्षसम्म प्रभावी रह्यो र त्यसपछि मानव समाजको दुर्भाग्यले त्यसको ठाउँमा अन्यप्रकारका राज्यव्यवस्थाहरु अगाडी आए । त्यो वास्तविक साम्यवादको आयु एघार हजार वर्षमात्रै रहनुले मानवसमाजको लागि निराशाको संचार हुनुपर्ने म देख्दिनँ । त्यो प्रणाली त एक उत्तम आदर्शका रुपमा रहेर हामीलाई निरन्तर यात्रारत रहन प्रेरणा प्रदान गर्ने चीज भएको छ । अझैसम्म पनि लोककल्याणकारी राज्यको सर्वाधिक सफल स्वरुप रामराज्य नै हो । अब त झन् नयाँ किसिमबाट रामराज्यको सिको गरेर यसलाई अझ उत्तम बनाउन सकिन्छ । भगवान् श्रीरामको पालाकै जस्तो हुबहु अपनाउने कुरा असंभव छ । हामीले त्यसलाई त उदाहरण वा जाँचपरख गर्ने कसीका रुपमा स्वीकार गरेका हौं यानेकि कस्तो भन्ने सवाल आउँदा रामराज्य जस्तो भन्ने धारणा प्रष्ट होस् भन्ने हामीले चाहेकाछौं ।
अहिले बिनाकुनै सोँचविचार हाम्रो धर्म संस्कृति परम्परा रिति स्थापित नैतिकमूल्यमान्यता आदिउपर जथाभाबी बकबकाउनेहरु छ्याप्छ्याप्ति पाइन्छन् । ती षठहरु भगवान् श्रीराम उपरपनि आरोप लगाइदिन्छन् । उनीहरुले आरोप लगाउने आक्षेप गर्ने आलोचना गर्ने विषयहरु सीताजी -त्यागको प्रसंग शम्बूकबधको प्रसंग आदि नै हुन् । भगवान् श्रीराम उपरपनि आरोप लगाउन बाँकी नराख्नेहरुमध्ये कतिपय पढेका मूर्खहरु छन् कतिचाहिँ श्यालहुइयाँको पछिलागेर बुझ्नुनसुझ्नु बर्बराउनेहरु छन् अनि कोही सिल्लीहरु भगवान् श्रीरामको विरोध गरेपछि कतैबाट जुठोपुरो झरिहाल्छकि भनेर बतुराउँछन् र कोहीचाहिँ भगवान् श्रीरामसँग वैरभाव राख्ने खलपात्रहरुपनि छन् । हुनपनि हो अँध्याराका पक्षधरहरु उज्यालाका संवाहक प्रति अकारणैपनि वैरभाव राख्छन् । त्यस्ता खलपात्रहरुले हामीलाई पनि आरोप लगाउने आक्षेप गर्ने आलोचना गर्ने साथै सकेको दुःखपनि दिने छन् ।
यहाँनेर एउटा कुरा स्पष्ट हुनुपर्ने छ । रामायण लगायतका हाम्रा ग्रन्थहरु यसरी लेखिएका छन् कि यिन्का सबै कथानकको अर्थ जस्ताकोतस्तै बुझ्यौंभने दिग्भ्रमित भइन्छ । त्यहाँ त लाक्षणिक अर्थ छ आध्यात्मिक रुपक छ । सीताजीको अग्निपरीक्षा सीता -त्याग तथा शम्बूकबध आदि जतिपनि प्रसंग छन् ती आध्यात्मिक रुपक हुन् । पढेका मूर्खहरु स्यालहुइयाँको पछिलागेर बुझ्नुनसुझ्नु बर्बराउनेहरु तथा खलपात्रहरु जब आध्यात्मिक रुपकको अर्थ बुझदैनन् लक्षणाहरुको भेउ पाउँदैनन् तब चिच्याउँछन् कि लौ हेर……॥ रामले सीतालाई यसो गरे ………॥ शम्बूकलाई उसो गरे ……॥ । यी सब फेशनेबल कुरा हुन् र बेतुक छन् ।
हाम्रा धर्मशास्त्रका संदर्भमा कुनैकुराको निर्णय लिनुअघि हामी निकै सचेत हुनुपर्छ । हामीलाई थाहा छ कि हाम्रा धर्मशास्त्रहरुलाई श्रुति स्मृति भनिन्छ । यसो किन भनेको त जो श्रवण परंपराबाट चल्दैआयो त्यो श्रुति हो । जो स्मरणका आधारमा निरन्तरता पाउनेवाला हो त्योचाहिँ स्मृति हो । यी शब्दहरुले वैदिक शिक्षाप्रणालीबारेमा राम्ररी बताउँछन् । प्राचीन शिक्षापद्धतिमा ज्ञानको पुस्तादरपुस्ता हस्तान्तरण गर्दा कुनै लिखित दस्तावेजको जरुरत