Saturday, November 21, 2015

 

विज्ञानको बुद्धि प्रविधिको विकास । धर्मको विवेक सहृदयताको सम्बन्ध ।।

विज्ञानको बुद्धि प्रविधिको प्रगति ।
धर्मको विवेक सहृदयताको सम्बन्ध ।।
विकास न्याय स्वाधीनता समृद्धिमा नेपालको ।
सहृदयी तराइ मधेश पहाड र हिमालको ।।

जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका आधारशिलाका रूपमा रहेका विज्ञान, प्रविधि, धर्म र सहृदयतामध्ये यहाँ सहृदयता र धर्मबारे केही तथ्यहरू प्रस्तुत गरिएको छ ।
(१) सहृदयता :- वेदको सामञ्जस्य सूक्तमा सहृदयताको अवधारणा (समान हृदय) छ । संस्कृत काव्यशास्त्र, नाट्यशास्त्र, सौन्दर्यशास्त्र आदि विधामा सहृदयताबारे विशद् चिन्तन, सङ्कथन, विमर्श भएको छ । सहृदयतालाई आधुनिक परिप्रेक्ष्यमा सञ्चार विधामा सैद्धान्तिक अभिनिर्माणका रूपमा डा. निर्मलमणि अधिकारीद्वारा मूलप्रवाहीकरण भएको हो । साथै, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, वैश्विक सम्बन्धका परिप्रेक्ष्यमा सहृदयताको दार्शनिक अभिनिर्माण पनि डा. अधिकारीद्वारा नै भएको हो ।
(२) धर्म :- धर्मका अनेक परिभाषाहरू छन् । जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिले धर्मलाई परिभाषित गर्नका लागि वैदिक मीमांसा दर्शनलाई मार्गदर्शक मानेको छ । वेद संहिताका सम्पादक व्यासजी (कृष्णद्वैपायन) को जन्म एवं मुख्य कर्म थलो वर्तमान नेपालको तनहुँ जिल्लास्थित दमौली हो; अनि मीमांसादर्शनका सूत्रकार जैमिनि ऋषिको जन्म थलो अज्ञात छ भने मुख्य कर्म थलो वर्तमान नेपालको तनहुँ जिल्लास्थित जामुने हो र मीमांसादर्शनका महानतम् दार्शनिक कुमारिल भट्टको जन्म एवं मुख्य कर्म थलो वर्तमान नेपालको मिथिला क्षेत्र (जनकपुर आसपास) हो । मीमांसा दर्शनलाई आधुनिक परिप्रेक्ष्यमा मूलप्रवाहीकरणको नेतृत्व डा. निर्मलमणि अधिकारीद्वारा गरिएको छ ।
संक्षेपमा, जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका आधारशिलाका रूपमा रहेका सहृदयता र धर्म दुवैको दार्शनिक जरो र किलो नेपालमै रहेका छन् ।
विशेष द्रष्टव्य एवं ज्ञातव्य :- जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिले आधुनिक विज्ञान र प्रविधिलाई पनि आधारशिलाकै रूपमा स्वीकार गरेको छ । आधुनिक विज्ञान र प्रविधिलाई मूलतः पश्चिमा सभ्यताको देनका रूपमा हेरिन्छ र यी त्यहाँको परिप्रेक्ष्यमा क्रिस्चियानिटीको विरोधमा खडा भएर युरोप, अमेरिका हुँदै संसारभरि मूलप्रवाहीकरण भएका हुन् । साथै, विज्ञानको बुद्धि र प्रविधिको प्रगतिका मौलिक रैथाने पक्ष पनि छन्, जसबारे पछि परिचर्चा गरिनेछ । आधुनिक विज्ञान र प्रविधिलाई अवलम्बन गर्ने हाम्रो नीति हाम्रो बृहद् विश्वदृष्टिकोणको द्योतक हो ।

Comments: Post a Comment

Links to this post:

Create a Link



<< Home

This page is powered by Blogger. Isn't yours?