Wednesday, June 23, 2010

 

घर नै पहिलो पाठशाला

निर्मलमणि अधिकारी (आयोदधौम्य) द्वारा लिखित, अप्रकाशित-आत्मकथाबाट झिकिएको एक अंश

भनिन्छकि घर नै पहिलो पाठशाला हो । यो कुरा मेरोबारेमा राम्ररी लागू हुन्छ । मेरो वैचारिक यात्रा अर्थात् विचारको निर्मल-यात्राको आरम्भ विन्दुमा पुग्नकालागि मेरो पारिवारिक चर्चाबाटै कुरो शुरु गर्नुपर्ने हुन्छ । मेरो के विश्वास रहिआएको छभने प्रत्येक शिशु विशेष संभावनाहरुका साथमा जन्मेको हुन्छ र उसको सफलता वा असफलतामा यस धर्तीमा ऊ जन्मेपछि उसले पाउने अवसरहरुले पनि अत्यन्त महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यदि म कुनै कुरामा सफल ठानिएँछु भने त्यसको श्रेय पिता-माता दाजु घर-परिवार तथा गुरुजनलाई नै दिन्छु म । असफलताहरुचाहिँ मेरा आफ्ना कमाइ हुन् र यिन्लाई म कदाचित् कसैसँग पनि भागबण्डा लगाउन चाहन्नँ ।
विचारको द्वन्द्वबाट पार नपाइकन कुनै विचारकले आफ्नो मौलिक विचार विकसित गर्न सकेको छैन र भविष्यमा पनि प्रत्येक विचारकले विचारको द्वन्द्वात्मक प्रकि्रयाबाट पार पाएपछिमात्र आफूलाई एउटा विचारकका रुपमा प्रस्तुत गर्न सक्नेछ । यसमा कुनै परमतत्व वा ईश्वरीय अनुकम्पाको अनुभूति पनि कोही-कोहीले गर्दछन् । म आफूलाई त्यस्तो भाग्यमानीका रुपमा पाउँदा गौरवान्वित छु । मेरो आफ्नो विचारयात्राको सन्दर्भमा कुरा गर्दा सौभाग्यवश पारिवारिक पृष्ठभूमिका कारणले गर्दा शैशवकाल देखि नै मेरो बाटो करिब-करिब यही थियो । हो यदाकदा केही आरोह-अवरोह नआएका होइनन् । कतिपय समयमा म आफ्नो मूलबाटोभन्दा केही टाढा रुमल्लिएको र नजाने गाउँको बाटोमा रल्लिएको थिइनँ भनेर ठोकुवा म गर्न सक्दिनँ । विचार-मन्थनको लामो प्रकृया पार गरेरै ममा दृढता आएको हो । पछुताउन पर्नेगरी बाटो नबिराएको भएतापनि विचारको द्वन्द्वमा खारिनचाहिँ परेकै हो । तर सौभाग्यवश मेरो पारिवारिक पृष्ठभूमिका कारण मैले उचित दिग्दर्शन पाइरहेँ र विचारको द्वन्द्वात्मक यात्रामा मेरो डुङ्गा डुबेन ।
बाटाहरु धेरै हुन्छन् । ती मध्ये कतिपय सुबाटा हुन्छन् भने कतिपय कुबाटा पनि हुन्छन् । यदि आन्तरिक प्रकाशको उज्यालोले हामी प्रकाशित भइसकेका छौं भने सुबाटाहरुमध्ये पनि सर्वाेत्तमचाहिँ बाटो रोज्न कठिनाइ पर्दैन । तर आन्तरिक रुपमा पनि अँध्यारोमा भ्रमित हुने अनि बाह्य तवरमा पनि गलत दिग्दर्शकका फेला परियो भने त खत्तमै हुनजान्छ । दिग्दर्शनको आवश्यकता मानिसलाई करिब-करिब उसको जन्मकालदेखिनै आवश्यकता पर्दछ । त्यसैले त घर-परिवारको महत्व अनुपमेय रहेको हो । कतिपय व्यक्तिहरु पारिवारिक कुसंस्कारवश गलत कार्य गरिरहेका भएतापनि सद्गुरुका कृपावश सही बाटोमा आइपुग्न पनि सक्छन् जस्तोकि वाल्मिकी तथा अंगुलिमाल जस्ता उदाहरण हामीसँग छन् । तर ती त भाग्यशाली थिए र पो पछि सद्गुरु फेला पारे । अन्यथा पारिवारिक वा सामाजिक संस्कार नमिलेको अवस्थामा सही दिग्दर्शक फेला पार्नु असंभवप्रायः नै हुन्छ । तसर्थ सकेसम्म घर-परिवारमै र त्यो सम्भव नभएतापनि पाठशाला यानेकि विद्यालयमा त नयाँ पुस्ताका निमित्त उचित संस्कारको समुचित शिक्षा दिनै पर्दछ ।
मेरो अनुभवमा त विद्यालय/क्याम्पसमा गएपछि पारिवारिक पृष्ठभूमिबाट प्राप्त संस्कार समेत बिग्रन सक्ने स्थिति मैले देखेको छु । मेरो र मेरा दाजु-भाइ-दिदीका व्यक्तिगत आचार-व्यवहारमा यदि िकंचित् मात्रपनि संस्कारहीनताको संकेत छभने त्यसलाई विद्यालय/क्याम्पस वा यस्तै सार्वजनिक स्थानमा पुगिसकेपछिको कमाइ भन्ने जाने हुन्छ । नत्र हाम्रो पहिलो पाठशाला अर्थात् हाम्रो घरबाट हामीले गलत संस्कार प्राप्त गर्ने क्षीण संभावना समेत थिएन । हामीलाई के सही र के गलत भनेर चिन्न सक्ने बनाइएको थियो ।

Comments:
घर पहिलो पाठशाला हो । हाम्रो परिवारको कुरामा त झन यो लागु हुन्छ नै । हाम्रा हजुरबुबा देखी बुबा, अंकल अनि हामीमा आइपुग्दा पनि यो लागु भएकै छ ।
 
i liked it. and u r true that home is the first place for education.
 
Nice article
visit
Online Earning
to learn and earn more money.
 
I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK
 
Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?