पर्दैनथ्यो किनकि गुरु शास्त्रको प्रकाण्ड ज्ञाता हुन्थ्यो र उसलाई शास्त्र कण्ठस्थ हुन्थ्यो । गुरुले चेलालाई प्रदान गरेको शिक्षा चेलाले उत्तिकै प्रामाणिकतवरमा कण्ठस्थ पारेको हुन्थ्यो र अर्को पुस्तामा हस्तान्तरण गथ्र्यो । यसरी श्रवण तथा स्मरणको परंपराबाट शास्त्रहरु पुस्तौं पुस्तासम्म निर्बाधरुपमा जान्थे । समयक्रममा त्यो महान् गुरुकुलीय शिक्षापद्धति क्षीण हुँदैगयो । यसरी क्षीण हुने क्रममा शनैः शनैः शास्त्रका स्वरुपमा पनि विकृति आउने संभावना रह्यो । खासगरी भारतवर्षमा बाहिरबाट बारम्बार आक्रमण भइरहने भएकाले समाजको अमनचैन खल्बलिइरहने स्थिति थियो । युद्धका कारण गुरुकुलको व्यवस्थापन ठीक नहुने र त्यसक्रममा शास्त्रको पठनपाठन चल्न नसक्ने हुँदैजाँदा शास्त्रनै विलुप्त हुने खतरा महशुश गरिएपछिचाहिँ शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता बोध भयो । विद्वानहरुले देखेकि नयाँपुस्तामा स्मरणशक्ति ह्रासोन्मुख छ । यसकारणपनि शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता झन् महशुश गरिएको थियोहोला । जे होस् तब लिखित स्वरुपमा आए हाम्रा धर्मशास्त्रहरु । श्रुति स्मृतिको परम्पराबाट लेखन परम्परासम्म आइपुग्दा बीचमा अनेक आरोह -अवरोह झेल्नु परेको छ तिन्ले । पाण्डुलिपि लेखकका आग्रह -पूर्वाग्रहवश अथवा बुझ्नेहरुका आआफ्नै शैलीले एउटै शास्त्रकापनि विविध टीका तथा भाष्य प्रचलनमा आए र आउँदैछन् । यस्तो परिप्रेक्ष्यमा हाम्रा धर्मशास्त्रहरुकोबारेमा निर्णय गर्नु कठिन कार्य हो । तर यो पूर्णतया असंभवचाहिँ छैन ।
भगवान् श्रीरामको जीवनी तथा उहाँको सिद्धान्तबारेमा बुझ्न निश्चयनै रामायणबाट ठूलो सहयोग प्राप्त हुनेछ तर फगत् बौद्धिक तर्कवितर्क वादविवाद गोष्ठीले त्यसको सही स्वरुप प्रष्टिनेवाला छैन । औपचारिक शैक्षिक योग्यताको बलमामात्र शास्त्रको मर्म बुिझंदैन । अहिलेको विडम्बना यही हो कि कागजे प्रमाणपत्रका प्रमाणित खोस्टो लिएको भरमा शास्त्रको अपव्याख्या गर्नेहरु परम्पराको अन्धविरोध गर्नेहरुको डाँको नै चर्को छ । तिन्को दुराग्रही जालोबाट मुक्त भएर सत्यताको बोध गर्नासाथ रामराज्य को वास्तविक स्वरुप थाहा लागिहाल्छ ।
वाल्मिकीरामायण तथा अन्य जतिपनि ग्रन्थमा श्रीरामबारेमा लेखिएको छ तिन्ले उहाँको जीवनको छोटो कालखण्डकोमात्रै चर्चा गरेकाछन् । विद्वानहरु भन्छन् कि श्रीरामको शुभविवाह सत्ताइस वर्षको उमेरमा भएको थियो । त्यसको केही समयपछिनै उहाँलाई चौधवर्षकालागि वनबास जानुपर्यो । वनबासको समाप्तिपछि राजिसंहासनारुढ हुन पाउँदानपाउँदै सीताजी परित्यागको घटना घटित भयो । यस घटनाको करिब एघार वर्ष पश्चात् अश्वमेध यज्ञ आयोजित गरिएको र त्यही यज्ञका सन्दर्भमा श्रीरामको आफ्ना दुईपुत्र लव कुश तथा धर्मपत्नी सीताजीसँग भेट भएको कुरा रामायणमा उल्लेखित छ । यसपछिको वृत्तान्त त्यति प्रष्ट छैन । यसरी करिब करिब बाउन्न वर्ष जतिको इतिहासमात्र विशेषरुपले वर्णित छ । तब भगवान् श्रीरामले एघार हजार वर्ष शासन गरेको भन्ने आधार के भनेर प्रश्न सोध्न सकिन्छ । हामीले यसको सोझोअर्थमात्रै होइनकि सांकेतिकअर्थ पनि बुझ्नुपर्छ ।
