Thursday, April 08, 2010
हाम्रो समाजमा नारी
अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव, तिरस्कार, उपेक्षा, हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ, अस्मिता उँचो हुन्छ ।
नेपाली संस्कृति तथा यसको आमा-संस्कृतिको रुपमा रहेको वैदिक हिन्दू संस्कृतिमा नारीहरुको स्थान गरिमामय थियो । 'सत्ययुग'मा महिलाको जुन स्थान थियो त्यो तत्पश्चात् कहिल्यै रहेको छैन । धर्म संस्कृति तथा परम्पराले नारीहरुलाई महिमामण्डित गरेको भएतापनि कालान्तरमा त्यो वैदिक परम्परा माथि अतिक्रमण हुँदा नारीहरुलाई दोस्रा दर्जाका झैं गर्ने, छोरी जन्मँदा नरमाइलो मान्ने जस्तो कुप्रवृत्ति फैलिएको हो ।
सामन्ती राज्यसत्ताका क्रममा त्यो वैदिक हिन्दू संस्कृति खण्डित हुनगयो । शासकहरु स्वयम् नै स्वेच्छाचारी-भोगी-विलासी बनेको बेलादेखि क्रमशः जनस्तरसम्म नै त्यो विकृति बढ्दै गयो र अल्लिपछि आफ्नो अनैतिक कार्यलाई धार्मिकताको जामा पहिर् याउँदै जाने प्रचलन बढ्यो । अनि त एउटै पुरुषले दुई-तीनवटादेखि लिएर जतिसक्यो धेरैवटी स्वास्नी भित्र्याउन थाले र ूमर्दका दशवटीू भन्नेजस्ता उखान पनि चले । सामाजिकरुपमा महिलाहरुलाई संकुचित घेराबन्दीमा रहनुपर्ने भयो भने आर्थिक पराधिनता पनि चर्कोसँग बढ्यो । आफ्नै सन्तान मध्येमापनि छोरालाई काखा र छोरीलाई पाखा गर्ने अन्यायी एवम् अमानवीय कुसंस्कार हाम्रो समाज वैदिक परम्पराबाट पतन भएपछिकै विकृति हो । यसको चरम विकृत स्वरुप मौलाउँदै जाँदा नारीको पवित्र जन्मलाई समेत धिक्कार्ने र "छोरीको जन्म हारेको कर्म" भन्नेजस्ता उखानहरु जन्मे । तर यी विकृतिहरु हुन् र यस्ता विकृति त्याग्न कत्ति पनि हिच्किचाउनु हुँदैन ।
शक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति छ; घरेलु िहंसाले पिडित हुनु परिरहेछ नारीहरुले; आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् ।
धर्मशास्त्रमा नारीलाई देवी भन्ने तर व्यवहारमा चाहिँ बम्बै-कलकत्ताका कोठीहरुमा वर्षेनी हजारौं चेलीहरु बेचिने; ूयत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताू भन्ने तर व्यवहारमाचाहिँ नारीको भागमा अपमान र तिरस्कार पर्ने; ून गृहंगृहमित्याहुगृ्रहिणी गृह मुच्यतेू अर्थात् घर त्यसै घर हुँदैन जहाँ गृहिणी रहन्छिन् त्यही घर भनिन्छ भन्ने तर व्यवहारमाचाहिँ उनै नारीलाई जतिबेला सनक चले पनि लोग्नेले घरबाट बिनाकुनै कसूर पनि घरबाट गलहत्याउने; यी सबै देखिएका-जानिएका-भोगिएका यथार्थहरु हुन् । यो वैदिक संस्कृति एवम् परम्परा अनुरुपको व्यवहार पटक्कै होइन । यो त वैदिक हिन्दू धर्म संस्कृति परम्परा पालन नभएको अवस्थाको पतन हो ।
यस्तो किन भइरहेको छ ? एक त हाम्रो समाजमा स्वयम् पुरुषहरु नै धेरै कुराहरुमा आफै पनि पिडित छन्; त्यसो हुँदा महिलाहरुलाई पनि त्यसको नकारात्मक असर परिरहेको छ । यस्ता समस्याहरु सल्ट्याउन सम्पूर्ण समाजको नै उन्नति प्रगति उत्थान हुनु जरुरी छ र यसका निमित्त नारी-पुरुष मिलेर सहकार्य नगरी हुँदैन । दोस्रो चाहिँ अहिले तत्कालै सल्ट्याउन सकिने खालका समस्याहरु पनि देशको सामाजिक तथा राजनीतिक नेतृत्वको अक्षमताका कारण ज्यूँकात्यूँ रहेका छन् र इच्छाशक्ति हुनासाथ समाधान पनि सहज छ ।
हिन्दू संस्कृति त त्यो हो जहाँ मान्यता छ कि "यत्रैतास्तुं न पूज्यन्ते सर्वास्तत्राफलाः कि्रया" अर्थात्- जहाँ नारीहरु पुजिँदैनन् तिन्को अनादर हुन्छ त्यहाँ समस्त कि्रयाहरु व्यर्थ हुन्छन् ; जहाँ यस्तो विश्वास हुन्छ कि छोरी जन्मनु "देवी" जन्मनु हो; र जहाँ छोरीले आफ्नो जन्मलाई धिक्कार्नु पर्दैन आमाले रुनुपर्दैन; दिदी-बहिनी बुहारी पत्नी देउरानी-जेठानी सासू नन्द-आमाजूफूपु भाउजु आदि कसैले पनि नारीको जन्मलाई हारेको कर्म ठान्नु नपरोस् ।
अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ, अस्मिता उँचो हुन्छ ।
यदि हाम्रो समाजमा नारी र पुरुषको हक-अधिकार समान पार्ने उस्तै गरिमापूर्ण स्थान बनाउने हो भने त्यसका निमित्त सही उपाय भनेको हाम्रो धर्म-संस्कृति-परम्परा अनुरुपको विधान नै हो । ऋषिमुनिहरुले यति राम्ररी विधान गरेर गएका छन् कि त्यो पालना गर्नासाथ महिलामाथि हुने गरेका भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदिको गुाजायस नै रहँदैन । अर्थात् सनातन धर्म-संस्कृति-परम्पराको शुद्ध अविकृत स्वरुपको आत्मसातता स्वतः नारीहरुको सम्मानपूर्ण स्थितिको 'ग्यारेण्टी' हो । यसमा नारीको सामाजिक सुरक्षा छ व्यक्तिगत तथा सामूहिक सुखको प्राप्ति छ र महिमा गरिमा अस्मिताका कसीमा पनि अनुपम एवं उच्च स्थान छ ।
हाम्रो संस्कृतिमा जस्तो ममता आदर सम्मान प्रेम तथा सुरक्षाको विधान अन्यत्र कतै उपलब्ध छैन नारीलाई । तर यदि कुनै नियम पालन गर्न सकिएन भनेचाहिँ त्यो नियम हुनु र नहुनुको कुनै अर्थ रहँदैन । तसर्थ यहाँ आवश्यकता नयाँ नियम कानुन विधान बनाउनुको होइन कि वैदिक संस्कृतिको पूर्ण पालना पो हो आवश्यकता त । चाहे आधुनिकताको नाममा आएको होस् अथवा परम्पराको बहानामा आएको होस्- वास्तविक रुपले नारीलाई अहित गर्ने तत्वलाई अस्वीकार र हित गर्ने तत्वलाई स्वीकार गर्नु पर्दछ ।

Comments:
Links to this post:
<< Home
Nice post!
i like it,
حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين حراج اون لاين
Post a Comment