अब हामी विचार गरौं कि रामायणमा एकातिर भगवान् श्रीरामले एघार हजार वर्ष राज्य गरेको उल्लेख गर्नु अर्कातिर करिब करिब बाउन्न वर्षको घटनाक्रमको मात्र विस्तृत चर्चा हुनु यसको के रहस्य छ यसमा गूढ रहस्य छ । म उदाहरणबाट यसलाई प्रष्ट्याउन चाहूँला । कुनै दुईवटा गाउँ छन् जसमध्ये एउटा गाउँमा दोहोरो भीडन्त भई मान्छेहरु मारिए र अर्कोमाचाहिँ सबैजना मिलेर खेत रोपी थाकेका हुनाले आरामसँग सुतेभने भोलीपल्ट साचारमाध्यमहरुले कुन गाउँको चर्चा गर्लान् पक्कैपनि त्यही गाउँको चर्चा गर्छन् जहाँ मान्छेहरु मारिए । हामीले देखेजानेकै कुरा हो यो कि विश्वमा ती ती देश वा क्षेत्र चर्चामा हुन्छन् जहाँ जहाँ अशान्ति छ हिंसा छ तर ती ती देश वा क्षेत्र समाचार बन्दैनन् जहाँ शान्ति छ अमनचैन छ । केही वर्षअघिसम्म विश्वसाचारमाध्यममा नामनिशाना देख्न मुश्किल पर्ने हाम्रो देश अस्वाभाविक घटनाक्रमहरुपछि विश्वसाचारमाध्यममा छाएको हामीले देखेकै छौं । यसबाट प्रष्ट हुन्छकि मेडिया मा ती कुराहरु नै आउँछन् जुनचाहिँ सनसनीपूर्ण हुन्छन् । यो त मान्छेको शाश्वत प्रवृत्ति हो कि केही अस्वाभाविक वा अनौठो वा विशेष कुरालाई नै ऊ महत्व दिन्छ । भगवान् श्रीरामको जीवनवृत्तका संदर्भमा पनि यो लागू भएको छ र रामायणमा ती ती प्रसंगहरु नै खासगरी वर्णन गरिएकाछन् जसमाकि लोक आकर्षण छ र काव्यिक चमत्कार देखाउने ठाउँ छ । अर्थात् जुन सनसनीपूर्ण अस्वाभाविक अनौठो छ त्यसको बयान गर्नमा रुचि देखाइएको छ त्यहाँ । रामले रावणलाई संहार गरेको कुरामा जुन रोचकता छ काव्यिक चमत्कारी देखाउने जुन मौका छ रामराज्यमा प्रजा सुखी थिए भन्नमा कहाँ छ सुखी थिए त कुरा सकिइहाल्यो नि । रामले वानर र भालुलाई लिएर लडाइँ पो कसरी गरे हुनन् वा हनुमानले समुद्र कसरी तरे यो पो छ उत्सुकताको कुरा । श्रीरामको पाउ पर्नासाथ एउटा ढुंगा मान्छेमा रुपान्तरित भई अहल्या उद्धार भएको कुरामा जुन कौतुकता छ रामराज्यमा सर्वत्र शान्ति थियो भन्ने कुरामा भेट्टाउँदैन मान्छेले । शान्ति थियो त थियो त्यसको पनि के बयान हो यही मानवीय स्वभावका कारण रामायणमा करिब बाउन्नवर्षे जीवनप्रसंग नै विशेष बयान गरिएको हो भन्ने बुझ्न सकिन्छ । पछि त श्रीरामको जिन्दगी साथै सारा रामराज्य नै सुख शान्ति आनन्दमय भएकोहुँदा काव्यिक चमत्कारी देखाउने कुरै कहाँ रह्यो र मदिराको स्वादको बयान गरिएका सयौं कविता भेटिन्छन् तर पानीको स्वाद बयान गरिएका कविताहरु खोइ त यी कुराहरुले प्रष्ट हुन सकिन्छ कि रामायणमा करिब बाउन्न वर्षकोमात्रै विशेष बयान गरिएको भए तापनि रामराज्य चाहिँ पुराकापुरा एघार हजार वर्ष चलेको थियो भनेर मान्न नसकिने होइन सकिन्छ ।
तर हामीले हेक्का राख्नैपर्छकि भगवान् श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको तथा रामराज्यलाई वास्तविक साम्यवादको कसी एवं आदर्श शासनप्रणाली मानिएको यसकारणले होइनकि उहाँले रावणलाई संहार गर्नुभयो र अरुपनि अनेकौं निशाचर राक्षसहरुलाई मारिदिनुभयो । विजयी शासक भएकै कारणलेमात्र उहाँको बखान गरिएको हो भन्ठान्नेहरु मूर्ख हुन् भन्नेकुरामा मलाई रत्तिभर शंका छैन । मार्ने काट्ने जस्ता कार्य त्यत्रो सुयशका कार्य होइनन् । नरसंहार क्षमतालाई महानता मानिने भए त तैमुर बाबर औरंगजेब जस्ता खुनीहरु पोलपोट चाउचेस्कु जस्ता जनहत्याराहरु तथा कंस रावण हिरण्यकशिपु जस्ता हिंस्रकहरु नै महान् मानिने थिए । त्यस्तो हुँदैन । भगवान् श्रीरामलाई सम्मान गर्नुको कारणलाई सही तवरमा बुझ्नु जरुरी छ । रावणबधपश्चात् उहाँले कहिल्यै शस्त्रास्त्र उठाउनुभएको पाइँदैन । रावणबध अघि उहाँले ती आततायीहरुलाई सफाया गर्नु भएको थियो जो समाजका निम्ति खिल वा ट्युमर थिए । क्यान्सरको उपचार गर्दा ट्युमर काटेकोमा डाक्टरलाई गाली गर्न मिल्दैन । रावणबधपश्चात् श्रीरामले उसका जीवित अनुयायीहरुलाई बलपूर्वक होइन आत्मिक रुपान्तरण अथवा भावनात्मक परिवर्तन बाट तिनीहरुलाई आफ्ना अनुयायी बनाउनुभयो । तब के भयो भने संसारभरि शान्ति सुव्यवस्था कायम भयो शोक सन्ताप मेटिएर सबै सुखी भए । भोक रोग भय आदिबाट समाज मुक्त भयो । त्यहाँ कोही दरिद्र थिएन सबकासब समृद्ध । आफ्नो कर्तव्य पालन गर्नबाट कोही च्यूत थिएन । चोरी ठगी गुण्डागर्दीको समस्या थिएन रामराज्यमा । मान्छेमा इमान्दारी यति थियो कि तालाचाबीको प्रचलन नै थिएन । राज्यलाई प्रहरी र सेनाको बलमा चलाइएको थिएन स्थापित नैतिक मूल्यमान्यता ले निर्देशित भएर समाज गतिशील थियो । सबै गुणवान् थिए सबै शिक्षित थिए र कसैको कसैप्रति द्रोह वैरभाव थिएन । कोही धनी र कोही गरिब हुने अहिलेकोजस्तो अन्यायपूर्ण स्थिति थिएन रामराज्यमा । कुनै विषमता थिएन । एक राजघाट थियो जहाँ भगवान् राम देखि लिएर ऋषिवर वशिष्ठ अनि ब्राह्मण क्षत्रिय वैश्य शुद्र एकसाथ स्नान गर्दथे । मजदुर पनि थिए किसान पनि थिए कर्मचारी पनि थिए तर यो विभाजन कामकालागिमात्र थियो । एउटा मजदुरले पनि त्यत्तिकै मान पाउँथ्यो जतिकि एउटा उच्चपदस्थ अधिकारीले । एउटा शुद्र पनि त्यत्तिकै संमानित थियो जतिकि एउटा ब्राह्मण । प्रत्येक मजदुर प्रत्येक किसान उत्तिनै धनी थियो जतिकि महाराजाधिराज श्रीराम ।
यसहदको समानता केबल आध्यात्मिक साम्यवाद मा मात्र सम्भव छ । मार्क्सवादी कम्युनिज्म वा प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्थामा समानता फगत् नारामा मात्रै चर्को हुन्छ काम र कुराबीचमा तालमेल हुँदैन त्यहाँ । रामराज्यमा समानता व्यवहारमै लागू भएको थियो । कम्युनिष्टहरुले भन्ने साम्यवाद यानेकि कम्युनिज्ममा आध्यात्मिकताको निषेध गरिएकाले त्यो अन्धभौतिकतावादी त्रासदीमा पतन हुने स्थिति सदा विद्यमान हुन्छ । माक्स्रवादी कम्युनिज्म न यसअघि सफल भएको छ न त भविष्यमा सफल हुने सुनिश्चितता छ । प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्थाको कुरो पनि न यसअघि सफल भएको छ न त भविष्यमा सफल हुने स्थिति नै देखिन्छ । रामराज्य त सफलतापूर्वक एघार हजार वर्ष साचालित भइसकेको छ । एकचोटी सफलतापूर्वक साचालित भइसकेको रामराज्य अर्थात् वास्तविक साम्यवाद को पक्षधर नबनेर माक्स्रवादी कम्युनिज्म प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्था आदिको पक्षधर बन्नु मूर्खता हो र दुर्भाग्यजनक हो । राम र रावणबीचको संघर्ष त्यस्ता दुई शक्तिबीचको संघर्ष थियो जसमध्ये एउटाले उज्यालोको प्रतिनिधित्व गर्नुभएको थियो र अर्कोचाहिँले अँध्यारोको प्रतिनिधित्व गरेको थियो । उज्यालोले अँध्यारोलाई परास्त गरेरै छाड्ने शाश्वतसत्य अनुरुप रामको विजयश्री त अवश्यम्भावी थियो । सोही शाश्वतसत्य अनुरुप हाम्रो विजय पनि निश्चित छ ।
हिन्दूधर्मशास्त्रहरुमा वर्णित सत्ययुग तथा रामराज्य भन्दा उत्तम प्रणाली अर्को कुनै छभने उदाहरण दिनका निम्ति म चुनौती दिन्छु । हिन्दूधर्मशास्त्रहरुमा वर्णित सत्ययुग तथा रामराज्य भन्दा उत्तम अर्को प्रणाली छँदैछैन । तसर्थ हामी यसको पक्षधर बन्नु नै सही निर्णय हो । मानव समाजलाई अहिलेकोअहिल्यै सत्ययुग तथा रामराज्य मा पुर्याउन सकिहालिन्छ भन्ने दाबी मैले गर्याछैन । तर हाम्रो लक्ष्य निर्धारण गर्नेबेलामै हामीले चाहेको व्यवस्था कस्तो भन्ने सबालमा स्पष्टताकालागि सत्ययुग तथा रामराज्य जस्तो भन्ने धारणाले हाम्रो बाटो सुगम हुनेछ भन्ठान्छु म ।
रामराज्यको एघार हजार वर्ष भनिएकोलाई विविध किसिमले बुझ्न सकिन्छ । यदि श्रीरामलाई साक्षात् ईश्वरियअवतार मान्ने हो भने उहाँ एघारहजार वर्षसम्म यस संसारमा जीवित रहेर राज्य संचालन गर्नुभएको अर्थ स्वीकार्य हुनसक्छ । यदि साक्षात् ईश्वरियअवतार नमान्ने हो भनेपनि यति कुरा नमान्नुपर्ने कुनै कारण छैनकि उहाँको मार्गनिर्देशक सिद्धान्तअनुसारको व्यवस्था एघारहजार वर्षसम्म कायम रहन सफलभएको थियो । यति लामो समयावधिसम्म सफलतापूर्वक संचालित व्यवस्था अर्को छैन ।

Comments:
<< Home
यूगको कुरामै अल्मलिन्छु म त । रामराज्यलाई त्रेता यूग मान्ने कि सत्य यूग ? समयको त के हिसाब म बबुरोलाई त्रेता पछिको द्वापर यूग लाग्दा रामराज्यको एघार हजार वर्ष समाप्त भैसकेको हो कि ? उहि एघार हजार वर्ष भित्रै द्वापर यूग पनि अटाएको छ ?
र रामराज्यको अथवा श्रीरामको आलोचना गर्नेहरुलाई पनि त्यो समयको राज्य व्यावस्थाको सहि चित्र हाम्रो अगाडी ल्याउन सघाउने श्रेय दिनुपर्छ भन्छु है म त । आलोचना गरे भन्दैमा तिन्लाई स्वाँठ ईत्यादि भनेर हरेक ठाउँमा गाली नै गरिहाल्नु नपर्ला ।

Nice post!
i like it,
حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين

http://mytubenow.com/
यूगको कुरामै अल्मलिन्छु म त । रामराज्यलाई त्रेता यूग मान्ने कि सत्य यूग ? समयको त के हिसाब म बबुरोलाई त्रेता पछिको द्वापर यूग लाग्दा रामराज्यको एघार हजार वर्ष समाप्त भैसकेको हो कि ? उहि एघार हजार वर्ष भित्रै द्वापर यूग पनि अटाएको छ ?
Post a Comment